बाहुनसँग भन्दा जनजातिसँग मिल्नु फाइदा

-कृष्ण भट्टचन

Janajaati-neta-Krishna-Bhattachan-nepalआफ्नो घर बलियो भएमा मात्र सुरक्षित भइन्छ । दलित र जनजातिको सन्दर्भमा आफ्नो घर भनेको जातीय मोर्चा हो । जातीय मोर्चा बनाउनका लागि तत्काल राजनीतिक आस्थाले केही प्रभावपार्ला । तर, जातीय मुद्दालाई ओझेलमा पारेर दलीय राजनीति टिक्नेवाला छैन । राज्यको पूनर्संरचना गर्ने ऐतिहासिक अवसर आएको छ । यो अवसरमा दलितहरूको हक अधिकार नयाँ संविधानमा सुनिश्चित गरिनुपर्छ । तर त्यसका लागि राजनीतिक दलहरूले हिजो पनि कम सक्रियता देखाए, आज पनि त्यस्तै छ । दलित अधिकार सुनिश्चित गर्नुपर्छ है भन्ने भान भएको भए पहिला नै गर्थे होला । त्यसकारण अब दलितहरूले आफ्नो अधिकार सुनिश्चित गर्नका लागि शसक्त दबाब दिन सक्नुपर्छ । सडक, सदन र विधायिकाभित्र पनि आन्दोलन चर्काउन सक्नुपर्छ । तर, अहिले दलित आन्दोलन मत्थर जस्तो देखिन्छ । हुन त, मधेसी आन्दोलन बाहेक आदिवासी जनजाति र महिलाहरूलेपनि आफ्नो आन्दोलनलाई शसक्त बनाउन सकेका छैनन् । अहिले संविधानसभाका सबै समितिहरूका अवधारणा आइसकेका छैनन् । बाहिर आइसकेका अवधारणालाई हेर्दा दलित समुदायले जति अधिकार पाउनुपर्ने हो, त्यो पाउन असम्भव देखिन्छ ।

दलित साथीहरू पनि विभिन्न खेमामा विभाजित भएको छ । उहाँहरू ‘फुटाउ र राज गर’ भन्ने रणनीतिको शिकार भएको पक्कै हो । आफू रहेको राजनीतिक दलप्रति अत्यन्तै  बफादार हुनुहुन्छ । तर उहाँहरूले काम गर्ने कुनैपनि राजनीतिक दल उहाँहरुप्रति वफादार छैन् । राजनीतिमा दलित समुदायको प्रभाव कम भएकोले सदनमा पनि त्यसकै असर देखिएको छ । यति धेरै जनसंख्या ओगटेको दलित समुदायले यो या त्यो राजनीतिक दलहरूको झण्डामुनी विभाजित भएर बस्नु भन्दा पनि एउटा साझा बृहत मोर्चा बनाउनपर्छ । दलितका मूल मुद्दाहरूलाई केन्द्रविन्दुमा राखेर बृहत मोर्चा निर्माणको अभियानमा जुत्नुपर्छ ।

 आकार हेर्दा, दलितहरूको मोर्चाले मात्रै सफलता हात पार्न असम्भव छ । संविधानका कुनै पनि धारा पारित हुनका लागि दुई तिहाई बहुमत चाहिने प्रावधान छ । दुई तिहाई बहुमत आदिवासी, महिला, मधेसी र दलित कसैको पनि पुग्दैन । त्यसकारण जनजाति, मधेसी र माओवादीले भने जस्तो संविधान सजिलै बन्नेवाला छैन । संविधानसभामा दलितहरूको उपस्थिति कमजोर भएको हुनाले दलित विरूद्ध संविधानमा कुनै प्रावधान राखिए पनि रोक्न कठिन हुन्छ । यसलाई हेर्दा दलितहरूले आफ्नो हक, अधिकार सुनिश्चित गर्नका लागि परिवर्तनकारी शक्तिसंग सहकार्य गर्न जरूरी छ ।

 यहाँ जातीय स्वायत्तताको कुरा उठिरहेको छ । एकाथरी मधेसीहरुले एक मधेश एक प्रदेशकोकुरा गरिरहेको भए पनि आदिवासी जनजातिहरुले त्यो स्वीकार्नेवाला छैनन् तर स्वायत्त राज्य प्राप्तिको आन्दोलनलाई दलितहरूले सहयोग गरेनन् भने मधेसी वा जनजाति आन्दोलनले दलित आन्दोलनलाई सघाउँला भनेर सोच्न सकिंदैन । जायज मागलाई सम्मान गर्ने र कार्यगत एकताको शैलीलाई विकास गर्ने हो भने बल्ल अधिकारको नजिक पुग्न सम्भव हुनेछ । तर अहिलेसम्मको स्थितिलाई हेर्ने हो भने सबै प्रकारका आन्दोनहरू विभाजित भएको पाइन्छ । आन्दोलनकारी शक्तिहरू नै विभाजित भएको यो अवस्थामा यथास्थितिबादी र ब्राम्हणबादी सोचको हावी हुने स्थिति आउनसक्छ । नाजुक परिस्थिति र समयलाई बुझेर मोर्चाबन्दी गरी जातीय छुवाछूत र विभेदलाई अन्त्य गराउन सकिन्छ । नत्र भने नयाँ संविधान बनेपनि दलितका लागि ‘हात्ति आयो हात्ति आयो फुस्स’ भने झैं हुन्छ ।

 दलितहरूले न्यूनतम रूपमा महिला, आदिवासी र मधेसी समुदायको आन्दोलनमा ऐक्यवद्धता जनाउनुपर्छ । स्वायत्तताका सवालमा फरक-फरक अवधारणाहरू आइरहेका छन् । एकाथरी दलितहरूले गैर भू-क्षेत्रीय स्वायत्तताको कुरा गरिरहेका छन् भने अर्काथरीले सेती, महाकाली, कर्णाली वा भेरी स्वायत्त राज्य बन्दा त्यहाँ दलितको पनि स्वायत्त राज्य बनाईनुपर्छ भनिरहेका छन् । भू-क्षेत्रीय राज्य माग्ने एउटा कुरा भयो भने गैर भू-क्षेत्रीय स्वायत्त राज्य माग्नु अकार् अर्को । दलितका लागि के आवश्यक छ भन्ने कुरामा चाहिँ साझा सहमतिमा पुग्न जरूरी छ । दलितहरूको खास मुद्दा के हो ? आरक्षण र समानुपातिक प्रतिनिधित्व मात्रै हो कि गैर भू- क्षेत्रीय र भू-क्षेत्रीय स्वायत्तता ? त्यस विषयमा पनि स्पष्ट हुन जरूरी छ । त्यो कुरा दलित आन्दोलनले स्पष्ट गर्न सकेन भने दलितसमुदायले केही पाउनेवाला छैनन् । बरु, गुमाउने सम्भावना धेरै हुन सक्छ ।

 जनजातिको जातीय स्वायत्तताको आन्दोलनमा दलितहरूको समर्थन आवश्यक छ । दलितहरूको छुट्टै राज्य बन्ने सम्भावना कम भएकोले पनि अब बन्ने स्वायत्त राज्यमा दलितका अधिकतम अधिकार सुनिश्चित गर्न दलितहरूले जनजातिहरूको स्वायत्त राज्य मागको आन्दालेनलाई समथर्न र सहयागे गर्नुपर्छ । छिन्नभिन्न रहेको जनजाति आन्दोलनले केही हुन सक्दैन । त्यसैले पनि अरुसँग नमिली सुखै छैन । दलितले आफ्नो अधिकार सुनिश्चित गर्नका लागि क्षेत्री, बाहुनसँग मिल्दा केही पाउने सम्भावना छैन । अधिकतम अधिकारको लागि दलित, जनजाति र मधेसीको संयुक्त मोर्चा बन्न आवश्यक छ । तर मोचाबन्दी बन्नुपूर्व धेरै कुरा स्पष्ट हुन जरूरी छ । आफ्नो घर बलियो भए मात्र राम्रो हुन्छ । घर भनेको जातीय मोर्चा हो । जातीय मोर्चा बनाउनका लागि राजनीतिक आस्थाले प्रभाव पार्न सक्ला तर अन्ततः जातीय मुद्दालाई ओझेलमा पारेर दलीय राजनीति टिक्नेवाला छैन । स्रोत-दलित निगरानी, अक्टोबर

  • Ekalavya Sharma

    Nothing good will happen in Nepal as long as Euro currency/Green Dollar intellectuals like Krishna Bhattachan are there to inject hatred among different groups in Nepal. Janagatis and Dalits have more chances of being exploited mo by people from their own community like K Bhattachan than Bhahuns. These people’s intention is to always remain “elite” and econimally strong among their own janagati so that they can always benefit letting other people from their community remain backward and they can always benefit on the name of backward janajatis, its reservations on different sectors.
    People like Bhattachan is taking our country into fate of former Yugoslavia, Rwanda, Uganda, S
    These people are killing meritocracy and competition which is the backbone of development of able and strong human resources.
    Nobody needs to team up with Bhahun, Janagti or whoever if theycan’t team up together as Nepali as whole. I do not understand why Bhattacha has problem with teaming up with all Nepalese irrespective of any caste.
    There are riches and poors in all; Bhaun, khas, Madeshi , Janajati – why don’t Bhattachan advoacte for all Neplaese who are economically backward.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Paraspar Nata Reply:

    Yo commet bata taha bhayo Bahun haru kati ko swarthi chhan.K Nepal maa Bahun, Chettri le matra satta ko Moj line?Election bata haare kaa haru sattako swada liyakaa chhan.Tagadhaai haru MAHAAPAAPI hun.Aba paapi haru laai matra mouka dinu hunna,Chetana bhaya!!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    सत्य नारायण शर्मा Reply:

    yeti bhaye pachi timi le pani India ko paisa pachayeu ..aba timi le soche jastai nepal ma jati jati ko ladaai hunecha….ani timi tyo paisa liyera India ma ramailo jindagi bitaune chau..TV ma news herdai…….yad gara jaba timro pol khulcha ni timi lai nepali janata le jaha luke pani khojera sajaya dinechan…..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • पहाड र मधेस का दलितहरुले एकै ठाउमा संगठित भएर आफ्नो आवाज सुन्न राज्यलाई वाध्य गर्नुपर्छ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    लेकाली Reply:

    नाम हावा लेखे पनि कुरो चाँही परिपक्व पो छन त !!? आफ्नो ब्लगमा पनि गजबको अभिब्यक्ति भेटिन्छ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    HAWA Reply:

    धन्याबाद लेकाली ब्रो, न्यायपूर्ण समाज हुनुपर्छ र सबै ले एक अर्काको सम्मान गर्नुपर्छ भन्ने धारणा राख्ने तपाइँ हामि जस्ता को उत्कट चाहनाले गर्दा नै यो देश मा अहिले सम्म पनि धेरै क्षति हुन बाट जोगिएको हो

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • kami

    Mr Bhattachan you better know that there are more caste and discrimination system in madhise community that in pahadiya community so how can you assure us to reconcile with Madhise? We don’t want to recondile with any particular community we want to reconcile with Nepali. Bhattachan , Sherchan etc Thakalis are very rich and business minded people what have you done to up lift your region? and now you are trying to break the harmony and want to rule over the divided people?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    HAWA Reply:

    भट्टचन थकाली ले भन्यो कि यो हावा बाहुन ले भन्यो वा कुनै अमुक मधेसी ले भन्यो कुरो तेसरी हैन.. कुरो सहि हो कि हैन त्यो हेर्नु राम्रो होला.. विभाजित भएर कम्जोर हुने कि संगठित भएर आफ्नो अधिकार लिएरै छाडने ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • anti bahun

    nepal has broken because of BAHUN CASTS.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    vima Reply:

    thukkaaa timro budhii ,,padhne lekhne belama gothalo jane ani pachi adhikar ko kura garera ris garera ke phaida??? afno dimag ko ghyan lai badha na pahile ..kuro bucjis….chtri bahun le nai garda desh bacheko talai thaha chiena ,,natra ta timi haru jasto pale ,guard .matra garne budhi le ta desh uhilayi british le khanthyo ./

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Harka PUN

    Dr. Bhattachan is the most popular fellow in Janajati Movement from the beginning and his version is always in right direction to give total rights to all the ethnic communities of Nepal. Neither any Brahman nor Chhetri need to be worried with his views. He is not advocating to bare Brahmin and Chhetris rather he is advocating to be satisfied with equal rights sharing.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Balaram Thapa

    दलितहरुले जनजातिहरुलाई सघाएर के पाउंछन ? आफ़्नै राज्य पाउछन ? छुवाछुतबाट मुक्ति पाउंछन ? हेलाहोचोबाट छुटकारा पाउंछन ? जनजातिसंग बिहावारी गर्न पाउंछन ? ठोसरुपमा के पाउंछन उनीहरुले तपाईं जनजातिहरुलाई सघाएर ?

    जातीय स्वायत्त राज्यमा आधारित संघीयताले दलितहरुको कल्याण होइन अरु दुर्गती हुन्छ​, अहिले बाहुन​-क्षेत्री र उनीहरुको सिको गर्नेहरु मात्र​ हाम्रा मालिक (शत्रु) हुन्, जातीय स्वायत्त राज्यमा आधारित संघीयता भयो भने अरु जातिका अनगिन्ती मालिकहरु जन्मने छन, त्यसैले आफ़ैलाई पुर्ने खाल्डो खन्न हुन्न, जानी जानी भूमरीमा फ़ाल हाल्नु हुन्न भनेर दलितहरुले राम्ररी बुझेका छन ।

    दलितको आफ़्नै राज्य चाहिं नहुने रे तर उनीहरुले जातीय राज्य पाउने जनजातिहरुलाई चाहिं सघाउनु पर्ने रे । डा. क्रिष्ण भट्टचन​, उनीहरु अब तपाईंले सोचे जस्तो मूर्ख छैनन, पिएचडीको सर्टिफ़िकेट देखाएर झुक्याउने सपना नदेखाउनु होला ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    vima Reply:

    SIR THUMS UP TO UOU….YOU HAVE REALLY BRILLIANT MIND GOD BLESS….YINI HARU TA BAKBAS GORU HARU HUN..NAJOTE TA MATTI HALCHAN NI KI KASO ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    बलराम थापा Reply:

    धन्यवाद vima जी । जातिवादको कुरा उठाएर साम्प्रदायिक दंगा मच्चाउन र देशको अस्तित्व मेट्न खोज्नेहरुको अब जोडदार भण्डाफ़ोर हुनै पर्छ ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Mekh Rana KSA

    बलराम जी हजुरको कमेन्त सँग म पनि सहमत छु

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    बलराम थापा Reply:

    धन्यवाद Mekh Rana जी । तपाईं राणाक्षेत्री मात्र नभ​एर रानामगर वा रानाथारु हो भने मेरो लागि तपाईंको समर्थन सम्पूर्ण नेपाली समाजको लागि अत्यन्त मुल्यवान हुनेछ । जातिवादको कुरा उठाएर साम्प्रदायिक दंगा मच्चाउन र देशको अस्तित्व मेट्न खोज्नेहरुको अब जोडदार भण्डाफ़ोर हुनै पर्छ ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Mekh Rana Magar Reply:

    बलराम जी जे भन्नु भो ठिकै भन्नु भो जातीय राजनीतिक गर्न खोज्ने छट्टु bwaasaa haru laai belai maa chinnu jaruri chha

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • सत्य नारायण शर्मा

    Bhattachan ji,
    Nepal ma jati gat samasya paida garne tapai haru jasta alpa buddhijiwi haru le garda nai ho, jaha pani byapaar garne tapai haru ko chartikaalaa sabai le bujheka chan, aru jaati ma bhanda badhi chuwaachuta ta tapai haru ko cast ma cha…yo satya sanga sabai parichit chan, tesaile aba tyo timi le payeko DR. ko cirtificate dekhayera dalita haru lai bhulauna koshis nagarnu hola…….

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • vima

    alu kha phataha budha ??? bahun ,,janjati …jatbhat ko kura garni toppa

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • nepali

    bhattachan lai ladai mukhai mukh ma hannu parla jasto cha.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    deepak basnet Reply:

    aajo samma tyo phataa budhako juttaa molera khayako theyo aajo kinaa mukhamaa hanne thukkaa jathaa tero buddi…………

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Basun Dolmo Tamang

    We chalenge to those who thinks of slapping like Dr. Bhattachan. Those who have gone for coolie giri and does have no mind to think broadly can not take any solution. Here we are in Nepal and we need to find real Nepal with total enjoyment of rights for all community of Nepal.
    We never can rely on the version of coolies who does not think of their motherland or mother rather of their bosses.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • बलराम थापा

    श्री Basun Dolma Tamang जी,
    राजमार्गको चौबाटोमा भट्टीपसल खोलेर लाहुरे लुट्न पल्केकाहरुले पिएचडि गरेर राजनीति गर्न खोजे पछि यस्तै उटप्ट्याङ कुरा निस्कन्छ । हामी त इमान जमान भ​एको मान्छे, इमानको जिन्दगी जिउनको लागि कुल्ली बनेर पसिना चुहाउन मात्र जानेका छौं । जेबीरोड, सोनागाछी, फ़कल्याण्डका महफ़िलयुक्त दरबारमा “माल​” सप्लाई गरेर​ total enjoyment लिनदिन जानेका छैनौं । जातिगत गुणका कारण त्यसो गर्दा पनि गर्दैनौं । बरु अहिले तपाईं कुन दरबारबाट आफ़्नो सप्लाईको भुक्तानी बोकेर फ़र्कंदै हुनुहुन्छ कुन्नि ! साँझ डम्फ़ुको तालमा याकको सुकुटी र छ्याङ खुबै जम्ला नि हगि ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    sumina Reply:

    well said Balram ji. u gave a great shot to mr.tamang.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • purna

    Mr Bhattachan, please read the following news well.

    The so called Dalits are suffering in the hands of Janajatis more than in the hands of Bahuns; what do you have to say?????

    तेह्रथुम, २०६६ मंसिर १८ – छोरीले दलितसंग विवाह गरेको भन्दै तेह्रथुमको जलजले गाविका ५९ वषिर्य टेक वहादुर लिम्वुलाई स्थानीय वासिन्दाले गाउँ किला गरेका छन । जलजले ७ का लिम्वुकी छोरी गंगा मायाले छिमेकी जिल्ला पाँचथर यासोक गाविसका असोक नेपालीसंग विवाह गरेर गाउँको इज्जत विगारेको भन्दै स्थानीय वासिन्दाले गाउँ निकाला गरेको पिडित लिम्वुले वताए । गंगामायाले गत मंसिर १५ गते दलित केटा संग प्रेम विवाह गरेकी थिईन ।

    जलजले गाविसका पूर्व अध्यक्ष नरवहादुर लिम्वुको नेतृत्वमा स्थानिय २३ जना गाउँलेको हस्ताक्षर गराई आफुलाई गाउँ निकालाको चिठी दिएको पीडित लिम्वुले वताए । अहिले गाउँलेले दिएको चिठ्ठी बोकेर लिम्वु सदरमुकाम म्याङलुङ आइपुगेका छन ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree