एउटी विवश महिला
-कृष्ण गिरी “शम्भु”
म यहाँ अहिले तपाईंहरू सामु एउटी वेश्या आइमाईको हैसियतले आएकी छु । हो, म यहाँ तपाईंहरूलाई मेरो कथा सुनाउन आएकी छु । आशा गर्छु, सुनिसकेपछि तपाईंहरूले मेरो र म जस्ता हजारौँ वेश्या बनाइएका र बनेका आइमाईहरूको अवस्था थाहा पाउनुहुने नै छ ।
तपाईंहरू सामु उभिएर, त्यसमा पनि तपाईं र समाजले चरित्रहीन अंकित आइमाईको रूपमा यहाँ आएर बोल्नु के सरल होला त ? निश्चय पनि छैन तर … तर म त्यही गरिरहेछु । किनभने म चाहन्छु तपाईंहरू थाहा पाउनुहोस् एउटी वेश्या, जो तपाईंहरू जस्तै हाडछाला र मासुले बनेकी छ । हामीभित्र पनि दिल छ । भावना छ । कसैको दिदीबहिनी हौँ त कसैको छोरी हौँ । त्यसैले हामी पनि सम्मानको व्यवहार चाहन्छौँ । त्यसैगरी हामी पनि अधिकार चाहन्छौँ । मानव अधिकार ।
म बेचिएँ । बलात्कृत भएँ । कुटिएँ । पिटिएँ । तपाईंहरूजस्तै समाजका पुरुषको यौन पिपासु भोक मेटाउनका लागि । म अपमानित भएँ । बलजफ्ती पुरुषहरूको खेल्ने वस्तु बनाइएँ । पेलिएँ । अनि कठपुतली बनाइएँ पुरुषले आनन्द पाउनका लागि खेल्न सक्ने । मैले अरूका लागि आनन्द लिनुपर्ने र केहीका लागि नाफा कमाई दिनुपर्ने । तर मेरो आफ्नोलागि भने केवल लज्जा, बेइज्जती, दुःख-दर्द र ग्लानिसिवाय केही भएन ।
अझ तपाईंहरूजस्ता अधिकारकर्मी संस्थाबाट त हामी दोहोरो शोषणमा पारियौँ । साथै भन्नुहुन्छ भने तपाईं … हो, तपाईंले त हाम्रै कारणबाट राम्रो कमाइवाला काम पनि पाउनुभयो । तर त्यसबापत तपाईंले हामीबीचमा विभेद ल्याइदिनुभयो । आफ्नो दातालाई खुसी पार्ने प्रतिवेदन तयार पार्दा हामी खुसी छौँ रे । र यो हाम्रो व्यवसाय हो रे । अनि समाजमा हाम्रो छायाँबाट बचाउन हामीलाई खास क्षेत्रमा बस्न दिनुपर्छ रे ।
ओहो… प्रहरी, हामी त उनका पेवा नै हौँ नि होइन र ? जब जब उनीहरूको यौनतृष्णा जाग्छ आइपुगी हाल्छन् । त्यति मात्र हो ? चाडपर्व, महिनाको अन्तिम मितितिर र उनीहरू घर बिदामा जानुपर्दा उनीहरूको गर्जो टारिदिने टक्सार नै हामी नै त हौँ नि ! अरू कसलाई निचोर्न सक्छन् र तिनले ? कहिलेकाहीँ पक्राउ पनि गर्छन् । तर ती सबै नाटक हुन्छन् । किनकि जब उनीहरू हामीलाई पक्रन्छन् हामीलाई थाहा हुन्छ यसपटक उनीहरूको आवश्यकता अलि ठूलै छ । सायद हाकिमलाई नजराना बुझाएर पदोन्नति हात पार्नु या कमाउ क्षेत्रमा सरुवा हुनु । यो मेरो निजी तथा पक्का अनुभव हो किनकि यस्ता तजबिजीमा म तीन/तीन पटक परिसकेकी छुँ ।
अब तपाईंहरू आफैँ भन्नुहोस् यस्तो राम्रो आम्दानीको स्रोतलाई कोही आफैँ ताला लगाउन चाहन्छ र ? त्यसैले समाजमा वेश्यावृत्ति रोकिन सक्छ र ? अनि महिला बेचबिखन कसले र किन रोक्ने ? वेश्यावृत्तिको मुहान नै यही बेचबिखन हो । ए… तपाईंले सोध्नुभएको ऊ कसरी भनेर ? ल उसैबाट सुन्नुहोस् कसरी बाध्य भई भनेर ।
म…, म तपाईंहरू जस्तै । अझ खासमा त नवधनाढ्यहरूको बाहुल्य रहेको ‘डान्स तथा केविन’ रेष्टुरेन्टमा वेट्रसको नोकरी गर्दै थिएँ । वियर र रक्सीले मात लागेपछि ग्राहकहरूलाई उनीहरूकै निजी सम्पत्ती ठान्थे तरै पनि मैले आफूलाई बचाइरहेकी थिएँ । एक दिन काम सकेर म आफ्नो घर फर्किदै थिएँ, तीनजना मान्छे मेरो पिछा गर्दै थिए । अनकण्टार ठाउँ पारेर मलाई ठूलो रुमालले छोपिदिए । र दुईजनाले झ्याइँकुल्टाइँ पारेर नजिकैको घरमा हुले । त्यसपछि एक हप्ता उनीहरूले लगातार मलाई बलात्कार गरेपछि एक सम्भ्रान्त महिलाको घरमा पुर्याए । पछि थाहा पाएँ, सारै थोरै रकममा बेचिएँछु । अहिले यिनै महिला, भैगो उनको नाउँ नलिउँ । उनी तपाईंहरूबीच अति सम्पन्न र समाजसेवीको नाउँले परिचित छन् ।
हामीले नचाहँदा नचाहँदै पनि हामी वेश्या बनाइएका छौँ । हामी तपाईंहरूलाई नै सोध्छौँ ल भन्नुहोस् हामीलाई वेश्या कसले बनायो र कसले भन्यो ? हामी सुरुमा तपाईंहरू जस्तै समाजमा संलग्न व्यक्तिहरूबाट ठगियौँ । लुटियौँ । बरबाद भयौँ र वेश्या बन्न स्वीकार गर्यौँ । जब तपाईंहरूको क्रूर पञ्जाबाट फुत्कियौँ, हाम्रो चारैतिर अँध्यारै अँध्यारो थियो । कोही हामीलाई स्वीकार्न तयार थिएन । स्वीकार गर्नु त परै जावस् राम्रो र सहानुभूतिको दृष्टि समेत दिएनन् । यसैले, बाँच्नुको बाध्यताले हामी वेश्या बन्यौं । अब चाहिँ आफ्नै इच्छाले बन्न स्वीकार गर्यौँ । यो हाम्रो तपाईंहरू जस्ता समाजका व्यक्तिहरूलाई चुनौती हो । सक्नुहुन्छ भने रोक्नोस् । भोलिका दिनहरूमा यस वृत्तिमा आउने स्रोतको मुहान रोकिदिनुहोस् ।
यो कुनै टेलिसिरियलको धारावाहिक कथा थिएन । यो त हामीजस्ता गरिबी र अभावमा पिल्सिन बाध्य आम महिलाको वास्तविकता हो । अनि अरू आश्चर्य कुरा त हामी चाहिँ खराब, अनि हामीलाई यो चरित्र प्रदान गर्ने तपाईंहरू चाहिँ असल ? यो जत्तिको असामाजिक र अन्याय अरू के होला र ? तपाईंहरूले कहिले सोच्नुभएको छ ‘किन हामी वेश्या बन्यौँ भनेर ? सुरुमा हामीलाई विभिन्न प्रकारले तपाईंहरूले नै यसतर्फ धकेल्नुभयो । जब पूरापूर मात्रामा धकेलियौँ तब मात्र यसलाई अपनायौँ । सक्नुहुन्छ तपाईंहरू अझै पनि हामीलाई पुनस्र्थापना गर्न ?
कत्ति मार्मिक र कति कारुणिक थिए उसका ती प्रत्येक शब्दहरू !!! ऊ धाराप्रवाह बोलिरहेकी थिई । तर कसले बुझ्ने कोसिस गर्यो र त्यहाँ, उसका भावना, अनि उसका वेदनाहरू ? उसका जिब्राहरू फट्फटाई रहेथे । ओठहरू काँपिरहेथे । आँखाहरू पीडा र वेदनाले रोइरहेथे । तर समाजका हामीजस्ता सम्भ्रान्त व्यक्तिहरू उनीहरूको पीडामा कहिल्यै पीडित हुन सकेनौँ । उनीहरूको पक्षमा हामीले कहिल्यै आफ्नो आवाजलाई गहन बनाउन सकेनौँ । उल्टै उनीहरूलाई परोक्ष र अपरोक्ष तरिकाले प्रताडित गर्न छाडेनौ । कहिले उनीहरूको अधिकार पाउनुपर्छ भन्ने नाउँमा त कहिले ‘रेड लाइट एरिया’ को वकालतमा । तर कहिल्यै उनीहरूलाई रेडलाइट एरिया पुग्नुपर्ने बाध्यतालाई केलाउने प्रयास गरेनौ । के सामाजिक व्यक्ति र सम्भ्रान्त वर्गको हैसियतले यो हाम्रो दायित्वभित्र पर्दैन ? कहिल्यै नटुंगिने बहसको विषय र अनाडी प्रश्न पस्किन पुगेको छ- एउटी वेश्याले सुनाएको कथाबाट ।
पालुम्टार-१, कदली, गोरखा
हाल: दोहा (कतार) ।


ramro lago mitra
मन परो वा परेन:
0
0
[Reply]
greate article so thanks keep it up but think frist what am i doing ? thanks
मन परो वा परेन:
0
0
[Reply]
हामी नेपाली लाइ हाम्रो देश नेपाल को सारै माया छ नापताये नेपाली को छाती चिरी हेरत येहा तिमिपाउने छौ अमर अटल सगरमाथा बिशो लाइनै चंम्काउने लालीगुराँस,हिमाल,पहाड र तराई पन्छी बिशो को एक मात्र डाफे विभिन्न प्राकृतिक सौन्द्र ले भरिपुर्न्ना र नेपाली सास्कृति नेपाली पन बिशो नही थर्कने नाम बिरगोर्खाली आज आएर हाम्रा नेता भनौदा हरुले देशको नाम नै मेटाईसकेछन नेता गिरिजा सीमा बेचेर खाने माहोबादी नेताहरु भाही भाही जुदौने र हात्या हिंसा मचौनी जस्ताकम्मा मात्र बय्स्ता छन् आब हामी नेपाली जनता चुप्प लागेर बस्ने बेलाछैना उठेर जुटौ अब यीनको प्रति कारमा येहिनै मेरो बिजया दासमी को सुभ कामना छ
मन परो वा परेन:
0
0
[Reply]
manu tamu Reply:
May 9th, 2010 at 8:10 pm
malai khusi lagyo tapai ko yo lekha padna payakoma,ma vanchhu ki tapaile jastai aru nari le pani aafu mathi vayako purus atyachar lai khulasta parnu parchha ra nari sangathan bat yasko samadhan garnu parchha.
मन परो वा परेन:
0
0
[Reply]
Ati karunik mutu 6une 6 Sir pheri pheri pani hai.
मन परो वा परेन:
0
0
[Reply]
yo phaltu lekhlaai nepalplus le protsahan dieko holaa.
मन परो वा परेन:
0
0
[Reply]
Euti Bibas Mahilaa bhanne Krishna Giriko katha ramro lagyo, uhanlai badhai
Ramesh
मन परो वा परेन:
0
0
[Reply]
dibesh Reply:
September 28th, 2009 at 2:55 pm
पाल्पाली, झापाली, स्यांजाली सबै नो १ फटाहा, चोर ,छलकपट गर्न जानेका एउतै ड्याग का मूला हुन पहिला पनि एक पाल्पाली थियो “टैगेर” भन्ने यहाँ बाट(नेपालप्लुस) गायब भयो अब तिम्रो पालो आएको छ बेईजेत हुनु भन्दा पहिला यहाबाट बोरिया बिस्तार समेटर भागे हुन्छ.
मन परो वा परेन:
0
0
[Reply]
narayan kumar rokaha Reply:
October 7th, 2011 at 10:11 am
अर्थ न बर्थ गोभिन्द गाइ किन गाली गरेको होला केहि बुज्न सकिएन नि
मन परो वा परेन:
0
1
[Reply]
Nice piece of writing…. Thanx a lot for writing about prostitution. Yah I do agree with what u have said: Women are used by men & compelled to involve in this sector. It is their poverty that compells them to live such lives. It happens in foreign countries though where women choose this profession and are called sex workers and also get good amount of money but in our country the women are forcely involved to attach in sexual activities and are the puppet of their so called MALIK & MALIKNI.
So in my view we should uproot this type of evils from our society by educating the women and empowering them physically, mentally and economically.
मन परो वा परेन:
0
0
[Reply]
धन्यवाद लेखक जी, राम्रो लेख पठाउनुभएको रहेछ। हजुरको कलम यसरी नै चल्दै जाअोस। साथै यस्तो लेखले हाम्रा नियम कानुन बनाउनेहारुको पनि आँखा खुलोस। बिजया दशमी २०६६ को शुभकामना।
मन परो वा परेन:
0
0
[Reply]
desh nai yak yesti aaimai jasti chha aani mahilaharu ta bibas…
yo sab desh ko karada lae nai ho
khai kahilae bannla harmo desh
news padae pasi bored lago
j ho ko hi yesto hununaparos
mohan moon
mohanmoon97@gmail.com
मन परो वा परेन:
0
0
[Reply]
desh nai yak yesti aaimai jasti chha aani mahilaharu ta bibas…
yo sab desh ko karada lae nai ho
khai kahilae bannla harmo desh
news padae pasi bored lago
j hos kasaelai yesto hununaparos
mohan moon
mohanmoon97@gmail.com
मन परो वा परेन:
0
0
[Reply]
hi how are u im shiva some one wanna frien ship please
मन परो वा परेन:
0
0
[Reply]
I like your article very much. I don’t think that u can write so fairly and so lovely. Ok keep it up and I will send u some gazal to publish in this site
मन परो वा परेन:
0
0
[Reply]
ramro lagyo hajur ko lekh plz lekhdai garnus hai
मन परो वा परेन:
0
0
[Reply]
बास्तबमा पिडा वास्तविक हो तर समाजले हेर्ने बाहिरी आखा होइन भित्रि आखा चाहियो
मन परो वा परेन:
2
0
[Reply]