महँगी

-रमेश गौतमपाल्पाली

 Ramesh-Gautam-palpali-0231

आहा ! महँगी !

 कति सप्रेको, कति मौलाएको !

 बन्धनविहीन मौलावट ।

 कत्रो सम्मान 

 आशामा पनि निराशामा पनि

 अविरल नाम जपाइ,

 लोकतन्त्र जस्तो ।

 अग्लिएको पहाड काट्ने

 बज्र हुँदैन,

 कुनै ऐन कानुन लाग्दैन,

 त्यसैले

 धेरैको पुकारभन्दा

 थोरैको आहृवान बलवती हुन्छ ।

 

फलामे ढोका दुष्कर हुन्छ होला !

त्यसैले-

 पराले झुप्रा मन पार्छ महङ्गीले ।

 मान्छेको मन खिइँदैछ

 मान्छे खिइँदैछ,

 बागमती र विष्णुमती मात्र होइन,

 हाम्रो धर्ती पनि खिइँदैछ,

 तर ऊ मोटाउँदैछ,

 महत्व बढ्दैछ,

 मूल्यवान् हुँदैछ,

 सुन जस्तै ।

 घट्ने नामै लिन्न,

 मौलाएको मौलायैछ,

 सप्रेको सप्र्‍यैछ,

 भ्रष्टाचार जस्तै ।

 ग्रीष्म र वर्षा चाहिँदो रहेनछ

 शरद पनि उसकै रहेछ ।

 हामी खिइँदैछौं

 हाम्रो मन खिइँदैछ,

 तर महँगी मौलाउँदैछ ।

 केदारगल्ली- ६०,धुम्रबाराही -४

काठमाडौ

rameshgautampalpali@yahoo.com

  • Gita

    ekdam ramro lagyo Gautam jee tapaie ko kabita. Based on reality thanks

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • -Shailendra Basnet

    ekdam satya kuraa maa adhaarit
    ekdamai chaakhlaagdo
    dhanyaabad Gautam sir

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree