छिमेकी देश जाँदा’नी यत्रो टंटा ?

-गीता घिमिरे/देहरादुन

 कति गाँउ मात्रै घुम्ने । अनि सधैं गाँउ घरका मात्रै कुरा । कहिले त यसो शहरबजार तिर गई रमाईलो हेर्न मन लाग्ने । कार्यलयबाट विदा नलिएको पनि निकै भएको थियो । फेरी दशैको टिका पछि अध्ययनका लागि विदेश यात्रा तय गर्नु पर्ने । बाहिर जानु अघि जम्मा भएको बिदा लिएर भारतको देहरादुनमा बस्दै आएकी मेरी दिदीलाई पनि भेट्नु पर्यो भन्ने विचार आयो । केही समय अघि त्यता तिर लागें । काठमाडौं काम विशेषले गएकी थिएँ । दिल्लीसम्म हवाई यात्रामा जाने निधो गरें । भारत जाँदा नेपालीलाई पासपोर्ट चाहिदैन भन्ने त सबैलाई थाहा भएकै कुरो हो । बोडिङपास लिई त्यो पासपोर्ट जाँच गर्ने लाईनमा उभिएँ । लामो लाईन रहेछ स्वदेशीहरुको । ओहो खाडी मुलुक जाने नेपाली कामदार त कति धेरै ! नेपाली युवा जनशक्ति यसरी पलायन भएको देख्दा कस्तो नराम्रो महसुस भयो । तर के गर्ने ? मैले गर्न सक्ने त केही थिएन ।

 मेरो पछाडी एकदमै आधुनिक देखिने एक महिला थिइन् । ती महिलाका श्रीमान् हरियो कागजमा के के भर्दै थिए । उनीहरु सम्भवत बेलायत जादै थिए । जेट एयरका दुई जहाज उड्दै रहेछन त्यस दिन केहि बेरको अन्तरालमै । एउटा १ घण्टा पछि अर्को जुनमा म जाँदै थिएँ । त्यो उड्न अझै दुई घण्टा बाँकी नै थियो । ती महिला म सँगैको लाईनमा थिईन् । पहिलो जहाजका यात्री बाँकी छन् कि भन्दै सुटबुटमा कस्सिएकी एक महिला आइन् । मेरो पछाडी उभीएकी ति महिलाले केही प्रतिक्रिया नदेखाए पछि म पनि यसो बोल्ने मेसो खोज्दै थिएँ । ल अब सँगै गईने रहेछ भन्ने सुरमा मैले उनलाई जहाज उड्ने समय सोधे । अनि कुन एकरलाईन हो भन्ने पनि । उनले त हत्त न पत्त पतीलाई पो डाँको हालेर बोलाईन ।

 म त एक छिन् अकमक्कमा परें । त्यस्तो नराम्रो त केही भनेको होईन । श्रीमान्लाई नै बोलाउनु पर्ने । एक छिनमा उनका श्रीमान् आईपुगे । अनि फलानो एरलाईन्स हो भने । मैले तपाईहरुलाई त ती महिलाले बोलाउदै थिन्न भनें । मैले ल जानुस भने पछि उनिहरु दगुरे ती महिला भएतिर । उनीहरु दगुरेको हेदैथिएँ मपनि । त्यतीकैमा मनमा तर्कना आयो । मानिसको बाहिरि पहिरनले अट्कल काट्नु बेकार रहेछ । नेपाली पुरानो भनाई, सबै पहेलो वस्तु सुन हुदैन । ती महिला जो एकदमै आधुनिक पहिरनमा सजिएकि थिन्। पछि थाहा भयो उनलाई त आफु कुन एयरलाईन्सबाट जाने हो नै थाहा छैन । सुन्नेलाई यो खासै ठूलो कुरा नहोला । गहिरिएर विचार गर्ने हो भने के त्यो हाम्रो विडम्बना होइन ? वेलायत जान लागेकि महिला त्यो विरानो देशमा के गर्लिन् ? श्रीमान्लाई भात पकाउन मात्र त पक्कै गएकि होइनन् होला । यहाँ मैले के मात्र भन्न खोजेको हो भने हामी महिलाले बहिरि रुप रंगलाई भन्दा आफ्नो  वुद्धि विवेकला अध्ययन गर्ने, सिपमुलक तथा सिर्जनशिल काममा, अन्य व्यतित्व विकास हुनेतिर लगाए । आफ्नो साथ साथै देशको पनि विकास हुने । प्राय महिला आफ्नो बाहिरि रुप रंगलाई बढि ध्यान दिन्छन् ।

 तुलनात्मक रुपमा पुरुष भन्दा बढि । यो पनि हामी पुरुषप्रधान समाजमा भएका महिलाहरुको एक सोच तथा लक्षण हो भनेर नारीवादीहरुले भन्ने गर्दछन् । यस्ता सोचबाट तपाई हामीले माथि उठ्नु एकदमै आवश्यक देख्छु म । पुरुष प्रति त्यस्ता सानो तिना कुराको लागि पनि निर्भर हुनु पर्ने । यो मेरो नितान्त व्यक्तिगत धारण हो । ओहो सोच्दा सोच्दै मेरो पालो पनि आएछ । काउन्टरमा गए टिकट, बोडिङपास सबै दिए । जाँच गर्ने ले पासपोर्ट मागे । मैले भारत जान नि पासपोर्ट चाहिन्छ र भने । ती जाँच गर्ने कर्मचारीले त उतैबाट विदेश भाग्ने हो ? कि भारतमा नै हराउने हो ? फर्किने टिकट पनि छैन ? दलालको फेला पर्ला अनि के के भन्न थाले बा । म पनि बोल्न के कम ? तु जवाफ फर्काएँ -”हराउनै परे भारतमा किन हराउने ? फेरी यती धेरै पैसा तिरेर भारत किन हराउन जानु पर्यो ? भारत जाने नाकाहरु बन्द भैसकेको छैन । सके त फर्किदा पनि जहाजमा नै फर्किन पाए हुने । तपाईले यसो सहयोग गरि सित्तैमा टिकट मिलाई दिए ।”  त्यती भन्न मात्र के पाएकी थिएँ । ओहो ती त रिसाएर आगो जस्तो पो भए । अनि मैले आफैलाई अलि शान्त पार्दै तपाईले यसरी सरोकार देखाउने प्रश्न गर्ने तपाईको जिम्मेवारी हो । तर प्रश्न सोध्ने तरिका अलि मिलेन । त्यसरी जथाभावी प्रश्न गर्न तपाईको अधिकार भित्र अलि पर्देन कि भन्दै कार्यालयको कार्ड निकालेर देखाएँ । खै एक छिन् के विचार गरे । अनि बल्ल उनले मलाई अगाडी जाने इशारा गरे । 

 मलाई लाग्छ यसरी अन्तर्राष्ट्रिय विमानस्थलमा प्राय सबैलाई अझ विशेष त कामदार महिला वा पुरुषलाई बढिनै यस किसिमका अप्रिय प्रश्नहरुको सामना गर्नु पर्ने होला । यसका लागि के गर्न सकिएला ? प्रयाप्त कागजात भए पछि त्यस्तो गाह्रो गर्नु नपर्ने हो जस्तो लाग्छ । यसका लागि सम्बन्धित निकाय र व्यक्तिहरुले किन पहल नगरेको होलान् ? त्यस पछि फेरी तीन चार सुरक्षा जाँच भयो । अनि म जहाजमा चढें ।

 लगभग एक डेढ घण्टा पछि दिल्ली पनि आईपुग्यो । दिल्लीमा फेरी पासपोर्ट माग्यो । हिन्दी बोल्न आउने भए पनि सक्भर बोल्न नपरोस जस्तो लाग्ने आफुलाई । त्यसैले अंग्रेजीमा जवाफ दिएँ । उसले त हिन्दी नै बोल्छ । मैले नबुझे जस्तो गरेपछि ल नेपालबाट आउने हिन्दी नबुझ्ने भने विमानस्थलका कर्मचारीहरुले । मैले केही बेर नबोली बसें म हिन्दी बुझ्दिन भन्दै । परिचयपत्र देखा भन्न लाग्यो । नागरिता नागरिकता कार्ड देखाएँ । त्यसपछि दिल्लीमा कहाँ वस्ने ठेगाना सोध्छ । ल भो फसाद । कहाँ भन्ने । अनि होईन दिल्ली बस्ने होईन देहरादुन जाने हो भन्दा पनि मानेन । होटलको नाम थाहा छैन । अक्किल त निकाल्ने पर्र्यो भन्ने ठानेर नेपालकै एउटा होटलको नाम भनेर फुत्कीएँ । उफ् कस्तो टंटा हुने रहेछ । अहिले सम्म छिमेकी मुलुक बसमा मात्र यात्रा गरेको भएर होला मलाई यो सारै टंटा जस्तो लागेको । पुगीयो १८ करोड भन्दा पनि बढि जनसंख्या भएको दिल्ली शहर । नेपालको पुरै जनसंख्याको छ गुणा बढि जनसंख्या त दिल्लीमा मात्रै रहेछ । पहिला भन्दा धेरै परिवर्तन भईसकेछ दिल्ली शहर । परिवर्तन धेरै खाले भएका रहेछन । मिठा नमिठा अझ धेरै छन् छिमेकी देश घुम्दाको अनुभवहरु । बाँकी अर्को पटक बाँडौला ।

  • Bhagirathi Joshi

    Thanx for Sharing ur experince…… hope to read such more experinces from u ahead …Keep writing !!!!!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sujit sinal ddl

    Yeshtai hunchha didi ladies harulai world ko jaha gaya pani .yeuta bhanai chhani DHAN KA PODA BUDDHI KA HEEN .Thank U 4 searing us about your feelings.

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]


  • गीता जी, आत्मनिर्भरता बारे तपाईं को धारणा ठीक हो

    एउटा जिज्ञासा, हिन्दी नबोली नेपालीहरु लाई हेप्ने भारत र दिल्ली मा आफ्नो नागरिकता नलुकाइ यात्रा गर्न र बस्न सकिन्छ के ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • गीता जी, आत्मनिर्भरता बारे तपाईं को धारणा ठीक हो

    एउटा जिज्ञासा, नेपालीहरु लाई हेप्ने भारत र दिल्ली मा आफ्नो नागरिकता नलुकाइ र हिन्दी नबोली यात्रा गर्न र बस्न सकिन्छ के ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Binod Neupane

    kasle bhanyo tapailai delhi ko population 18 cr bhanera

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    गीता घिमिरे Reply:

    (मैले आफैंले तथ्यांक त हेरेकी होइन नै, तर भारतीय केहि बुद्दिजिवीहरुले नै भनेका हुन् । उनीहरुले सरकारले भनेको तथ्यांक मिल्दैन भन्ने जवाफ दिए । सरकारी तथ्यांक भन्दा ज्यादै बढी जनसंख्या छ दिल्लीमा र त्यो संख्या १८ करोड भन्ने तिनै भारतीयहरुको भनाई हो । प्रतिक्रिया दिएर सच्याउनुभएकोमा धन्याबाद)

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    anti Reply:

    hawa ma gaf ta ekdum jado rahechha,,, katai yesta article nepalplus.com afani manchhe ko vayera ta hoina,, natra yesta data, articles ko kunai manneta rakhdaina,,, hola katile padlan tara article yesto hunu pardachha jasle social change huna sakosh natra, geetaji,, yi sab bakwas hun..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Gita Reply:

    Thank you Anti Jee,
    For your kind suggestion. I would not mind if you say this is fake or something else. Individual has their own idea. They experience differently, they perceive differently and people behave differently to differnt people also . But i would like you to write such articles which will change society. Instead of criticizing why don’t you be a model.

    Good Luck!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

  • Bijita shrestha

    delhi airport nai risle paro katcha. its so unproffessional, cheap airport.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Bijita shrestha

    delhi airpor samjheki nai risle paro katcha. its so unproffessional, cheap airport.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sagar nepal

    najaaneko kuraa maa OVER SMART hunu hudaina. Ti indian immigration kaa manchhe lai ris uthera nai tapai ko gidi khayekaa hun.
    dellhi ko janasankya 18 karor bhaye ma mero cirtificate nai tapai ko saamu chyatera phaali dinchhu.
    2002 ma india le publice gareko anusaar.
    dellhi ko population
    dellhi 9.6 million
    mumbai 28.75 million
    kolkota 12.50 million
    chennai 18.30 million

    tapai ta pura uttar pradesh ko janasankhya laai dellhi ko janaskhya maa gabhnu bhayo ki kaso?

    up alag rajya ho bhane dellhi alag rajya ho.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    sandip-sharma Reply:

    sagar, your data is too old, it is of 2002, remember, this is 2009 so population must have increased. Now i think you should throw our certificate as you promished. look at site http://www.curativeprojects.net/writing1.html
    New Delhi: History and Social Profile

    New Delhi is the capital of the republic of India and one of its most populous and prosperous cities. The 2001 census of India puts the population of New Delhi at 12,791,458, of which 9,053,324 are said to be literate. Almost a fifth of India’s urban citizenry lives in slums, while another third is quite well off. New Delhi is an independent municipality comprised of 9 districts, which borders the northern central states of Haryana and Uttar Pradesh, and is roughly equidistant from the coastal culture centers of Mumbai (Bombay) in the west (state of Gujarat) and Calcutta in the east (state of Bengal).

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    sagar nepal Reply:

    yes sandip i already told my data is too old but you has to be realise that, any city has in world,which population more then 180 million??????

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • मेक गुरुङ,आधिखोले

    आफनै देशको बिमानस्थलमा त नेपालीले नेपालीलाई नै सताउछ तपाइँ विदेशको कुरा गर्नु हुन्छ, तपाइँ संग ति कर्मचारीहरुले नराम्रो गरेको मलाई लाग्दैन त्यो त उनीहरुको प्रक्रिया हुन सक्छा किन कि हरेक नौलो मान्छेलाई सोधपुछ गर्ने परिपाटी हाम्रोमा पनि छ भन्ने कुराको हेक्का राख्नुस,

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Raj

    Hi Geeta Ji,

    Excellent, keep it up. Aba ta aapno photo share gare hunchha ni. Aba ta kehi ko bandheja chhaina ni hajur.

    Tks,
    Raj

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Kishor KC

    So good article
    raamro lekhaaii saral bhaasaamaa
    dhoti haruko kaam tyastai ho k garne
    netaa nai jhukepachhi

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sagar nepal

    nepal plus please don’t publice the fake DATA
    in dellhi there is 9700000.00 population
    180 million people don’t have any cities of the world.

    and geeta jee i will seggest to you

    “be the smart but don’t be the over smart.”
    (मैले आफैंले तथ्यांक त हेरेकी होइन नै, तर भारतीय केहि बुद्दिजिवीहरुले नै भनेका हुन् । उनीहरुले सरकारले भनेको तथ्यांक मिल्दैन भन्ने जवाफ दिए । सरकारी तथ्यांक भन्दा ज्यादै बढी जनसंख्या छ दिल्लीमा र त्यो संख्या १८ करोड भन्ने तिनै भारतीयहरुको भनाई हो । प्रतिक्रिया दिएर सच्याउनुभएकोमा धन्याबाद–गीता घिमिरे)

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sagun tamrakar

    Population
    • Density
    • Metro 13,782,976[1] (2nd) (2001[update])
    • 11,463 /km2 (29,689 /sq mi)
    • 15.9 million[2] (2007[update])
    Language(s) English, Hindi, Urdu, Punjabi, Bengali

    Source: Wikipedia

    (मैले आफैंले तथ्यांक त हेरेकी होइन नै, तर भारतीय केहि बुद्दिजिवीहरुले नै भनेका हुन् । उनीहरुले सरकारले भनेको तथ्यांक मिल्दैन भन्ने जवाफ दिए । सरकारी तथ्यांक भन्दा ज्यादै बढी जनसंख्या छ दिल्लीमा र त्यो संख्या १८ करोड भन्ने तिनै भारतीयहरुको भनाई हो । प्रतिक्रिया दिएर सच्याउनुभएकोमा धन्याबाद-गीता घिमिरे )

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Oh Sarara

    Geeta Ji your artical is nice but you you don`t know about Nepalese system.How your father & grandfather`s are controlling JANA JATI.They took power money land propery so what to do?.Peoples are going to foreign day by day.If you don`t belief you can visit all Nepalese office, You can see all your types faces are staying in office.Think before if you make comment about JANAJATI ladies.Be happy Nepal is already taken by your brothers,sisters.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Really Dr Geeta, Its very realistic event that u state and i like yr way of tackeling with Police and delhi Airport staffs.

    good , your way of presentation about thinking of Nepalis towards female is also remarkable.

    really u r wrt.

    keep it up.

    Suresh

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Vijay Kunwar

    Gita ji,
    Yr expression is interesting. Since you are not writing any research paper the data on popn does not matter much. Next time you can say the popn of Delhi around 10 m; all will agree to plus minus 25%, I guess!? It is positive that you have realised yr error.

    About yr passport: it is better if we carry citinship certificate or driving license or passport even while visiting India. No harm in identifying yrself. In Indian cities, you need yr id even to surf the net in the cybers. And even ordinary hotels will ask for your ID and they’l keep the photocopy of IDs after checking- in. I was refused a room in a Juhu hotel in Mumbai 7 yrs back.

    I appreciate you wrote what you felt. You wanted to share the hassles you faced and warn others. You have not offended any one in yr writing. Then why should we criticise you so vehemently?

    Keep it up, but try to be fair and sincere to the facts and figures, if you want to use them for any purpose.
    Long lecture?!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Praveen Kumar Yadav

    Hi Gita ,
    This one is so nice yar. Keep it up

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • jaquline Sharma

    hi dear gita
    it is really very intresting for those who are planning to visit by air it will definetly help them and really u are simple and a very good writer so keep it baby.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Daya Krishna Pant

    Such a wonderful sharing, please keep writing.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree