यहि बेला किन दगुर्न पर्यो एमाले अध्यक्षलाई भारततिर ?

jhal_nath_khanal.jpgनेपालका नेता प्राय भारत दगुर्छन छिसरिक्क केहि भयो भने । लेखपढ । बेद पुराण कण्ठ पार्नेदेखि आश्रय लिने  । सत्ता परिवर्तनको लागिपनि भारत नै । भारत जानै नहुने त होइन नै । तर जब देशमा एकदम संकट देखिन्छ त्यहि मौकामा भारततिर दगुर्छन । आफ्नो देशको समस्याका बारेमा भित्रै छलफल गर्दैनन । नेपाली जनतालाई सुनाऊँदैनन । तर भारतीय नेताहरुलाई सुनाऊँछन् । अनि त्यतैको आशिर्वाद लिएर फर्केपछि चर्का चर्का कुरा गर्छन । केहि समय अघि एमालेका नेता केपी ओली र बिद्दा भण्डारी पुगे । अनि नेपाली कांग्रेसकी नेत्री सुजाता । सूर्यबहादुर थापा भारत पुगेर आउनासाथ नेपाली सेनामा जनसेना मिसाउनुहुन्न भनेर कुर्लिए । यहि संकटका बेला एमाले अध्यक्ष झलनाथ खनाल भारत हानिने भएका छन् । यहि बेला एमाले अध्यक्षलाई किन हानिनुपरेको हो भारत ?

 भोलिबाट एकीकृत माओवादीको आन्दोलन शुरु हुँदै छ । यहि बेला संसदबाट बजेट पास हुन सकेको छैन । बजेट पास हुन नसक्दा कर्मचारीले तलबसम्म खाना नपाउने स्थिति हुँदै छ । संबिधान निमाण अलपत्र परेको छ । संसद निरन्तर अवरुद्द छ । प्रमुख प्रतिपक्ष पार्टीले आन्दोलनको घोषणा गरेको छ । यस्तो बेला सरकार संचालन गर्ने पार्टीको अध्यक्षले खेल्नुपर्ने भूमिका के हो ? कम्तिमा अहिले प्रतिपक्षलाई विश्वासमा लिने कोसिस गर्नु । सरकारलाई संयम बनाउनु । वार्ता, छलफल बहसलाई तिब्र पार्नु । सकेसम्म अहिलेको संकटको निकास खोज्न अहोरात्र खटिनुपर्ने हो । यस्तो बेला बाहिर भएका नेतापनि देश फ़र्किन्छन । तर ठ्याक्क संकट परेका बेला एमाले अध्यक्ष झलनाथ खनाल भने भारत भ्रमणमा जाँदै छन् । उनको भारत भ्रमण मंगलबारको लागि तय भएको छ ।

 उनी मात्रै हो र ? उनी सँगै पार्टी महासचिव ईश्वर पोख्रेल र एमालेकै शक्तिशाली नेता भरतमोहन अधिकारीलाईपनि सँगै लैजान लागेका थिए । तर पोख्रेल र अधिकारीको यात्रा भने थाँती राखियो । र उनी एक्लै जाने भएका छन् । अन्तिम अवस्थामा आएर उनलेपनि रद्द गर्छन कि भ्रमण ? अहिलेसम्मको योजना अनुसार भने उनको भ्रमण निश्चित नै छ । भारतीय आशिर्वादमा बनेको एमाले नेतृत्वको सरकार । त्यहाँ पुगेपछि उनले पक्कै भेट्ने भए भारतीय नेताहरुलाई । अनि अहिलेको राजनीतिक अवस्थाबारे भारतीय नेताका आशिर्वाद नसुन्ने पनि त कुरै भएन । बरु उनी भारत भ्रमण बाट फर्केर आएपछि के के हुने हो नेपाली राजनीतिमा !

प्रचण्ड अस्ति भर्खर चिन गएर चिनियाँ नेतालाई भेटे । अनि चिनियाँ कम्युनिष्ट पार्टीसित नयाँ संबन्ध बिस्तार गरे । सबै भन्दा ठूलो कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्ष दलले चिनसित संबन्ध बिस्तार गरेकाले त्यसलाई चुनौती दिन भारतले सत्ता संचालनको मुख्य दललाई निमन्त्रणा गरेको हो भनेर विश्लेषण गर्नेहरुपनि छन् । जे भनिएपनि वास्तविक कारण चाहिं खुलेको छैन अझै ।


  • जसले जे भनोस् हाम्रो देश भारतकै इसारामा चल्छ । यसमा दुई मतै छैन । अनि एमाले अध्यक्ष भारत जानु के नौलो हुनु र? सबै उस्तै त हुन् नि।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Mekh Rana KSA

    हुति हाराहरु यहि चाल हो भने भोलि संबिधान पनि दिल्ली मा लेख्न लगाउन बेर छैन किन दुख गरिरहने ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • bishal ale

    amale neta haru matrai haina ki nepal ka sabai neta haru bharat ka nokor ho ni bharat le kehi bhannu thiyo hola ani ani india dhoti malik le ke ke din6a nokar lai khana mitho namitho tanna khayara nepal farkin6a . ani jo jo tesko hatma & pachema 6a teslai pani india bata ali ali leyara din6a .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • ramita lama

    shishir rituko prabeshle aakash ali badal jhai kulla chhaina tyasaile aakashbanima karabi aayo hola ani utai daudina lageko.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • woman haru aafno nirnaya aafae lina sakdhina thasaelay shriman lae sod6na yamalay,kagras,maobadhi tha dhulae hun ni vathaka thasaelat poelae sodna jan parayna?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree