तिनवटै पार्टीका नेता मिलेर यस्तरि ठग्ने जिल्लावासीलाई ?

गत महिना सबै जसो पत्रपत्रीकामा एउटा समाचार आयो-चितवन जिल्लालाई राजधानी बनाईने ! शिर्षक यहि थियो । आफुपनि चितौने परियो । कान ठाडा भैहाले । कतै आफ्नो घरगाउँ राजधानीमा पर्ने भयो कि भनेर । कांग्रेस, माओवादी र एमालेका स्थानिय नेता मिलेर चितवनमा पत्रकार सम्मेलन गरेछन् सबै हिसाबले चितवन राजधानी बन्न उपयुक्त छ भनेर । स्थानिय पत्रपत्रीका, टिभी र एफएम रेडियोहरुले प्रमुख समाचार बनाए । धेरैका दिल हाँसे । निकै रौसिए, लौ हाम्रापनि दिन आउने भए भनेर । अनि तिन दलकै स्थानिय नेता आए काठमाडौं । स्थानिय तहका प्रमुख नेताले आआफ्ना पार्टीका अध्यक्ष वा सभापतीलाई भेट्न नपाउने प्रश्नै रहेन ।

 काठमाडौं आएर सबैले आआफ्ना दलका प्रमुखलाई भेटे । राजधानी काठमाडौं अनुपयुक्त भयो । नयाँ राजधानी चितवनलाई बनाउनुपर्छ । यो यो कारणले चितवन नयाँ राजधानी बनाउन उपयुक्त छ भनेर तर्क दिए । राजधानी सार्ने कुरा । प्रमुख दलका नेता आएर आआफ्ना पार्टीका प्रमुखसँग जोडका तोडले तर्क राखेका छन् । त्यसले मेडियाको ध्यान नतान्ने कुरै भएन । फेरि राजधानीमा यसैपनि च्याउसरि एफ एम रेडियो र पत्रपत्रीका छन् । तिनलाई नयाँ नयाँ समाचार चाहिएकै छ । राजधानी नै सार्ने माग राखेको समाचार त भयंकरनै भयो । अनि सारा मेडियाभरि त्यो समाचार आयो ।

 जग्गाको भाउ रात र दिनमा चौगुणाका दरले बढ्यो । लौ राजधानी बन्छ भने त भन्दै वरिपरि जिल्लाकापनि हाम्फाल्न थाले । पैसा हुनेहरु जग्गा हेर्न दौडिन थाले । तर त्यो त वास्तबमा सब ठग्नलाई रहेछ । वास्तबिकता के रहेछ भने नेपाली कांग्रेस, एमाले र माओवादी तिन वटै दलका फटाहाहरुले मिलेर सस्तो जग्गा किनेछन् । अनि त्यसलाई फ्लटिङ गरे । बिना दुख र मेहनत तत्कालै करोडपती हुनकालागि उनीहरुले यो जुक्ति निकाले । चितवनलाई राजधानी बनाइने भन्ने समाचार आएपछि दौडधुप गर्दै आउने सोझासाझालाई उनीहरुले महँगो दाममा जग्गा बेचे ‘चितवन त राजधानी बन्ने भो नी’ भन्दै । दाम कमाए ।

 हेर्नु त हाम्रा राजनितिक पार्टीहरुको पारा । साँच्चि देश र जनताको लागि सोच्नेहरु एकदम कम छन् । राजनितिक पार्टीमा लागेकाहरु जनताको सेवा गर्ने भावनाले होइन कि कमाउन, ठग्न, रातारात करोडपती बन्न, पद हात पार्ने उद्देश्यले लागेका छन् । तिनको ध्याउन्ना जसरि हुन्छ जनतालाई ठग्ने हो ।केन्द्रका नेताहरु बेठिक भएपछि तल्लो स्तरका नेता कसरि गतिला हुने ? केन्द्रिय नेताको दाउनै ठग्ने छ। देशलाई चुस्ने छ । ढाँट्ने र छल्ने छ । नागरिक प्रति जिम्मेवार छैनन् । अनि तिनले बनाएका कार्यकर्ता कस्ता हुने ? केन्द्रिय नेतालाईनै देश र जनता चुस्न फूर्सद छैन अनि तिनले कसरि स्थानिय नेता कार्यकर्ताको निगरानी गर्ने ?


  • kati partile kati thage pato chhaina

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • एउटा आलु कुहेयो भने सारा बोराको आलुलाई नस्ट गर्छ भनेको यही हो ।लेखक जि तपाईंको लेख १००% सही हुन सक्छ तर लेखक जी ले यसमा पार्टी लाई डाइरेक्ट दोस दिन भन्दा जुन् जुन् पार्टीका स्थानिय नेताहरु जसले कहाँ कुन-कुन कित्ता नोँबर् को जग्गा सस्तो भाउमा किनेका रहिछन् त्यो पनि खुलाइ दिएको भए बल्ल तपाइको लेखलाइ सहि मान्न सकिन्थ्यो तर हावाको कुरा कसरि बिस्वास गर्ने बिना प्रमाण पार्टीलाइ दोस दिनु बेकार् छ। तर बिचार् आ-आफ्नो हो।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Mekh Rana K S A

    ho pakkaipani yati nagarlan bhann sakinna thula party bhanaundaharu k bolda tatkal lai faida hunchha tyahi bolidinchhan bhabisyaparti ko chinta chhain yiniharuko rajnini bhaneko bartaman ho bhabisy hain.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • dibesh

    बेवकुफ हुनेहरु , बिगत मा पनि बेवकुफ नै थिए अहिले पनि छन र भोली पनि हुने नै छन
    १०४ बर्ष सम्मा राणा ले बेवकुफ बनाये, २३८ बर्ष सम्मा शाह ले, १८ बर्ष पार्टी हरु ले
    र आउने दिन मा पनि बनाउने नै छन र बन्ने हरु बनी नै रहने छन
    तपाईं य अरु लाई जबर्जस्ती जोर् जुलुम पक्कै पनि गरेनन होला
    अपहरन गरेर पैसा लिएर जग्गा पास गराएनन होला
    हो अफवाह फैलाए त्एश लाई मर्केटिङ भनेर बुझ्न सक्नुहुन्छ
    लिने बेला मा जग्गा पनि देखये होलान
    नाप नक्सा पनि भयो होला, मोही भये नभएको बुझ्नु पनि भयो होला
    सबै कुर बुझेर जग्गा लिनु भयो होला

    अब नेता हरु भएर हामीलाई ढाटेर कोउडी को जग्गा लाखोउ मा भिराये भनेर कहाँ उजुर गर्न जानुहुन्छ ?
    बेवकुफ ति जग्गा लिने हुन अनी देश भरी का बेवकुफ ति जनता हरु हुन जो तपाईं हरु ले जग्गा
    एस्तो हो भनेर जाँदा जान्दै पनि लाखोउ हलेर जग्गा लिएजस्तै चुनाव मा तिनै पार्टी लाई यि एस्ता हुन भनेर जान्दा जान्दै
    फेरी उही पार्टी मा भोट् हालेर हरुवा र स्वर्ग यात्राा को टिकट काटिसकेका ठग हरु लाई प्रधान मन्त्री बनाउछन

    तर पनि मान्नै पर्छ ति दलाल हरु लाई, पुस्तोउ पुस्ता बाट बेवकुफ बनाइएका लाई फेरी एक पटक बेवकुफ बनाउन सकेको मा ………..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Madhav Pandey"Tiger" palpali Reply:

    दिबेस जि !
    “अफबाह फैलाए भने त्यसलाई मार्केटिङ भनेर बुझ्नु पर्छ” तपाईं जस्ता सबै पढे लेखेका त छैनन। बेबकुफ ति जनताहरु होइनन तपाईं नै हुनुहुन्छ। किन कि “अचानाको पिर खुकुरीले जानदैन” भने झै तपाईंका एक एक वाक्यहरुले काटेका माथि चुक,नुन र खुर्सानी लगाइदिए जस्ता छन।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    suman limbu Reply:

    madhav jee dibesh jeelai gali nagarnuna wahaale bhanne bhani haalnubhayo tyo kuralai phari pharkayara pharkinna dibesh jeeko dimakle tyatinai samghayo wahaakopani ghar tyahaanai holaani wahaa pani tyasarinai fasinu bhayako chhaki khulaaunu bhayanaa………..?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    bikash adhikari Reply:

    madhab bhanne manchhe pagal ho ki ke ho?
    yes ko coment herne bhane nepal plus maa aaunai man
    lagdaina.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    dibesh Reply:

    jaba dekhi madhav aayo,

    sourav rai ra raam ko paalo gayo….

    tyehi raam ani badnaam naam madhav jee

    tapai laai lagyo hola thikai chha ni.
    india maa baschhu, bhanda majchhu, choukidaari garchhu bhanera dherai phurti nalaaye hunchha.

    choukidaar haru ko dimagi halat ke hunchha bhanne haami laai thahaa chha.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    dibesh Reply:

    madhav jee duniyaa ko sabai bhanda thulo bewakuf ra
    dimagi halat 0% bhaye ko byakti tapai nai hunuhunchha bhanda anyaye hudaina.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    dibesh Reply:

    mero dimag 1st class chha.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    dibesh Reply:

    MA TA RAAMRO OFFICE MAA OFFIER LAAI CIYAA DINE KAAM GARCHHU YAAR .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

  • sandip

    worth less article,same to your jornalism, baseless article

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • त्यसरी हल्ला हो भरमा जग्गामा पैसा हाल्न जानेहरुले पनि त पक्कै अर्को जग्गा महँगोमा बेचेर जोहो गरेको पैसाले नै किनेको होला नि । यो जग्गाको कारोबार नै जुवा जस्तो भई रहेछ । आनाको १०लाख २० लाख १करोड न्युरोडमा त आना कै ५ करोड रे । के न्युरोडको भुमीमा मात्र मुला रोप्यो भने सुनको मुला हुने हो र ? नेपालको जग्गा नेपालीहरुले नि:सुल्क उपभोग गर्न पाउनु पर्छ भन्ने मेरो मान्यता छ । नेपालको खेती योग्य भुमी खाली छोड्नु भएन । खाली छोड्नु भन्दा केही खेती गरेको भए हुन्थियो । जग्गा ब्यापारको नाममा जुवा खेल्नु नेपालीहरुको आर्थिक असमान्तर हुने मुख्य कारण हो जस्ले गर्दा नेपालमा बिभिन्न अपराधीक गतिबिधी भई रहने छ । कहिले सान्ती हुँदैन ।
    ब्राजिलमा ब्राजिलका नागरिकहरुले खेतीगर्न वा घर बनाउनपरे सम्बन्धित नगरपालिकामा गएर जानकारी गराइ बसाइ वा खेतीको मापदण्ड पुर्याइ आबेदन दिएमा सम्बन्धित निकायको सिफरिसमा जहाँ पनि घर बनाउन पाउने प्रबधान छ । नेपालको भुमी नेपालीहरुको साझा भुमी भईसके पछी किन एउटा नेपालीले अर्को नेपाली ठगाउनको लागी यो जग्गा ब्यापारको नाममा जुवा खेलाउने ? सबै नेपाली हरुको लालपुर्जा सरकारले खोस्नु पर्छ र अनी सुरु गर्नुस् जस्तो जोत उस्को पोत । जग्गा लिएर खाली छोड्न पाउदैन । घर बनाएर भाडा दिन पाउदैन । यो नियम लागु भए नेपालका कुनैपनि नेपाली जनताले घर घर भन्दै मर्न पर्दैन थियो र जग्गामा हाता राखेर खेतियोग्य जग्गा खाली राखेर,बिदेश मा बसेर जग्गाको भाउ पर्खने बिदेशीको दास र स्वदेशको अल्छिहरु तह लाग्छ कि ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree