आइन्द्रो नसते द्रोणसुते…, यसपाली दशैमा खशी काटे, अर्को दशैमा मान्छे नकाटे…

-सरोजदिलु विश्वकर्मा

sarojdilu_bk1यसपालीको दशैं मुखमै आईसकेको छ । प्राय हिन्दू र हिन्दूसंग सम्वन्ध जोडिएका धर्मीजनहरुले घरघरमा खशी, बोका, राँगा, सुँगुरको जोरजाम् गरिसकेको हुनुपर्छ । ती गर्दन् रेटिने जन्तुको आगमनसंगै घरघरमा खुशी छाएको छ । तर यसैवेला सभाषदज्युहरुमा दुःखका दिन शुरु भएका छन् । किनकी, श्री ६०१ सरकारहरुको यस्तै हठ्मा, लठ् भइरहने हो भने आर्को दशैसम्म बोका र च्याङग्रा मात्र नभई वम र वारुद र एम्वुसहरु भित्रिने छन् । जवकि मुलुकमा संविधान सभाको अघिल्लो ६ महिना सहजै रहेता पनि यो ६ महिना जटील रह्यो । अवको ६ महिना बढो कठिन हुनेछ भने संविधानको समय पछाडिको ६ महिना संविधान बनेतापनि नबनेतापनि द्धन्दमा फस्नेवाला छ । अनि, यसपालीको दशैमा ती पशुहरु काटिए झैं अर्को दशैंमा भने मान्छेले मान्छेलाई नै वली चढाउनेवाला छन् । सो वेला एउटा जाति वा सम्प्रदायले अर्को जाति तथा सम्प्रदायको छायाँ देख्नसमेत रुचाउने छैनन् । त्यसवेला ६०१ महोदयहरुलाई नेपाली जनताले खोरभित्र सुँगुर रोपेझै अनेक तरहले रोप्नेछन्, घोच्ने छन् । यिनको २।२ वर्षसम्म भत्ता र सत्तामा लुटुपुटिँदा चिल्लिएको थुतुनो, तन्किएको भुँडी र उछिटि्टएको पीँधले कहिले नसोचेको दुःख पाउने छन् । कुतिको बाटो मरेको विरालो च्यापेर लथ्रिएको वटुवा झैं आआफ्ना घर-डेरामा फर्किँदा यिनका अनुहारमा भुस्याहा कुकुरले सू गर्न समेत हिच्किचाउने छन् । यतिमात्र होईन, संविधान नबनेको खण्डमा यिनीहरु न घरको रहनेछन् न त वनको । न दरवारको रहनेछन् न घरवारको । विचराहरुको भविश्य देख्दा दया लागेर आउँछ । सभाषद् सकिएको २।४ महिनापछि खेती गर्ने कि, जागीर खोज्दै हिड्ने या खाडीतिर लाग्ने ?

 यो त भयो, यी गन्यामान्याहरुको भविश्य-रेखा । अव गणतन्त्रवादी जनताको हालत के हुने ? तिनको पनि जोखाना हेरौं । आजसम्म गणतन्त्रलाई आत्मसाथ गरेका यी लोकतन्त्रप्रेमी जनताहरु मिति सकिएको ६ महिनाभित्र न खुकुरीको मित्र हुनेछन् न अचानोको रक्षक । गणतन्त्रलाई संस्थागत गर्ने मुद्दालाई ती ६०१ ले त्यसै छोडेर भाग्दा त्यसवेलासम्म जातीय र संघीय आन्दोलनले उघ्ररुप लिईसकेको हुनेछ । कसैले कसैलाई भन्ने, आग्रह गर्ने वा सुनुवाई गर्ने स्थिती रहन्न । लिम्वुवान, खुम्वुवान, थारुहट्, दलित, सवका हातमा हतियार हुनेछन् । मधेसीका हातमा भाला र कटुवा । अनि मुश्लिमहरुको मुठ्ठीमा मशालहरु हुनेछन् । हरेकले आत्मरक्षा र स्वाभिमानका लागि एकले अर्कोलाई प्रहार गर्नैपर्ने समय आउने छ । वेद् बोकेर अरुलाई गोली गठ्ठाका भारी बोकाइ हैकम् जमाउदै आएकाहरुलेसमेत आत्मरक्षाका लागि जानेपनि नजानेपनि हतियारै बोक्नु पर्नेछ । अनि को गणतन्त्रवादी, को लोकतन्त्रवादी, को राजावादी, को माओवादी आफैभित्र एकले अर्कोलाई छप्काउने समय आउने छ । यतिमात्र होईन, राजधानीमा नेवार वाहेक अरुले बोल्न र चियाउन सक्नेछैनन् । पूर्वमा लिम्वुवान खुम्वुवानले नाक चुच्चेहरुलाई देख्नसक्ने छैनन् । तर्राईमा मधेसीलाई टोपी लगाउने अनुहारहरु मशान जस्तै लाग्नेछन् । अनि पश्चिममा थारुहरुले मधेसीहरुको छाला उप्काउने छन् ।

 त्यो दिन के होला, हामी एकक्षण कल्पना गरौं त ! यी क्षेत्री-वाहुन, दलित, मुश्लिम र अरु अल्पसंख्यकहरुको के हालत होला ! अन्ततः के हालत होला यो मुलुकको !! धेरै केही हुँदैन, एकले अर्कोलाई मुला छप्काएझैं छप्काउने वाहेक । अतः अर्को दशैको सेरोफेरोमा पशुको वलीले होइन, धेरै वटा घर-आँगन, चौतारा, चौवाटो, जंगल र तलाऊ आदिमा मानव वली भएको सुनिने छ, देखिने छ ।

 संविधान सभाको चुनाव हुनेवखत धेरै ब्यवस्थापिका सांसदज्यूहरुको वीचमा रुवावासी चलेको थियो । उनीहरु भन्दैथिए- ‘हरे किन यति छिट्टै चुनाव गरेको ? ‘ यही डरले आजका सभाषद्ज्यूहरु पनि ‘ओफ, यति छिट्टै किन आउँदैछ जेष्ठ १४ गते.. ?’ भनेर पुपुर्र्रोमा हात लगाउन थालिसकेका छन् । किनकी निर्धारित तिथीको भोलीपल्ट यिनको खातापाता सवै वन्द हुनेछ । दुहुनो गाईजस्तो संसद सचिवालय पनि थारो हुनेछ । वरतिर-परतिर अतिथि भईजाँदा चप्काउन पाईने अन्नधन्न र एन्जिओ-आईन्जीओका चिल्ली-साँप्राहरु वरु कुकुरलाई खाईनसक्नु हुनेछ । यिनले सुँग्न पनि पाउने छैनन् । त्यसले सायद, समयभित्र काम सम्पन्न गर्न चाहिरहेका छैनन्, यी छ सौ एक महामहिमहरु ।

 हामीलाई शब्द सुन्नै गाह्रो भएतापनि अजिङगरले जिउँदै बाख्रो पचाए झैं मुलुक र जनतालाई नै सजिलै पचाउन वानी परेकाले नेतागणलाई फेरिपनि यी शब्दहरुले अलिकती पनि बिझाउने छैन । तिनीहरु फेरि भन्नेछन्- समयमै संविधान बन्छ, यही सरकारले बनाउँछ । विल्कुल वकवास र वकुम्फुसे कुरा हुन् यिनका । किनकी वितेको १६ महिनामा मस्यौदामा त सहमती हुन सकेन भने वाँकी ८ महिनामा के के गर्ने, के के भ्याउने ? कि त जसोतसो मध्यराती संविधान ल्याउने र विहान मुलुकै जलाउने ? जवकि, संविधानको एकएक वुँदामा दुईतिहाई मत जुट्नु पर्दछ, जुन माओवादीविना सम्भव हुँदैन । अनि माओवादीलाई हरेक क्षेत्रमा एक्ल्याएर, संविधान बन्छ भन्नु कतिको वुद्धिमता हो ? केही सत्ताधारी पदाचारीहरुले भनिरहेका छन्- माओवादी नै सहमतीमा आउनु पर्छ । तोरीलाउरेहरु ! आफूचैं जसोतसो सत्ता कब्जा गर्ने, अनि सहमती खोज्ने ? कोही वेवकुफ छैन- र्सवश्व लुटाएर आफैं र्समर्पण गर्ने ।

 यसो भनिरहँदा माओवादी मान्याज्यूहरुले मलाई धन्यवाद देलान् । तर त्यसको कुनै जरुरत छैन, किनकी पशुको वली दिन छाडेर मान्छेले मान्छेकै वली दिनुपर्ने दिन दोहोरियो भने त्यसको पहिलो जिम्मा माओवादीले लिनु पर्छ । किनकी परिवर्तनका लागि जातीय हिंसाको विजारोपन गर्ने यिनैहरु हुन् । यता, मलाई मेरा आफ्ना कम्रेडज्यूहरुले ‘यताको मादल भिरेर उताको गीत गाउँने ?’ भन्ने नगरेका पनि होईनन् । तर देशलाई बचाउन र जनताको सदिक्षालाई र्सार्थक तुल्याउन दल र सदस्यताभन्दा माथि उठ्नैपर्दोरहेछ । यही नै सत्य हो । होईन भने यो राष्ट्रको नागरिक हुन सकिदैन, दलको कार्यकर्ता मात्र हुइन्छ । उता सात साले क्रान्तिकारीज्यूहरुलाई पनि पर्नु पीर पर्ला । तर तिनले पीर गर्नुभन्दा विहान विहानै ऐना हेरेर आफूलाई धोई पखाल्नु अच्छा हुनेछ । किनकी उसको शुद्धिकरणविना त वागमतीको ढल पनि बग्दैन भने यो मुलुक त के कुरा । अतः आइन्द्रो नसुते, द्रोण सुते…., माली गाईको दहीमा रञ्जित दूर्गा भवानीको प्रसाद लाईकन सवै नेता, सभाषद्ज्यूहरुको मनमथिङ्गलमा सद्वुद्धि नै सद्वुद्धि नै भरियोस् । ब्यक्तिगत स्वार्थ, दलगत भावनाभन्दा माथी उठीकन सवैमा राष्ट्रिय भावनाले बास गरोस् र ६७ साल जेष्ठ १४ भित्र जन अपेक्षाअनुसारको संविधान आओस् ।

 अन्तमा, जाति, धर्म, वर्ग, लिंग, भाषा, संस्कृति, मधेसी र पहाडीको भूत सवै नागरिकको आत्माबाट दूर होस् । लिम्वु-लिम्वु मिलेर लिम्वुवान, मधेसी-मधेसी मिलेर एक मधेश एक प्रदेश अथवा थारु-थारु जुटेर थरुहट राज्य खोज्ने विकृती हराओस् । हरेक दलका कार्यकर्ता, नागरिक समाजका स्वदेशी विदेशी गिद्धिजीवि जनहरुको मनमा एकता अखण्डता, भातृत्व, सहअस्तित्व र सम्मानको भावनाको विकास होस् । र ब्यावहारिकभन्दा वौद्धिकमात्र बन्न खोज्ने महत्वकांक्षाको विनाश होस् । अनि हामी सवै मिलेर समृद्ध, समुन्नत गणतन्त्रको नेपालको नेपाली नागरिक भईरहन पाऔं । विजया दशमी २०६६ को यही शुभकामना सहित ।

  • Sujit

    SAROJ JEE THANX GOOD ADVICE FOR KHARAVB NETA

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Geeta

    Very Good. Very immpresive writing skill you have. May God Durga make our wish true, what ever you mention in last paragraph.

    Keep writing.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Dipak Kumar B.K.

    शुभकामना।पाईंले लेखेको लेख पढे, समय सन्दर्बिक लाग्यो। हामीले नेपालमा त्यस्तो स्थिती देख्न नपरोस। यसपलिको दशैमा दुर्गाभवानिले हाम्रा नेताहरुका दिमागमा सुबुद्धी भरिदिवन, आफु मात्र नभै देश बनाउने सोन्च भरिदिउन,समयमा नै सबैको हित हुने संबिधान बनाउने बुद्दी दिउन, सम्पूर्ण नेपालीहरुमा बिजया दशमी २०६६ को हार्दिक मंगलमय शुभकामना।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Cham Bahadur Saru Magar

    Thanks Mr saroj Ji, i am impressed your writting & you have suggested will be happing future.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Ekalavya sharma

    Great Article. You wrote the things I am thinking.
    Happy Dashain to wrtier and all others.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Mekh Rana K S A

    डिलु जी लेख यथार्थ् मा आधारित छ अहिलेको समय भनेको सहमतिको राजनीती कों बेला हो न की कोही सत्ता मा रमिरहने कोही सत्तामा जान पाइयेन भनेर रुवाबासी गर्दै हिड्ने होइन सबै मिलेर नयाँ नेपाल बनौनु छ ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • सन्तोष

    खुशी लग्यो तपाईंको दलीय र जातीय राजनीतिबाट माथि उठ्ने यो प्रयास देखेर ।लेख राम्रो छ तर तपाईंले यो लेखमा उल्लेख गरे जस्तो दु:ख पीडा नेपालीले भोग्न नपरोस अब । राजनिती गर्नेले पनि दल र पार्टी लाई भन्दा देशलाई र जनतालाई मुटुमा राख्नु पर्यो । बडा दशैंको उपलक्ष्यमा मेरो यही शुभकामना छ । सक्छौ भने सबै दीन दुखिहरु र नेपालीहरुलाई धेरै खुशी दिने कोशिस गर होइन भने जुन खुशी उनीहरु संग छ विभिन्न बाहानामा तेस्लाई खोस्ने कोशिस नगर।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Thapa Bikram

    Mr.saroj thanks to know about our future nepal it,s sure will be happen if they not make sambhidhan

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree