मान्छेलाई छैन कुकुरलाई चर्पी
बिदाको दिन। दिन पनि रुन्चे। निरस जस्तो बनायो। यसो निस्कौं त नि पार्कतिर भनेर निस्कि इयो। यस्तो रुन्चे मौसम भएका बेला पार्कमा जाने त आफुमात्रै भइएला भन्नेलाग्दा लाग्दैपनि हिडियो। पार्कमा पुग्दा त ओहो कति हुन कति मानिस। शहरनै उल्टिएको जस्तो। शनिबार त जे जस्तो भएपनि यि फान्सेलीहरु घरमा पटक्कै बस्ने होइनन। जाडो मजैको थियो। पार्कमा बेस्सरि हिडियो केहिबेर शरिर तताउनु पर्यो भन्दै। केहिबेरमा पिसाबले च्यापिहाल्यो। यताउती हेरे कतै झाडीमा छेल पारेर झेल गर्न सकिन्छ कि भनेर। अँहँ आफ्नो देशमा सानैदेखि लागेको बानी यहाँ काम नगर्ला जस्तो भयो। जता पनि मान्छेनै मान्छे। चर्पी खोज्दा खोज्दा साँच्चिनै अब त च्याप्नै लाग्यो। यत्रो पार्कमा के म मात्रै हुँला त पिसाब लाग्ने ? पक्कैपनि चर्पि त कतै न कतै होला वरिपरि भनेर यताउती जोडतोडका साथ चर्पी खोज्न थालेँ। ए गाँठे कतै सुरसार नलाग्ने भो।
जोडतोडका साथ खोजेपछि चर्पि त कति कति। जता हेर्यो उतै थिए चर्पी। तर भएर के गर्नु आफुलाई काम नलाग्ने चर्पी। सबै कुकुरकालागि मात्रै बनाइएका । वरिपरि काठका गोला गोला घोचाले घेरेर बनाएको। भित्तामा खुट्टो उचालेको कुकुरको फोटो राखिएको। वाफ रे मानिसले चाहि घोज्दा खोज्दा नपाउने कुकुरकालागि भने यति धेरै चर्पी ! अलिकति पर पुग्नासाथ अर्को चर्पी। मानिसले भने रन्थनिने बेला हुन्जेलसम्मपनि चर्पि नपाउने। कुकुरलाई भने जतापनि ? यसो सोचेँ-ओहो ! मानव अधिकार ? के को मावअधिकार ? कुकुरले पो मस्ति लिने रहेछन त यहाँ अधिकारको !



यो त साधारण कुरा भयो नि । यदि त्यो पार्कमा फ्रन्सेली को सट्टामा नेपाली भाई दियोको भए नेपालीलाइ सौचालयको जरुरत नै पर्दैन, फ्रान्स को कुकुर ले त अझ सौचालय मा दिसा-पिसाब् गर्न जानेको रहेछ् तर अधिकास् नेपालीलाई पिसाब गर्न रुखको फेद्, बाटोको छेउ, अनि घरको चेप्, अ दिमा बानी परेको ले शायद त्यो पार्क नेपाली लाइ बनाएको हुनु पर्छ
कि – कसो ?
मन परो वा परेन:
0
0
[Reply]
i think this is the common problem in whole europe.all european are highly debted with dog not man so they did alot for only dog not for man.In finland too,we are facing same problem.thanks for the interesting artical
मन परो वा परेन:
0
0
[Reply]
झट्ट फोटो हेर्दा नेपालको राँगो बाँधने किला जस्तो लाग्यो तर ….
मन परो वा परेन:
0
0
[Reply]