मैले अघिल्ला ब्लगहरुमा थुप्रै उल्लेख गरिसकेको छु सगरमाथामा को टुप्पैमा हेलिकोप्टर अड्याएकोबारे। हेलिकोप्टर अड्याउने बहादुर पाइलटसँगका केही कुरा राख्छु भनेकाले म उनीसँगका केहि रोचक प्रसंग राख्दै छु यो ब्लगमा।
डिडिए दालसेल नामका यी पाईलट पहिले त फ्रान्सेली सैनिक बिमानका चालक रहेछन। सैनिक युद्दक बिमानका। त्यसैले उनी साहसी रहेछन भन्ने त यसै बुझियो। तर कतैपनि युद्दमा भने सहभागी नभएका। परिक्षण उडान गरेका। उनका बुवा रहेछन यस्तै साहसिक यात्रा (एडभेन्चर लाईफ) मन पराउने। उनी बुवासित सानैमा सारा यूरोप र अफ्रिका सफ्रिकापनि पुगेका रहेछन गाडीमा। गाडीमा हिँड्ने, त्यहिँ खाने, जंगलमा सुत्ने गरेर उनले सारा यूरोप छिचोलेका रहेछन। उनका परिवारै त्यस्तै। कोही डुंगामा संसार घुम्ने त कोही मरुभूमी चहार्ने।
सानैदेखि नै उनमा बुबाको जोखिमपूर्ण यात्राले भरिपूर्ण रस भरेको रहेछ। साहसी, चाखलाग्दा र चमत्कारिक दिमाख देखेपछि यूरोकप्टर भन्ने निजी कम्पनीले उनलाई तान्यो। उनी सेनाबाट सर्लक्क सरे हेलोकोप्टर कंपनीमा। त्यहाँपनि उनले जोखिमपूर्ण ठाउँमा हेलिकोप्टर उडाउन थाले। कहिले हिमालमा उद्दार गर्न जाने, कहिले समुद्रमा डुंगा पल्टिदा पानीबाट मान्छे उतार्न पुग्ने। कहिले यूरोपका सबैभन्दा अग्ला ठाउँमा हेलिकोप्टर अड्याउने आदिआदि। उनले यूरोपमै तिन कीर्तिमान बनाईसकेका रहेछन। हिमालमा त्यति अनुभव भएपछि उनले नेपालका अग्ला हिमालबारे चासो राखे। परिवारको बिँडो त थाम्नै पर्यो गर्ने के? सगरमाथाको टुप्पोमा हेलोकोप्टर अड्याउने। सानैमा यहि सोचेका रहेछन।
पहिले त सगरमाथामा हेलिकोप्टर चट्ट अवतरण कसरि गराउन सकिएला त भनेर सोचेछन। त्यसको लागि उनले छ महिनासम्म हिमाल आरोहण र त्यो सगरमाथा क्षेत्रका बारेमा लेखिएजति र भेटिएजति घुँडा धसेर पढेछन पुस्तक, पत्रपत्रिका कहि कतै नगइकन। उनले कुन मोहडा कस्तो, कताबाट कुन याम र समयमा कस्तो हावा चल्छ, बादल लाग्छ, हुरी बत्तिन्छ । कति बेगकोले कसरि कता ठेल्न सक्छ हेलोकोप्टरलाई । कुन बेलामा गए पैदल यात्रीलाई समस्या पर्दैन आफ्नो हेलिकोप्टर उडानले। सारा बुझेपछि आफ्नो कंपनीमा प्रस्ताब राखेछन। कंपनीले स्विकार गर्यो। उनले लगत्तै पेरिसस्थित नेपाली दुतावासलाई सम्पर्क गरे। दुतावास र नेपालको थामसेर्कु ट्रेकिङ्गको सहयोगमा उनले लिखित अनुमति पाए।
अनुमति माग्दा उनले त्यो उचाईम हेलोकोप्टर उडाएपछि त्यस्तै क्षमताका हेलिकोप्टर बनाउन सकिने, जसलेगर्दा हिमालमा धेरैको ज्यान जोगाउन सकिने भनेर तर्क गरे। उनको मुल तर्क ज्यादा उचाईमा उडाउन सकिने शक्तिशाली हेलिकोप्टर बनाउन प्रेरित गर्ने भन्ने थियो।
तर उनको कंपनी केहि हच्किएछ-हेलिकोप्टर त खत्तम हुन्छनै। उनको जिवनपनि जानेनै भयो। कीर्तिमान कायम गर्न भनेर डिडिएले बढि जोखिम लिएर दूर्घटना भयो भने कपनीको प्रसिद्दी खत्तम। उनले अनावश्यक जोखिम लेलान भनेर उनीभन्दा माथिल्ला एक कर्मचारीलाई सँगै निगरानी गर्न पठाउने निर्णय गरेछ। उडाएको हो कि होइन भनेर स्वतन्त्ररुपले जाच्ने कसले ? उनीहरुले अन्तर्राष्ट्रिय हवाई कार्यालयका कर्मचारी वा निगरानीकर्तालाई पनि आव्हान गरेछन। उनीपनि जाने भए। भिडियो ब्लगमा पनि देखिएका छन उनी। त्यसपछि हेलिकोप्टरका पंखा र अनावश्यक सामान झिकेर लरीमा राखेर पेरिस ल्याए। पेरिस को विमानस्थलबाट जेट बिमानमा राखेर लगे हेलिकोप्टर दिल्ली। दिल्लिमा पुगेर पखेटा सखेटा जोडेर उडाउँदै लगे काठमाडौ। बिचमा एक ठाउँमा ईन्धन भर्न ओर्लिएछन। दिल्लिबाट लगभग ३ घण्टा लाग्यो भन्दै थिए डिडिए मसँग।
काठमाडौ पुगेपछि उनले सगरमाथाको उचाई बराबर लुक्ला बिमानस्थलको आकाशमा पटकपटक उडाएर हेरेछन। अर्थात सगरमाथाको समदूरीमा धेरै पटक उडाएर हेरेछन ८८५० मिटरको अग्लाईमा पुर्याउन सकिएला कि नसकिएला भनेर। उनले पटक पटक सगरमाथाको उचाई बराबर उडाउन सकेपछि बुझिहाले कि लौ सकिन्छ भनेर। त्यसबाहेक, ब्यायाम गर्ने, पटकपटक उडाउने र ओराल्ने, हावापानी बुझ्ने गरे।
मे १४ को दिनमा उनी बिहानै ४ बजेतिर उठे। वातावरण ठिकै रहेछ। हान्निएर उडाउदै लगेका उनले ठ्याक्कै माथि पुर्याए। सगरमाथामा दुबै खुट्टा भनौं कि हेलिकोप्टर अड्याउने पिर्का जस्तो बस्तु भनौं त्यसको लागि पुग्ने ठाउँ रहेनछ टुप्पामा। अनी उनले दाहिनेतिरको पिर्का ट्वाक्क अड्याएछन र देब्रेतिरको उचालिइरहेको रहेछ। करिब चार मिनेट अड्याएछन उनले। अनी खुसि हुँदै फर्किए उनी। लुक्ला विमानस्थल आएर त्यो सबै रेकर्ड हेर्दा त हेलिकोप्टरले त्यहाँ अड्याउन शुरु गरेदेखिको समय दर्तानै गरेको रहेनछ रे। लौ पर्यो फसाद के भएछ? हेलिकोप्टर अडिएकै हो। लौ मेशिनमा खराबी रहेछ भन्ने पर्यो। अन्तर्राष्ट्रिय हवाई उड्डयनका कर्मचारीले स्विकार गरेनन अड्याएको हो भनेर। भोलिपल्ट फेरि उडाए उनले मे १५ को बिहानै।
त्यो बेला त मौसम एकदम खराब थियो भनेर सुनाउँदै थिए मलाइ। त्यसैगरि लगेर अड्याए उनले। फर्केर लुक्ला आए सकुशल। त्यो दर्ता गर्ने मेशिनले फेरि त्यहि आठ मिनेट निस्क्रिय बसेको देखायो। भएको के रहेछ भने हेलिकोप्टर बढि तातेकाले त्यसले काम नगरेको रहेछ। त्यस्तो चिसोमा किन तात्ने भन्नु होला। बढि चिसोमा हेलिकोप्टरको ईन्जिनले बढि काम गर्नुपर्ने हुनाले बढि तात्ने रहेछ। उनको उडानले मान्यता पायो। उनको साथमा हेलिकोप्टर प्राविधिक र पत्रकारपनि थिए।
त्यो खबरले लंका र डंका सबैतिर पिट्यो। अनी कसले के भनिदियो। मुर्ख राजा ज्ञानेन्द्र न हुन रिसले आगो भएछन। अनी दरबारबाट रिसका आगा दन्किन थालेपछि सबैले सुसु गर्न थाले कट्टु पाईन्ट जे जे लगाएको छ सबैमा। । उनलाई सगरमाथामा हेलिकोप्टर अड्याएकै होइन भन्न बाध्य पारिएछ। उनी अचम्ममा परे। उनले हेलिकोप्टर अड्याएर आएपछि महान कार्य भन्दै भाषण ठोक्न पुगेका राजाका पाइलट केबी गुरुङपनि गुप्तवास भए। अनी तेरो हेलोकोप्टर बरामत गर्छौं बिना अनुमति उडाएको भन्दै हेलिकोप्टरलाई सेनाले नियन्त्रणमा लिएछ। फेरी कस्तो अचम्म। उनको त्यो हेलिकोप्टर उनको कंपनीले कसैलाई बेचिसकेको रहेछ। त्यो अवधिकालागि साहुसित भाडामा लिइएको रहेछ। आफ्नो कंपनीले बनाएको भनेर के गर्नु? हेलिकोप्टरपनि पर्यो अर्कैको। पर्यो फसाद।
नेपाल न हो, सगरमाथा क्षेत्रमा परिक्षण उडान गर्न पो दिएको त, कहाँ टुप्पैमा पुर्याउन दिएको हो र भनेर कुतर्क गर्न थालेपछि उनी अनेक जुक्ति लगाएर फ्रान्स आए। हेलिकोप्टर बल्लबल्ल फुत्काए। तर राजा किन रिसाए भन्ने कुरा उनलाई अझै थाह नभएकोमा उनी जिल्ल छन। सबै अनुमति लिएर, साराका साराले सहयोग गरेर, अन्तर्राष्ट्रिय प्रक्रिया पुर्याएर राखेको कीर्तिमानले राजालाई किन बेखुसि बनायो उनले अझै बुझ्न सकेका छैनन। (तस्बिर नेपालप्लसकालागि म आफैले खिचेको हुँ) ।
very good. Why he is not challanging against his world record? lets fight for his record with our Govt.
मन परो वा परेन:
0
0
[Reply]
ज्ञानेन्द्र बडा ले सोचेका थिएन होला सगरमाथाको टाकुरामा हेलीकप्टर अड्याउन । यस्तो सोचाई भएकाले गर्दा आज बडाको दशा आएको हो ।ज्ञानेन्द्र बडाको शिरमा पारस ब्रोले टेकेर बसेको जस्तै हो हाम्रो सगरमाथामा । किन अनुमती दिनु ? अनुमती दिए पछि आफ्नो ज्यानको बाजी ठोकेर टाकुरामा हेलिकप्टर राखेपछि उहाँलाई किन नाना थरिका कुराहरुले बेञ्जत गरिनु ?
मन परो वा परेन:
0
0
[Reply]
लौ यो कथा पो र’छ त गज्जबको ! पाइलट साहसी नै हुन्, भन्नु पर्ला जस्तो छ । तर पनि त्यतिखेर त धेरै बबाल भा’को थ्यो है,नेपाल मा त ।
मन परो वा परेन:
0
0
[Reply]
हेलिकप्टर त्यहाँ पुराएर कृतिमान राख्नु ठुलो कुरा होला तर सगरमाथा को बताबरणिय दृष्टि ले हेर्दा त्यो पक्कै पनि नेपालको लागि राम्रो कुरा हैन। त्यहाँ हेलिकप्टर उडाउदा हिउ मा कती असर पर्छ , हिउका डल्लाहरु भत्केर खसेका थिए भन्ने पनि समाचारमा आएको थियो। सगरमाथा को टुप्पो कम्जोर भाग हो, तेसैले त्यहाँ हेलिकप्टर जस्तो मेसिनरी गर्हौ बस्तु अवतरN गराउनु भनेको सगरमाथा लाई क्षती पुराउनु हो। तेसैले ब्लगर जि तपाईंले पनि यो समाचार लाई के के न गर्यो भनेर बढाई चढाई नगरि दिनुभएमा बेस हुन्थ्यो होला।
मन परो वा परेन:
0
0
[Reply]
barun you are right..me too i dont agre with this pilot,,this is his personnel and selfish aim,,,nothing with other even king….he is doing for hiself..
मन परो वा परेन:
0
0
[Reply]