सम्झना

-कुष्ण गिरी समु

Krishna-Giri-gorakha-nepal

स्वदेश छाडी बिदेश आएँ लाग्दैछ अँधेरो ।

 सम्झन्छु सधैँ गाउँ र घर, पाखा र पँधेरो ।।

 ती बाबा-आमा, पियारी मेरी हेर्दा हुन् बाटोमा ।

 आँशुका थोपा झरेर गए बिलाए माटोमा ।। १ ।।

 

 बिहान उठी पियारी मेरी पूर्वमा हेर्दिहुन् ।

 सम्झेर आफ्नु पियारा सधैं दर्शन गर्दिहुन् ।।

 पूर्वको तारा बोलाई उनी भन्दिहुन् संदेश ।

 लिएर जानु सम्झना मेरो टाढाको त्यो देश ।। २ ।।

 

 पूर्वको तारा मलाई हेर्छ संदेश बोकेर ।

 सोधुँला भन्थेँ त्यो तारालाई पूर्वमै रोकेर ।।

 खबर के छ, संदेश के छ, सुनाई जानु है ।

 कोशेली मेरो आँशुका थोपा बोकेर लानु है ।। ३ ।।

 

 बाडुली लाग्यो, बिहान-साँझ मन यो झस्कियो ।

 सम्झदै होलिन् पियारी मेरी मुटु यो चस्कियो ।।

 किन हो किन सपनी पनि नराम्रो देख्दैछु ।

 बिहान उठी, सम्झेर उनी चिठी यो लेख्दैछु ।।४ ।।

 पालुम्टार-१ कदली (गोरखा)

हाल: दोहा (कतार)

  • mina bantawa

    priy sampadak thathaa sanjyojak (nepalpluse goup )yo mero binamr nibedan chh maile dherai agadi 2 patak 2 thegana bat eutta chi nepalclick@gmail.com ko thegana bat meo rachaana pathaayeko thie mero minabantawa@hotmail.com bat send gareko ho k karan bas wa napugera wa nabhiyaera wa upukta nabhaeko karan WA THEGANA MAILE PURA THAHAA NABHAYERA HO EDI DINU HUNCHHA PUGNE THEGANA BHANE M FERI TRY GARNE CHHU aaj samma prakasitma dekhien hun ta kunai karan hola BHANI MAN BUJHAEKI CHHU.DHNYBAD! NIBEDIKA -MINA BANTAWA”MRIDU” MINABANTAWA@HOTMAIL.COM

    (तपाईको रचना आइपुगेरपनी उपयुक्त नलागेकाले प्रकाशित नभएको हुन सक्छ । वा आइनपुगेको पनि हुन सक्छ । तर मलाई अहिले सम्म आइपुगेको जस्तो लागेन । फेरी पठाएर हेर्नुहोस । फेरिपनि प्रकाशित भएन एक दुइ हप्ता भित्रमा भने अस्वीकार्य भएको बुझिन्छ। धन्यवाद, नेपालप्लस ) ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    mina bantawa Reply:

    namaskar! yahalai uttarko lagi dhnebad maile ahile just nepal click@gmail.com bat nari bedana bhanne jun ahileko halchalko barema sochera lekheki gadh kabita chh . dhnebad! mina bantawa,

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • som

    oho man choyo. Lekhna navulnuhola.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • ashok kunwar

    ramro lagyo sir tapai ta kavi hunu parne kina yaha bidesma pasina bagaunu hun6 nepalma nai k hi garne soch banaunu na .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree