बेरोजगार हुनुहुन्छ ? डोटी आउनुस

      राष्ट्र संघको विश्व खाद्द कार्यक्रममा राजनीतिक पार्टीको हालीमुहाली

-doti-district-map-of-nepalसिलगढी/तपाई बेरोजगार हुनु हुन्छ भने डोटी आउनुस ! डोटीका राजनैतिक दलका नेता कार्यकर्ता र सभाषद सँग तपाईको पहुँच छ भने डोटीमा बिभिन्न क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थामा जागरिका लागि सजिलै प्रवेश पाउनु हुनेछ । अछाम जिल्लाको सांफेबगरमा केन्द्रिय कार्यालय रहि आफुलाई राष्ट्रिय स्तरको गैरसरकारी संस्था भएको दावी गर्ने सेवक नेपालले डोटी जिल्लाका ठुला राजनैतिक दलका नेता तथा सभाषदको सिफारिसमा २४ जना कर्मचारी भर्ना गरेपछि अहिले यस बिषयले डोटी जिल्लामा चर्चा पाएको छ ।

 बिना प्रतिष्पर्धा पहुँचको आधारमा संयुक्त राष्ट्रसंघको बिश्व खाद्य कार्यक्रमको खाद्य सुरक्षा कार्यक्रम लिएर डोटी जिल्लामा आएको सेवक नेपालका केन्द्रिय अध्यक्ष रेवन्त नाथ तथा कार्यकारी निर्देशक विजय कुंवरले कर्मचारीको लागि आबश्यकताको बिज्ञापन गर्नु अगावै डोटी सिलगढीमा आएर एमाले पार्टी सचिव तथा सभाषद हर्कबहादुर सिंह, पूर्व सांसद तथा एमाले नेता मोहन बम, एनेकपा (माओवादी) का सभाषद खेम बम तथा नेपाली कांग्रेसका जिल्ला स्तरीय नेताहरुसँग भेटी कर्मचारीको लागि सिफारिस गर्न आग्रह गरेको सेवक नेपाल श्रोतले बताएको छ ।

यो सस्थाले डोटीका २० देखि २५ वटा गाविसमा संयुक्त राष्ट्र संघको पैसामा खाद्द कार्यक्रम संचालन  गर्छ । नेपाप्लप्लस स्रोतका अनुसार कार्यकारी निर्देशक कुँवर नेकपा  (एमाले) मा संलग्न व्यक्ति हुन्  । स्रोतका अनुसार सेवक नेपालमा ९९ प्रतिशत कर्मचारी एमाले समर्थक छन् । संयुक्त राष्ट्र संघिय खाद्द परियोजनाको  पैसा लिएर यो संस्थाले कर्मचारी नियुक्ति गर्ने र तिनलाई एमाले समर्थक बनाउने काम गरिरहेको छ ।

 डोटी जिल्लाका खाद्य उत्पादन कम हुने मानिएका १५ वटा गाबिसहरुमा “खाद्य सुरक्षा कार्यक्रम” सञ्चालन गर्नका लागि एक ओभरसियर, चार सव-ओभरसियर, चार कृषि प्राबिधिक (जेटिए) र १५ जना ग्रामिण सहजकर्ताहरु पदपूर्ती गर्न स्थानीय सेती आवाज साप्ताहिकमा असोज २९ गते बिज्ञापन गरिएकोमा बिभिन्न पदको लागि आबेदन दिन आएका उम्मेदवारहरुलाई आबेदन नलिई जिल्ला कार्यक्रम संयोजक सिताराम सुबेदी र अनुगमन अधिकृत हुकुम सार्कीले फिर्ता पठाएका थिए । र आबेदकहरुलाई तपाईको राजनैतिक पहुँच कति छ भन्ने जस्ता प्रश्न समेत गरेको पोखरी गाबिसका टेकबहादुर खड्काले दुखेसो पोखे ।

 उसो त सेवक नेपालका कार्यकारी निर्देशक विजय कुंवर, कार्यक्रम संयोजक सिताराम सुबेदी तथा अनुगमन अधिकृत हुकुम सार्कीले कर्मचारी छनौट गर्दा निष्पक्ष हुने दावी गर्दे आएको भएपनि कार्तिक २० गते प्रकाशित ग्रामीण सहजकर्ताको नतिजा हेर्दा एमालेका सभाषद हर्कबहादुर सिंह तथा पूर्व सांसद मोहन बमको सिफारिसमा ६ जना, माओवादी सभाषद खेम बमको सिफारिसमा ५ जना र नेपाली कांग्रेसको सिफारिसमा ४ जना भएको पाईएको छ । उक्त कुरालाई कार्तिक २० गते दिनभर नेपाली कांग्रेस, एमाले र माओवादी कार्यालयमा आफ्नो सिफरिसमा कर्मचारी भर्ना भएको भन्ने बिषयको चर्चा परिचर्चाले समेत पुष्टि गर्दछ ।

 सेवक नेपालले प्रकाशित गरेको उत्तीर्ण कर्मचारीको सुचिमा रहेका नामहरु नक्कली अनुभव पत्र बनाएर पेश गरेको र बिगतमा कुनैपनि संस्था तथा निकायमा काम नगरेकाहरुको नाम समेत उल्लेख्य रुपमा रहेको गैरसरकारी संस्था महासंघका सचिब शेरबहादुर मल्ल बताउनु हुन्छ । राजनैतिक दलको सिफारिसमा कार्यक्रम प्राप्त गर्ने, दलकै सिफरिसमा कर्मचारी भर्ना गर्ने हो भने सहयोग गर्ने दातृ निकायले राजनैतिक दल तथा दलका भातृ संगठनलाई नै साझेदार बनाउनु पर्ने र गैससहरुलाई अपमान गर्न नहुने मल्लको धारणा रहेको छ ।

 उता सेवक नेपालले कर्मचारीको रुपमा छनौट गरेका उम्मेदवारहरु समेत आफुहरु योग्यता, अनुभव र क्षमता भन्दा पनि सिफरिसमा उत्तीर्ण गराएको स्विकार गर्छन । डोटीको बोग्टान क्षेत्रबाट ग्रामीण सहजकर्तामा उत्तीर्ण एक महिला भन्छिन- आफुसँग कुनै पनि प्रकारको अनुभव नभएको पेश गरेको अनुभव पत्र पनि कुनै एक संस्थाले वनाई दिएको बताउँदै सभासद् ज्यूलाई फोन गर्न लगाएकै कारण आफु पास भएको हुँ । हामीलाई त जुन पार्टीले सहयोग गरेको छ उसैको आधारमा चल्छौं ।  नाम नखुलाउने शर्तमा उनले भनिन् ।

 सेवक नेपालले दलको सिफरिसको आधारमा कर्मचारी भर्ना गरेको बिषयमा सेवक नेपालका खाद्य सुरक्षा कार्यक्रमका कार्यक्रम संयोजक सिताराम सुवेदीले खासै बताउन चाहनु भएन । के भागवण्डा गरेकै हो त सेवकले ? परियोजनाका प्रमुख सिताराम सुवेदी भन्छन- यसलाई भागवण्डै त नभनिहालौं । उनी थप्छन- यो कर्मचारी छनोट गर्दा धेरै गाह्रो हुँदो रहेछ, । कुन पार्टीको भाग कति परे भन्ने प्रश्नमा सुवेदीले कुनै जवाफ दिएनन् । परियोजनाका अनुगमन अधिकृत हुकुम सार्की भने कर्मचारी छनौट गर्दा निष्पक्ष नै भएको हो भन्नु पर्छ, भन्छन । शुक्रबार नतिजा प्रकाशित गरि सेवक नेपालका केहि जिम्मेवार कर्मचारी कार्यालयमा ढोका लगाएर बसेका थिए भने केहि कार्यालय छोडेर भागेका थिए ।

 निष्पक्ष रुपमा कर्मचारी छनौट नभएको भन्दै सबै तहको नतिजा रद्द गरि पुन बिज्ञापन गरिनु पर्ने र नगरिए सेवक नेपाल बिरुद्ध आन्दोलन गरिने ग्रामीण भेगबाट आएका युवाहरुले बताएका छन । शुरुमा पक्षपात रुपमा प्रकाशित गरिएको नतिजाको खारेजीका लागि जिल्ला प्रशासन कार्यालय, गैसस महासंघमा निबेदन दिईने र मागलाई सुनुवाई नगरिए सेवक नेपालको सिलगढी स्थित कार्यालयमा तालाबन्दी तथा कार्यक्षेत्रमा अवरोध गरिने डोटी पूर्वी चौकीका गुणाकर कुंवरले बताए ।

  • vima

    timro bhag ma parena ho ?????

    [Reply]

    Balaram Thapa Reply:

    vima लाई चैं भाग पुगेको जस्तो छ नि ।

    [Reply]

  • Milan Rawal

    yo samaachaar lekhne saathi lekhnu hunchhki kangress, yemaale ra maobadibaatakarmahaari chhaniya. aba bhannuho s kasari pakshapat bhayo karmachaari chhanautamaa.
    yo deshamaa tin tin paartiko haali muhaali chha yo kuraa ta lekhak jyulaai pani jaanakaari holaa.khaas gari sudur paschimamaa

    [Reply]

  • -Nawaraj timsina, Rukum (haal kathmandu)

    tyo United Nations world food project kaa nepali haakimpani milekaa chhan tyahaa

    nepaali haakimharu tyasai gari milchhan , kunai na kunai paartyko kaaryakarta banchhan bhitra bhitrai, ani politically constant hunu parne UN plateform maa absera politic garchhan

    Nepali haakimle aafaile chinekaa locan NGO laaii milaaidinchhan donor pani world food project ko
    yo kunai naya kuraa hoina ki UN le Nepalmaa politic garchha

    [Reply]

    Balaram Thapa Reply:

    यसरी नै नेपाली नेतानेतृ र केटाकेटी हरुलाई पथभ्रष्ट गर्न NGO/INGO हरुले dollar को खोलो बगाउँछन् ।

    [Reply]

  • Gita

    If this is true WFP and its Cooperating NGO should work on it and try to maintain good goverance and transperancy in its projects.

    Should be responsible for such issues and come out with conceret explaination.

    [Reply]

  • jaquline Sharma

    dear lekhak jyu
    thanks for your update and i think if the donor agency should also be quite responsible than they could help to some extend.
    hope to read more about sudurpaschhim.

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree