ज्ञानेन्द्र र प्रचण्ड एकै ठाउँ

अहिले नेपालमा सबैभन्दा चर्चामै कि त नेकपा (माओवादी) का अध्यक्ष प्रचण्ड छन कि त king-gyanendra-and-maoist-leader-prachanda-nepalplus.jpgनेपालबाट उन्मुलन हुन लागेको राजतन्त्रका अन्तिम (?) प्रतिनिधी राजा ज्ञानेन्द्र शाह। प्रचण्डले अब कसरि सरकार गठन गर्लान? कसरि देशको भविष्य डोहोर्‍याउलान। अरु दललाई कसरि सहमतिमा ल्याउलान? देशका तमाम समस्या कसरि सम्बोधन गर्लान ? दुई सेनालाई कसरि मिलाउलान? राजतन्त्रलाई कसरि समाप्त पार्लान बैधानिक रुपमा ठुलो द्वन्दबिना? मओवादी पार्टीले उनलाई आगामी सरकार प्रमुख वा राष्ट्रपतिको रुपमा खडा गरेपछि उनका अगाडी यिनै छन चुनौति र आशा। उता ज्ञानेन्द्रले के सजिलै गद्दी ल्याग्लान? स्वदेशमै बस्लान कि भाग्लान अन्य मुलुक? त्यत्रो ईतिहास बोकेको राजतन्त्रलाई के सजिलै त्याग्लान? यिनै छन जिज्ञासा। त्यसैले उनी चर्चामा छन। यो चुनौति, चर्चा, जिज्ञासा र कौतुहलता अहिले बिदेशीहरुकालागि पनि उत्तिकै चासो, चाख र चिन्ताको बिषय बनेको छ। मेडियाहरु पाएसम्म, देखे र भेटेसम्म त्यसैको पछाडि लागेका छन।

भारतमा त झन त्यो चासो बढि हुनेनै भयो। पछिल्लो पटक भारतको एक प्रसिद्द अंग्रीजी अखबार द हिन्दूले प्रचण्ड र ज्ञानेन्द्रलाई एक ठाउँमा ल्याएको छ। प्रचण्डलाई अन्तर्वार्तानै लिएर ल्याएको छ भने ज्ञानेन्द्रको भने एक तस्बिर मात्रै छापेर ल्याएको छ। अर्थात प्रचण्ड र ज्ञानेन्द्रलाई समदूरीमा राखेर एक तस्बिर सहित प्रकाशित गरेको छ प्रचण्डको अन्तर्वार्ता। हिन्दूका पत्रकार सिद्दार्थ भरादर्जनले प्रचण्डसँग राजतन्त्र, माओवादी लोकप्रियता र सेनाका बारेमा सोधेका छन मुल प्रश्नहरु। बरु एउटा मामिलामा भने आफुपनि चुकेका रहेछन उनी। अन्य राजनितिक दल र मेडियाले माओवादीको जनतामा भएको लोकप्रियतालाई अवमुल्यन गरे जस्तै मधेशी जन अधिकार फोरमप्रति मधेशी जनताको लोकप्रियतालाई आफुलेपनि अवमुल्यन गरेको स्विकाराएका छन प्रचण्डले। अंग्रेजीमा प्रकाशित उनको त्यो अन्तर्वार्ता यहाँ क्लिक गरेर हेर्नुहोस।

  • ganapati rimal

    hera hera kasto ramro lekheko

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • जनता लाई चित्त बुजायर लगेको खन्द मा मात्र मायोबादी को सर कार लोक प्रिया हुने छ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • nepali

    hay thats cool .the writting styile is cool i liked

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • aba ko sarkar akdami preast bhume hunechha
    bargia shortha bATA mukta bhayara sangiya
    ganatantrik neoal hunechha

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • hami shogat garchhau kamread parchandra
    lai ma yauta durgam distry rukum ko basinda hu
    hijoko abastha hamro atini donda kalin thheo
    sisne ko tara aaja kathmandu ma aayara khasna pugiko chha
    thanku verry much kamread parchandra you look fast in my
    disrtict thanks you

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree