रिबन बाँधेर रतुवाको काल
(यसैको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोला) ।
प्रसङ्ग उही चितवन जाँदाको हो काठमाडौबाट । खाना खाएपछि बसको सिटमा टाउको अड्याएका रामु दाई फ्वाँ, हुस्, हुर्, हेंर्, ङ्यार् गर्न थाले । बस र मान्छेको त्यत्रो हल्ला छ। उनी त घुर्न पो थाले । थाहा भ इगो यिनी बडा सन्तोषका मान्छे रहेछन् । मनमा कुनै हुटहुटी, पिर, चिन्ता खासै नभएका । नत्र त्यस्तरी हुँकिएको बसमा त्यत्रो हल्लाबिच कोहि फँसफँसी निदाउन सक्छ ? त्यति बेला रामनगरको जंगल आइपुगेको थियो । घुर्ने रामु दाई अनि गोरेहरु पल्याक र पुलुक गर्दै तिनका आँखाको तारो मलाई पो बनाउँछन बा !!
उनको टाउको लत्रेर सिटले छोप्यो । अनि टाउको तन्काउँदै पल्याक र पुलुक आँखा नचाउने, घाँटी बटार्ने मलाई देख्ने रहेछन् । अनि गोरेहरु त मै घुरेको भन्ने ठान्दै आँखा सोझ्याउने रैछन् मतिर । सुतेर मोज गर्ने रामु दाई । मलाई एक्लै पार्ने पनि उनै । अनि सुतेर मोज गर्यो भन्ने गोरा आँखा म माथि खनिने ? यो त अत्ति भएन ? र्याकै भो यार लौ भएन । झस्काएर उनलाई ‘ए दाई के गरेको यस्तो’ भनेको त जंगल आयो नी त हेरन, त्यहि भएर बाघ घुरेको नी’ रे । हुनपनि बस ठ्याक्क रामनगर आइपुग्ने बेलाको जंगलमा थियो ।
बस आफ्नो गतीमा त्रिशुली नदीको पानीसँगै दौडी रहेछ । छेउका बुट्यान आफ्नै गतीमा रफ्तारले कुदिरहेछन । रामु दाई गफ सुनाउँदै छन । म यसो आँखा नचाउँछु वरिपरिका गोर्खेहरु के सोच्दैछन । कता हेर्दै छन । हामी खित्खिताएको देखेर तिनलाई कति डाह लागेको होला ? कोहि हाँसेर रोकिन्न, कसैका मुख फिस्स सम्म खुल्न पाउँदैनन । रामु दाईले अब भने सूर्तीको पाकेट झिके । काली गेडीको दाना जत्रो भाँडोबाट चुना झिके । चोर औंलाले खोस्र्याक खोस्र्याक कोतरेर हत्केलामा धसे । एकछिन सूर्तीको दोहोलो काढेपछि ओंठ च्यातेर लुसुक्क घुसाए एक फाँक ।
सूर्तीले साँच्चिकै फूर्ती थपेछ क्यारे । अनि फेरि शुरु भयो उनको रफ्तार । भने ‘ददि’ । हजुर दाई । ढाड त्यसै बांगो भएको हो र ? किन र दाई ? कसरि भाको त ? जिज्ञासा लाग्नेनै भयो । दिनभरी भाँडा माझेर यार । कुप्री पर्यो भाँडा धस्कायो । धस्काको छ धस्काको छ । थोरै हो र भाई ? कति कति, दिनदिनै त्यहि गर्दा त ढाडै बांगिने रैछ । पैसा कमाउन त्यसै सजिलो छ र ?
बिदेशी मुलुकमा परिश्रम गरेर त्यति बेला सौराहा होटेल किनेका थिए उनले । केहिबेर बन्द ब्यापारका कुरा सुनाए । म हो कि हो लगाउँदै गएँ । बाटो कटेको के थाह पाउनु ? बरु कति छिटो काटे यिनले भनेर बाटो पो रिसाउँदै थियो कि ! रामुदाईका यति धेरै थिए बिदेशी साथीपनि कि यिनले भाँडै माझेको त ज्यान जाला होइन । त्यत्रो परिश्रमको काम गर्ने न त यिनको बानी थियो । यिनले सायद बिदेशमा जे देखे त्यो पो सुनाएका हुन् कि भन्ने लाग्यो । अनि जुनसुकै कामपनि सानो हुन्न भन्ने उनको आशय ।
’सौराहा तिरको नौलो सुनाउनुस न त दाइ’ भनें । ‘सुन्छौ त आजकालका संरक्षणवादीले कसरि जिवजन्तु संरक्षण गर्छन्’ भने । किन नसुन्ने त दाइ ? ल सुनाउनुस । टिसर्टको कल्लर ताने । पाईन्टको पेटी अलि माथि तानेर शरिर तिनिक्क पार्दै उनी जोस्सिए । त्यस्तै ६ महिना अघिको घटना हो यो । खसोखास घटना रहेछ फेरि । मध्यवर्ती क्षेत्रका स्थानिय जनताले एउटा रतुवा म्रिग फेला पारेछन । लौ यसलाई निकुञ्जको जिम्मा लगाउनुपर्यो भन्ने सल्लाह गर्दागर्दै राष्ट्रिय प्रक्रिति संरक्षण कोषका प्रवेश राणा संयोगवस गाडीमा आउँदै रहेछन । गाउँलेले चिनेपनि उनलाई । ओ सर, ल पख्नुस पख्नुस । हामीले रतुवा म्रिग फेला पारेका छौं, हामी त्यति टाढा आफैं किन जानुपर्यो र ? हजुर नै त्यत्रो संरक्षण संस्थामा सौराहामै काम गर्ने भएपछि सरलाई नै जिम्मा लगाउँछौं । सरले निकुञ्ज प्रशासनलाई बुझाइदिनुपर्यो ।
रतुवाको जिन्दगी अब झन संरक्षणवादीको हातमा सर्ने भो । यहि भनेर गाउँलेले उनलाई रतुवा म्रिग बुझाए । उनले गाडीमा राखे म्रिग । त्यति बेला खुब उत्साहका साथ बुझाउने मनशायलेनै ल्याएका रहेछन । आउँदा आउँदै बाटोमा उनको कति जनासित भेट भयो । उनलाई चिन्ने कति जनाले त्यो रतुवा देखे । रामु दाई ‘ बाटोमा आउँदा आउँदै मोरोको मन बिग्रिएछ ‘ भन्छन ।
उनलाई त्यसबिचमा कसैले उचाल्यो-हेत्तेरि सरपनि, हातमा परेको जंगली रतुवा कहिँ काम नपाएर बुझाउने ? जंगली रतुवाको मासु ख्याल मिठो हुन्छ सर ? यसलाई मर मसला लगाएर रक्सीसित नखाएर के बुझाउने सर ? सरले बुझाएपनि यो अरु हाकिमले खान्नन् भन्ने के छ र ? आ सर, चप्काउँ यसलाई यतै टाँडी बजारतिरै । फेरि यो हामीले बुझायौं कि बुझाएनौं गाउँलेले खोज्दै आउने पनि होइन क्यारे ! हतियारलाई सास्ती दिएर रतुवाको घाँटीमा म्रित्युको घण्टी बजाउने दाउ गरेछन । अनि जंगलमा दौडिने उसको शरिरमा मर मसला घसेर टेबलमाथि पुर्याउने । अनि सोमरसलाई सितन बनाउने ।
सौराहा हान्निनुपर्ने त्यो गाडी संरक्षणबादीको मन बिग्रिएपछि त्यहिँ टाँडीको एउटा रेस्टुरेन्टतिर हानियो । त्यहि उनका निकट जम्मा भए । रतुवाको इहलिला त्यहिँ समाप्त पारियो । रातभरि जंगली रतुवाको चोक्टाले सोमरस खुब घुट्क्याए संरक्षणवादीसितै मिलेर थुप्रैले ।
दिन बिते, हप्तापनि गए। महिनापनि कट्यो । काइँ कुइँ त चल्यो तर त्यो हावा त्यत्तिकै हराएझैं भयो । हुँदा हुँदा विश्व वातावरण दिवस आयो । अरु दिन वातावरणको व नसुनेपनि त्यो दिन खुब ताईँझाइँ, नारा र जुलुस, नाचगान, भाषण र अनेक गरिन्छ । यसो पुरष्कार पनि दिइटोपलिन्छ वातावरणमा यस्तो यस्तो उदाहरणिय काम गरेको भन्दै । पुरष्कार पाउने कारण र पाउनेका नाम हेरे गाउँलेले । कन्सिलीका रौं ठाडा भएछन । ए हामीले झन जंगली रतुवा म्रिग समातेर देको निकुञ्जलाई, हाम्रो चाहिँ संरक्षणवादीमा नाम पनि नआउने ?
गाउँले भेला भएर उजुरी गरे निकुञ्ज बिभागमा । बिभागले ‘तपाईहरुले कहिले दिनु भो, नभएको कुरो भन्ने’ भन्दै चर्किएपछि गाउँले झन ताने । त्यसपछि गाउँले सारा जुटेर फलानो मितिमा, यस्तो म्रिग, यसरि यसरि फलानो फलानोको रोहवरमा यो मान्छेलाई बुझाएका थियौं । उक्त रतुवा म्रिग कहाँ, कहिले, कसलाई जिम्मा लगाईयो बुझि पाउँ भनेर निबेदन हाले गाउँलेले । निकुञ्जले त्यस्तो मितिमा कसैले पनि नबुझाएको जवाफ दियो गाउँलेलाई । गाउँले झन आगो भए ‘ए हाम्ले बुझाको रतुवा निकुञ्जलाई दिन्छु भन्दै लगेर काटेर खानी ? त्यल्लाई छोड्नुहुन्न’ भन्दै ।
घटना चर्किँदै गयो । गाउँलेले बजारमा काटेर खाए रे भन्ने हल्ला सुनेपछि झन छोडेनन । उनमाथि कारवाही गरिपाउँ भनेर माग गरे । निकुञ्जले प्रवेश राणालाई पक्रेर निकुञ्जको प्रधान कार्यालय कसरामा जेल हाल्यो । अब परेन फसाद ?
उनी त्यसमा संयोगले पो परे त । त्यसरि उनीसितै बसेर कति संरक्षणवादीले खाएका थिए त्यस्ता नाथे रतुवा, चित्तल, जरायो र बँदेलका मासु । शाह साँच्चिकै फस्ने भएभने के एक्लै फस्लान ? उनले अरुलाई पो बाँकि राख्लान ? जंगली जनावर मारेर खाने धेरै संरक्षवादीको निन्द्रा भाग्यो, होस गुम्यो । उनलाई जसरिपनि निकाल्नु पर्यो । अक्किलपनि निकाल्नुपर्यो जथाभावी त्यत्तिकै रिहा गर्नपनि मिल्दैन । निकुञ्ज र संरक्षण केन्द्रकै अधिकारीहरुले गज्जबको अक्किल निकालेछन ।
प्रवेश राणालाई बचाउन उनीहरुले निकुञ्जकै गेम स्काउटहरु प्रयोग गरेर रतुवा म्रिगको एउटा बच्चा समाते । त्यसको घाँटीमा रातो रिबन बाँधेर छोडिदिए । अनि शाहलाई पक्राउ गरिएको घटना बिरुद्द अर्को जाहेरी बनाए । जाहेरीमा ‘फलानो मितिमा यसरि ल्याइएको रतुवा फलानो दिन, फलानो ठाउँमा सकूशल छोडिएको हो । त्यसैगरि गाउँलेले कहाँ गयो हामीले बुझाएको रतुवा भनेर सोधखोज गर्लान भनेरै घाँटीमा रातो रिबन बाँधेर छोडिएको थियो । त्यो रतुवा म्रिग अहिलेसम्मपनि त्यहि क्षेत्र वरिपरि चर्ने गरेको देखिएको छ’ ।
एकदिन वरिपरिका केहि ब्यक्तिलाई लगेर रिबन बाँधिएको रतुवा देखाए । र हामीले घाँटीमा रातो रिबन भएको रतुवा देख्यौं भन्दै प्रत्यक्षदर्शीमा सहिपनि गराएछन । त्यो लगेर निकुञ्ज कार्यालय बुझाइएछ । “त्यत्रा वर्षदेखि अनवरत रुपमा निस्वार्थ भावनाले प्रक्रिति र जिवजन्तुको संरक्षणमा लागेको ब्यक्तिलाई राष्ट्रले पुरष्क्रित गर्नु पर्नेमा उल्टो बेइज्जति, मान मर्दन, हतोत्साही पार्ने र यातना दिएकाले क्षतीपूर्ती पाउँ’ भन्दै उन्जुरी हाल्न लगाइएछ प्रवेश राणाका नामबाट । अनि त्यत्रो नाटक गरेर उनलाई छुटाइएछ ।


वओ क्या राजनीति छ त यहाँ त यस्तै त हुन नी ठुला बढा हाकिम जरनेल कर्नेलहरु मजाले मोज गर्दै समान थाप्ने …………………………….
मन परो वा परेन:
0
0
[Reply]
दधि जी यो कथा हो कि साचिकै बिदम्बनायुक्त व्यथा हो . कि रामु दाइको प्रहसन मात्र |
यसो नगर्लान भन्ने आधार पनि के छ र तर गर्छन भन्ने आधार चाही धेरै छन् है.
मन परो वा परेन:
0
0
[Reply]
Interesting story. I think it happens lot.
मन परो वा परेन:
0
0
[Reply]
always making dam story ……saying washing dishes ,,,,on foreign country …..where ????????
मन परो वा परेन:
0
0
[Reply]
som Reply:
October 27th, 2009 at 11:26 am
saathi ko pesaamaathi hamala bhayo bhanne laagera risaako jasto chha
fikri namaanau sathi dherai nepaalile tyahi garekaa chhan
kathaa yathaarta parak ho bahnepachhi ki napadhnu ki patyaaunu hoina ra?
writing tarikaa chaahi raamro laagyo hai Dadijiko
मन परो वा परेन:
0
0
[Reply]
VIMA Reply:
October 28th, 2009 at 11:54 pm
SOM ….MERO MATLAB TYO HOINA //TOPPAA EVERY WESTERN COUNTRY THERE IS NOT A SUCH MUCH DISHES TO WASH ….NOW A DAYS ////SO HOW HE CAN SAY THAT …HAVE U BEEN IN KFC,MCDONALDS,HARDEES.MR SUB.SUB A WAY.PIZZA HOT ,BOSTON PIZZA ,BURGERKING . WHERE NEED TO DISH LIKE HOW HE SAID .. LEARN FISRT THEN B4 COMMENT OK…PAKHE,,,,
मन परो वा परेन:
0
0
[Reply]
कथा जस्तो भएपनि लेखाई चाहिं मान्ने पर्छ बा
कस्तो तन्काएर लेख्न जानेको ददिजी
मन परो वा परेन:
0
0
[Reply]
Intereting lagyo tapaie ko lekh. Story ta hoina jasto lagyo seems based on reality.
Thanks alot
मन परो वा परेन:
0
0
[Reply]
Dadi ji ramaro lekh kura sacho ho des ma yestai shmracharn cha ke garne
मन परो वा परेन:
0
0
[Reply]