सात समुद्र पारीबाट नेपाली मेडियाको विश्लेषण
‘प्रचण्ड’ नाम किन लिन छोड्यो कान्तिपुरले ?
प्रसङ्ग आगामी पुस्तक लेखनकै शिलशिलाको हो । नेपाललाई नजिकबाट हेर्ने, बुझ्ने, चासो र चाख राख्ने यूरोपेलीहरुको खोजि गर्दै थिएँ । भियना जाने निधो भयो । तर त्यस्ता मानिसको संपर्क थिएन । त्यहाँका बिद्दार्थी बहिनीहरुसंग सम्पर्क गरियो । तरपनि पत्तो नलागेपछि एन आर एन हंगेरीका अध्यक्ष सुरेन्द्र श्रेष्ठलाई सुनाएँ समस्या । उनले तुरुन्तै एन आर एनको सम्पर्क भएका सबै साथीभाईलाई मेल पठाए । हुँदा हुँदै सम्पर्क भयो रेडियो टेलिभिजन पत्रकार अलका चुडालजीसित । उनले सम्पर्क गराई दिईन जोहाना बुस सित ।
उनी रहिछिन भियना विश्व बिद्दालयमा नेपाल मामिलामा विशेषज्ञकारुपमा चिनिएकी । उनको मूल पेशा त्यहाँ प्राध्यापन गराउने । दिउँसो दुई बजे अन्तर्वार्ताका लागि पुग्नुपर्ने थियो । मेट्रोबाट के कसरि पुग्ने सबै सोधेर पुगें भियना विश्वबिद्दालय । अन्तर्वार्ता शुरु गरें । उनले नेपालको सांस्कृतिक पक्षको अनुसन्धान गरेकी रहिछिन । अझ त्यसमापनि गरुड्पुराणबारे । गत दुई वर्षदेखि फेरी नेपालका मेडियाहरूबारे अर्को अध्ययन शुरु गरेकी । उनले गरेका अध्ययनका सबै पक्षबारे मैले यहाँ उल्लेख गर्ने कुरा भएन पुस्तककालागी भएकाले । उनले अध्ययन गर्दै गरेका पक्षबारे मेडियाको पाटो चाखलाग्दो लाग्यो । अध्ययनका क्रममा सामान्य नेपाली भाषापनि बोल्न सक्ने भएकी रहिछन उनी । त्यसले पनि उनलाई नेपालमा अध्ययन अनुसन्धान गर्न सजिलो बनाउने भैहाल्यो ।
मेडिया संबन्धि अध्ययन भनेपछि सोधखोज गरें । उनले एउटा चाखलाग्दो प्रसङ्ग सुनाईन-कान्तिपुर दैनिकले आजकाल एकिकृत नेकपा (माओवादी) का अध्यक्षलाई प्रचण्ड भनेर लेख्न छोडेको रहेछ । त्यसमा त मेरोपनि ध्यान गएको रहेनछ ।
माओवादीहरु भूमिगत हुँदा पत्रकारलाई बोलाई बोलाई लुकाई लुकाई लैजान्थे । अनेक जिल्लामा कुनाकानी र कान्ला कान्ली लुकाउँदै र छिपाउँदै पुर्र्याउँथे जिल्ला जिल्लाका आम सभा र अधिवेशन हलहरुमा । सैन्य ईन्चार्ज र नेतालाई लुकाउँदै भेटाएर अन्तर्वार्ता र समाचार छपाउँथे । पत्रकारलाई कार्यक्रममा बोल्न लगाउँथे जनवादी गीत र संगीतमा छमछमी नचाउँथे । फूल माला र अबिरले रंगाएर फुरुङग बनाएर ल्याउँथे । पत्रपत्रीकाले पनि मजाले छाप्थे तिनका कुरा । माओवादी त्यसैगरी स्थापित भए । संगठन बलियो बनाए । कान्तिपुरलेपनि निकै छाप्यो माओवादीका गतिबिधि । एक किसिमको होडबाजीनै चल्थ्यो पत्रपत्रीकाबिच माओवादीका खबर छाप्न ।
तर जब माओवादीहरु खुला रुपमा आए अनि आलोचना गर्न थाले पत्रपत्रिकाले । सतहमा आएपछि माओवादीका गल्ति कमजोरी खुट्याउन र छुट्याउन पनि सायद पत्रपत्रिकालाई सजिलो भयो । माओवादीका आलोचना छापिन थाले । झन माओवादी निर्वाचनमै होमिने भयो तब झन आलोचना आउनु स्वाभाविक भयो ।
हुँदा हुँदा माओवादी र कान्तिपुर दैनिकको टकरावनै पर्र्यो । मजदूरहरुले धर्ना दिए तलब बृद्दि, सुबिधा थप, अधिकार, मजदूर यूनियन गठन लगायतका माग राखेर माओवादी मजदूरहरुले (माओवादीहरुले भने उनीहरु माओवादी समर्थक होइनन, बिसुद्द मजदूर हुन् भने गरेका थिए) हड्ताल र कान्तिपुर दैनिकको कार्यालयमा धर्ना दिए । कान्तिपुरलाई मजदूरका निकै माग पूरा गराउन बाध्य पारियो । माओवादीले कान्तिपुरका पत्रकार भन्नासाथ जिल्ला जिल्लामा दुख दिने । कान्तिपुरले पाएसम्म माओवादीलाई पेल्ने समाचारबाट । अनि माओवादी र कान्तिपुरको संबन्ध चिसियो । दुबैले एक अर्कालाई पेलानको नीति लिए ।
नेपाली मेडियाको अध्ययन गर्दै रहेकी जोहाना बुस माओवादीले कान्तिपुरलाई पेल्न थालेदेखि कान्तिपुरलेपनी प्रचण्ड लेख्न छाडेको बताउँछिन । त्यो भन्दा अगाडी कान्तिपुरले प्रचण्ड लेख्ने गरेको रहेछ । किन लेख्न छाड्यो त प्रचण्ड ? कान्तिपुरलाई पेल्ने, दुख दिने, कान्तिपुरका पत्रकारलाई सकेसम्म लखेट्ने गर्न थालेपछि कान्तिपुर दैनिकलाई पनि रिस उठेर प्रचण्ड लेख्न छाडेको भनेर हाँस्दै सुनाईन उनले ।
१० वर्ष पहिले कान्तिपुरले माओवादी पक्ष लिएको देखिन्थ्यो । तर खासगरि प्रचण्ड प्रधानमन्त्री भएपछी भने माओवादीले कान्तिपुरलाई पेल्न थालेपछि कान्तिपुरलेपनी पेलेर जाने र प्रचण्ड लेख्न छोडेको आफ्नो मूल्यांकन सुनाईन । तर पहिले अन्य पत्रपत्रिकाले भने कि त पुष्पकमल दाहाल ‘प्रचण्ड’ वा पुष्पकमल दाहाल मात्रै लेख्थे रे । त्यो बेला कान्तिपुरले प्रचण्ड लेख्ने रहेछ अहिले भने माओवादीसित संबन्ध बिग्रिएपछी कान्तिपुरले प्रचण्ड लेख्न छोड्नु र अरुले लेखिराख्नु यो निकै चाख लाग्दो अध्ययन भएको उनको अनुभव रहेछ ।
नेपाली मेडियाको अध्ययन भएपनि भए भरका सबै मेडियाको अध्ययन पक्कै सजिलो हुन्न । त्यसैले उनले मुलत छ वटा राष्ट्रिय दैनिकलाई मूल आधार बनाएकी रहिछिन कान्तिपुर र काठमान्डु पोस्ट दैनिक । अन्नपूर्ण पोस्ट र द हिमालय टाईम्स । अनि गोरखापत्र र द राईजिंग नेपाल । यी छ वटा छान्नुको कारण के रहेछ भने कान्तिपुर निजि क्षेत्रबाट स्थापित मेडिया । अन्नपूर्ण पोस्ट र द हिमालय टाईम्स भारतीय लगानीको र गोरखापत्र र राईजिंग नेपाल चाहिं सरकारी मुखपत्र भएकाले । यी तिन भिन्न लगानीकर्ताबाट निस्कनेले कुन कुन समाचारलाई के कसरि प्राथमिकता दिन्छन भनेर मोल्यांकन गर्ने रहिछिन उनले ।
प्रिन्ट मेडिया मात्रै लिनुको कारण भने एक त नेपालमा लोड सेडिंग हुने भएकाले रेडियो र टिभीको अध्ययन गर्न मुस्किल पर्ने । आफु भियना बस्ने भएकाले सुन्न नपाइने हुनालेपानी रहेछ । जति धेरै मेडिया लियो उति धेरै भार पर्ने कारणपनि हुँदो हो पक्कै । ति पत्रपत्रीकामा पनि उनले अल्पसंख्यक जाती, लैंगिक समानता र संबिधान सभा संबन्धि विषयलाई विश्लेषण गर्ने रहिछिन । उनको अनुभवमा पहिले पहिले पत्रपत्रीकाले समाचारलाई मात्रै प्राथमिकता दिने गरेकोमा पछिल्लो समयमा बहस र छलफल, ति विषयमा विश्लेषण, गहिरा बहस गर्न थालेको उनको मूल्यांकन रहेछ । अहिले प्रिष्ठ थप्ने र परिशिसटान्क थप्ने होड पनि चलेको रहेछ । त्यसैगरी नयाँ नेपाल बारेको बहस पनि निकै चलाउने गरेको उनले बताईन । नेपाली पत्रपत्रीकाको विकास निकै भैरहेको पनि उनले पाएकी रहिछिन ।
उनले पारस शाह नेपाल फर्केर राजनीतिमा आउन खोजेको प्रसंगलाई निकै रोचक पाराले सुनाईन । कुनै एउटा पत्रीकाले (सायद त्यो अन्नपूर्ण पोष्ट होला ) “म राजनीतिमा आउन चाहन्छु” भनेर लेखेछ । अनि त्यहि प्रसंगमा “राजा चाहिन्छ” भनेरपनि लेखेछ । तर अर्को पत्रीकाले त्यसैलाई “पारस निर्वाचनमा आउन चाहन्छन” भनेर शिर्षक बनाएछ । “शिर्षक हेरेरै कुन पत्रिकाको चाख के हो बुझ्न सकिन्छ” भनिन उनले । अनि मैले सोधे-के अष्ट्रियाका पत्रपत्रिकाले यसरि आफ्नो स्वार्थ अनुसार समाचार खेलाउँदैनन र ? अष्ट्रियाली पत्रकार र पत्रिकापनी कम्ति रहेनछन । भनिन-विश्वमा कुनैपनि कहिपनि मेडिया पूर्ण रुपमा निष्पक्ष हुँदैन, छैन” ।


मानिस हरुको जिवन अचम्मको हुन्छ
मन परो वा परेन:
0
1
[Reply]
raamro
this is called real blog writing !!!!!!!!!!!
yastai ho swaarthako takkar parepachhi journalism pani !!
मन परो वा परेन:
0
2
[Reply]
नेपालमा थरि थरिका गफाडीहरु छन्, त्यस मध्येमा नेताहरु अब्बल दर्जामा गनिन्छ, गफमा जनता झुलाउनु कुर्सि घुमाउनु उनीहरुको पेशा हो, गफ हाक्न नेपाली चलचित्र क्षेत्र पनि कम छैन, मलाई लाग्छ नेताहरु पछी गफ दिनेमा ति नौटनकिहरु दोस्रो दर्जामा पर्छन होला, यि दुइ क्षेत्रका गफाडीहरुको उदेक लाग्दो गफलाई समाचार बनाएर पाना भर्ने अल्छी नेपाली भुलाउने तेस्रो दर्जाको गफाडी चाही नेपालमा रहेका भारतीय बिज्ञंपन संचार मध्यमहरु हुन्, अब ति संचार मध्यमहरु को को के के हुन् मैले भनि रहनु पर्दैन त्यो त हामी गफाडी नेपालीहरुलाई थाह भएकै कुरा हुन् नि ,
मन परो वा परेन:
0
1
[Reply]
That is great posting dude…….
मन परो वा परेन:
0
1
[Reply]
Ekdam raamro lekh
yastai rochak saamaagri dine garnu parryo Dadiji
मन परो वा परेन:
0
1
[Reply]
रमाइलो प्रशंग एक विदेशीको आंखामा नेपाली मिडिया । तर कान्तीपुरले किन प्रचन्ड लेख्न छोडेर पुष्पकमल दाहाल मात्र लेख्न थाल्यो भन्ने प्रशंगलाई कान्तीपुर र माओवादीको टकरावसंग मात्र जोडेकोमा अली चित्त बुझेन । अन्य पत्रिकाहरुमा पनि अब पुष्पकमल दाहाल मात्र लेख्ने कि प्रचन्ड पनि लेख्ने भन्ने बहस नभएको हैन । त्यो बेलामा प्रचन्ड मात्र लेख्ने, पुष्पकमल दाहाल मात्र लेख्ने र पुष्पकमल दाहाल प्रचन्ड लेख्ने विषयमा छलफल भएको थियो । प्रचन्ड हटाएर पुष्पकमल दाहाल मात्र लेख्नुको पछाडिको कारण केवल टकराव मात्र नभएर प्रचन्डलाई विद्रोही पार्टीका विद्रोही नेताको साटो अब सार्वजनिक भएको पार्टीको खुल्ला नेताको रुपमा परिचित गराउने प्रयास हो जस्तो लाग्छ ।
दाहालले आफ्नो मुल परिचय लुकाउनका लागि प्रचन्ड उपनाम राखेका हुन भुमिगतकालमा जसको उपादेयता खुल्ला राजनीतिमा त्यत्ति शान्र्दभिक देखिएको छैन । उनी खुल्ला भएको प्रारम्भीक केही समय पुष्पकमल दाहाल लेख्दा को हो यो भन्ने अन्यौल रहनेभएकाले प्रचन्ड मात्र लेखिन थाल्यो । पछि पुष्पकमल दाहाल प्रचन्ड लेखेर दाहाल र प्रचन्ड एकै हुन भन्ने स्थापीत गरियो अनी पछि टाइटल हटाएर पुष्पकमल दाहाल मात्र लेख्दा पनि चिनिने भएपछि प्रचन्ड हट्यो । जस्तो बाबुराम भट्टराईको उपनाम के हो सबैले विर्सिसके, हिसिला यमीको उपनाम सम्झन उनैलाइ सम्पर्क राख्नुपर्छ । बादल विस्तारै रामबहादुर थापामा रुपान्तरण भइसकेका छन ।
त्यसैले टाइटल भन्दा वास्तवीक नामका आधारमा परिचित गराउन प्रचन्डको साटो पुष्पकमल दाहाल लेखिएको हो जस्तो लाग्छ ।
मन परो वा परेन:
0
1
[Reply]
Thapa Magar Reply:
October 29th, 2009 at 6:57 pm
के पि जी को तर्क सही हो। भूमिगत कालको नाम र खुल्ला राजनीतिक परिस्थितीमा उल्लेख गरिएको नाम स्थापित गराउन नै मिडियाले प्रचण्डको वास्तबिक नाम लेखेका हुन तर कान्तिपुर र माओवादी बिचको पेलापेल निकै छ। नाममा होइन बैचारिक हिसाबले समाचार कसरी दिने भन्ने कुरामा। अस्ट्रियाका नागरिक भएर नेपाली मिडिया बारे चासो र अध्ध्यन भने चाखलाग्दो छ। उहाले बुझिदिदा पनि के पि जी ले भने झै बुझ्नसक्नु भयो भने सही अर्थ लाग्ने थियो।
मन परो वा परेन:
1
1
[Reply]