आर्शिवाद (दशैं बिशेष)
-विद्या सापकोटा
खेतभरी लहलह धान झुलीरहेको थियो । पहेला फाँटहरु, सुगन्धि मौसम मन त्यसै रमाऊँथ्यो । वगिरहेको सामरी खोलो, पानि सङलिसकेको थियो । बर्खे भेलले बगाएका बलौटे फाँटहरु एक तमासको सान्नटा बोकेर फैलिएको थियो । एउटा ठूलो ढुङ्गामा अडिएर घोरिइरहन्थ्यो ऊ, विस्मृतीको घुम्टो ओढेर ।
चाडबाडको माहौल, घरघरमा रौनक छाइरहेको थियो ।शहर गएका, विदेशिएका आफन्तहरु पनि धमाधम गाँउ भित्रिरहेका थिए । तर ऊ हराइरहन्थ्यो त्यही बगरे ढुङ्गा गन्न मै । पश्चिमको चिसो सिरेटोले हान्दा उसलाइ विगतले झन्झन् झस्काऊँथ्यो तर पनि उसलाइ त्यो बगर, त्यो खोला अनि आफु अडिइरहेको बढेमाको ढुङ्गासँग खुव प्यार थियो, अनौठो लगाव ।
उसकी पनि एउटी छोरी थिइ, नवमी कै दिन जन्मेकी, भवानी । बा बा हाम्रोमा नी, खसी काट्ने अनि नयाँ लुगा लगाउने । झुम्कै झुम्का भएको रातो घाँगर लगाएर ऊ गाऊँको फन्को लगाउथी । भानुविर अर्थात् ऊ अनी उसकी अर्धाङगिनी त्यही छोरीको खुसीमा चुलुम्म डुबिदिन्थे । कति मिठो र सम्मोही थियो त्यो पल, त्यो सन्तुष्ठि ।
समयक चलायमान छ, भोगाइहरु एउटै रहँदैनन् । हेर्दाहेर्दै भवानी ठूली भइ, उसका सपना ठूला भए । जन्मेदेखीका हरेका विजयादशमीका बाबुको नाम राखेस्, ठूलो नाम कमाएस् भन्दै पाएका आर्शिवादले पनि उसलाइ मजबुत बनाऊँदै लग्यो सँगै परपर पु-याऊँदै लग्यो । अनि ऊ निस्किइ सपनाको खोजिमा । भानुविर दम्पतिले निधारभरी रातो अक्षता र शिरमा पहेला जमरा लगाइदिए । भारी मन, रुनपनि नसकेर पठाए भवानीलाइ त्यो सामरी खोला तारेर ।
दिन विते, हप्ता, महिना र बर्षहुँदै बर्षौ बर्ष विते । सपनाको महल सिगार्न, बाबुको नाम राख्न गएकी ऊ कहिल्यै फर्किन । एकदिन जरुर आऊँछे भन्ने धिमा आशामा भानुविरका जोइपोई बुढा हुदै गए, भक्कानिदै अनि फेरी सम्हालिदै रहे । त्यो खोला त्यसरी नै बगिरह्रो । हरेक वर्खे भेलले त्यो फाँटलाई निलिरह्रो । भानुविरका आखामा बादल भर्दै गयो । हरेक बर्षो दशै झन् भारी पर्दै जान्थ्यो अनि गुट्मुटिदै रुन्थे धित मरुन्जेल । हुँदा हुँदै दुइजना एक अर्कासँग बोल्न छाडेका थिए । एक अर्काको आखामा हेर्न पनि सक्दैनथे अथक वेदनाले ।
फेरी आयो त्यो दिन, आकाश छलङ्ग खुलेको थियो । झलमल्ल घाम लागेको थियो । खेतको डिलभरी अम्वाका बोटहरु लटरम्म थिए । भुई काफलहरु पाकिरहेका थिए । बच्चाहरु पिङमा रमाइरहेका थिए । आइमाईहरु पछिल्ला दिनहरुमा रमाइलो गर्नपर्छ भनेर बस्तुभाउको घासको जोहोमा लागिरहेका थिए त कोही भान्छामा व्यस्त थिए । ठूलाहरु जुवातास र गफगाफमा मग्न थिए । धेरै पछि घर फर्केकाहरु अनुभव साट्नमै निमग्न थिए तर भानुविर दम्पति दलानमा भोक्राइरहेका थिए नुन खाएको कुखुरा झैं , त्यो उमंगित माहौलभन्दा धेरै पर ।
दिक्कलाग्दा भानुविर सधै खोला छेउको त्यही ढुङ्गामा विताऊँथ्यो । छुट्टै शान्ति मिल्थ्यो उसलाइ त्यहाँ बसेर चिहाऊँदा । त्यो भेलले निलिरहने बगर र आफ्नो अबस्था उस्तै लाग्थ्यो उजाड तर शान्त । बुढी विछ्यौनामा पल्टेर सुकसुकाउन थालेपछी केही थाहा नपाए झैं बत्तिन्थ्यो ऊ, खोलाको तिरैतिर, हराएकी छोरीको झिनो प्रतिक्षामा ।
ए सुन्नुन न …………एउटा नारी स्वर बोलाऊँदैथ्यो ।
हँ बा……कसलाइ खोजेकी ? झस्कंदै भानुविर चिच्याए ।
हजुर म शहरबाट आएकी, केही दिनको लागि एता कतै बस्न पाइन्छकी भनेर ।
ए हुन्छ नि, हिड घर जाम् ।
बुढाबुढीले मुखामुख गरे, आशाको झिनो तार अझै बाँकि थियो त्यसैले फिस्स हाँसे पनि । बुढीले सुम्सुम्याऊँदै भित्र लगिन् । विरामी रहिछे त्यो केटी । बुढाबुढीले खुब मन लगाएर उपचार गरे । बुढा थरीथरीका जडिबुटी खोजेर ल्याउथे बुढी एकछिन नछाडी उसैको ख्याल गरेर बस्थिन् । धेरैदिन पछि उसले आखा खोलि । तृप्तिको श्वास फेर्दै दुवैले एकैसाथ सोधे नानी तिमिलाइ कस्तो छ ? कहाँबाट आएकी ? को हौं तिमि ?
हेर्नुस न गाँउ घुम्छु भनेर आएको बाटो बिराएर यहाँ आइपुगे । हजुरहरुलाइ सारै दुख दिए हैं ? कृतज्ञतापूर्वक ऊ निहुरिइ ।
हैन बा, त्यसो नभन तिमि हाम्री छोरी जस्तै हौं । बाबुआमालाइ छोराछोरी स्याहार्दा कहिल्यै दुख हुदैन ।
हजुर मेरो नाम दूर्गा ।
दूर्गा …… ? ठूला आँखाले बुढाबुढीले एक अर्कालाइ हेरे ।
एक्लै आएकी की ? घरमा को को छन् नी ?
मेरो भन्नु नै, मै हूँ अरु कोही छैनन् । दशै विदामा सबै आफ्ना घर गए म यता आएकी । आखाभरी आशु बनाऊँदै उ बोली ।
बुढीले टाउको सम्सुम्याउदै सोधी हाम्रो पनि त कोही छैन, तिमी हाम्री छोरी बनेर बस्छौं त ?
बुढा मन अमिलो बनाऊँदै उता फर्के । बुढी जवाफ नै नकुरेर भान्छातिर दगुरी । बुढी गइपछि बुढाले सबै बेलिबिस्तार लगाउदै भने सक्छौ भने बसिदेऊ तर म कर गर्दिन ।
कृतज्ञ थिइ ऊ, कहिल्लै नपाएको माया पाएकी थिइ । उसलाइ जानैपर्ने पनि त केही थिएन । उ बसिदिइ । बुढाबुढीलाइ ऊ बा आमा भन्थि ।बुढाबुढीले विस्तारै भवानिलाइ बिर्सदै गए । पुरानो घाउमा खाटा बस्दै गयो । उनिहरु फेरी रमाउन सिके । दर्गा नै भवानी हो, आफ्ना कोही हराएकै छैनन् भन्ने सोच्न थाले । समय गइरह्यो । त्यो खोलो जहाँको तही बगिरह्यो बगिरह्यो ।
पछिल्ला दिनहरुमा दूर्गा किन किन डराएजस्तो, केही हराए झैं , केही भुले झै गर्न थालेकी थिइ । दिनदिनै दुब्लाउदै गइरहेकी थिई । अरुका छोराछोरी जस्तै उ पनि माया गर्थि आमाबालाई , मेलापात जान्थि । सुखदुखमा सामेल हुन्थि । तर फुकिढल भैसकेकी थिई । बुढाबुढी छोरीको हालत देखेर भित्रभित्र भक्कानिन्थे । आफूले उसलाइ यहाँ राखेर ठिक गरेनौं कि भनेर भन्दै छटपटाउथे । केही भन्न भने सक्दैनथे । बुढाबुढीले उसैलाइ सर्वस्व ठान्न थालिसकेका थिए । समय धुमिरहन्छ फेरी त्यही मौसम, त्यही चाड र त्यही दिन आयो । त्यही दशैंको टिकाको दिन । जुनदिन उनिहरुले आफ्नो भविष्य ठम्याउन, सपनाको रुपान्तरण गर्न भनेर आफ्नो ढुकढुकी छुटाएर पठाएका थिए । ठूलो मान्छे बनेर आऊ भन्दै भवानीलाइ खोला पारीसम्म पु- याइदिएका थिए । सम्झनाका धुमिल बिम्ब अझै बाँकी थियो । घरघरमा, बस्तिबस्तिमा सौहार्दता, उल्लास र उमङ्ग बोकेर दशैं फेरी आएको थियो ।
भानुविरको परिवार पनि टिका लगाउन बसे । नानु भन के आर्शिवाद दिऊ ? ममता छचल्काएर टाउकोमा हात राख्दै उनिहरुले सोधे । दूर्गा रुन पो थाली । हजरहरु साँच्चै मलाइ माया गर्नुहुन्छ र आर्शिवाद दिनुहुन्छ भने मलाइ यहाँबाट पठाइदिनुस् । यहाँ म रमाउन सकिन । म त्यही गल्लिमा र्फकन चाहन्छु । त्यही सुकुम्वासी झुपडीका बच्चाहरु पढाउन चाहन्छु । बिन्ति नाई नभन्नुस्, म हजुरहरुको यस मायाको लायक बन्न सकिन । बाबुआमाको काखभरि ऊ पोखिइ अघाउन्जेलसम्म । बुढाबुढी कालोनिलो भए । तेरो खुसी नै हाम्रो हो वा तलाई मन लागेको गर सम्हालिदै भानुबिर कुनातिर फर्किए । भोलिपल्ट विहानै एकमुठो पहेलो जमरा, निधारभरी रातो अक्षता ,शिरभरी आर्शिवाद दिदैं सगुनको दही आफ्नो हातले पियाएर खोला पारिसम्म पु-याउन गए त्यो लाचार जोडी । झोलामा खाजा राखिदिएकोछु , खाएस् हैं आफ्नो ख्याल राखेस्……………. बोल्दाबोल्दै बन्द भए ओठहरु । फेरी बल्झियो उही विगत…..उही सान्नता……उही सुसाहट ।
कल्याणपुर -७, नुवाकोट
-हालः शंकरदेव क्याम्पस (काठमाडौं)


bidhya ji ,,, Happy bijaya Dashami 2066 & loads of best wishes for your future
मन परो वा परेन:
0
0
[Reply]
Really Touch my Heart……………..
मन परो वा परेन:
0
0
[Reply]
Nice, keep it up.
मन परो वा परेन:
0
0
[Reply]
आज दिनभरी बिद्याको फोटो हेर्दै कमेन्ट पढ्दै गरियो. फोटाको झझल्को आइरहेको छ. तपाइको पनि फोटो चाही गत्तिलै अयेछ आएछ बिद्दा मतलब सिधै भन्नुपर्दा आलुबरिमा काग तर्सौना राखेको बुख्याचा भन्दा निकै राम्रो छ . नारिसौनोस है मित्र, लेख लेख्नु भयको मा बडा दशैको शुभकामना
मन परो वा परेन:
0
0
[Reply]
RASA Reply:
September 29th, 2009 at 8:35 am
bhnne bela puwak bhanne ani narisau bhanne ho .kati ramri chhin bazar gayar farkedai hunuhunchha .
मन परो वा परेन:
0
0
[Reply]
Kusum Rai Reply:
October 4th, 2009 at 5:50 pm
Yatti sundar rachana lekhne kala aafaima saundaryatako muhan ho pheri photoma ta Bidhya Jeelai jhan tiptop dekhiyako 6 ni haina ra?
Tapaiko aakhama ramrai badal lage6 Dibesh Jee, Yakchhoti Ramro doctorlai cheakup garaunu hola, katai MOTIBINDU po ho ki??
मन परो वा परेन:
0
0
[Reply]
Waw! what a nice one you have…..really great great.
मन परो वा परेन:
0
0
[Reply]
बिद्या जि, दशैको बिशेष कथा यो समयको लागि निकै नै रोचक छ। वास्तवमा समयको अभाब सगै मैले पुरा पढ्न सकिन तै पनि प्रिन्ट गरेर बेलुकी पढ्ने बिचार गरेको छु।त्यसैले मैले कुनै प्रतिकृया दिन सकिन तरपनी आज दसैंको पक्का पनि हामी जस्ता बिदेस पलायन नेपालीको मस्तिस्कमा नेपाली चाडवाडको स्मरण त भै हाल्छ नि,त्यसमा पनि यो कथाले निकै नै हृदयस्पर्सी बनएको छ। चाहेर पनि ठुलाबडाको दशैमा आसिर्बाद लिनु आउन नसक्नु आफ्नो आफ्नै बिबसता र बाध्यता होला।
तपाईंको साहित्यको प्रगतिको कामना साथ तपाईंलाई, सम्पूर्ण नेपाल प्लस परिवार, अनी जस्ले नेपाल प्लस हेर्नु हुन्छ सबैलाई बिजय दशमी तथा दिपावलिको हार्दिक मंगलमय शुभ-कामना छ
उद्धब
मन परो वा परेन:
0
0
[Reply]
Good job… Happy Dashain to u….!!!
मन परो वा परेन:
0
0
[Reply]
thanks bidhya ji ati ramro lekh lekhanu vayako ma .& happy vijaya dashami to you .ok bye bye
मन परो वा परेन:
0
0
[Reply]
Vgood story………..HappY DashaiN.
मन परो वा परेन:
0
0
[Reply]
thanks bidda jee tapai lai bijaya dasami ko subakamana
मन परो वा परेन:
0
0
[Reply]
तपाईंको लेख रच्न साह्रै राम्रो छ ल अझै पनि लेख्नुस् सफल हुन सक्नु
krishna_giri45@yahoo.com
Doha Qatar
मन परो वा परेन:
0
0
[Reply]
Good writing Bidhya jee…all the best !
मन परो वा परेन:
0
0
[Reply]
Ghar bat pharkanasath Bidhya Jee ko katha padiyo…..sadai jhai sunder Rachana…Nice to read it !!
मन परो वा परेन:
0
0
[Reply]
really good nice one. i proud with u.best of luck.continue it……………..!
मन परो वा परेन:
0
0
[Reply]
really good nice one. i proud with u.best of luck.continue it……………..!ok
मन परो वा परेन:
0
0
[Reply]