संविधान नलेख्नेहरुले जानु खाडीतिर जागीर खान
-सरोजदिलु विश्वकर्मा
संविधानसभाको चुनाव हुनेवखत धेरै ब्यवस्थापिका सांसदज्यूहरुको वीचमा रुवावासी चलेको थियो । उनीहरु भन्दैथिए- ‘हरे किन यति छिट्टै चुनाव गरेको ?’ अहिले फेरि यी सभाषद्ज्यूहरु पनि ‘ओफ्, यति छिट्टै किन आउँदैछ जेष्ठ १४ गते.. ?’ भनेर पुपुर्र्रोमा हात लगाउन थालिसकेका छन् । किनकी निर्धारित तिथीको भोलीपल्ट यिनको खातापाता सवै वन्द हुनेछ । दुहुनो गाईजस्तो संसद सचिवालय पनि थारो हुनेछ । वरतिर-परतिर अतिथि भईजाँदा चप्काउन पाईने अन्न-धन्न र एन्जिओ-आईन्जीओका चिल्ली-साँप्राहरु वरु कुकुर-विरालाहरुलाई खाईनसक्नु हुनेछ, यिनले सुँग्न पनि पाउने छैनन् । त्यसैले केही माननीयज्यूहरु चैं झोलाकुम्ली कसेर आआफ्नै कुला-दुलामा र्फकन तम्तयार भईसकेका छन् । तिनीहरु सभाषद पद सकिएपछि के गर्ने भनेर अहिलेदेखि नै जोरजाम् गर्दैछन् । यिनै दिनहरु दोहोरिइरहे भने ठोकुवाका साथ भन्न सकिन्छ- संविधान बन्दैन । यी खाईपाई आएकाहरुले एकपल्ट फेरि देश र जनतालाई धोका दिई ज्ञानेन्द्रलाई हसाउँने छन् । अनि नयाँ राजनीतिक अध्यायको शुरु हुनेछ ।
देशी-विदेशी कुतत्वहरु, जो नेपालमा अस्थिरता सधै निम्तिरहोस् । त्यसको नाममा अनुदान भित्र्याएर कमाईरहौं । जमाईरहौं भन्ने मानसिकता राख्दछन् । तिनको भने विशाल रात्रीभोज नै चल्नेछ । जनता, नागरिक समाज अथवा राजनीतिक कार्यकर्ताको यत्राविघ्न प्रयाशहरु वामगतीको ढलसंगै मिसिएर बग्नेछन् भने यी लामा टुप्पी र चन्दनेहरु त्यतिवेला किनारामा बसेर टाउको समाउने छन् । त्यसवेला ६०१ महोदयहरुलाई नेपाली जनताले खोरभित्र सुँगुर रोपेझै अनेक तरहले रोप्नेछन् । घोच्ने छन् । यिनको २।२ वर्षसम्म भत्ता र सत्तामा लुटुपुटिँदा चिल्लिएको थुतुनो र तन्किएको भुँडीले कहिले नसोचेको दुःख पाउने छन् । कुतिको बाटो मरेको विरालो च्यापेर लथ्रिएको वटुवा झैं आआफ्ना घर-डेरामा फर्किँदा यिनका अनुहारमा गल्लीगल्लीका भुस्याहाहरुले सू गर्न समेत हिच्किचाउने छन् ।
यतिमात्र होईन, संविधान नबनेको खण्डमा यिनीहरु न घरको रहनेछन् न त वनको । न दरवारको रहनेछन् न घरवारको । त्यसवेला, पोईल गएकी स्वास्नी घर फर्किदा छिमेकीले थुकेजस्तो जनताले यिनीमाथि खकार्न वेर लगाउँदैनन् । विचराहरुको भविश्य देख्दा दया लागेर आउँछ । सभाषद् सकिएको २।४ महिनापछि खेती गर्ने कि, जागीर खोज्दै हिड्ने या खाडीतिर लाग्ने ? त्यही डरले सायद, यी ६०१ महामहिमहरुले, समयभित्र काम सम्पन्न गर्न नचाहिरहेका पो होकी ?
अर्कोतिर सेनापति थमौती प्रकरण पछिका दिनमा संविधान सभामा एकाएक गतिरोध उत्पन्न हुँदै आएको छ । र, विषयगत कार्यसूचिमा पटकपटक परिवर्तन हुनु र सत्ताको खेलमा सभाषदहरु लागीपर्नु अथवा माओवादीलाई एक्ल्याएर जान खोज्नुको कारणले करीव करीव अव संविधान समयमा नबन्ने स्थितीमा पुगीसकेको छ । काम-कुरो एकातिर कुम्लोबोकी ठिमीतिर भनेझैं हाम्रा प्रधानमन्त्री संविधानसभाको अध्यक्ष पदबाट एकाएक उछिटि्टएर २०५४ पछिको सूर्यबहादुर र देउवा सरकारको इतिहास दोहोर्याउन पुगीसकेका छन् भने यसैलाई महान कार्य ठान्दै वहुसंख्यक मान्याहरुले हस्ताक्षर गरी आफू अनुकुलका फायदा उर्ठाईरहेका छन् । यद्यपि, यी ठूला नेताहरुका म्यारीजका माल बनेका यी सभाषदज्यू संविधान बनाउँछौं भनेर उधारो खाईरहन रति हिच्कीचाएका छैनन् । यिनको अकर्मण्यतालाई हेर्दा भोली यिनले ऋण चुकाउन नसक्ने हैसियत स्पष्ट देखिदै गईरहेको छ । तथापि, हिजो पनि उधारो, आजपनि उधारो धन्दा चलेकै छ । जवकि बितेको १६ महिनामा मस्यौदामा त सहमती हुनसकेको छैन । संविधानको नाममा एकमत हुनसकेका छैनन् भने वाँकी ८ महिनामा के के गर्ने ? के के भ्याउने ? कि त जसोतसो मध्यराती संविधान ल्याउने र विहान मुलुकै जलाउने कि ? जवकि, कार्यकारी अधिकार, संघीय स्वरुप, प्रान्तीय शासन ब्यवस्था आदिमा ठूल्ठूला वहस र सहमति हुनै निक्कै कठिन छ, जसमा संविधानको एकएक वुँदामा दुई तिहाई मत जुट्नु पर्दछ, जुन माओवादीविना सम्भव हुँदैन ।
तथापि, समय अझैं बाँकी छ । सभाषद महोदयले जनआन्दोलनको मर्म र सहिदहरुको वलिदानीलाई छातीमा राखेर सम्झने हो भने र आफूलाई गोठालाहरुको डरमा चल्ने भेडावाख्रा नठान्ने हो भने समयमा संविधान बनाउने हो भने प्रथमतः माओवादीसमेतको राष्ट्रिय सरकार गठन गर्न आईतवार पर्खन हुँदैन । आफ्ना दलका शिर्षथ नेताहरुले जेसुकै कुटील गोटी चालुन, त्यसलाई वेवास्ता गरी जनताको अभिभारा पुरा गर्न तयार हुनुपर्दछ । अर्थात कतिपय अवस्थामा ‘म दलको भन्दा जनताको संविधान बनाउन आएको’ भन्दै आफ्ना दलको गलत हृ्वीपक्रस गर्नसमेत हिम्मत गर्नुपर्दछ ।
दोश्रो हो, सेना समायोजन । शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउने हो भने माओवादी लडाकु सवैको उनीहरुको इच्छाअनुसारको क्षेत्र र योग्यता अनुसारको हैसियत दिई सेनामा विलय गराउनु पर्दछ । किनकी, उनीहरु गैरनागरिक नभएर नेपालीकै छोराछोरी हुन् । त्यसैले को जंगलबाट आयो, को घरबाट आयो भन्ने प्रश्न तेर्साउनु भनेको सुविधाभोगीहरुले अर्को नेपालीलाई वन्देज लगाउनु हो । जवकि राजा, राणा र तिनका हुकुम-प्रमाङ्गी गरी आआफ्ना खल्तिबाट हालिएका ब्यक्तिहरु आज जर्नेल कर्णेल भएका छन् भने क्रान्तिका लागि लडेका नेपालीका सन्तानले सेना हुन नपाउने भन्ने प्रश्नै हुँदैन । सकिन्छ भने अरु बिद्रोही संगठनका मिलिसियाहरुलाई पनि सेनामा भर्ना गरी विकास निर्माणको काममा खर्टाईयो भने त्यसले राष्ट्रलाई फायदा नै गर्दछ । तर यो जंगलबाट आएको, यो भर्ना-छनौट प्रकृयाले आएको वा यो हुकुम-प्रमाङ्गी भएको भनेर अलमल्याउनु भनेको सिंगो सेनालाई निश्चीत व्यक्तिको खल्तीमा पार्न खोज्नु हो । अर्थात नेपाली सेना भएर राष्ट्रको लागि योगदान दिन्छु भन्नेहरुलाई वहिस्करणमा पार्नु हो ।
तेश्रो अर्थात मुख्य जिम्मेवारी भनेको समयमा संविधान बनाउने हो । जसरी भएपनि जेष्ठ १४ गतेभित्र जनताले चाहेको संविधान संविधानसभाले दिनुपर्दछ । सोभन्दा पछाडि धकेल्नु भनेको सभाषदज्यूहरु अक्षम सावित हुनुमात्र होईन् जनतालाई थप ब्ययभार लदाउनु हो । नयाँ नेपालको गतिमा बाधा पुर्याउनु हो । त्यसो भयो भने प्रतिगमनका मतिहार भन्दा ठूला मतिहार यी छ सौ एकज्यूहरु हुनेछन् ।
संविधानभित्र जनताका विभिन्न विषयमा फरक मत होलान् । दलितका सवालमा पनि विभिन्न दृष्टिकोण आएका छन् । कतिले चैं वाहिर ‘म त दलितकै पक्षमा छु,’ भनेर आन्द्राभुँडी देखाएता पनि तिनका लुकेका दाँत भने साह्रै खराव छन् । ती तीखा दाँतलाई वोधो पार्न जनताका महामहिमहरु चुक्नु हुदैंन । तिनकै कारणले गर्दा पनि हाम्रा दलितका सभाषदज्यूहरुसमेत आआफैंमा विभाजित भएका छन् ।
त्यसकारणले, देशका लागि केही गर्छु । जनताका लागि केही दिन्छु भन्ने माननीयज्यूहरुले संविधान बनाउन नचाहने तर खाली मन्त्री र अरु सुविधा मात्रै चाहर्दै हिड्ने तथा जनताका सभाषद्हरुलाई जजमान मात्र बनाउन खोज्ने अर्का कथित सभाषदहरुलाई थुनेर, थेचारेर भएपनि संविधान लेख्नु पर्दछ । अर्थात पुरानाहरु जो हिजोदेखि नै देश जनताका नाममा खाइपिई आई खाली भाषण र आसनमा मात्रै गर्व गर्दछन्, त्यस्तालाई गलहत्याउन गोल्छे सार्कीले मुक्का हानेजस्तो र अल जइदीले वुशलाई जुत्ता हानेजस्तो हान्नसमेत तयार हुनुपर्दछ । जनताका वास्तविक प्रतिनिधिले गरेको यस्तो हस्तक्षेप जनताले अनुमोदन गरिदिन्छन् । डराउनु पर्दैन ।


jhur lekh lekhera ke banna khojeko ?
मन परो वा परेन:
0
0
[Reply]
Krodh Reply:
November 14th, 2009 at 5:17 am
ARUKO Sahi Bichar Mulyankan Garna Najanne Mannchhe Nai JHUR Ho. K Ukta Lekhma Euta Vakya Pani Sahi Lagena ? Teso Bhae Ta Nakkali Kami Nai Aandhobhakti Rahechhou.
मन परो वा परेन:
0
0
[Reply]
Dhnyabad ekdam ramro ra kada rup ma lekheko chha tara j hos yo kura netale padhna paunu parthiyo yo kantipur ko first page lekhnu parthiyo k garnu yesto blog herne fursad neta lai chaina hola j hos lekh ramro chha Saroj ji
मन परो वा परेन:
0
0
[Reply]