माओवादी घेराउले सिहंदरबार छिर्नै सकेनन मन्त्री

माओवादीले सिंह दरबार घेराउ गर्ने घोषणा गर्नासाथ सरकार कडा रुपमा प्रस्तुत हुने संकेत थियो । रातारात बैठक बसे सरकार संचालन गर्ने दलका । सुरक्षा निकायलाई निर्देशन दिईयो । नेपाली सेनालाईपानी सतर्क रहन निर्देशन थियो । सरकारले पहिले तोकिएको निषेधित क्षेत्र अझ बढायो माओवादीको सिंह दरबार घेराउ असफल पार्न । तर त्यसो गरे झन पुरै निषेधित क्षेत्र तोड्ने धम्की माओवादीले दिएपछि सरकार पछाडी हटेर पुरानै निषेधित क्षेत्र कायम गर्र्यो ।

तर माओवादी र सरकारको जुहारी टुन्गिएन । माओवादीले बिहान आठ बजेदेखि उता कुनैपनि कर्मचारीलाई सिंहदरबार छिर्न नदिने दाबी गरे । उता सरकारले जोरी खोज्नैकालागी मंगलबार राखेको मन्त्री परीषदको बैठक बुधबार लाई सार्र्यो । अनि दाबी गर्र्यो-जुन सुकै मूल्य चुकाएरपनी मन्त्री परीषदको बैठक फत्ते गरिन्छ । उता माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले सरकारलाई जवाफ फर्काए-८ बजेपछि कुनैपनि हालतमा मान्छे त के मुसो पनि छिर्न दिईन्न । सिंहदरबार छिर्नेनै हो भने सुरुंग बनाएर छिरे हुन्छ । माओवादी र सरकारको दोहोरी चलीनै रह्यो । तर भयो के ? आखिरमा त्यत्रो सुरक्षा निकाय हुँदाहुँदै पनि सरकारले मन्त्री परिषदको बैठक गर्न सकेन ।

 त्यति मात्रै हो र ? सरकारले सिंह दरबार भित्र काम गर्ने सबै कर्मचारीलाई अनिवार्य उपस्थित हुन भन्दै उर्दी जारी गर्र्यो । त्यो मान्न कोहि कर्मचारी बिहानै आँखा मिच्दै ६ बजेनै पुगेछन । माओवादी घेराउ शुरु हुनु अगावै । कोहि अझ टाढा बस्नेहरु चाहि अघिल्लो दिननै आफन्तकोमा गएरपनि बसेछन । मन्त्री परिषद बैठक बस्ने भनेपछि झन कर्मचारीलाई मानसिक दबाब पर्र्यो नगई नहुने । सुरक्षा निकायलाई सबै मन्त्रीहरुलाई सकुशल भित्र छिराउने आदेश दिईएकोथियो । तर के गर्नु सरकारले १० हजार सुरक्षाकर्मी खटाऊँदापनि मन्त्रीहरुलाई भित्र छिरौं सकेनछ ।

 आन्दोलनलाई आआफ्नो परिभाषा अनुसार शान्तिपूर्ण वा अशान्तिपूर्ण भन्न सकिन्छ । किनभने आठ ठाउँ भन्दा बढी नाकाबाट देशको प्रमुख प्रशासकीय केन्द्र घेराउ गर्दा ठूलो हत्या हिँसा भएन । तर पूर्ण रुपमा शान्तिपूर्णपनि किन भएन भने सांझपख सिंहदरबारको दक्षिणी गेटमा माओवादी आन्दोलनकारी र सुरक्षाकर्मीहरु बिच झडप हुँदा माओवादीका केहि नेता र कार्यकर्ता घाईते भए । माओवादीका नेता अमिक शेरचनको हात भाँच्चियो । पम्फा भूसाल र कृष्ण बहादुर महरा घाईते भए । अन्य केहि माओवादी कार्यकर्ता राजधानीका विभिन्न अस्पत्तालमा भर्ना भएका छन् । प्रहरीले चलाएको रबरका गोली लागेर घाईते हुनेहरु दर्जनौं भएछन ।

 सधैं झैँ, माओवादी कार्यकर्ताहरु पुरा बाजा गाजा, नृत्य देखाएर खुब मनोरन्जनात्मक तरिकाले घेराउमा बसे । यो घेराउलाई माओवादीले विशाल सफलता र सरकारी हार भनिसकेका छन् । उनीहरुको भनाईमा लाखौँ जनता उत्रिएर प्रमुख प्रशासनिक केन्द्रनै घेरे । र मन्त्री परीषदको बैठक गर्छौं भनेर पूर्व घोषणा गर्दा पनि सरकारले सकेन । त्यो भनेको ‘यो कठपुतली सरकार प्रतिको’ जनताको अविश्वास हो रे । भोलीपनि माओवादीले सिंहदरबार घेराउ जारी राख्ने भनेका छन् । आज त शान्तिपूर्णनै भयो आंशिक घटनालाई छोडेर भोलीको कस्तो हुने हो ?

  • badaka tharu

    लाछार सरकार ,
    हग्ने लाइ भन्दा देखने लाइ लाज भनेको यही हो …हरुवा हरुको जमात ….मंत्री हुने कहिले देखिको सपना तिमिहरुको बल्ल पूरा भएको छ ….आफ्नो पद जोगाउन के के गर्नु पर्छ ,गर …किनकी तिमिहरुको छिट्टै पत्ता साफ़ हुदै छ …
    बड़का थारू ,चितवन

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • nava kranti

    khub garyou khate maobadiharu na ta aafule nai lkam garna sake na ta arulai nai kaam garna didaichau. chutiyaaharu le socheka holan sarkar asafal bhae afu safal bhaincha bhanera. yi maobadile kunai pani halatma desh chalauna sakdainan aru party le sahayog nagarema. janatale ta chalayera her bhanekai ho ni. sakenan ta k lagcha. yo andolan le aru party lai pachadi hataula tara maobadilai nai patta saaf garaucha janatko nazarma. herdai jaau.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree