एउटा खसी र दुई हजारमा किनेको लोग्ने

-गिता घिमिरे

Gita-ghimire-women-activist-far-west-nepalगत शनीवार बिहान उठ्दा उठ्दै कोठा सफा गर्ने जाँगर चल्यो । केही दिन यता अलि व्यस्त भएकाले कोठा पनि भद्रगोल भइसकेको रहेछ । शुरु कहाँबाट गर्ने ? यसो यता उति हेर्दै थिएँ । किताब राख्ने दराजबाटै शुरु गरौँ भन्ने विचार आयो । भएका सबै किताब दराजबाट तल झारें । ओहो कति भएका किताब पनि ! फेरी कति अध्ययन गर्ने मान्छे भन्ने पर्ला । तर यति धेरै किताबमा मैले १५ देखि २० वटा मात्रै पढेकी छु होला । चाहिने नचाहिने किताब हेर्दै जाँदा तिन वर्ष अगाडी मैले काम गर्ने संस्थाको डायरी फेला पारें । यसो पल्टाएको त सँगै काम गर्ने र काम लाग्ने निकै साथीहरुको ठेगाना रहेछन् । कति कार्यक्षेत्रमा जाँदा टिपिएका टिपोटहरु रहेछन् । यसो सरसरती हेर्दै थिएँ । तिनै मध्ये एउटा पानामा गएर मेरो आँखा अडियो ।

 एकजना महिलाका विषयमा छोटो तर आवश्यक सबै सुचना लेखिएको । त्यो थियो-जातिय छुवाछुतको ज्वलन्त उदाहरण । त्यसलाई नेपालप्लस मार्फत बाँड्ने मनशायले लेख्न बसें । यो वास्तविकता पनि सुदुर पश्चिमकै एक पहाडी जिल्लाको हो ।

 त्यो दिन म अहिले पनि संझन्छु, धनसरा विश्वकर्मा आफ्नो दुई महिनाकी छोरी लिएर सानो छाप्रोमा बसेकि थिई । उसकी छोरीलाई बाबुको नाम दिन जिल्लाका केही गैरसरकारी संस्थामा उ धाउने गरेको थाहा थियो । किनभने बच्चा जन्मिएको थियो उसको । तर बच्चाको बाबु को हो भन्ने कानुनी रुपमा किटानी गरिएको थिएन त्यो बेलासम्म । मैले काम गर्ने संस्थाका लागि यो चासोको विषय नभएपनि मेरो व्यक्तिगत चाहनाले गर्दा मैले उसँग कुरा गर्ने निधो गरेकी थिएँ । धनसराले आफ्नो यो कथा कतिलाई सुनाई होला । तर सायद मेरो व्यवहारले गर्दा उ म प्रति अलि विश्वस्त देखिई ।

 धनसरा कक्षा ७ मा अध्ययन गर्दा त्यही गाँउको एक जना हर्क साउद भन्ने माथिल्लो जातीको केटो सँग प्रेममा परेकि रहेछे । प्रेम गर्ने क्रममा हाम्रो नेपाली समाजमा सजिलै नपच्ने भुल उ उसलेपनि गरिछ हर्क साउदको पेट बोकेर । अविवाहित केटी । अझ त्यसमा पनि माथिल्लो जाति भनिने केटोको । यसरी गर्भ रहेपछि घरका परिवारले उमाथि कुटपिट पनि गरे । नकारात्मक  कुरा झन छिटो फ़ैलिन्छ । फैलाईन्छ हाम्रो समाजमा । सारा समाज भरि यो धटना भुसको आगोझैं दन्दनी फैलियो । केही स्थानिय दलित संस्थाले यसबारे जानकारी पाएपछि धनसरा र उसका परिवारको सहयोगबाट केटो हर्क साउदका नाममा प्रशासनमा निवेदन दिएछन् । सम्भवत न्यायको आशावादी थिए ।

 तर हाम्रो प्रशासन कति फितलो ? हाम्रा माननिय सिडियो साहबले “ल यो त गाँउघरको कुरा हो, पहिला गाँउमा नै मिलाए राम्रो” भन्दै पीडित पक्षका परिवारलाई घर फर्काए । गाउँमा बैठक बसेर समस्याको समाधान गर्ने भनियो । साउद परिवार र विश्वकर्मा परिवार लगायत गाउँका अन्य गन्ने मान्ने भनाउँदाहरूपनि बसे । सामाजिक हैसियतको कुरा गर्ने हो भने पक्कै पनि माथिल्लो जातिका व्यक्तिले एउटा निश्चित जातिमा जन्मेकै आधारमा अन्य जातीका तुलनामा बढि सुविधा र सामाजिक हैसियत पाएका हुन्छन् हाम्रो हिन्दुवादी नेपाली समाजमा । गरिब तथा निमुखा दलित जाति माथि अन्याय गर्ने ठेक्का लिएरै जन्मेका हुन्छन् । जसको हैसियत र शक्ति उसैले अरुमाथि आफ्नो दबदबा र प्रभाव पार्नु नौलो भएन । मैले यहाँ व्यक्ति विशेष वा जाति विशेषलाई भन्दा पनि हाम्रो सोचको विरोध गर्न खोजेकी हुँ । जसलाई विकासे कार्यकर्ता बाहुनवादको नामले पनि चिनाउँने गर्छन ।

 बैठक टुंगियो क्षतीपूर्ती दिने सर्तमा । उनको क्षतीपूर्ती के होला तपाई हाम्रो विचारमा ? एक पटक सम्झिनुस त ! उ एक अविवाहित गर्भवती महिला । नेपालीको गाँउले परिवेश । कुसंस्कारले जरो फैलाएको त्यो ठाउँ । फेरी त्यसमा पनि नाबालिक । क्षतीपूर्ती थियो नगद दुई हजार र एउटा खसी । केटी पक्षले त्यो क्षतीपूर्ती लिन तयार भए । सबै पक्ष मिलेपछि संलग्न संस्थाले गर्न सक्ने केही भएन । यसरी आफ्नो सामाजिक हैसियतको दुरुपयोग गर्दै । क्षतीपूर्ती लिन केटी पक्षका परिवारलाई सबै तर्फबाट बाध्य बनाइयो । दलित, गरिबी तथा अशिक्षित हुनु उनिहरुको सबै भन्दा ठूलो दूर्भाग्य भयो । केही नातेदार तथा वुद्धिजिवीमा गनिनेले अर्को केटो खोजिदिउंला  भनेर उसलाई सान्त्वना पनि दिए । केही हप्तामा नै केटो खोजीयो पनि । धनसराको विवाह भयो । उनी गर्भवती छिन् भन्ने थाहा हुँदाहुँदै पनि केही पैसाकै लोभमा केटोले विवाहको लागि मन्जुरी गर्र्यो ।

 समस्या यहाँ समाधान भएन विवाहको एक महिना नपुग्दै धनसराको लोग्ने उसलाई छोडेर भारततिर भागेछ । श्रीमान्का परिवारले घरबाट उनलाई निकालिदिएछन् । अब झन परेन आपत ? माईतीमै बसेर उसले छोरी जन्माई । अब छोरीलाई कसको नाम दिने ? जसको सन्तान हो उसले सामाजिक आड्म्बरमा रहेर सन्तान स्वीकार गरेन । किनेको श्रीमान् पनि महिना दिन नपुग्दै भाग्यो । सम्पत्तिको नाममा माइतीले नै दिएको सानो टुक्रा जग्गा जसमा छाप्रो अटाउने भन्दा अरु छैन । मैले उसलाई भेट्दा उ स्थानिय संस्थामा सहयोगका लागि गुहार्न दिनहुँ धाईरहेकी थिई  ।

 नेपालमा गैरसरकारी सँस्था साँचो अर्थमा मुनाफारहित तथा समाजसेवाका लागि स्थापित गरिएका नै हुन् भन्ने कुरामा शंका गर्ने प्रयाप्त ठाउँ छ । गैरसरकारी संस्थाका लागि अब धनसराको समस्या दाता फकाउने विषय रहेन । तपाई हामीलाई थाहा नै भएको कुरा हो, जनताका आवश्यकता तथा समस्याहरु भन्दा गैरसरकारी संस्थाको रुची दाता खुशी पार्नु तिर केन्द्रित रहन्छ ।

 आर्थिक मामिलामा धनसरालाई मैले मेरो हैसियत अनुसार सक्ने सहयोग गरें । तर त्यो पक्कै पनि पर्याप्त थिएन उसकालागी । मैले दाया र मायाले दिएको सानो सहयोगले उसलाई सधैं के होस् ? उसको त त्यहाँ सिंगो जीवनको सरोकार थियो । पहिले त उसलाई आफ्नी छोरीको बाबुको नाम चाहिएको थियो । त्यसपछि हातमुख जोर्ने गतिलो पेशा चाहिएको थियो । हातमुख जोर्न उसलाई सिपमुलक तालिममा बस्ने सल्लाह त दिएँ मैले । तर त्यसको विकल्प तत्कालै त्यो बेला म सँग थिएन नै । अहिले आमाको नाममा पनि नेपालमा छोराछोरीले नागरिकता पाउने प्रावधानले सम्भवत उसको समस्या केहि हदसम्म समाधान गरेको होला । तरपनि महिलालाई विभिन्न झमेला नदिई त्यहिपनि सहजै पुरा गरिन्न गाउँ समाजमा ।

कानुनले स्पष्ठ रुपमा दोषी देखाउँदा देखाऊँदैपनि माथिल्लो जात र आर्थिक हैसियत हुनेले भएका कानुनहरुलाई सहजै कुल्चिन्छन । अनि आफुभन्दा साना, आर्थिक रुपमा कम्जोर र तल्ला जातका भनिनेहरुमाथि अन्याय गर्छन । कानुनको पालना गराउन बसेका अधिकारीहरुपनि माथिल्ला जात र हुने खानेकै सेरोफेरोमा घुम्छन । चाहे नेपालको राजनीतिक अवस्था फेरिएको किन नहोस । गणतन्त्र नेपाल किन नभनियोस । यस्ता घटनाहरु अहिलेपनि भैरहेकै छन् । थुप्रै धन्सराहरुले रोइरहनु परिरहेकै छ । अनि थुप्रै साउदहरु त्यसरीनै थुप्रै धनासराहरु जस्तालाई अन्याय गरेर उम्किरहेकै छन् ।


  • मार्मिक सत्य कथा सुनाउनु भयो गीता जी ले। धनसराको जस्तै सैयौ घट्ना हुन्छन हाम्रो समाजमा। खासगरि दुर्गम गाउंतिर। जहाका जनता शिक्षित हुदैनन अनि केहि टाठा बाठामात्रले मन लाग्दि गरेका हुन्छन। हाम्रो गाउंमा पनि एक दशक पहिले सम्म जमिन्दार र उनका मात्तेका छोराले सोझा साझा थारुका श्रीमती र छोरीहरुलै जबर्जस्ती दुर्ब्यहार गर्ने गर्थे। बिचरा थारुहरु केहि गर्न सक्ने स्थितिमा थियनन्। उनिहरुकै अगाडी आफ्ना चेलिबेटीको इज्यत लुटिदा पनि। समय सङै गाउलेहरुको चेतना स्तर उठ्न थाल्यो, सङठित हुन थाले। जमिन्दारको शक्ती त प्रभाब पनि कम् हुदै गयो र तिनले गर्ने कुकर्म हुन छोडेको छ। तर ती अपराधीले कहिले पनि सजाय पायनन।

    मन परो वा परेन: Thumb up 1 Thumb down 1

    [Reply]

  • -राम गुरुङ

    सारै मार्मिक घटना सुनाउनु भयो गीता जी
    यहि हो मानव अधिकार, प्रजातन्त्र, न्याय, अदालत, गणतन्त्र, जनताको शासन भन्नेहरुकालागि गतिलो झापड
    यी धन्सराका लागि सधै नर्क छ नेपाल
    कहिले आउने तिनलाई गणतन्त्र?
    कहिले पाउने अधिकार ?
    अनि जुनसुकै सासन आओस साउदरुलाई सधै राम राज्य
    कहिले पाउने तिनले दण्ड ?

    मन परो वा परेन: Thumb up 1 Thumb down 1

    [Reply]


  • गीता जी राम्रो कथा सुनु भयो थ्याँक्स
    पहिला त समाज परिवर्तन हुन जरुरी छ, शिक्षयामा गुणस्तर हुनुपर्छ
    कृष्ण गिरी
    दोहा कतार

    मन परो वा परेन: Thumb up 0 Thumb down 1

    [Reply]

  • -Deependra Khadka, UK

    Asaadhyai man chhune article

    yo article dekhaayera prachanda, maadha nepaal, jhalanaath ra girijaalaaii sodhnu paryo “A netaa ho, lampatharuko khoi timiharuko ganatantra kasakaalaagi aayo ? Dhansaraa jastaalaaii na aaune Ganatantra kasakaa laagi aayo ?” bahnera.
    Ajhaipani tyo saaud laaii samaatera kaarwaahi garnu parryo

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sagar nepal

    thanks for realistic artical.

    मन परो वा परेन: Thumb up 0 Thumb down 1

    [Reply]

  • Lalit Syangjali

    This is the clear mirror where we can see the real images of ‘Bahunbad’. Thanks for pointing out a hidden incident behind the curtain of “Bahunbad’.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • basu bidari chitwan national park

    Thanks for the artical. This is great artical but this is not coneation with hindusam.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Dear Geeta jee,

    Am offset about the situation of a young lady , there are more Dhanasaras who are suffering from this same situation . Of-course this is lesson for every reader about the situtation of rural people and deep rooted culture.

    But am fully disagree with you about cast descrimination , may be i dont understand about your theme , but orentation of writing will promote descrimination instead of diminishing .

    Suresh

    मन परो वा परेन: Thumb up 0 Thumb down 1

    [Reply]

  • Bhagirathi Joshi

    Thanx a lot for depicting the vivid reality of our society through this article….!!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • jirel jee

    nice & really artical….

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • -Samarpan kharel

    Saral bhaasa
    saandarbhik lekh
    man rune ghatanaa
    yahi ho baahunbaadko asali rup bhanu chaahi bhayena
    kinabhane sabai baahun bhelaa bhayera yasai garnu parchha bahnekaa chhainan
    Asal baahun haru yasto ghatanaako biruddamai hunchhan
    Ekdam raamro laagyo Geetaji, dherai dhanyaabaad

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • haalo gita yuo bari fahin yuo cal

    मन परो वा परेन: Thumb up 0 Thumb down 1

    [Reply]


  • GITA.MAN RUNE.6,

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • gita, sarai ramro.6

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • (Ctrl+V)

    good job you did gita ji keep it up i really proud to you……….

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • -Shailendra Basnet

    Ekdam man ruwaaune lekh
    kasto bastabk kathaa udhinera lekhnu bhaako
    yastai lekh haru lekhdai garnu holaa

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • kavreli shrestha

    yasari nai lekhdai janus subhkamana

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • ekku alone

    Hi gita ji
    Namaste
    tapaile pathak majha bastabik katha paske ra yo aadambari samajma hune nyayako bare ma prast parnu bhayako ma hridaya dekhi sadhubad bhanna chahan6u.ho yaha jasle je bhane pani samajma 6uwa6ut ra hunekhane haru ko bichma thulo khadal 6. yaslai yastai ho bhane ra aakha chimlinu hudaina yasko barema sanghars garnu jaruri 6.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • HARI SAPKOTA

    thanks gita ji iam verry prrow fo u

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • HARI SAPKOTA

    thank gita ji ma tapai dekhi dheri khusi bhaya ramero lekh lekhnu bhayacha pheri pani suvakamana tapai lai

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sudeep Thapa

    realy tyo ta hamro ku sanskar kon 1 matra exmple ho asta uncountable aanya haru ko sajaya khoi hamro desh ma kahile samma sambhav hola ra.
    tara 1 din pakka aaucha. tyo din le sabai lai aajaad garne cha. tara time lagna sakcha. ni haina ra?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • robin mahat(karki)

    i like ur story gita g sarai ramro lagyo ani nepal ma hajur ko ghar kaha ne ?robin ned delhi

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Milan

    nepal ra nepali haru lai maya gareko dekhda malai pani gita prati maya jagyo hai…gita ko yo sandesh le dherai nepali chheli haru lai sachet banaune chha…before marry no physically love…naya nepal banauna yesari nahi gita le jhai hamile pani sachet ani shikshya ko Eitta thapnu parchha hai nepali dazu bhai ani didi bahini, hami sabai milera…dhanyabadh gita

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sujit sinal

    YESTO BIDAMBANA KAHILE SAMM TYESTA APRADHI HARU KO TAAUKO KAATNU PARCHHA………+

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • केटी मान्छेले लेखेको रचना धेरैले पढदा रहेछन

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • prasanna man shrestha

    maile pani dekheko kura haru lekhnu bhayako rahechha, bastabikata saharai namitho r kahali lagdo chaa, yasto dherai nai teta tir hune rahechha dhanyabad

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • रमेश पौडेल

    गीताजी समाज परिवर्तन को बारेमा कलम चलाउनु भएको मा धेरै धन्नेबद। आगामी दिनहरु मा पनि यस्तै-यस्तै रचना लेखेर समाज परिवर्तन मा सहयोग पुराउनु हुनेछ। हामी आशाबदी छौ। रचना एअक्दमै राम्रो छ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Binod Ghimire

    Well Done Geeta !!!
    Very thnx for mirroring such a rustic act of so called “High Castes”. Really its Nepal’s misfortune that hundreds of Dhansara are humiliated from their soul by this nonsence ‘Bahunbad’. Keep on continue to flash out such acts remain in our society and diminish the fame of so called wolves.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Binod Ghimire

    Very good, Geeta !!!!
    Superb article for mirroring such a murmaric situation of the lady. Really there a many untied wolves remains in our society who’re responsible for the condition of hundreds of Dhansara. So keep on continue.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Raj

    Excellent.

    Keep it up. Nice picture.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • GITA DIDI VERY GOOD CHHA

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • jaquline Sharma

    Dear gita
    it is really very good as well as heart touchable article and dear all bahun are not same and in your story there is the boy named as harka saud and as far as i know saud is not bahaun so bahaun ko ta kura nai na aaunu parne ho hami bahun haru lai ta naak lagchha ni ani u have a very good writing skill so dear keep it up hope to read more from u.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Neha Sharma

    Gita ji, tapi mahila adhikarko kura n jatiyako kura garnu hun6, aafno real kast chahi kina ullekh garnu hunna?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • हाम्रो नेपाली इस्ट मित्र लाई म सम्सेर अलि मिया को तर्फ देखी

    मिति / २७/११/ २००९/ को बकरिद मोउ बारक सलाम म्लेकुम दिनु चा हान्छु

    आमिन आमिन आमिन

    मेरो पिरिया मित्र निजाम दिन सेराली रफिक सलाम दिन वसिम कस्मिरी

    जाफर रहमदीन लगाएत सबै साथी हरु ब्लुए स्टार मा काम गर्नी समेत

    अनि सुन्दर सन्तोस मेरा कएप को सबै लाई हाम्रो सिसा घाट समाज

    देखी पनि सलाम म्लेकुम बकरिद मुबारक मुबारक मुबारक मुबारक

    सम्सेर अलि मिया मो बेल ५८१६४०७/// ३०३२६९०

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Nirmal Adhikari

    Gita ji
    I read your article. I am very happy because your article is very good . timro pragati ramro hos .

    Dailekh

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • narayan

    राम्र छ कथाको लागि धन्यवाद

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • TULSI (ILAMALY)

    hi gita g namasker your story is so nice i liket it but i am not happy with you because until now you not see your story one time also you not read any comment and not write any comment ok bye at last bet of luck go ahead

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • kabita

    Hello Gita G,

    Tapaile prastut garnu vayeko satya katha nikai sandarvik cha yesle hamro nepali samaj ma byapta jatiya kusaskar ko udharan deko cha, teti matra nabhai thula bhanauda haru niti niyam banaune bhanauda haru bata garib, soja ani kamjor manishharu kasari shoshit pidit hunchan bhanne kura lai pani dekhayeko cha. Jati sukai naya niyam, naya neta, nitiniyam karta haru aaye pani baigyanik haru ullekh gare anushar baliya haru naturally nai dominant hunchan vanejastai kamjor manish haru sadhai adhikarwala haru bata dabinchan ra yo kram sadhai jari huncha ra nimukha haru lai jaba sama afno awastha kasto cha vanne realize hudaina taba sama duniya ko kunai shakti laye pani garib haru dhani bata, kathit tallo jaat vaniyeka haru mathillo jaat vaniyeka haru bata sadhai shoshit vairahanechan

    मन परो वा परेन: Thumb up 2 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree