‘म हलो जोतेर फर्किएको गोरु’

-बिनोदबिक्रम केसी

Untitled-1

राज्यले श्रीसम्पत्ति जोडिदियोस्, या तक्मैतक्माको माला लगाइदियोस् भन्ने मेरो माग होइन । तर, दिनभरि हलो जोतेर फर्किएको गोरुलाई अलिकति घाँस खाने आशचाहिँ हुन्छ ।

 बस्, भोको पेटको नाम कमाएँ

पृथ्वीलाई साढे पाँच फन्को लगाए पनि दुई छाक दालभातको घेरोभित्रै कैद हुन बाध्य विश्वसाइकलयात्री पुष्कर शाहको यो घोषणामा जति निराशा मुछिएको छ, त्यत्तिकै मुछिएको छ ‘राज्यको उपेक्षा’प्रतिको चित्त दुखाइ । ज्यान हत्केलामा (अझ भनूँ, साइकलको पांग्रामा) राखेर ‘नेपाल चिनाउन र विश्वशान्तिको सन्देश दिन’ १५० देश पुगेका, दुई लाख एक्काइस हजार किलोमिटरको यात्रा तय गरेका पुष्कर देशले आफ्नो कदर ठ्याम्मै गरेन भन्ने कटुताका साथ हिँडिरहेका छन् अचेल । ‘कर्म गर, फलको आशा नगर,’ सायद राज्यसित पुष्करलाई दिन गीताको यो झुत्रो महावाणीबाहेक केही पनि छैन । देशको नाममा सिन्को नभाँच्नेहरूले सम्मानका तक्मैतक्मा भिरेका छन् यहाँ । जताततै उनीहरूकै डाको ठूलो हुन्छ । पुष्करका कुरा सुन्दा उनी आफूलाई भिल्लका देशमा कौडीका भाउमा मिल्किइने मणिको नियति भोग्न अभिशप्त मानिसका रूपमा लिइरहेका त छैनन् भनेझैं लाग्थ्यो ।

त्यसो भए, पुष्करलाई राज्यले के गरिदिनुपर्‍यो त ? घडेरी जोडिदिनुपर्‍यो ? घर बनाइदिनुपर्‍यो ? गाडी किनिदिनुपर्‍यो ? जीवनस्तर उकास्दिनुपर्‍यो ? होइन, यी पुष्करका माग होइनन् । मलाई भोलिको चिन्ता छैन भनेर आफूलाई फकिर या मस्त कलन्दरको कोटिमा राख्न रुचाउने पुष्करले राज्यसित यस्तो अपेक्षा गरेका छैनन् । उनको चाहना हो के त ? ‘राज्यले श्रीसम्पत्ति जोडिदियोस्, या तक्मैतक्माको माला लगाइदियोस् भन्ने मेरो माग होइन, तर दिनभरि हलो जोतेर फर्किएको गोरुलाई अलिकति घाँस खाने आश हुन्छ,’ उनले भने, ‘पाखुरा बजारेर दुई छाक खान पुग्ने पाखोबारी छ मेरो । मैले विश्व-भ्रमणबाट हासिल गरेको ज्ञान र अनुभवलाई राज्यले देश निर्माणमा प्रयोग गरोस्, बस् ।’

यो राज्यले पूरै गर्न नसक्ने माग होइन । देश-दुनियाँ देखेको, भोगेको एक नागरिक देशको होस्टेमा हैँसे गर्छु भन्छ । भने, राज्यले नाइँ भन्ने ठाउँ कहाँनिर छ ? भारतदेखि क्रोएसियासम्मको भ्रमणबाट उनले आर्जन गरेको ज्ञान र सीपलाई प्रयोग गर्न यौटा थलो दिन नसक्ने, के राज्य यति लाचार छ ? उदाहरणका लागि, वर्षेनि ह्यान र त्यान पर्यटनसम्बन्धी कार्यक्रम गरिराख्ने, बेलाबेला यो जाति वर्ष र ऊ जाति वर्ष मनाइराख्ने नेपाल टुरिजम बोर्डले उनलाई उचित स्थान दिन सक्दैन ? उनका भ्रमण अनुभवलाई क्यास गर्न सक्दैन ? ‘खै, म के जानूँ ?’ पुष्करले केही नजानेझैं गरे । तर, उनी ‘सबथोक’ जान्दछन् । भन्छन्, ‘मैले १५० राष्ट्रको भ्रमण गरेको यो देशको सरकारलाई थाहा छैन । राष्ट्रपतिले बोलाए, त्यत्ति हो ।’ राजनीतिक दलका कुनै नेताले बधाईको एक शब्द पनि दिएका छैनन् रे उनलाई ।

एक दिन ठमेलमा लन्डनको एक साइकल यात्रीले उनलाई तपाइं पुष्कर शाह हो भनेर सोधेछ । उनले हो भनेपछि १८ देश घुमेको त्यस साइकलयात्रीले भनेछ, ‘म त तपाईं सेक्युरिटी गार्डसहित हिँड्नुहुन्छ होला जस्तो लागेको थियो । तपाईं त एक्लै लुखुरलुखुर हिँडिरहनुभएको रहेछ ।’ उनले यहाँनेर यो प्रसंग किन उक्काए ? आफू युरोपेली या अमेरिकी भएको भए आफ्नो योगदानको कति सम्मान हुन्थ्यो- सायद उनी यही जनाउन चाहन्थे ।

**

एघार वर्षअघि खल्तीमा आमाले दिएको सय रुपैयाँ बाटोखर्च लिएर विश्व-भ्रमणमा निक्लेका थिए उनी । विनाप्रायोजक, विनायोजना यसरी संसार फत्ते गर्न निक्लनु एक प्रकारले दुस्साहस नै थियो । वीरगन्जपारि रक्सौल जानुपर्दा त मान्छेहरू अनेकौँ तारतम्य मिलाउँछन् । तर, उनी भने ‘देखाजाला’ को मानसिकतामा निक्लिए । भाइलाई आमा र मलाई देश भनेर मानसिक भागबन्डा गरी उनी देश (देशको झन्डा) बोकेर दोलखाको मकैबारीबाट हिँडेका थिए । आमाले दिएको सय रुपैयाँको नोट भने ११ वर्षसम्म जस्ताको तस्तै राखेछन् । ‘त्यो नोट मेरी आमाको मायाको चिनो थियो । यसपालिको दसैँमा टीका लगाएपछि आमालाई नै दिएँ ।’

अधिकांश नेपालीको जस्तै पुष्करको मुखबाट पनि नेपाली राजनीति र नेताका लागि राम्रो शब्द निक्लँदैन, गालीगलौज मात्रै निक्लन्छ । ०४६ सालको जनआन्दोलनमा गोली थापेको मानिसको राजनीतिमाथि यस्तो रोष किन ? ‘सत्ता-संघर्षमा मात्रै अल्झियो नेपाली राजनीति । यो असाध्यै विकृत भयो ।’ पुलिसको लठ्ठीले उनको गोलीगाँठो दुई टुक्रा भएको रहेछ । जुत्ता खोलेर देखाए । देखाउन त उनले गोली लागेको हात पनि देखाए । रमाइलो भन्नु कि उदेकलाग्दो, ४६ सालको आन्दोलनमा गोली लागेर वीर अस्पताल पुर्‍याइएका उनलाई मृत घोषित गरिएछ । दोलखामा त श्रद्धाञ्जली सभा पनि आयोजना गरिएछ । ‘वीर सहिद पुष्कर शाह, अमर रहून्,’ यस्ता नारा पनि लगाइए होलान् । ‘पुलिसको गन्ध नसुँघेकाले लाखौँ कुम्ल्याए तर, आन्दोलनमा अंगभंग हुनेले केही पाएनन् ।’ अनि उनले चाहिँ कति कुम्ल्याए त ? ‘मैले घाइते हुनुका नाममा एक रुपैयाँ पनि लिएको छैन र लिन पनि चाहन्नँ ।’

०४६ सालपछिको व्यवस्था परिवर्तनले जनतामा खासै उत्साह भर्न नसकेको मान्ने उनी आन्दोलन भन्नासाथ जहिले पनि जुरुकजुरुक हुन्छन् रे ! ०६२/६३ सालको आन्दोलनताका उनी अफ्रिकामा थिए । ‘मैले यो आन्दोलन मिस गरेँ ।’ आफूलाई क्रान्तिकारी भन्न रुचाउने उनी क्रान्तिकारी भन्नासाथ साम्यवादी हुनैपर्छ भन्ने आमसोच त्रुटिपूर्ण ठान्छन् । ‘क्रान्तिकारी भनेको परिवर्तन चाहने पो हो त । साम्यवादी नभईकन पनि क्रान्तिकारी हुन सकिन्छ ।’ त्यसो त, क्रान्तिकारिता हाम्रो मात्रै पेवा हो भनेर साम्यवादीहरूले घोषणा गरेका छैनन् । राजनीतिक विकृति, सत्ता-संघर्ष र जनयुद्धबाट दुःखी भएर यी ‘क्रान्तिकारी’ निक्लिए विश्व-भ्रमणमा ।

**

घुमफिर या भ्रमणको शास्त्रीय मान्यताले के भन्छ भने यसले मान्छेको सोचको दायरालाई फराकिलो बनाउँछ । यसअनुसार यति धेरै घुमेका पुष्कर शाहको सोचको दायरा पक्कै पनि धेरै फराकिलो भयो होला । त्यसबाहेक उनलाई के-के उपलब्धि हासिल गरिएछ जस्तो लाग्दोरहेछ त ? ‘मेरो सबभन्दा ठूलो उपलब्धि भनेका मेरा साथीहरू हुन् । आज मसँग पाँच हजारभन्दा बढी इमेल ठेगाना छ । न म फिल्म स्टार हुँ, न नेता । प्रत्येक दिन मलाई विश्वका कुनाकुनाबाट १५० जति इमेल प्राप्त हुन्छन् ।’ यति धेरै संसार देखेका उनको निष्कर्ष छ- यो संसार हेर्न यौटा जीवन काफी छैन । कतिवटा जीवन चाहिन्छ त ? ‘अनगिन्ती,’ उनी भन्छन् ।

हेर्नलाई अनगिन्ती जीवन चाहिने यस संसारको एक झलक पाउन उनले कम्ती दुःख झेलेका छैनन् । कयौँ दिन भोकभोकै हिँडेका छन् । हप्तौँ सुन्तलाको बोक्रा मात्रै खाएर बाँचेका छन् । ‘धेरै दिनसम्म पानी मात्रै खाएर यात्रा गरेको छु । क्युबामा तीन/चार दिनसम्म उखुमात्रै चुसेर साइकल कुदाएको छु ।’

११ वर्ष लामो यात्रामा उनी ११ पटक लुटिए । केही खराब मान्छेका फन्दामा परे । तर, ‘समग्रमा संसारका मानिसहरू असल छन्,’ यो उनको विश्वास हो, अनुभवद्वारा आर्जित विश्वास ।

प्रत्येक देशमा उनलाई सोधिने प्रश्नहरू यस्ता हुन्थे- यस्तो सोच कसरी आयो ? नेपाल भन्ने देश पनि छ र ? नेपाल कहाँ पर्छ ? तिमी नेपालको सबभन्दा धनी मानिस हौ ? कति लामो फुर्सद पाएको ? आदि ।

घुम्दै जाँदा उनलाई कुनै ठाउँमा ‘आहा, यहीँ बस्न पाए…’ भन्ने लागेन होला ? ‘पेरुका सुन्दर गाउँतिर पुग्दा त्यस्तो हुन्थ्यो । त्यहाँका सुनसान बाटामा मेरो साइकल हिरो हुन्थ्यो । बच्चाहरू सुसेली हालेर भीड जम्मा गर्थे । मकैको जाँड खाँदै रेड इन्डियनहरूको लोकसंगीत सुनेर सधैँ त्यहीँ बसिरहुँजस्तो लाग्थ्यो ।’

**

झन्डा परिवर्तनको बहस चलिरहेको छ अचेल । पुष्कर झन्डा परिवर्तनको विपक्षमा छन् । ११ वर्षसम्म यस झन्डालाई बोकेर हिँडेका मानिस हुन् उनी । त्यसैले, यस झन्डाप्रति आफ्नो अत्यन्त भावनात्मक लगाव रहेको बताउँछन् । भन्छन्, ‘देशको झन्डा परिवर्तन भयो भने सबभन्दा पहिले मलाई दुख्छ । देशको झन्डा परिवर्तन हुँदा राजनीतिज्ञहरूलाई दुख्दैन किनभने उनीहरू देशको होइन, पार्टीको झन्डा बोक्छन् । झन्डा परिवर्तनले राजनीतिक भाषाको नयाँ नेपाल त बन्ला, तर जनताको भाषाको समुन्नत नेपाल बन्दैन ।’

किस्ट बैंकका ब्रान्ड एम्बेसडर उनी अब जनतासित एकएक रुपैयाँ मागेर सगरमाथा चढ्न चाहन्छन् । आरोहणसम्बन्धी तालिम सुरु गरिसकेका छन् उनले ।

अन्त्यमा, उनले भने, ‘जिन्दगी जिउने बहानामा पुष्कर शाहले यो देशको माटो छोड्यो भने यो देशलाई दुख्छ कि दुख्दैन ?’

(विश्व साईकल यात्री, नेपाल प्लसका नियमित लेखक   पुष्कर शाह  बारेको यो आलेख चाखलाग्दो लागेकाले   नयाँ पत्रीकाबाट साभार गरिएको हो)

  • Binod Prasad Prasai

    you are the real hero, All the best
    bro i need your Email ID can You Give.
    Binodp143@gmail.com

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

    kalika Reply:

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • dipak

    pushkar dai, hajurko sahaspurna yatrako kamana gardachhu. jasarai bishwa bharmanako yatra safal garaaunubho, tesarai nai hajurko sagarmatha chumne yatra safal hos sathai hajurko jeewan pani safal hos mero kamana chha.

    hajurko diary padhda ta afu pani hajursangai bishwako har thaun ani kuna-kapchaa puge jasto lagchha. april 1 ko diary padhdaa ta khubai majaa lagyo.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • पुषकर ब्रो, तपाईं प्रसिद्ध र मिडिया फ्रेन्ड्ली अनी अझै युवा नै हुनुहुन्छ.. यी नेताहरुको पछी नलाग्नुस्… सामाजिक क्षेत्र मा काम गर्नुस् जे खोज्नु भाको हो त्यै पाउनु हुनेछ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • gyanendra gurung

    puskarji ke tapai pani rajniti kina nagarne?tapai jasto wide bichar vayako persan neta hunu jaruri cha napalko lagi bicause we need lider who really love country lake u.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • palpali mgr-Tara

    म साहसी पुस्कर जी लाई हरेक पटक सधैं भारी हृदय बाट सोल्युट गर्दछु। पुस्कर जस्तो सहसिलो स्वार्थ रहित र देश्कालगी केही गर्छु गर्नुपर्दछ भन्ने बेक्ती को होलान ????
    मलाई यो आलेख पढेर पटक पट्क आँखा रसायो आशु धर्कियो भाबनामा बहकिदै उसको दु:ख र आत्मा सँग पुरयायो मेरो मलाइ अनी लाग्यो म पनि केही गर्न नसकौला र ???

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Tamra Raj Kafle

    I wanna talk with PUskar. If he comes at Biratnagar, I wanna meet.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Nepal ma lovi manis haru kam 6n.Tinuharu madhya Puskar shas 1 hun.Des banauna Puskar shah jasta anginti manis haru chahin6.We need billions Puskar Shah to built the country.Not Girija,Makune ,Prachanda and many more monkeys……

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Hem

    Badhai chha guru! BadhI!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sagun tamrakar

    Sarkar le loppa khuwauchha bhanne kura thaha huda hudai Ke khanu gayeko thiyo ta bishwo bhraman ma?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • इन्द्र पुन

    सलाम गर्छु
    नेपाल आमाको सच्चा सपुत लाई,

    के गर्ने पुष्कर सर
    नेपाल देशमा सच्चा देश बिकाश गर्न चाहाने नेता नै कहाँ छन र? यदि भएदिएको भए त 150 देशका तिता मिठा अनुभब लाई संगालेर नयाँ नेपाल बनाउन तपाईको सहयोग माग्थे होला,
    तर बिदम्बना कुर्सी भन्दा केहि देख्दैन्न यिनी हरु…

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • puskar jee lamo vayo,,,,valencia ko samundra ko tas din ko jatra???????????????voli palta ko pop bar,,,,,missing garako cha valencia ra valencia ka sathi haru lay tapai lai

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Biratjung

    Pushkar Shah lai mero salam! Uni yo desh ka mahan saput hun.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Gita

    Puskar jee,

    ho agree with u tara ghas ko dherai asha nagarnu kina bhane k hi nagari ghas khane goru hamro dhesma dherai chhan.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • amrit gurung

    Dear Puskar ,
    You’re a little different than most social works.
    Your Goal !? to inspire the world but not to expect anything else from only
    government.country is in now crisis thus not only from the country side,you’re
    being obserbed by world.
    Pls don’t try to escape from your blazing mission.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • saadhe

    Yo goru ( Pushkar) lai aba desh jotna launu parchha hai . Bhagla! ramrari badhera rakhnu paryo . Pushkar jasta imaandar goru deshma biralai janminchhan.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • पुस्कर जी, बिजयकुमारको अन्तरबार्ताma तपाइको कुरा सुनेपछि त्यस rat म सुत्न सकेको थियन, pharke pachiko अन्तरबार्ता पनि त्यस्तै भयो, sauth अफ्रिकामा taxi चालकले तपैहरुलाई नया तरिकाले ठगेको पढदा भने हासो लाग्यो
    तपाइको १५० देश घुमेको अनुभवको पुस्तक छिटो पढ्न पाउ , रास्त्रले पुस्करलाई पुरस्कार नदियर के भो र ? १५० देशको चिन्ह छैन र ? १५० देशको झन्डा बोकेर सगरमाथा चढ्ने तपाइको सपना पनि चाडै पुरा होस्, शुभकामना छ तपाइलाई

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • i salute u mr pushkar shah…………..u have done great job…………..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree