तेस्रो पुस्तककालागी म अष्ट्रियातिर
मेरो दोस्रो पुस्तकका निस्किसकेको त छैन नै, निस्कने तरखरमा छ । त्यो ननिस्किएपनी आफ्नो तर्फबाट सकिएकाले मैले अर्को पुस्तक लेख्ने जमर्को गरें । हो, अहिले आज मा बिहानै अष्ट्रियाको राजधानी भियना आइपुगें । हिजो अपरान्ह पेरिसबाट बसमा चढेर अहिले बिहान आइपुगियो । १५, १६ घण्टा बसको यात्रा लामै हुनेभयो । यूरोपमा यतिलामो बस यात्रा यो पहिलो पटक हो मेरो । बाटामा निकै धेरै चिज देखियो, सुनियो । त्यसको बारेमा म ब्लग अवश्यै लेखिहाल्नेछु । यात्रामा प्राय म सुत्ने गर्दिन । त्यसैलेपनि बढी थकाई लाग्ने गर्छ । दिउँसो आएरपनि भियना बिश्वबिद्दालायका हिमाली क्षेत्रको वन बिज्ञानमा स्नातकोत्तर गरिरहेका बहिनीहरु वासना सापकोटा, प्रगती सापकोटा, शुशिला रानामगर र वन विज्ञानामै पिएचडी गर्दै गरेका शिशिर गौतम मित्रसित भेट गरियो । संगै नेपाली खाना खाइयो । गाउँ ठाउँका गफ अलिअलि गरियो । अनि मैले तेस्रो पुस्तकका लागि आजै भियना बस्ने एक जना भाईसित अन्तरवार्तापनि गरें । पुस्तकको प्रथम पात्रको अन्तर्वार्तानै असाध्यै मन छुने भयो । ज्यादै मार्मिक रहेछ । उनले भोगेको पीडा दुख र कठिनाई पुस्तकका लागि भएकाले सबै अहिलेनै खोल्नु त भएन नै । तर अलिपछी म केहि अवश्यै साझेदारी गर्नेछु ।
विश्व बिद्दालयको होस्टेलमा मेरो काखे कम्प्युटर जोड्न नमिलेको बहिनिहरुका कम्प्युटरबाट यो लेखिरहँदा मलाई अशाध्यै मुस्किल परेको छ । किनभने यहाँ जर्मन भाषाको कि बोर्ड प्रयोग गर्छन जुन मैले प्रयोग गर्ने गरेको फ्रान्सेली र अंग्रेजी भन्दा पनि भिन्न हुने रहेछ । आजै भियना दशैं संबन्धि एक कार्यक्रमा रहेछ । साँझको त्यसमा सहभागी हुनुछ । मैले अन्तर्वार्ता लिन चाहे अनुसारका केहि व्यक्तिसंग सम्पर्क होला अवश्यै । र केहि यहींका स्वदेशीसितपनि । मिल्यो भने भोलि म आजको कार्यक्रमका फोटो र तस्बिर राख्ने नै छु । नभए पछी लेखौंला यहाँको नेपाली समूदायबारे ।
भोलीनै म यूरोपको अर्को देश हंगेरी जाँदै छु । त्यहाँपनि अन्तर्वार्ताकै लागि हो । त्यहाँको जिम्मा एनआरएन हंगेरीका अध्यक्ष सुरेन्द्र श्रेष्ठले मिलाउनु भएको छ । मैले कस्तो पुस्तक लेख्न खोजेको अहिले नै सबै वृतान्त नकहेपनि यात्राकालमा देखे भोगेका अनुभवहरु साझेदारी गर्दै गरौंला । अहिलेलाई यतिमै बिदा । तपाईका दशैका दिनहरु शुभ रहुन !!!!!!!!!!!!!! दशैं रमाइलोसित बितोस !!!!!!!!!


तपाइलाई पनि दशैंको शुभकामना | तपाइको सृजन्शिलताले गति पावोस (लेवोस ).
मन परो वा परेन:
0
0
[Reply]
Namaste Sir,
Dherai Dherai Subhakamana tapaie ko naya book ko lagi.
मन परो वा परेन:
0
0
[Reply]
dadi dai maro pani subakamana
मन परो वा परेन:
0
0
[Reply]
Thanx for ur Sharings…… Good luck for ur upcoming book and happy Dashain to u too……………
मन परो वा परेन:
0
0
[Reply]
la la ramro chha aim ta
kitaba nikalnuparchha tara ramro
hunuparchha
mero subakamana
mohan raj baral moon
add: mohanmoon97@gmail.com
maritime greenwich college
woolwich london
मन परो वा परेन:
0
0
[Reply]
hello dadi dai ,happy dashin to you also and have a nice journey.we are happy to hear about your new book ,see you soon in paris .
मन परो वा परेन:
0
0
[Reply]
good job man ..wish u very hapy dasain hai
मन परो वा परेन:
0
0
[Reply]
holani dadi gi tapaiko kitab niskiyako tara hamile herna padna paunehoina tapai uata hami khadi tira
(पाइन्छ धन्दा नमान्नुस । हामीले अनलाईन बाट किताबको मूल्य र हुलाक खर्च तिरे सम्बन्धित ठेगानामा पठाइदिने व्यवस्था गर्ने सोच बनाएका छौं -ददि सापकोटा )
मन परो वा परेन:
0
0
[Reply]
Dadi, jee
We young people are waiting your books and nice articles.
Sanjaya
मन परो वा परेन:
0
0
[Reply]