‘राष्ट्र संघका महासचिवनै हस्तक्षेपकारी’, निष्पक्ष को खोज्ने ?

un-general-secretary-ban-ki-moon.jpgअचम्म भएन त ? विश्वका कुनैपनि मूलुकमा हत्या हिँसा हुँदा त्यसको अनुगमन गर्ने, निष्पक्ष जाँचबुझ गर्ने, दुवै पक्षलाई चित्त बुझ्दो तरिकाले बार्ता र समझदारीमा ल्याउने सर्बोच्च निकाय नै संयुक्त राष्ट्र संघ हो । अहिले सम्मकालागि सबै भन्दा विश्वासिलो नै त्यहि हो । तर अब भने नेपालकै शान्ति संझौता कसले अनुगमन गर्ने भन्ने शंका उब्जिएको छ । किनभने नेपालका सत्ता संचालन गर्ने दलहरुले संयुक्त राष्ट्र संघका महासचिवमाथिनै माओवादीको समर्थन गरेको भनेर आरोप लगाएका छन् । संयुक्त राष्ट्र संघका महासचिवनै निष्पक्ष नभएपछी त्यो भन्दा विश्वसनीय कसलाई खोज्ने ?

 अघिल्लो साता संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा छलफलका लागि प्रस्तुत गर्न महासचिव वान की मूनले एक रिपोर्ट सार्वजनिक गर्दै दलहरूबीच विद्यमान अविश्वास, दिन दिनैको राजनीतिमा व्यतित समय र दलहरूको आन्तरिक मुद्दाले लचकताका साथ वार्ता गर्ने उनीहरूको क्षमतामा बाधा पुर्‍याइरहेको उल्लेख गरेका थिए । त्यसकालागि उनले राष्ट्रिय सहमतिको सरकारको आवश्यकता औल्याएका थिए । नेपालको शान्ति प्रक्रियामा जुन वाचा गरिएका थिए ति मुख्य वाचा नै पुरा नगरिएकोले उनले निकै चिन्ता ब्यक्त गरेका थिए ।

 राष्ट्र संघका महासचिव वान की मूनलेनै राष्ट्रिय सरकारको आवश्यकता रहेको भनेपछि सरकारको भाग खोसिने डर हुने नै भयो । अनि सरकार संचालन गर्ने तुर तुरे धारा जस्ता २२ दलका कन्सुलिका रौँ तात्ने भैहाले । संयुक्त राष्ट्र संघकै महासचिवले त्यस्तो अभिव्यक्ति दिएपछि सरकारमा भूईचालो गए झैं भयो । ति दल भेला भए । अनि निर्णय गरे, ‘यो हाम्रो सरकारमाथिको आरोप हो । हाम्ले त माओवादीलाई सरकारमा भाग दिन खोजेकै हो । उही बटारिएको हो । उसलाई कुनै न कुनै भाग दिएर सरकारमा ल्याउने हाम्रो प्रयास अझै जारी छ । हामी हाम्रो देशमा जस्तोसुकै सरकार बनाऊँ तिम्लाई के खाँचो ? यो हामीमाथिको हस्तक्षेप हो । नेपालमा कस्तो सरकार बनाउने ?कसरि बनाउने ? कसको नेतृत्वमा बनाउने ? यो अधिकार नेपाली जनता र नेपालका राजनीतिका पार्टीहरुको हो । तिम्रो होइन’ । संयुक्त राष्ट्र संघकै महासचिव नै हस्तक्षेपकारी भएपछी अब के गर्ने ? अनमिन जाबो त झन के हो ? अब वान कि मून चुप्प लागेर त नबस्लान यत्रो आरोप लागेपछि । उनले के भन्लान केहि दिन त कुर्नै पर्र्यो ।

नेपालका राजनीतिक पार्टी न हुन्, त्यहि कुरा भारतीय राजदूतले भनेको भए ‘अच्छा अच्छा’ भन्दै  शिर झुकाउँथे होलान । अमेरिकी राजदूतले भए तैं चुप मैं चुप हुने थिए  होलान । कि त झन राजदूतावासमै दगुर्दै गएर पाउ समाउने  थिए-लौ न हजुर हाम्रो सरकारलाई नहाल्लाइदिनुस भन्दै । तर भनाई आयो सरकार बनाउने र पल्टाउने खासै दम्भ नभएका वान कि मूनबाट । अनि तात्तीईहाले ।

  • Sarad

    malie UN ma ko jaacha ma biswas chhina

    [Reply]

  • Anurag Bhattarai

    Ban Ki Mun said very good point, definitely it is necessary in Nepal the national government under the leadership of CPN Moaist, because Moaist has got a mandate to form the government under its leadership from people of Nepal. Now in Nepalese government those people are participated who were rejected in CA election. Majority of ministers are not elected, that is not appropriate system of democracy. They should understand this and let Moaist to form the government. I think this is the best idea to led nation in successful way.

    [Reply]

  • Gambhir Singh Air

    नेपालमा कस्तो सरकार बनाउने कसरी सरकार बनाउने साच्ची त्यो भनेको नितान्त नेपाली जनताको सवालको कुरा हो । शायदै त्यसकुरामा कसैको दुइमत नहोला । तर बर्तमान अवस्थामा अर्काको बुइचधेर बनेको सरकारले तेसो भन्दा मलाई समेत पचाउन साह्रै गाह्रो भयो । राष्ट्रिय सवालमा कुनै सानो निर्णय गर्नु पर्दा खुरुरु भारत दगुर्ने के पि ओली, ईन्डियाको आसिर्बादमा लामो समय सम्म नेपालको प्रधान मन्त्री गिरिजा प्रशाद कोइरालाले र तिनै कोइरालाको लौरो बराबर हैसियत नभयका बर्तमान त्यो भन्दा नसुहाउने कुर जस्तो देखियो ।
    राम्रो लेख्नु भएको छ । धन्यवाद । फेरी पनि मुल मान्याता भनेको नेपालीको निर्नय गर्ने अधिकार चाहे भारत होस् चाहे अमेरिका होस् वा यु एन नै किन नहोस् कसैले पनि खोस्न पाउदैन भन्ने नै हो ।

    [Reply]

    Eklabya Dhitaal Reply:

    air ji ko kuraamaa ma pani ekdam sahamat.

    you have pointed the right logic

    [Reply]

  • Gita

    Dhanyebad Dadi jee news ko lagi,

    totally agree wih Air dai

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree