जुत्ता खाने राजनीति नगरे कसो होला ?

-अकेला

Akela-Shretha-columnist-nepali-210121आजको पिँढिले जुन र्टाईपको राजनीति र नेता-कार्यकर्ताको सामना गर्दैछन्, त्यो उनीहरुको बाध्यता हो । नेता-कार्यकर्ताले जहाँ जहाँ आईज भन्छन्, त्यहीँ त्यहीँ जानु, जहाँ नआईज भन्छन्, त्यहाँ नजानु, जे जे बक्बक् गर्छन्, त्यो त्यो सुन्नु र जे जे गर् भन्छन्, त्यही त्यही गर्नु जस्ता बाध्यताहरुको कुनै विकल्पै छैन । किनकि, यो पिँढि सिधा र सरल छन् । तर भावी पुस्तामा यो हुनेछैन । हामी जस्तै सिधासादा र नेताहरुका बकुलाभगत । कसैले आईज भने जाने, नआईज भने नजाने र जो कसैको बक्बक् चूपचाप सुनेर-सहेर बस्ने । राजनीति गर्नेहरुका निम्ति यो एउटा यस्तो खतरा छ, जो निकट भविष्यमा उनीहरुमाथि खनिनेवाला छ ।

 अवका पिँढिले यो मुलुकमा राम्रो राजनीति र राम्रा नेता-कार्यकर्ता पनि पाउने छैनन् । आजको पिँढिले जुन र्टाईपको राजनीति र नेता-कार्यकर्तालाई भोग्दैछन्, त्योभन्दा अत्यन्तै भयाहव राजनीति र भयानक नेता-कार्यकर्तालाई भोलीका पिँढिले भोग्नेछन् । अवका पिँढिले देख्ने-भोग्ने राजनीति र नेता-कार्यकर्ता भनेकै एकप्रकारले अण्डर वर्ल्ड डन्हरु जस्तै हुनेछन्, जो न केवल उनीहरुले यो मुलुकमा समानान्तर सरकार चलाउने छन्, बल्कि पूरै राजनीति नै न्ष्खभ बलम त्बपभ को र्टाईपले चल्नेछ । जसले गर्दा मुलुकको पूरै ल एण्ड अर्डरको स्थिति आजभन्दा पनि निकै कवाडी हुनेछ ।

 राजनीति मात्र हैन, यसअघि कहिल्यै नदेखिएको मानिसहरुको आक्रामक चरित्र मुलुकको आर्थिक, सामाजिक, धार्मिक विषयमा पनि बढेको छ । जुन शैलि र व्यवहारलाई यो पिँढिले अपनाउँदैछ, त्योभन्दा डरलाग्दो शैलि र व्यवहार, आउँदा पिँढिमा देखिने छ । आम मान्छेहरुले कुनै दलको सदस्यता लिनुको अर्थ कुनै अण्डर वर्ल्ड ग्याङ्गमा भाइगिरी गर्नु जस्तो हुनेछ भने आम मान्छेले नेताहरुलाई मान्नु र पार्टी कार्यकताहरुको संख्या बढाउनुको अर्थ लाग्नेछ-नेताहरुलाई जुत्ता खानबाट सुरक्षित राख्नु । भूतो न भविष्यतिको राजनीति गरिरहेका यहाँका नेता तथा कार्यकर्ताहरुमा आफुलाई पार्टीले सदस्य कम र फाईटर ज्यादा ठान्ने प्रवृत्तिलाई आत्मसात गर्न यो पिँढि बाध्य भए पनि भावी पिँढि त्यसको निम्ति बाध्य हुनैछैनन् ।

 मुलुकको राजनीतिमा सक्रिय रहेका सबैखाले भातृसंगठनहरुमा आफ्ना नेताहरुलाई खुशि पार्ने र नेतालाई खुशि पार्नसकिए ठूलै झ्याप पारिने मनोविज्ञानले काम गरिराखेको छ । उनीहरुको त्यस किसिमको मनोविज्ञानबाटै मुलुकको राजनीति प्रभावित छ । जसबाट, न केवल भातृसंगठनहरुका कार्यकर्ताहरु मात्रै, अपितु नेताहरुका सेता लवेदा सुरुवालमा लागेको गन्दगी साफ गर्न मुश्किल भैरहेको छ ।

 राजनीतिमा हावि हुँदै गएको बढी से बढी दासत्व  आम जनतालाई अस्वीकार्य छ । दासहरुको खरिद-बिक्री बन्द भैसकेको र बालश्रम निषेधित गरिएको यो जमानामा अव पनि कसैले-कसैलाई दास बनाएर राख्छ वा राख्न चाहन्छ भने त्यो पाच्य हुँदैन । किनकि, दास र दासत्व सम्बन्धी सबै कामकुरा आज बर्जित एवं निषेधित छन् । तर हामीकहाँ जुनखाले दासत्वको विकास गरिँदैछ, त्यसलाई आम मानिसले कसरी स्वीकार्ने ?  आजको प्रमुख विषय नै यही हो । किनकि, नेपालको राजनीतिमा जुन कुरालाई र्सवाधिक स्वीकार्य र शिरोधार्य ठानिँदै छ, यो ज्यादै खतरनाक छ । राजनीति मात्रै यहाँ एक यस्तो चिज बचेको छ, जसमा दासत्व स्वीकार्य र शिरोधार्य ठानिएको छ । अर्थात, नेताहरुलाई आफ्ना कार्यकर्ताहरुको दासत्व स्वीकार्य छ त कार्यकर्ताहरुलाई नेताहरुप्रतिको दासत्व शिरोधार्य छ ।

 जुन समर्पण र बलिदानप्रति राजनीतिक दलका कार्यकर्तालाई गर्व र घमण्ड छ, न केवल त्यो उनीहरुमा निहित स्वार्थ र निचताको उच्चतम् प्रदर्शन हो, अपितु नेतालाई खुशि पार्ने टाईपको वाकवाकीलाग्दो दासत्व पनि । उनीहरुले नेताहरुप्रतिको दासत्वलाई समर्पण वा त्यागको जामा पहिर्‍याए पनि आम मानिसहरुमा उनीहरुको त्यो समर्पण वा त्यागलाई फगत एउटा दासत्व बाहेक केही नठान्ने मनोवैज्ञानिक दृष्टिकोणको विकास पनि यहाँ बिस्तारै हुँदैछ र नेता तथा कार्यकर्ताहरुले त्यसलाई स्वीकार्नैपर्ने हुन्छ ।

 व्यक्ति फरक पर्नसक्छ । घर, आँगन फेरिनसक्छ । देश, काल र परिस्थिति बदलिन सक्छ । तर सँस्कार बदलिन कठिन छ । घाम, पश्चिमबाट उदाउन सक्ला । तर मानिसको सँस्कार जहाँको तहीँ हुन्छ । जमानासँगै बदलिएका आम नागरिकको मर्म र भावनासँग आफुहरुलाई ढाल्न नसकिनु उनीहरुको यस्तो गलत कुसँस्कार छ, जो उनीहरुको धमनीमा युगौँदेखि दौडिरहेको छ । आदर्श र्रर् इमानको रामनामी च्यादरभित्रका यी डरलाग्दा अनुहार, शैलि र सोँचाई त कुसँस्कारकै प्रमाण हो नि । जतिसुकै वाकपटुता र शाब्दिक चाटुकारिताद्वारा आम मान्छेलाई हिप्नोर्टाईज्ड गर्न खोजिए पनि के गर्ने पाठक ? हुस्सुहरुले आफ्नै पैण्टको हेडक्वाटर खुलेको पत्तो पाउँदैनन् ।

 यहाँको राष्ट्रिय राजनीति ब्रि्रेकै कार्यकर्तालाई एक्काको घोँडा बनाउने नेताहरुको मानसिक बिक्षिप्तता र नेताहरुको भारी नबोके आफ्नो अभिष्ट पूरा नहुने कार्यकर्ताहरुको यथास्थितिवादी मनोविज्ञानले हो । त्यस किसिमको बिक्षिप्तता र यथास्थितिवादी मनोविज्ञानबाट मुक्त नभएसम्म राजनीतिको रुप-रङ्ग हिँस्रक त बन्छ नै । आजादीको पर्सा सबैभन्दा पहिला र सबैभन्दा धेरै खाने त नेतै हुन् । नेता-कार्यकर्ता र तिनका चटुष्टीयोगिनी-नन्दीभृङ्गीले खाएर शेष रहे भने न आम नागरिकका हातमा त्यो पर्सा पर्ने हो । नत्र त्यो प्रति आम नागरिकको के नै मोह हुन्छ र ? मोह त नेता पैदा गर्छन् । अनि त्यही मोहमा आम लाटागाँडाहरु एकअर्कालाई उछिन्न पेलम् पेल्को राजनीति गरिरहेका हुन्छन् ।

 नेता तथा कार्यकर्ताहरुका धमनीमा दौडेको कुसँस्कारले यहाँको शदियौँ पुरानो धर्म, सँस्कृति, अर्थ र राजनीति बिग्रियो-भत्कियो भने त्यसको जिम्मेवारी आम मानिसले त लिँदैन । त्यसको लागि, आम नागरिकले नेता-कार्यकर्तालाई नै दोष दिनेछन् र नेता-कार्यकर्ताले लिनु पनि पर्ने हुन्छ । अन्यथा, राजनीतिमा जुत्ता खाने र खुवाउने सिलसिला सुरु जो भैसकेको छ । आम नागरिकको जुत्ताबाट बच्न र बचाउन आगामी दिनमा राजनीतिका खेलाडीहरुले सच्चाई इमान्दारीताको राजनीति नरोजि सुख्ख त छैन । किनकि, मुलुकमा आज जुन र्टाईपको राजनीति चल्दैछ, त्यो त जुत्तै खाने राजनीति हो । भलै सबैले नहान्लान्, तर कार्यकर्ताहरुकै भिडबाट कुनै दिन नेताहरुका टाउकामाथि जुत्ताहरु बषिर्ए भने के अनौठो भयो र ? शदियौँ पुरानो आफ्नो धर्म, सँस्कृति, अर्थ र राजनीति बिगार्ने-भत्काउनेहरुलाई आम मान्छेले त बक्सन्नन् ।

 नेताहरु चढ्ने कालो सिसावाल बुलेटप्रुफ गाडी, हतियार लैस सुरक्षा गार्ड, अनि कार्यकर्ताका सुरक्षाचक्रले नेताहरुको छेरुवापनलाई झल्काउँछ । नेतालाई-सुरक्षा चाहिने, कार्यकर्ताहरु-सुरक्षा दिने । किनकि, यिनीहरुको दिलोदिमागमा जुत्तै जुत्ता मात्र छ । यी  धूर्तहरु भयभित छन् कि कुनै न कुनै दिन, भिडको कुनै कुनाबाट यिनका टाउकामाथि जुत्ताको झटारो आउने छ र त्यसलाई छल्नुपर्नेछ । कदाचित, उनीहरुलाई जुत्ताको भयले नगालेका भए बिना सुरक्षाचक्र, एक्ला एक्लै आम नागरिकको सामना गर्ने थिएनन् र ? देश र जनताको निम्ति राजनीति गर्नेहरुलाई आखिर केको डर ? कोसँग डर ? र किन डर ? डराएर राजनीति चल्छ ? त्याग, तपस्या र बलिदानको किस्सा सुनाएर नथाक्ने यी वीरवहादुरहरुको आज त यो हालत छ भने भोली हातहातमा, पातपातमा एके फ़ोर्टीभेन र ग्रिनेड लिएर पैदा हुने भावी पिँढिको यिनीहरुले कसरी सामना गर्लान् ? या त, यी सवालहरुको जवाफ उनीहरुले यसैभित्र खोज्नुपर्ने हुन्छ, हैनभने, आजैदेखि यिनीहरुले जुत्ता खाने टाईपको राजनीति बन्द गर्नुपर्ने हुन्छ । दूर्गा भवानीले नेताहरुलाई जुत्ता खानबाट बचाउन् ।

  • Dipak Chhetri

    Thik Ho Tapai Ko Kura.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • ग्रिनेट अनि बन्दुक त अब केहि समयमा नै धेरै नेपाली हातमा हुदैछ . अहिलेको अबस्थामा सरकार चल्ने हो र जनतालाई ब्यवास्ता गर्ने हो भने अब जनता आफ्नो सुरक्षा गर्न आफैले हतियार बोक्नु पर्ने हुनेछ अनि यति नराम्रो र भयाबय स्थिति सिर्जना हुने छ कि त्यो अहिले कल्पना गर्न पनि गार्यो छ |

    सरकारले सम्बेदनशील भएर सुरक्षा ब्यबस्था राम्रो बनाएन भने नेपालको हालत सोमालियाको जस्तै हुने छ अनि जनताले नेतालाई पाए भने टोक्नेछन | काचै खानेछन |

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Balaram Reply:

    आफुलाई नेपाली जनताको एकमात्र मुक्तिदाता दावी गर्ने एउटा राजनीतिका पार्टीले प्रत्येक नेपालीको हातमा बन्दुक हुनुपर्छ भन्दै नेपाललाई सोमालिया बनाउन खोजेकै हो नि ! हतियार व्यापारबाट कुस्त कमिसन पनि पाइने, अरु राजनीतिका शक्तिलाई पाखा लगाइसके पछि विभिषण बनेर लंका हाँक्न पनि पाइने ! यस्तो दोहोरो फाइदाको “राजनीति” उसले सजिलै छोड्ला र ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • अकेलाजी नेताहरूले जूता खाने होइना पैसा खन्छन के बाबा यती लाटो लेखक के लेखेर पठाएको होला नेपालपलुस्मा पनी haग्नेलाई भन्दा देख्नेलाई लाज भयो यस्ता लेखलाई नेपालपलुस्मा राख्ने गर्दा नै आज नेपलplus यो हालत bhaa ko! @ १०/१२ जाना भन्दा कसैले पdhadainan र कोही शिरshak ता पढ्दै पधिन्ना यो प्रसगा राख्ने दादी ता नो १ फटाहा हो है.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Balaram Reply:

    कुन चाहिं चवन्नी कलाकार कोसित पल्क्यो, कोसित सल्क्यो भन्ने बकम्फुसे गफ पढ्न रुचाउने पाठकलाई यस्तो लेख बेस्वादको लाग्नु स्वाभाविकै हो | त्यस्ताले फाल्तु ब्लग हेर्दा हुन्छ |

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree