जनजाती र साझा फूलबारी

-सोम नारायण थारु (थनेत)/बेल्जियम

 नेपाललाइ चार जात छत्तिस वर्णको साझा फूलबारी हो भन्ने गरिन्छ । यहाँको बहुजातीय, बहुधार्मीक,बहुसाँस्कृतिक अवस्थालाइ हेर्दा यो पक्कै पनि साँचो कुरा हो । तर एउटा फूलवारी तब मात्र सुन्दर देखिन्छ जब त्यस फूलबारी भित्रका सबै फूलहरुले आवश्यक मलजल पाउँछन । फुल्ने मौका पाउँछन । नेपाली फूलबारीका विभिन्न फूलहरु मध्ये एउटा फूललाइ मात्र सबै आवश्यक पदार्थ उपलब्ध गराइएको छ । अन्यलाइ बेवास्ता गरिएको छ । त्यसकारण यहाँका सबै फूलले फुल्ने मौका पाएका छैनन र यसले फुलबारी सुन्दर देखिएको छैन । अर्थात नेपाल भित्र परापूर्वकाल देखि बसोबास गदै आएका विभिन्न आदिवासी जनजातीहरुलाइ विभिन्न कालखण्डमा विभिन्न शासकहरुले शोषण, दमन गर्दै आए । उनीहरुका खुन पसिना चुस्तै आए । अझै चुस्ने योजनामा नै छन । उनीहरुलाई हरेक क्षेत्रमा पछाडी पार्ने काम सामन्तवादी शासकहरुबाट गरिदैं आइयो  ।

 पृथ्वीनारायण शाहले एकिकरण गर्नुपूर्व नेपाली भुमीमा आदीवासी र जनजातीहका आफनै राज्य र गणराज्यहरु थिए । उनीहरुका आफनै किसीमका मौलिक उत्पादन प्रणाली ,शासन प्रणाली र ऐन कानुन थिए जुन अत्यन्तै प्रजातान्त्रिक र साम्यवादी चरित्रका थिए । पृथ्वी नारायण शाहको एकिकरण पश्चात बनेको नेपालमा यहाँका अनेक जात, जातीका, आदीवासीका, जनजातीका भाषा, सँस्कृति, परम्परा माथी उच्च अहमकारवादी ब्राहमणवादी, हिन्दु अतिवादी, एकाधिकारवादी, सामन्तवादी राज्य व्यवस्था लागु गरे । त्यस पश्चात क्रमिक रुपमा आदिवासी, जनजातीका भाषा र धर्म, संस्कृति, परम्परा, चालचलन आदि हरेक क्षेत्रमा हस्तक्षेप गर्ने र मास्ने काम हुँदै आएको छ ।

 ब्राहमणवादले अन्य जातजातीमाथि एक भाषा, एक धर्म र एक संस्कृति लाद्नाकोलागी अनेक किसीमका नियम कानुन र संस्कृतिको विकास गर्र्यो । ठुलो  जात र सानो जातको वर्गीकरण भयो । कामको आधारमा जातको वर्गीकरण गर्ने काम भयो । जनजातीहरुको भाषा, संस्कृति र परम्परालाइ संरक्षण र विकास गर्नुको सट्टा तिनीहरु माथि हिन्दु धर्म र खस  भाषा (नेपाली) भाषा लाद्ने काम भयो । नेपालका उच्च वर्गीय हिन्दुहरुले आफनो धर्म, संस्कृति बलपूर्वक  जनजातीहरु माथि थोपर्दै आएका छन । संस्कृत भाषा हिन्दु आर्यहरुको प्राचीन भाषा भएकै नाताले सबै नेपालीलाइ पठन पाठनमा अनिवार्य गरिएको छ । यो कुरा अनिवार्य होइन, ऐच्छिक हुनु पर्छ भन्ने जनजातीहरुको धारणा हो ।

 पंचायतकालमा त संस्कृत पाठशालाहरुलाइ विशेष सुविधा दिएर त्यहाँ बाहुन छात्रहरुलाइ छात्रवृति र अरु अनेक सुविधा दिएर ब्राहमणवादी शिक्षा दिने गरिन्थ्यो । अनि प्रशासनिक कामको लागी कर्मचारी जस्तै शाखा अधिकृत, सिडीओ, सचिव, सहसचिव आदी नियुक्ती गर्दा उनीहरु मध्येबाटै हुन्थ्यो । अनि उनीहरुबाट संचालन हुने प्रशासनिक क्रियाकलाप पनि ब्राहमणवादी र सामन्तवादीहरुकै हितका पक्षमा हुन्थ्यो । जनजातीहरुलाइ यसरी पनि पछाडी पार्ने काम भएको छ ।

 कुनै पनि राज्यको आफनो धर्म हुँदैन र धर्म व्यक्तिको नितान्त व्याक्तिगत कुरा हो ।  तर नेपालका उच्च अहंकारवादी सामन्तहरुले नेपाललाइ विश्वको एक मात्र हिन्दु राष्ट घोषणा गर्न पनि चुकेनन । गाईको मासु खान बन्देज लगाइयो । यसले गाईको मासु खान चाहने वर्ग माथि दमन भयो भन्न सकिन्छ । धर्म आफैमा नराम्रो कुरा होइन । प्रत्येक धर्मका सैद्धान्तीक पक्ष राम्रा नै हुन्छन । तर त्यसका अहं रुप भनेको सामन्तवाद र अतिवाद नै हो ।

 यहाँनिर हामीले बुझनै पर्ने कुरा के हो भने ब्राहमणवाद हिन्दु धर्मको उच्च अहंकारवादी रुप हो । यसले आदीवासी, जनजातीलाइ मात्रै शोषण, दमन, अन्याय अत्याचार गरेको छैन । त्यसले त स्वयं ब्राहमण (बाहुन) र उच्च जात भनाउँदाहरूलाइ पनि शोषण, दमन, अन्याय अत्याचार गरेको छ । उदाहरणको लागी ब्राहमणवादले बाहुन, क्षेत्री भनाउँदा उच्च जातीले हलो जोत्नु हुँदैन भनेको छ । अथवा सानो काम, फोहरी काम गर्न वर्जित गरेको छ । तर के आज ब्राहमण तथा उच्च जाती भनाउँदाहरूले हलो जोत्नु परेको छैन त ? के उनीहरुले रिक्सा चलाएर, ठेलागाडी चलाएर, भारी बोकेर जिवन धान्न परेको छैन  ? के उनीहरु कामको खोजीमा विदेशका गल्ली गल्ली चाहर्नु परेको छैन र ? 

 सामन्तवाद र ब्राहमणवादका नाइकेहरुले र्सवसाधारणलाइ हिन्दुवादी शिक्षा दिने गर्छन । उनीहरु भन्छन, गाई देवी हो । त्यसलाइ पूजा गर्नुपर्छ । हामीले संस्कृत पढनुपर्छ । अंग्रेजी गाई खाने विद्या हो । तर आफुलाइ ठुला बडा  भनाउँदाहरूले अथवा सामन्तवादी तथा ब्राहमणवादीहरुले त्यो उच्च अहंमकारवादी हिन्दु शिक्षा आफ्ना सन्तानलाइ दिन्छन त ? तिनीहरुले आफ्ना सन्तान, छोराछोरीलाइ संस्कृत होइन, गाई खाने भाषा अंग्रेजी पढ्न सात समुन्द्र पारी पठाउँछन । 

 यहाँनिर के देखिन्छ भने जनजातीलाइ शोषण, दमन गर्ने पनि सामन्तवाद र ब्राहमणवाद हो । ब्राहमण र अन्य गैर जनजातीलाइ शोषण दमन गर्ने पनि त्यही सामन्तवाद र ब्राहमणवाद हो । त्यस कारण यी दुबैका दुश्मन एउटै हो । त्यो दुश्मन जातीय दुश्मन होइन । त्यो त वर्गीय दुश्मन हो । त्यस कारण अन्याय, अत्याचारमा परेका सबै जाती, वर्ग, क्षेत्र एक जुट भएर वर्गीय रुपमा अगाडी बढनु आवश्यक छ । वर्गीय रुपमा शोषित, पिडीत, उपेक्षित समुहको लागी । आवाज उठाउने दर्शन मार्क्सवाद र माओवाद हो । नेपालमा त्यसको प्रतिनिधित्व एकिकृत नेकपा- (माओवादी) ले गरिरहेको हुँदा हामी सबै शोषित, पिडीत, उपेक्षित जाती, जनजाती, आदिवासीहरु एकिकृत नेकपा (माओवादी) संग कांधमा कांध मिलाएर आफ्नो हक र अधिकारको लागी, आफ्नो  मुक्तिको लागी संर्घष गर्नु अहिलेको आवश्यकता छ ।

(लेखक जनजाती सरोकार मन्च, बेल्जीयमका महासचिव हुन् यसैसँग संबन्धित लेखकको अघिल्लो लेख यहाँ क्लिक गरेर हेर्नुहोस)

  • NEPALI

    सोम नारायण जी ,
    तपाईको लेख धेरै राम्रो लाग्यो ./ तपाइले राखनू भएको बिचार सही हो / नेपालमा जाती माथी भएको शोसन वास्तव माँ वर्गीय शोसन नै हो ,, तय कारण शोसित ,पीड़ित सबै एक जुट हुनु पर्छ /
    नेपाली

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Paraspar Nata

    SATYA RA SANDHARVIK LEKH KO LAGI DHANYABAD.TAGADHARI HARU NEPALKO AIDS DISEASE KO KIRA HUN,CHETANA BHAYA!!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • -Dinesh subba

    ekdamai samaya saandarbhik lekh
    baahuna baad todnai parchha
    prithivi narayan shahle nepal ekikaran agre tara nepalkaa jana aati sabai jaat jaatilaaii ekikaran agrna sakenan, baahunabaad laade
    Dherai Dhanyaabaad THANETJI

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • -Nawaraj timsina, Rukum (haal kathmandu)

    Thanet ji
    ekdam tarka purna laagyo tapaaiiko lekh
    yastai nayaa bisayamaa lekhai garnu holaa
    Belgiumaa nepaliharu kasari baschhan, k garchhan, kati chhan kasari aafno chaad parwa manaauchhan , firsadmaa kasari bitaauchhan bahnen kuraa haami nepalmaa basnelaaii chaakhlaagdo hunchha
    tyaha bahyekaa bikaas, samrachanaa, nepaaliko upasthiti sabai
    yastaa bisayamaa pani kalam chalaaunu holaa
    dhanayabaad

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Mekh Rana KSA

    सोमनारायण जी हजुरले उठाउनु भएको बिषय जायेज छ तर hajurko maobadi paartyle त bargiy naara chhader jatiy nara uthayeko छ अनि jaatiy naaraa baat kashri मुक्ति sambhab hunchha ? यो त sarasar देश laa dwandma dhakelnu hainar ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • kamal singh

    Mr, som,
    tapai jasto bhaguwa le des prem ko kura garna suhaudaina. Aafno des ma baser kai garna nasaker des choder aafno swartha ko lagi bides ma basne ani des prem ko kura garne? Tapai vanna saknu huncha? prithivi Narayan shah le kun jati ko kala ra sanskriti ko thicho micho gare?? Baru prithivi narayan Shah le sabai jat jati ko dharma, pratha ani kala ko rakcha gareka chan. Som ji, History padne garnus. Khali hawa ma kura na garnus.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • सोम जी सँग धेरै हद सम्म सहमत् छु बाहुन्बाद लाई शोषन को प्रब्रित्ती मान्ने हो भने त्यस्तो शोषन अबसर्बादी ले सबै लाई गरेका छन बाहुन ले बाहुन लाई, बाहुन ले जनजाती लाई, जनजाती ले जनजाती लाई, यहाँ सम्म कि जनजाती ले पनि कतिपय ठाउमा बाहुन लाई पनि शोषन गरेका छैनन र ?

    सोम ब्रो थारु हुनुहुन्छ के थारु ले थारु लाई शोषन गरेको छैन ? के थारु (परशुराम चौधरी, बिजय गछदार आदी जस्ता थुप्रै) ले अन्य बर्ग लाई शोषन गरेको छैन ?

    तेसैले ब्राहम्णबाद बाहुनहरु भित्र मात्र हैन जनजातिभित्र पनि छ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    NEPALI Reply:

    हावा जी,
    बाहून ले बाहून लाइ , जनजाति ले बाहुनलाई वा जनजाति ले जनजाति लाइ शोषण दमन गरेको कुरा सही हो /
    तर तपाइले एउटा कुरा भुल्नु भयो …सोम नारायण जी ले आफ्नो पहिले को लेख माँ भनी सक्नु भएको छ …बिजय गच्छेदार थारू भएता पनि उ थारू को प्रतिनिधित्व गर्न सक्दैन ….कृपया सोम जी ,को यो भन्दा पहिला को लेख पढ्नु होला .
    नेपाली

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • पुर्ण

    ए थारु हरु ले गाइ काटेर खादा रहेछन! आज नौलो कुरो सुनियो!

    मान्शाहारि बाट सारा बिश्व शाकाहारि र सभ्य हुने बाटो तर्फ़ गै रहेको मा यहा नेपाल मा उल्टो गाइ काटेर खान पाउनु पर्ने मा बहस हुदैछ
    ए सोम नारायन जि, तपाइ थारु त अवश्यै हैन, कति पैसा दियेका छन् क्रिस्छियन हरु ले?
    उनिहरु नेपाल को जनजाति हरु लाइ “तिमिहरु हिन्दु हैनौ” भन्ने भ्रम छरेर नेपाल को आदीम कालिन हिन्दु धर्म लाइ नाश गरि आफ़्नो धार्मिक साम्राज्यबाद फ़ैलाउन चाहन्छन् भन्ने कुरा प्रस्ट छैन?

    कस्तो बिडम्बना! जनजाति हरु आफ़ै आफ़्नो जरा काट्दै छन्

    हे जनजाति हो, म पनि जनजाति हु, हाम्रो पलायन को कारण नै यि साम्राजय बादी धर्म हरु ; क्रिस्चियन हरु हुदैछन्

    तपाइ जस्ता थारु हरु, राइ हरु, लिम्बु हरु धमाधम पैसा मा बिकेर क्रिस्चियन बन्ने होड बाजि मा लाग्दै छन्

    बाहुन हरु ले हामिलाइ थिचो मिचो गर्यो तर हामिलाइ आज सम्म आफ़्नो सन्स्कार कायम राख्न त पायेका छौ? यदि हाम्रो भुमि मा मुसलमान ले राज्य गरेको भये के हुन्थ्यो? आज थारु हरु थारु हुन्थे?

    अहिले हामि लाइ भाड्न क्रिस्चियन हरु ओइरियेका छन्, हामि हामि बिच फ़ुट गरायेर हाम्रो जनजाति हरु लाइ क्रिस्चियन बनाइ हामि लाइ हाम्रो सन्स्क्रिति बाट लोप गराउने सन्कल्प लियेर

    अनि सोम नारायण (जस्को नाम नै हिन्दु धर्म मा आधारित छ) जस्ता मानिस हरु आफ़्नै घर मा आगो लगाउदै छन्; सोम “नारायण” जो नेपाल मा गाइ काटेर गाइ खाइ क्रिस्चियन हरु लाइ बिजयि बनाउन चाहन्छ

    कस्तो बिडम्बना!

    आफ़्नो जन जाति सन्स्क्रिति को सन्रक्ष्यन गरौ, नत्र हामि हरु किताब को पाना बाट पनि हराइछौ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Paraspar Nata

    BAAHUN HARU KATTI SAMMAKO CHHAN BHANNEKURA KATTO KHANE JAAT HUN TYASKARAN AINA MAA GAYARA BAHUNLE ANUHAR HERE HUNCHHA. KAMAL SINGH JI LE DUPLICATE HISTORY PADHNU BHAYAKO CHHA.PRITHIVI NARAYAN SHAS LE GARDA NAI JANA JAATI KO RAJYA,DHARMA KHATTAM BHAYO.AAJA DESH LAI YO GATI MAA PURYAUNE BAAHUN,CHHETRI NAI HUN.KIRAT KAALIN MURTI HARU KATHMANDU MAA KINA CHHAINA??? JASMA KIRAT RAJALE PANI SAASAN NEPALMAA GAREKO THIYO.SACHHA HISTORY KHOJI PADHNE GARNU.TYASKO LAGI GAUN GAUN MAA JANU PARCHHA.!!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • NEPALI

    पूर्ण जी
    ,तपाई ले पढ़न त जान्नु भएको छ ? सोम नारायण जी ले के लेख्नु भएको छ …/ सोम नारायण जी ले थारू हरुले गाई खान्छन भनेर भन्नु भएको छैन अथवा मानौ खान्छन अरे के भयो ,त नि ,? त्यों ब्याती को इच्छा माँ भर पर्ने कुरा हो …कसैले खासी खाला ,कसैले माछा ,मुसा ,घोंगी खाला ,कसैले भैसी ,….गाई खान बन्देज गर्ने त आखिर माँ त्याही ब्राहमद बाद त हो नि / होइन र , ? अर्को कुरा सोम नारायण जी को नाम बास्तव माँ त्यों होइन होला ,अथवा भए पनि वहाको नाम माँ पनि ब्राहमण बाद ले हस्तक्षेप गरेको छ ..किनकी यो नाम थारू नाम हुन सक्दैन …थारू को नाम त बड़का ,झिनका ,सियारा ,मझिला कनाना आदि इत्यादि हुन्छ …अर्को कुरा थारू ,राई ,लिम्बू ,गुरुंग ,मगर आदि आदिबासी ,जनजातिहरु क्रिस्टियन हुदैछन .त्यों साचो हो तर …यस्तो हुने बाध्य पर्ने त्याही सामंताबादी राज्य सत्ता हो …यो रोक्नको लागी जातीय ,र क्षेत्रीय आधार माँ स्वायत संघीय राज्य हरु निर्माण हुनु जरुरी छ /
    बड़का थारू ,चितवन

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • purna

    That is why our Nepal should have been occupied by Aurangajeb, so that people like Badaka Tharu, Som Narayan Tharu and Paraspar Nata would not exist today. We would all be kneeling down towrad Macca Madina and exploding suicide bombs in our own mosques.

    Good job Badaka tharu and Paraspar nata for your misguided opinions which have no scholarship and historical interpretation.

    People like you erase your own identity

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    badaka tharu Reply:

    purn ji
    people like me are fighting for their own identity .magaraat ,tharuhat ,limbuwaan ;tamuwaan ,kiraat are the examples .
    badakaa tharu

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • सत्य नारायण शर्मा

    थारु जी ,
    सारै राम्रो लेख लेख्नु भयो ,अहिलेको नेपालमा जातीय द्वन्द चर्काएर विदेशी सेना भित्र्याउने हरुका लागि तपाइको लेख ले धेरै महत्वपुर्ण भूमिका खेल्ने र तपाई ले पनि तेस्ता हरु बाट २ पैसा आम्दानी गर्ने राम्रो बाटो रोज्नु भयो,भविस्यमा पनि तपाइँ का येस्तई लेख हरु पडन पाइएला भन्ने आशा गर्दछौ किनकि अब को नेपाल को नियति नै येस्तई छ ……..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree