सरकारपनि माओवादीसित भिडेरै जाने तयारीमा

           माओवादीको विषयमा ओली र खनालको घम्साघम्सी

करिब दुई वर्षजति नेपालीले तुलनात्मक रुपमै भएपनि शान्तिको महसुस गर्न पाएका थिए । कम्तिमा राज्यकोषबाट हतियार र गोलाबारीमा दाम उति खर्चिनु परेको थिएन । हाम्रा डांडापाखा आफ्नै दाजुभाईका रगतले भिज्नु परेको थिएन । अब राजनीतिक स्थिरता होला कि भन्ने सोचेका थिए । तर अब ति दिन सकिएर फेरी उही मारपिट, बन्द र हड्ताल, सडक सडकमा रगतका भल र एकले अर्कालाई लखेट्ने र मार्ने दुखका दिन शुरु भए जस्तो छ ।

सेनापती प्रकरणमा राष्ट्रपतीले लिएको कदम सच्चिनु पर्ने अडान राख्दै आएको माओवादीले  संसदीय बाटो अनि बहस, छलफल र वार्ताको माध्यमबाट समस्या समाधान नहुने भन्दै आन्दोलनको घोषणा गर्र्यो । उसको आन्दोलन यहि आइतबारबाट शुरु हुँदै छ । सरकारलेपनि त्यसलाई वार्ता र समझदारीबाट हल गर्न नलागेर पेलेरै जाने निधो गरेपछि अब फेरी देशमा हत्या र हिंसाका दिन फर्किने त्रास बढेको हो ।

 त्यसरी पेलेरै जानुपर्छ भन्ने निर्णय गर्न स्वयं माधव नेपाललेनै हिजो एउटा बैठकमा भाग लिए । प्रधानमंत्री नेपालको उपस्थितिमा गृहमन्त्रीको क्वार्टरमा बैठक बसेको थियो । त्यसमा सुरक्षा निकायका उच्च अधिकारीहरु संलग्न थिए । त्यो बैठकमा पार्टीका नेताहरुसमेत उपस्थित थिए । पार्टी तहबाट समेत त्यो निर्णयलाई त्यहींबाट सदर गराउन ।

 एमाले र नेपाली कांग्रेस राष्ट्रपतीको कदमलाई कहीं कतैबाट छुनै नचाहने । राष्ट्रपतीको कदम ठिक छ भन्ने तर्कमा उनीहरु अडिग । माओवादी त्यो नसच्याए छोड्दै नछोड्ने भनेपछि यो समस्या देखिएको हो । माओवादीले आउने आइतबारबाट आन्दोलन गर्ने घोषणा गर्नासाथ सरकारका तर्फबाट पनि केन्द्रीय सुरक्षा समितिको बैठक बसेर पेल्ने निर्णय गरेको छ । बैठकले भन्नलाई विशेष सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउने भनेपनि खसोखास रुपमा पेल्ने निर्णय गरेको छ । किनभने यहि विशेष सुरक्षा कार्यक्रम माओवादी आन्दोलन घोषणा पूर्व तराईका हतियारधारी र सशस्त्र समूहलाई दबाउन ल्याइएको थियो । वार्ताको माध्यमबाट भन्दा तिनलाई आतंककारीको रुपमा दबाउने निर्णय गरेको थियो । अहिले त्यहि विशेष सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउने भन्नुपनी माओवादीलाई तराईका अन्य आतंककारी समूहलाई झैं पेल्ने निर्णय गर्नु हो ।

 विशेष सुरक्षा समितिको बैठकपछी गृह मन्त्रालयले विज्ञप्ती जारी गरेरै स्पष्ठ रुपमै भनेको छ-मुलुकमा बढ्दै गएको विभिन्न खालका अराजकता र सशस्त्र गतिविधिहरुको बिरुद्ध तयार पारिएको कार्ययोजनाको कार्यान्वयन हालसम्म सन्तोषजनक रहेको निष्कर्ष निकाल्दै थप प्रभावकारी बनाउने निर्णय गरिएको छ । अस्ति बुधाबारपनि गृह मन्त्री भिम रावलको निवासमै एमाले नेताहरुको बैठक बसेको थियो । त्यो बैठकमा माओवादीका माग र आन्दोलनबारे छलफल हुँदा सुरक्षा निकायलाई कडाइका साथ परिचालन गरेर पेल्नुपर्छ भन्ने पक्षमा देखिएका थिए अधिकांश नेता ।

उता माओवादीपनि के कम ? माओवादीले केन्द्रीय स्तरको बैठक बसेरै आफ्ना सबै सभासद र केन्द्रीय नेताहरुलाई आआफ्ना जिल्ला जान निर्देशन दिएको छ । जिल्लाबाट व्यवस्थितरुपमा आन्दोलन परिचालन गर्न उसले खटाएको छ । शान्तिपूर्ण आन्दोलनलाई दबाउने निर्णयमा सरकार पुगेपछि माओवादीलेपनि शान्तिवार्ता भाँड्ने सरकारी मनशाय भन्दै त्यसको प्रतिकार गर्ने निर्णय गरेको छ  ।

                      कड्किए ओली र खनाल

 नेपालप्लस स्रोतले दिएको जानकारी अनुसार त्यो बैठकमा माओवादी र माओवादीको आन्दोलनलाई के कसरि हेर्ने भन्ने विषयमा एमाले अध्यक्ष झलनाथ खनाल र केपी ओलीबीच घम्साघम्सी परेको थियो । खनाल माओवादीको आन्दोलनलाई सकभर सम्बोधन गर्नुपर्छ भन्ने पक्षमा थिए । माओवादी प्रति सदा झैं उनी केहि नरम रुपमा प्रस्तुत भएका थिए । सबै पार्टीबीच माओवादीलाई समेत मान्य हुनेगरि पून कुनै न कुनै निर्णय गरेर जानुपर्ने र माओवादीलाई विश्वासमा लिएर संबिधान बनाउनुपर्ने पक्षमा थिए । तर केपी ओली भने शुरुदेखिनै माओवादी प्रति आक्रामक रुपमा प्रस्तुत भएका थिए । उनले झलनाथ खनालको माओवादी प्रति हेर्ने दृष्टिकोणको निकै आलोचना गरेका थिए । माओवादीलाई अब पेलेरै जानुपर्ने भनेर कड्किएका थिए ।


  • माओवादी जनमतमा विश्वास राख्दैनन न उनिहरु लोकतान्त्रिक पद्दति चाहन्छन । किनभने आलोचना सुन्ने र फरक बिचार राख्नेसँग तर्क गर्न सक्ने क्षमता उनिहरुमा शुन्य छ। उनिहरु यो देशलाई जनमुक्ती सेनाको आड्मा सैनिक शासन लागु गरी चलाऊन चाहन्छन जुन समय र नेपाली जनताको बिचार अनुकुल छैन। माओवादीले जनयुद्द नजितेपछी ऊ वाध्य भएर दल्हरुसँग सहमतिमा आउनुपर्‍यो। नेपाली राष्ट्रिय सेनाको अगाडि आफ्नो सेना केही पनि होइन रहेछ भन्ने थाहा पाएपछी माओवादीले सरकारमा जाने बित्तिकै सेनालाई आफ्नो हातमा लिन अनेक तिकडम् रच्यो जुन असफल भएपछी सरकार चलाऊन नसक्ने देखेर त्यही बहानामा सरकार बाट बाहिर आयो। बाहिर आएर उस्ले दलहरुसँग भन्यो सम्पूर्ण अधिकार देउ, सेनामा नियन्त्रन देउ, हाम्रो कुनै कामको आलोचना नगर, कार्यकर्तालाई पाल्नको लागि चाहेजती राज्यकोश खर्च गर्न देउ, सरकार चलाऊने हाम्रो अनुभव छैन त्यसैले यसक्रममा भएका गल्तिहरु ढाकछोप गर्न देउ भने मात्र हामी फेरी सरकारमा जान्छउं। यो कुरा अन्य दलले स्विकार नगरेपछी आन्दोलनअको घोषणा भएको हो जुन औचित्य हिन छ र यही आन्दोलन बाट उस्ले थाहा पौने छ कि वास्तवमा जनता के चाहन्छ । यसकारण यो आन्दोलन लाई सरकारले दबाउनै पर्दैन यो जनसहभागीताको अभावमा आँफै तुहिएर जान्छ। अती अराजक र उग्र भै जनतालाई दु:ख दिए भने चाँहीं लौरो बजाउनै सरकारले।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Mekh Rana KSA

    यस्तै अदुरदर्शी अपरिपक्क नेताहरुले गर्दा नै हो देश बिग्रेको दुवै माओबादी अनि सरकार पक्छ मिलेर जानु नै अहिलेको निकास हो

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • माओबादी त के.पी ओलीको सौताको छोरा छोरि जस्तै भएको छ नि त /के गर्नू आफ्नी रखैलनि र आफू मिलेर निकै पछि परेको छ नि त/ तर येस्ताहरूवाहरूको दिन अब गए/सबैलाई चेतना भया/

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Jiwan Sigdel

    pahile pani jhukekia ho sabai paarty maaowaadeesita
    aba pani najhuki sambhaw chhaina
    haareka haruko bhid lagayera jitnlaaii jungle pathaaune ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Gurung Bahadur Til

    Sala KP CHOLI better to go in india for hole life forget bidadibe bhandari everone knows see is your gril friend.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Netra P. Paudyal

    ददीजीको लेक र साथिहरुका कमेन्ट दुबै नै निक्कै रोचक लाग्यो। यो कुरामा मलाइ पनि केहि जोड्न मन लाग्यो। माअोवादी छाडा छोडियको साढें हो भने अरु दलहरु घरलाइ निक्कै लामो समय देखि कुरिबसेका पालेहरु हुन। साढेंलाइ उस्को शक्तिमा घमण्ड छ। अहिले त उ जनमत सहित जितेर पनि अाएको छ। यस्ले उस्को उन्माद अरु बढेको छ, उसले कसैलाइ गन्दैन। कसैलाइ सोध्दैन। उस्को निर्णय नै सम्रग नेपाली जन्ताको निर्णय हो र सबैले मान्नु पर्छ भन्ने मान्यता उस्ले राख्छ। तर पुराना पालेहरु, जस्ले लामो समय सम्म सत्ताको स्वाद चाखेका छन उनलाइ डर छ यो नयाँ साढेंमा। जसरी एउटा हात्तीको पछाडि धेरै कुकुरहरु भुक्दै हात्तीलाइ तर्साउछन, त्यसरीनै लागेका छन् यिनी पुराना पालेहरु। नौ महिना सम्म साढेंले दाइं गर्यो, त्यो पुरानालाइ सहन हुने कुरा भएन। साढेंको पनि उन्माद चढेकै थियो। अाखिर त्यहि भयो जसरी एउटा बाठो खरायोले ठुलो सिहंलाइ कुवामा खसालेको थियो! मै हुँ भन्ने साढें माअोवादिले अाफै अाफ्नो नेतृत्वको सरकार ढाल्यो। अरु कुरा सब बहाना हुन। बिदेसी प्रभु भन्ने हामीलाइ थाहा छैन,, काम गर्न पक्कै पनि नेपाली जन्ताले रोकेका थियनन!! बार्ह बर्षमा त बगेको खोला पनि फर्खन्छ भन्थे,, तर यि पुराना पालेहरुको त नौं महिनामा नै दिन अायो। सबै मिले,, साढेंलाइ देखाइ दिय पाइन। तर उ पनि जगंली साढें न पर्यो,, अहिले बाटो बाटो डुकरिदै हिडदै छ!! यहाँ जनमतको कुरा कसैले मान्दैन। साढेंलाइ के को जनमत! अनि फेरि पुराना पालेलाइ, जस्ले राजाको पाला देखि खाइअाएका छन, उस्लाइ के को जनमत! जसरी हुन्छ खाने हो। जसरी हुन्छ देश लुटने हो।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • sab-bhanda pahila k.p oli ko dimagma bhariyako gu nikalera phalu parcha ati bela k.p oli mero najik bhaya ma aachi kochaedinthe

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree