राष्ट्रपतीका हातबाट एकतन्त्रीय शासन ?
अन्तरिम संविधानले राष्ट्रपतीलाई कहिँ कतै कार्यकारी अधिकार दिएको थिएन । तरपनि संविधानको रक्षाक भनेर लेखिएकै आधारमा सरकारले बर्खास्त गरेका सेना प्रमुखलाई उनले पुनर्बहाली गरेर संबिधान उल्लङ्घन गरे । हुनत माओवादीलेपनि एक तर्फी रुपमा निर्णय गराएको हो राष्ट्रपतीलाई उछिनेर । यति बेला त्यति धेरै अड्कलबाजी भएनन खुला रुपमा । यद्दपी माओवादीले राष्ट्रपती मार्फत एकदलीय शासन लागू गर्न खोजिएको भनेर नभनेका होइनन । अहिले निकै पछी त्यसको खसो खास हेउ खुल्यो-साँच्चै राष्ट्रपतीलाई निरङ्कुश बनाएर अन्तरिम संबिधान नास गर्ने । संबिधान भंग गर्ने । एकदलीय शासन लागू गर्ने। शान्ति सम्झौतालाई धोती लगाएर छोड्ने । अनि देशमा रगतको भेल बगाउने ।
रात रहे अग्राख पलाउँ छ भने झैं अन्तरिम संबिधान बनाएपछि लामो समय सम्म दलहरुले गणतान्त्रिक संबिधान बनाउन ध्यान दिएनन । सेना संयोजनलाई उत्तिकै राखे । राज्य पूनर्संरचना कुरामै रहे । अनि नेपाललाई रक्तभूमिमा परिणत गराएर स्वार्थ पूरा गराउन चाहने स्वदेशी बिदेशी सबै तत्व सक्रिय हुन थाले । अहिले राष्ट्रपतीलाई सक्रिय गराएर संबिधान उल्लंघन गराउंदै हाम्रा सबै प्रजातान्त्रिक अधिकार खोसेर एक दलीय शासन ल्याउन खोजिएको सार्वजनिक भएको छ ।
एमालेका उपाध्यक्ष अशोक राईले नेपाली कांग्रेसले संबिधान सभा भंग गरेर राष्ट्रपतीलाई प्रमुख बनाउंदै एक दलीय शासन गर्ने प्रस्ताब राखेको रहस्य खोलेका छन् हिजो नयाँ पाटीका दैनिक मार्फत । एमालेका शक्तिशाली नेताबाट आएको यो भनाई पक्कै फितलो छैन । किनभने अशोक राई यसैपनि राजनीतिक अडान, परिपक्क र बिचारमा स्पष्ठ व्यक्तिका रुपमा चिनिन्छन । अर्को कुरा लामो समयदेखि नेपाली कांग्रेसले विभिन्न चाख, आरोप, बहाना र बखेडा झिकेर संबिधान निर्माण, स्वायत्त राज्य, राज्य पुनर्संरचना, सेना संयोजन, क्रान्तिकारी भूमि सुधार गर्न किन आनाकानी गरिरहेको रहेछ भन्ने रहस्यको उद्घाटनपनि भएको छ । यसका रहस्य र अझ कति षड्यन्त्र छन् अझै उद्घाटित हुँदै जानेछन भविष्यमा ।
अशोक राईले नेपाली कांग्रेसको त्यहि जनघाती प्रस्ताबमा एमालेकै केहि प्रतिक्रियावादी नेताको पनि सहमती र आड रहेको खुलासा गरेका छन् । यसले देशलाई अनिश्चय, भूमरी, युद्द र भयङ्कर खाडलमा जाक्न खोज्ने तत्वहरु सक्रिय छन् भन्ने स्पष्ठ पारेको छ ।
जनताको ठूलो शक्ति, चाख, क्रान्तिकारी परिवर्तनको चाहनाले मात्रै देशबाट राजतन्त्र पाखा लागेको हो । त्यो परिवर्तन देशको आम संरचना परिवर्तन गर्ने आकांक्षाको प्रतिबिम्ब पनि हो । फगत नेपाली कांग्रेस, माओवादी, एमाले वा अर्को कुनै शक्तिलाई सत्ताको कुर्सी सुम्पन मात्रै होइन । यदि त्यो चाहनालाई बुटले कुल्चेर कसैले एकतन्त्रिय शासनको सपना देख्छ भने उसको हालतपनी जनताले राजतन्त्रको जस्तै बनाइदिने छन् ।
अहिलेका जनताको प्रजातान्त्रिक अधिकार खोसेर फेरी एक दलीय शासनको चक्करमा बाँच्न जनता तयार हुने छैनन् । बरु कुनैपनि स्वदेशी वा बिदेशी तत्व किन नहुन त्यस्ता कुनैपनि तत्वलाई रछ्यानमा मिल्काउँछन् । जनआन्दोलनको बलमा रछ्यानमा मिल्किने कि प्रजातान्त्रिक परिवर्तनका पक्षमा उभिएर जनताको मनमा बस्ने छनौट एकतन्त्रीय शासनको पक्षका नेता र पार्टीकै ।
तलका संबन्धित रिपोर्ट हेर्नुस–
संबिधान सभा भंग गरि राष्ट्रपती शासन लगाउन कांग्रेसको प्रस्ताब


dharae ramro news aayo aba yo nagari nepal ma kam chae na sathi ho mao badi la das khatam pare saka ko cha sala haru nepal lai katam parna janma liyaka rahi chan katam pare sara aba rastapati sasan lagu garnu parcha ani marta nepal ma santi hunacha ani maobadilai yo das bata pakistan tira padaunu parcha sala kuta haru lai ….ho ki nai sati ho……………………….
मन परो वा परेन:
0
0
[Reply]
Baburam Ra Aamaram Bhannu Aabhibabak Janauchha Bhane, Hami Aandhobhaktiilai Congres Ra Emale Party Bhaneko Ustai Ustai Lagyo.
मन परो वा परेन:
0
0
[Reply]
baru tyo thik huncha. kinabhane tyo bahudaliye ta huncha. maobadiko ektantiriya saasan bhanda ta yahi ramro huncha. prachanda soch ra chaal k chha bhanera ta sarvajanik video le bhanihalyo. ‘hami bhale bhayepachi’ bhanne shabda prachandale prayog gareka thiye tara durbhagya bas na bhale huna sake na pothi. hijada bhayera adke na jungle na satta. jungle jau bhane pajero ra khaat kasari chhadne? yatai basu bhane satta chhaina k garne ta? laathe haru jati bhaye paleka chhadai chau tesaile aba aandolan garu, janatako dainiki nai kastakar banayo bhane ta satta pheri paihalinchha bhanera khateharu aandolan ma lageka hun. i agree with u baburam ji.
मन परो वा परेन:
0
0
[Reply]
Congress aafulai khub loktantrik party vancha, tara yo jati aloktantrik party nepal ma kunai chaina. Congress le pahile dhekhi nai desh ra janta lai dhoka didai aayeko chha, ra pheri pani dhoka didai chha. Now it would not be acceptable to Nepalese people, which these congress leaders should understand otherwise they will be finished.
मन परो वा परेन:
0
0
[Reply]
aba pheri uddha ko bikalpa chhaina.
yadi maobadi le garchha bhane thik chha hoina bhane aarko party banaunu parchha.
मन परो वा परेन:
0
0
[Reply]
“अशोक राई यसैपनि राजनीतिक अडान, परिपक्क र बिचारमा स्पष्ठ व्यक्तिका रुपमा चिनिन्छन” भनेर के भन्न खोजिएको हो? यिनी त ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालमा बिन्तिपत्र चढाएर मन्त्री बनेका मान्छे पो हुन् त । झलनाथ खनाल र अशोक राईहरु आजकाल माओवादीहरुको बिस्तरा तताउने षोडशीको काम गरिरहेका छन् । त्यसैले यहाँ भनिएको कुरा अशोक राईले बोलेको होइन, माओवादी बोलेको हो । सबैलाई चेतना भया ।
मन परो वा परेन:
0
0
[Reply]