आँखै अगाडी बलात्कार (दूर्लभ तस्बिर)
गत सालकोको कुरा हो। सायद अप्रिल महिनाको। बिहान ९.३० बजे घाम राम्रैसँग लागिसकेको थियो। नजिकैको पार्कमा गएँ। ताल वरिपरि केहिबेर हिडे चराहरुको चहलपहल हेर्नुपर्यो भनेर। त्यहाँ निलसर चराको चहलपहल खुबै देखियो। एउटै पोथीको पछाडि केहि भालेहरुले पिछा गरिरहेका। पोथी ओगटिरहेको हैकमी भालेले कमजोरहरुलाई चिथोर्दापनि ति फर्किफर्कि पोथीको निम्ति हत्तो हलेका थिए। आहाराको खोजि भन्दा पोथीलाई छुनमात्रै पाएपनि हुन्थ्यो कि जस्तो गरिरहेका। यस्तो देखेपछि आज यहाँ पोथीका निम्ति भागेहरुबिच लडाइ पर्छ जस्तो लाग्यो ।
बच्चासँगको एक पोथीलाई भालेले लघारेको देखेपछि त झन यहाँ आज केही भालेहरु मिलेर पोथीलाई बलात्कार पो गर्छन कि जस्तो लाग्यो। चराको यो जातिमा बलात्कार प्रशस्तै हुन्छ भन्ने जानकारि छँदै थियो। यस्तो बलात्कारको द्रिष्य देख्न पाए त दूर्लभ नै भयो। त्यसलाई क्यामरामा कैद गर्न पाए ! यहि सोचेर फेरी क्यामरा लिन दौडिएँ। श्वास नफेरि करिब २० मिनेटमा फर्किएँ त्यहि तालमा। त्यसको लगत्तै तालको छेउकै कुलेसोमा एउटा पोथी निलसर (निलटाउकेपनि भन्छन कतैकतै) देखियो पाँचवटा बचेरासहित।
दुई दिन अगाडि मैले देखेका सात बचेरा मध्ये उसका दुइ वटा मारिइसकेछन। पोथीले आफ्ना बचेरालाई खेलाउने, खुवाउने गरिरहेकि थिइ। बचेरा यता र उति चल्बलाएका छन। तिनिहरु आफ्नै छुट्टै ससारमा रमाएका थिए। अलि टाढा पुग्ने आफ्ना बच्चालाई सायद उ सचेत गरिरहेकि छ क्वायक क्वायक गरेर आफ्नै भाषामा।
केहि बेरमा एउटा भाले आइपुग्यो घाँटि तन्काउदै। भाले नजिक जान्छ तर पोथी अलि परपर तर्किन्छे। पोथी जति तर्किन्छे उ त्यति वर वर पुग्छ। वचेरासग बसेकि पोथी छेउ गएर उ शानले जिस्काउन थाल्यो। उ पोथीलाई करकापमा पार्दै थियो। पोथीले पखेटा फट्फटाउने र ठोंड उघार्ने गरेर लखेट्न खोजि। तर्साउन खोजी। निकै बेरसम्म अस्विकार गरिरही। तर्किन खोजि। भालेले नमानेपछि भने उसले मुकाबिला गर्ने भइ।
भालेको पछिल्लो भागमा ठुँगेर पानीबाट धपाउन खोजि। उसलेपनि मुकाबिला गर्न खोजिरह्यो। वचेरासँगका माउमा वीर चढेको हुन्छ भन्छन। त्यसैले एक्लो भालेले वचेरासँगको पोथीलाई के सक्नु। उसले न्याक्दै पानीबाट बाहिर निकाल्न खोजी। तर त्यो भालेलाई साथ दिन हो वा मौका छोप्नकालागि हो कता कताबाट क्षणभरमै अर्को भाले आइपुग्यो। त्यो भालेलेपनि बलात्कारीलाई नै साथ दियो। पोथीलाई न्याक्न थाल्यो। तैपनि पोथीले ति दुबै भालेलाई पानीबाट बाहिर गल्हत्याएरै छोडि।
पोथी पाखामा पुग्नासाथ रक्ताक्षी (अलबिनो) भएकि एक पोथी मुख फट्टाउदै आईपुगि। पोथीलाई साथ दिन्छे कि भन्ने लागेको थियो। तर कहाँ हुनु ! उसले त पोथीलाई ठुँगेर, पोथीको शरिर दबाईदिएर भालेहरुलाई बलात्कार गर्न सजिलो पो बनाइ दिइ त। दुई वटा भाले र एउटा पोथीले पछारेपछि बिचरा एक्ली पोथीको कुनै जोड चलेन। त्यो देखेर त झन एकैछिनमा अरु भालेपनि आईपुगे।
ति सब एक्ली पोथीमाथि चढे। अझ दुई तिन वटा भाले त बाहिरपनि कुरेर बसेका थिए। पोथी निकै कराई। उ फुत्किन नखोजेकि होइन तर बलात्कारमा परेरै छोडि। बलात्कारमा परेपछि केहिबेरमा निकै जोड गरेर उ कसो कसो फुत्किई। तर बचेरा भए ठाउँ आउन भने सफल भइन। उ फुत्केर उड्नासाथ तिन चार वटा भालेले आकाशमै लखेटिरहे।
उसका बचेरा एकलै परे। आकाशमा निकैबेर हराएर उ आईपुगि। यि सबै घटनाको मैले धमाधम फोटो लिइरहेँ। माउ नदेख्दा बचेरा किउँ किउँ गरेर कराइरहेका थिए। माउ बिना बच्ने बानी नपरेका, नसिकेका, उमेर नपुगेका र भाग्न नजानेका ति वचेरालाई यता त उतीका अन्य ठुला चराले ठुँग्न खोज्दै थिए।
बल्लबल्ल माउ फर्केर त आइ। तर शरिर झ्यापुल्ल परेका थिए। भुत्लाहरु निस्किएका थिए। आएर उसले बचेरा समाली।
तर यो निलसरका भाले कति ज्याद्रा हुने रहेछन भने लुछिएर, चिथरिएर, भुत्लाइएर आएकि पोथीको पछाडि फेरि अर्को भाले साखुल्ले पल्टिँदै पछाडि लागिरहेको थियो। उ झाडिमा पसेकि थिइ भालेपनि उतै लाग्यो।


really you are doing great job.please keep it up.
मन परो वा परेन:
11
7
[Reply]
You caught the perfect pictures.Really rare.
मन परो वा परेन:
6
2
[Reply]
Tapaiko Panchhiko Balatkar Artical dherai ramro lagyo. Yashari nai Kati Nepali cheli haru ko pani balatkar bhayka holan. inlai pani khojtalas gari baltkari harulai nagyauni kosis garnu. pls keep it up.
मन परो वा परेन:
5
0
[Reply]
VAREY GOOD..really you are doing great job.please keep it up
मन परो वा परेन:
5
3
[Reply]
Kam Paina Budi Padako Chak Kanyau!! bhane jasto!!
मन परो वा परेन:
4
0
[Reply]
yosto drisyaharu aru pani dekhaunu hola dhanyabat
मन परो वा परेन:
1
1
[Reply]
there is no other great job rather than this so do not let to end……………………………….
keep it up n all da best…………………..
मन परो वा परेन:
1
2
[Reply]
really it’s interesting story. Great job. thanks
मन परो वा परेन:
2
2
[Reply]
manchala kina yasto pap gercha yasto mancha lai ta fashi hunuparcha
मन परो वा परेन:
1
3
[Reply]
khai maile ta chara haru khalirahe ghai manako 6u. i am not sure ki yo balatkar ko images haru hun
मन परो वा परेन:
1
1
[Reply]
hello friendsss… mene bhi talas kia or mujhe mela
मन परो वा परेन:
1
0
[Reply]
dherai has uthyo malai ta tapai haru lai kasto lagyo yo aakhai agadi tapaks .ra aru pani dekhunu hola van6 ma hawas ta namaste
मन परो वा परेन:
1
0
[Reply]
dai didi ramro 6 hai
मन परो वा परेन:
2
0
[Reply]