महिलाद्धारा पुरुषमाथि गरिने हिंसा लैङ्गकि विभेदभित्र पर्ने की नपर्ने ?

-सरोजदिलु विश्वकर्मा

sarojdilu_bk1गएको महिनामा संचारिका समुहद्धारा आयोजित एक छलफलले एक प्राशंगिक वहस उठायो, जहाँ राष्ट्रपतिका सल्लाहकारदेखि विशिष्ठ विचारकसम्म र एफ्एम् रेडियोहरुका प्रवन्धकहरुदेखि राष्ट्रिय-अर्न्तर्राष्ट्रिय पत्रकार, टेलिभिजनका सम्पादकज्यूको उपस्थिती थियो । महिला सज्जनवृन्दमा बविवा बस्नेत, बृन्दा हाडादेखि रमासिंहसम्मका ब्यक्तित्वहरु वहसमा सहभागी थिए । महिला हिंसासम्वन्धी धेरै पुरुषहरु सहभागी भएको सो वहसमा एउटा प्रश्नले सवैलाई खुल्दुल्याईं रहेको थियो- महिलाद्धारा पुरुषमाथि गरिने हिंसा लैङ्गकि विभेदभित्र पर्ने की नपर्ने ?

 उपस्थित भद्रभलाद्मीहरु कसले पहिला यो विषयलाई उर्ठाईदेला भनेर मुखामुख गरिरहेका थिए । अर्थात उपस्थित भद्र-महिलाहरुको अनुहारले एक किसिमको मानसिक त्रास उब्जाईरहेको थियो । तर यो विषय मेरा लागि भने नौलो थिएन । त्यसैले विषयलाई मैले नै आरम्भ गरें- ‘लैङ्गकि विभेद्भित्र पुरुषमाथिका हिंसाहरु पर्छन कि पर्दैनन् ? महिलाले गर्ने पुरुषमाथिको अतिवादलाई पुरुष अधिकारको हनन् भन्ने कि नभन्ने ?’ यस प्रसंगले कार्यक्रमभरी नै तताईरह्यो । राष्ट्रपति सल्लाहकार राजेन्द्र दहाल र विशिष्ठ विश्लेषक सिके लालले सायद पहिलोपल्ट मुख खोले- पुरुष पनि महिलाद्धारा विभेदमा परेका छन्, जसलाई लैङ्गकि विभेद् मान्नु पर्दछ । यसलाई धेरै गन्यमान्यहरुले र्समर्थन जनाए भने महिला मन्त्रालयकी सचिव वृन्दा हाडाले त यसैमा उदाहरणहरु दिंदै र्समर्थन गर्नुभयो । तर त्यतिवेला सहभागी केही महिलाजनहरुको भने बोल्ने गला च्यापिएको प्रायले महसुश गरे ।

 एकक्षण छलफल वाहिर गएर हेरौं । आआफ्ना समाजमा हामीले अनुभव गरेकै हौंला, देखेकै र कतिले भोगेकै हौंला- पुरुषहरु पनि स्वास्नीबाट कुटिएका छन् । लखेटिएका छन् । दिदी-वहिनीबाटै विभिन्न वहानामा वञ्चित भएका पनि होलान् । मैले पनि देखेको छु- धेरै महिलाले लोग्नेलाई कुटेको, लोग्नेले स्वास्नीको मनोआकांक्षा पुरागर्न नसकेपछि गाली-वेईज्जती गरेको वा छोडेर हिडेको वा पर-पुरुषसंग संसर्गसम्म गरेकोदेखि सम्पत्तिको प्रलोभनमा सौतामाथि गई आफ्नै हालीमुहाली जमाएको र लोग्ने हत्यासम्म गरेको । कतिले त माइती पक्षको धनजन र वलमै पुरुषलाई जीवनभरीका लागि दाग लगाई एक्ल्याईदिएका पनि छन् । यतिमात्र होईन, अवसरका नाममा महिलालाई बढीसे बढी अनुग्रह गरिँदा पुरुषहरु अवसरविहिन हुँदैगएका छन् । पुरुषमाथिको यी विभेदहरु हिंसा हुनेकी नहुने ? जवकि यस्ता अनुग्रहले महिलालाई सामर्थ्यवान बनाउनुको साटो अनुग्रही पात्र मात्र बनाउँदै लैजान्छ । अव हामीले यसलाई पनि वहसको विषय बनाउने की नबनाउने ? जरुर- महिलाहरु विभेदित छन् । तिरस्कृत छन् । शोषित र उत्पीडित छन् । कुण्ठनमा बाँधिएका छन् । अवसरमा यिनलाई प्राथमिकता दिनैपर्दछ । तर यसो गरिंदा पुरुषमाथि हुने शोषण, विभेद र वञ्चितीकरणलाई पनि विर्सन हुँदैन ।

 यतै वरपर, विकासे क्षेत्रमै पनि आधादर्जन यस्ता महिलाहरु हाम्रा नजरमा घुमीरहेका छन्, जो २, ३ वटा छोराछोरीको बाबु देख्दादेख्दै पुरुषको यौन-साधना बनेर अर्को महिलामाथि हिंसा गरिरहेका थिए, छन् । जुन अपवादका घट्ना नभई महिला अतिवादका घट्नाहरु नै हुन् । यस वाहेक महिलाद्धारा हुने धेरै मानसिक उत्पीडनहरु नभएका होईनन्, जसमा पुरुषहरु वशीभूत छन् । यतिमात्र होईन, लोग्नेसंगै भित्रभित्रै परपुरुष राखि काठमाडौंको एउटै घर आधा छुट्याई सोही घरमा लोग्नेकै सामुन्नेमा आफ्ना परपुरुष भित्र्याएको समेत मैले देखेको छु । अनि लोग्नेको आँखा छली परपुरुषसंगको संसर्गमा रमाउने गोडा-दसेक महिलाहरुसमेत नभएका होईनन् । यस्ता महिला ज्यादतीविरुद्ध महिला अधिकारवादीहरु बोलिदिने की नदिने ?

 हो, धेरै महिलाहरु प्रेरणादायक छन्, यसमा दुईमत छैन । तर हामीले धेरै इतिहासहरु पढेका छौं, सुनेका छौं- आफ्नी रानीले नछाडेको भए नेपोलियन वोनापार्टले वाटरलुको युद्धपछि विश्व-विजयी अभियान त्याग्नु पर्दैनथ्यो । हिट्लर पनि विश्वलाई वशिभूत बनाउछु भन्दैनथे । सद्दाम हुसेनहरु फाँसीको तख्तामा पुग्दैनथे वा जंगवहादुरहरु यति चाँडै सकिदैनन्थे । त्यसका पछाडि कहीं न कहीं महिलाको हात छ, जस्लाई तिनका इतिहासले पुष्टि गरिसकेको छ । र, अहिले पनि युथफोर्स, वाईसियल, तरुण दल वा अन्य राजनीतिक दस्ताका झडपहरुलाई छोडेर हेर्ने हो भने अधिकांश युवा-झडपहरु केटीकै कारणले हुनेगरेको प्रहरी रिपोर्ट बोल्दछ भने दिपक मनाङ्गे, राजु गोर्खाली अथवा मिलन चक्रेहरुको पुरुर्सार्थ पनि महिलासंगै जोडिएका छन् ।

 अर्कोतर्फ पछिल्लो समयमा पुरुषले पाईतालादेखि टुप्पीसम्म ढाक्ने गरी तर महिलाले भने यौनाङ्गमात्र छोप्ने उल्टो दिन शुरु भएको छ । यसले नयाँ फेशन र आधुनिकताको प्रदर्शन गर्नेमात्र होईन, संगै उत्तेजना र हिंसा पनि निम्त्याउँदै लगेको छ, जसले महिला भनेको वाजारीक वस्तु विक्रीका क्याट्लग नै हुन् भन्ने मिथकलाई पुष्ट्याई गर्न खोजिरहेको छ ! यस्ता उत्तेजक तौरतारिकासमेत महिला विभेद र हिंसाका कारण हुनसक्छन् सक्दैनन् ? महिलावादीहरुको ध्यान जानु जरुरी छ । अर्थात यी कारकका विपक्षमा महिला अधिकारकर्मीहरु कहिलेसम्म मौन बसिरहने ? त्यसैगरी मुलुकी ऐन लोग्ने-स्वास्नीको महलमा लोग्नेले अनिवार्यरुपमा सकेपनि नसकेपनि स्वास्नीलाई पाल्नै पर्ने, खान-लाउन दिनैपर्ने र छोराछोरीप्रतिको भार सवै उसैले उठाउनुपर्ने बाध्यात्मक ब्यवस्था गरेको छ, जसले महिलालाई नै स्वतःरुपमा परजीवि तुल्याएको ठहर्छ । यसबाट यौनको पारितोषिककारुपमा लोग्नेले स्वास्नीलाई खान-लाउन र पुर्याउन जे पनि गर्नै पर्दछ भन्ने मान्यता बसेको छ । परिणामतः पुरुषले स्वास्नी कुट्छ, छोरीलाई अवसर दिदैंन । यस विषयमा सज्जनवृन्दहरु किन मौन ?

 त्यसैले अव प्रष्ट हुन्छ- लैङ्गकि हिंसाभित्र पुरुषमाथि हुने हिंसा पनि अट्नुपर्दछ । र, पुरुषहरु कुन समुदायमा, कति मात्रामा महिलाद्धारा पीडित छन्, त्यसका कारणहरु केके हुन् अर्थात यस्ता हिंसालाई कहाँ लगेर टुंग्याउनुपर्ला भन्ने विषयमा अध्ययन अनुसन्धान गर्न सो वहसले बाटो खोलेको छ । त्यसले महिला आन्दोलनको इरादालाई कमजोर तुल्याउने नभई ससम्मानित परिवार, समतामूलक समाज र लैङ्गकि सहअस्तित्वमूलक राष्ट्र निर्माण गर्न वरु सहयोग नै पुर्याँउछ । अतः महिलाभित्रका यी विकृती र विसंगतिको उठानसंगै सहअस्तित्व र सम्मानको कुरा गर्नु पर्ला ।

  • कृष्ण क्षेत्री

    सरोजदिलु विश्वकर्मा जी समय सान्दर्भिक प्रसंग उठाएकोमा धन्यवाद दिन चाहन्छु । पुरूषद्धारा महिला अपहेलित भएको कुरा सर्वविदित भएकै कुरा हो । त्यसैगरी नेपाली सहर एरियामा बिस्तारै महिलाद्धारा पुरूष अपमानित र अपहेलित हुन पनि थालेका छन् । यसरी अपमानित हुँदा समेत लाजको डरले पुरूष मौन भई आफ्नो व्यथा आफुमै सिमित राखेका छन् । यसर्थ लैगिंक समानताको कुरामा महिलाको हक अधिकार जसरी उल्लेख गरेको छ, त्यसरी नै पुरूषको पनि हक अधिकारको उल्लेख गरि उनीहरूलाई परेको पिर मर्का खुल्ला रूपले भन्नको लागि पत्प्रेरणा जगाउने काम गर्नुपर्छ । अन्यथा महिलाको हक अधिकारका नाममा पछि विकराल अवस्था नआउला भन्न सकिन्न ।।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • NaBeEn

    आधिकार को लागि आवाज उथाउनु राम्रो कुरा हो तर अधिकार खोज्ने ले आफ्नो करतब्या बिर्शनु भयननी?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Gita

    Saroj Jee,

    As far as i know gender means role ascribed from society by male and female. Often when we talk about about gender wome’s issues are talking matters. That is why most of the development approaches which are women focus are became failer. But if we see the things from gender glass man we talk about equal power sharing between man and women. So discrimination done either by male or female comes under gender discrimination.

    Thanks

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • purna

    Can anyone beleive that Nepali society is a matriarchial soceity and not a patriarchial one?

    Yes it is, unlike the Western countires which are patriarchial

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Gita

    Saroj jee
    ma ta sahamat bhaye na tapaie sanga. lchota luga lagaunu ko artha rape garna lie uutayjana jagauna hoina ni……europe ma kina jasto luga lagauda ni kasaile aru lie notice gardai na…yaha ka kta haru k napusanga hunnna ta sabai tapaie hamro preception ani social security ko kura ho.

    Ani maile mathi pani bhane gender bhane pachi both for men and women. we talk about women because they are more marginalized then men. Gender talk about equal power sharing. Remember equal.

    मन परो वा परेन: Thumb up 0 Thumb down 1

    [Reply]

    bishal ale Reply:

    nepal lai europe ko tulana garnu sayad ramro haina hola !!!!!

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

  • Ram Prasad

    Violation against male also comes unders Gender discrimination.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • गम्भिर सिंह एर

    सरोजदिलु विश्वाकर्मा जी नमस्कार ।
    तपाईंले बहुत मेहनत गरेर यो लेख तयार गर्नु भएको छ । तेस्का लागि तपाईंलाई धन्यवाद । तपाईंले लेख्नु भये जस्तै म तपाईंको बिचार सँग शहमत चाँही हुन सकेन । तपाईंले आफ्न लेखमा उल्लेख गर्नु भएका केही तर्कहरु तर्कसंगत नभै परम्परबादी पुरुषबादी शोचबाट ग्रसित भएको पाइयो । तेस्को प्रतिकृया स्वोरुप केही लेख्दै छु । म निएमित लेख्ने मानिस् होइन तेसैले शब्द संयोजन नमिल्न सक्छ ।
    समाज एउटै लिङ्गबाट चल्दैन भन्ने कुरा जान्नु पर्दछ । समाज चल्नका लागि महिला र पुरुषको बराबरी योगदान हुन्छ भन्ने जान्नेहो भने समाजमा भएका हरेक दुर्घ तनाको जिम्मेवारी महिलालाई मात्रै लगाउनु हुँदैन थियो भन्ने लाग्छ । तपाईंले लेख्नु भएको छ “हामीले धेरै ईतिहास पढेका छौ, सुनेका छौ आफ्नी रानीले नछाडेको भये नेपोलियन बोनापार्टले वाटरलुको युद्ध पछी बिजयी अभियान त्यग्नु पर्दैन थियो । हिटलर पनि विश्वालाई बसिभुत बनाउछु भन्दै थिए । सद्दाम हुस्सैन फासिको तख्क्तामा पुग्दैन थिए वा जङ्ग बहादुर एती चाडै सकिदैन थिए । तेसका अगाडि कहि न कही महिला को हात छ । जस्लाई तिन्का ईतिहास ले पुस्टि गरीसकेको छ ।” तपाईंले भने झै के तपाईंले उल्लेख गरेक कुनै पुरुसको कुनै दोस थिएन? जब महिला लाई खेलौनाको रुपमा हेरिन्छ नि तेतिबेला बलियाहरुले कम्जोरलाई दोस लगाउने प्रतिकृया स्वरुप महिलालाई दोसको भागी बनाउन खोजिएको हो भन्ने कुरा तपाईं यहाँनिर बिर्सिनु भयो जस्तो लाग्यो ।
    म सामाजिक काम गर्ने सिल्सिलामा सुदुर पश्चिम नेपालका जिल्लाहरुमा जाने क्रममा जतिय बिभेद गर्नु अपराध हो भनेर गाउलेहरुसङ्ग कुरा गर्दा गाउका मानिसहरु भन्ने गर्थे यि दलितहरुले सिनो खाने, सरसफाइ गर्ने भये त हामी बिभेद गर्दैन थियौ, यिनीहरु भित्रै बिभेद छ हामीलाई बिभेद गर्नु हुँदैन भन्नु हुन्छ भन्थे । के तिन्ले सही भनेका थिए र? होइन नि । यो समाज दलितले सन्चालित गरेको थिएन । समाज म निएम कानुन बनाउने दलित होइनन । दलित भित्रको बिभेदको दोसी पनि बहुनबादी सोच हो नि । त्यो समाजका उपल्लो बर्ग जस्ले निती निर्माण गर्ने गरेका थिए तिनै दोसी हुन नि, होइन र? गाउघरमा दलितले सिनो खानु पर्छ भनेर चलन कस्ले चलाएको दलितले हो ? होइन नि है ? उनिहरुलाई त सिनो खान वाध्य पारीएको हो नि? सरसफाइका कुरा गरौ : कुन बाहुन को घरमा सफा छ् त नि गाउघर तिर ? भन्नलाई मात्रै हो सरसफाइको अवस्था सबैको उस्तै हो । तेसैले बलियाहरुले कमजोरहरुलाई लगाइएको आरोप हो । के गर्नु प्रतिबाद गर्न गाह्रो हुन्छ मान्नै पर्‍यो । तेस्तै तेतिबेला महिलाको अवस्था झन बिकराल थियो नेपोलिएन युद्ध लडन नसक्ने भये महिलालाई दोसी बनाइयो । तपाईं हामी त्यो लहरमा बगेका मात्रै हौ ।
    “अर्को तर्फ पछील्लो समयमा पुरुसले पाइताला देखी तुप्पी सम्म धाक्ने गरी तर महिलाले भने योउनाङ्ग मात्र छोप्ने उल्टो दिन सुरु भएको छ । एस्ले नयाँ फेसन र आधुनिकता प्रदर्सन गर्दै मात्रै लगेको होइन सङ्गै हिन्सा र उत्तेजना निम्त्याउदै लगेको छ। यसमा तपाईंले के भन्नु खोज्नु भएको हो? पुरुष ले पैताला देखी तुप्पी सम्म धाक्ने र महिलाले योउनाङ्ग मात्रै छोप्ने उल्टो दिन सुरु भयो भनेर ? तपाईंको विचारमा पुरुसले लिङ्ग देखाउनु सुल्तो भन्न खोज्नु भएको हो? समाज परिवर्तनशिल छ । हाम्रा बाजेले लगाउने लगौती लगाएर अहिले बजार घुम्न हामीलाई लाज लाग्छ । तर कहिले कही पुरुष ले भित्री कट्टु लगाएर बजार गयो भने पनि तपाईं उस्को त्यो कट्टु हेर्नु हुन्न किन कि त्यो पुरुष हो र तेस्ले हिन्सा भद्काएको तपाईं मन्नु हुन्न । तर एउती महिलाले अली छोटो लुगा लगाये हामी त्यो लुगाको छेउ छाउ तिर हेर्न चाहन्छौ । होइन तेस्मा को दोसी? कस्को नियत अपराधी? त्यो छोटा लुगा लगाउने महिला? यो समाजमा सबैको बराबर भाग लाग्छ । तपाईं अरुलाई असार नपर्ने गरी तपाईंको जीवन बाच्नोस तेसमा तपाईं लुगा लगाउनोस नलगाउनोस अरुलाई के खस खस होइन र? मित्र महिलाको हक मा पनि तेही कुरा लागु हुनु पर्ने हो होइन र?
    अधिकारको कुरा गर्दा अर्काको अधिकारलाई असर नपर्ने गरी आफ्नो अधिकार प्रायोग गर्ने हो होइन र? हाम्रो संबिधान ले के भन्छ? तेसैले सामाजिक थाउमा प्रायोग गरिने भाषा पनी बिभेदकारी भाषा प्रयोग गर्नु अली नमिल्नु पर्ने हो । तपाईंले लेखेका अरु धेरै कुरामा मेरो बिमती हुँदा हुँदै पनि रात धेरै भेएको हुँदा मेरा कुरा एहिनिर थाती राख्दै बिदा हुन्छु ल ।
    गम्भिर सिंह एर
    धनगढी-८,
    हाल: अमेरिका ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • गम्भिर ब्रो सँग मेरो सहमति छ

    पुरुष माथी पनि शोषण हुने गर्छ भन्नु एउटा कुरा हो तर सैधान्तिक चर्चा गर्दा एक दुई घटना लाई सामान्यिक्रित गरेर हेर्दा हामी चुक्छौ… राज्नीती मा बाहुनबाद र समाज मा पुरुसबाद हावी छ भन्ने कुरा कसैले पनि नचपाइ भन्नुपर्छ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • सरोजजी तपाइले राम्रो लेख लेख्नुभयछ म पनि सहमत छु तपाइको लेखमा अज म भन्छु केटि हरु आफ्नो लोग्ने छाडेर अर्को संग बिबाह गर्छन कुनै कानुन छ तिनिहरुलाइ समौना तर केटाले अर्को बिबाह गर्दा बहु बिबाह मा कानुन lagchha रे किन आफ्नो लोग्ने छाडेर अर्को बिबाह गर्नेलाई कुनै कानुनले सम औदैना अज पहिलाको लोग्ने लै जोगी जस्तो बनायर पनि हिद्छान मैले धरै देखेको छु आफ्नो लोग्ने हुदा हुदै पनि केटि हरु अर्को संग बिभिना बहानामा लुकी लुकी सम्पर्क मा आउने आफ्नो लोग्नेलाई तिरस्कार गर्ने परपुरुषलाई चाई अंगालोमा हालेर हिड्ने हरु पनि छन् तिनी हरुलाई कुन कानुनले समाउछ अज तिहारमा टिका लगायर भाई मनायको संग पनि लसपस गरेको पनि भेट्टे मैले किन होला यस्तो आफ्नो लोग्नेलाई माया नगर्ने परपुरुष लाई चाइ हत्ते गर्ने केटीहरु भोलि कुन हालत होइन्छ भने डर नभाको केटीहरु

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • nirmal ale

    gita ji europe ra asia nepal ma dhirai farak hola europe ma je lagau jasto kam garo kasai mathi kasai ko nazar hudai na nepal bhane ko gaule baneko ek des ho ni ta

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • saayad samanta le nai nepal maa harek kuraako sirjana bhaeko hunu parchha,
    natra nepal kina europe washington dc lavegas bann khojdaichha, yaha hernu hola ->http://nepalijpt.blogspot.com/

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

  • Safal Bista

    sarojji, Nice article.
    Hunata ma USA ma chhu ra tapai ko article padhirahe ko pani chhu ani Nepal plus le yesto facility pani diraheko hunchha. So thank for Nepalplus. Dherai sathi haru ko comments read gare, ra lagyo sabai sathiharu le je bujhnu hunchha ra manna je lagchha tehi nai response garnu vaa chha tara, Gender discrimination and Social Inclusion ko samvandama, jasle kehi janeko chha ra tesma padheko chha tesle nai define garne ho tesma pani Maile Geetaji ko comment and reply read gare,, lagchha geetaji Europe ma study gardai hunu hunchha hola,, Gender ma yeti strongly comment garnu vaneko sayed jo europe ko Norway, Netherlands and aru country ma Study garne le garchha ra Europe lae linuhunchha vane Female le Male lae dominate ati gareko chha,, ra jo kohi Norway wa Netherlands janchha ra tahako law and practice herne ho vane Sansarle ramro sanga chineko chha, Europe ma study gareka female harule male lae 1 percent pani count gardaina just they multiply by Zero. Nepal ko sandharva pani Jo female padheka chhaina tiniharu male bata kehi hadsamma violent vairaheka chhan ra jo educated female chhan uniharule afno rights lae kayem garna prayas ra kayem gareka chha,,, its just for hill female. Sarojji, Don’;t forget to write on Terai Women and violence. anyway goodluck for sarojji, if you think any support for the nice article plz feel free to write me at safalbista@yahoo.com

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • kapildev mahara

    Namaste! Mero yo kabita 6apaidin anurodh gardai6u. Jabsam hamro deshko hiu pagler bager rahe6 pani. Yi varstachari ko kahile jane malami. Arko deshko name aakashma pugisakiyo, hamro deshko netaharu deshko nashgarer basiskiyo. Kahile chaka jam kahile bus hadtal,yi varstachari netale kunai din par6 aaptkal. Hamro deshko neta haru vaisake6 beimani kahile jane varsta chari ko malami. Yo kabitama kehi miste6 vane mafgari dinu hola ok by Thank you. Siraha

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree