बेल्जियमको नेपाली दुतावासपनि आन्दोलनकारीको घेराउमा

-दधिराज घिमिरे/ब्रसेल्स (बेल्जियम)

 nepalis-protest-in-belgium-02

नागरीक सर्वोचता र राष्ट्रपतीका असंबैधानिक कदमको बिरोधमा नेपाली जनताले चलाएको आन्दोनलाई ऐक्यबद्दता स्वरुप बेल्जियम स्थीत नेपाली दुतावास (दोस्रो तस्बिर) घेराउ कार्यक्रम भब्यताका साथ संपन्न भएको छ ।

nepalis-protest-in-belgium-06

संयूक्त राष्ट्रीय जनआन्दोन नेपालले आयोजना गरेको कार्यक्रमलाई सहयोग पुग्ने गरी बेल्जियम स्थीत प्रगतीशिल संगठनहरुको आब्हानमा भएको सो कार्यक्रममा यो दुतावास घेर्दा ठूलो जनसहभागीता रहेको थियो ।

nepalis-protest-in-belgium-01

nepalis-protest-in-belgium-09

nepalis-protest-in-belgium-07

राष्ट्रपतीका असंबैधानिक कदम र नागरीक सर्वोचताको बिरोधमा लेखीएका पोष्टर, तुल र प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुले राष्ट्रपतीका असंबैधानिक कदम खारेजी र नागरीक सर्वोचताका मागका साथै राष्ट्रयता र बिदेशी हस्तक्षपका बिरुद्धमा नाराहरु घन्काएका थिए ।

nepalis-protest-in-belgium-03

कार्यक्रममा बोल्ने क्रममा नेपाली लोकतान्त्रिक गणतन्त्रिक मोर्चा, बेल्जयमका महासचिव चित्र सुबेदीले बर्तमान सरकार बिदेशीको इसारामा नेपाली जनतामाथि अन्याय अत्यचार थोपार्ने कसरत गरेकोले हामी प्रवाशी नेपालीहरुले हिजोका दीनमा जस्तै फेरी एक पटक लड्नु पर्ने दीन आएको बताउनुभयो । मन्तब्यकै क्रममा नेपाली प्रगतीशिल महीला मचं, बेल्जियमकी अध्यक्ष कल्पना मगरले भन्नु भयो-यदी यो सरकार जनताको आन्दोलन गर्न पाउने अधिकार बिरुद्ध दमन गरेमा हामी एक दीन नभएर निरन्तर संघर्ष गर्नकालागी तयार छौं।

 nepalis-protest-in-belgium-08

त्यस्तै नेपाली जनजाती सरोकार मचं, बेल्जियमका महासचिव सोमनारयण थनेतले जनताले लात हानेर फालिएकाहरुले देशमा शासन गर्दा संसार भरीनै नेपालको बेइज्जत उल्लेख गर्नुभयो । बोल्ने क्रममा तमु राष्ट्रीय मुक्ति मोर्चाका सदस्य होम गरुङ्गले जातिय स्वयसत्ताको अधिकारकोलागी नेपालमा नेकपा एकीकृत माओबादीले मात्र लडेकोले अहिलेको आन्दोलन पनी कतै न कतै जातिय मुक्तिको प्रश्न संग गासीएकोले आन्दोलनमा लाग्नु पर्ने बताउनु भयो । सो कार्यक्रममा बोल्ने क्रममा मगर राष्ट्रीय मुक्ति मोर्चा यूरोप प्रतिनिधी बिरमान र्घर्ती मगरले नेपाली धर्तिमा उठेको न्यायपूर्ण आन्दोलनमा प्रवाशमा रहेरपनि आन्दोलीत हुनुपर्ने कुरामा जोड दिनु भयो ।

nepalis-protest-in-belgium-04

यस्तै कार्यक्रमका आयोजकहरुले मन्तब्य राख्ने क्रममा नेपाली जनप्रगतीशिल मचं, बेल्जियमका सल्लाहाकार सुरेन्द्र भुसालले एकीकृत नेकपा माओबादीको बिचारले नेपालका र्सवाहारा बर्गको मुक्ति मात्र नभएर संसारका र्सबहारको मुक्ति गर्ने बताउनु भयो । सोही मचंका अध्यक्ष बिष्णु भुजेलले अहिले चलेको आन्दोलन बर्तमान कठपुतली सरकारका बिरुद्ध मात्र नभएर बिस्तारबाद र साम्राज्यबादको बिरुद्ध पनि हो भन्नु भयो । साथै वाहाले दोश्रो चरणको आन्दोलनमा पनि कुनै सुनुवाई नभए तेश्रो चरणको कार्यक्रम संयूक्त राष्ट्रीय जनआन्दोन नेपालले निर्दीष्ट गरे अनुरुप यहां पनि अझ ससक्त र जुझारु आन्दोनको घोषणा गर्ने छौं र त्यस आन्दोलनकोलागी हामी प्रवाशी नेपालीहरु तयार रहन पनि भन्नु भयो । 

 कार्यक्रम अबधिभर दुतावासका कर्मचारीहरु बाहीर निस्केका थिएनन भने कार्यलयमा पनि कोही प्रवेश गरेका थिएनन् । कार्यलयका कर्मचारी तथा राजदतु घरी घरी पर्दाको बिचवाट बाहीर चियाएका थिए ।

nepalis-protest-in-belgium-05

कार्यक्रम समय भर गगनभेदी नाराले घन्कीएको सो बिरोध कार्यक्रमलाई नेपाली जनप्रगतीशिल मचं, बेल्जियमका महासचिव दधिराज घिमिरेले संचालन गर्नु भएको थियो ।

(तस्बिरहरु सबै सोमनारायण थारु (थनेत) मार्फत आएका हुन् । उहाँलाई धेरै धन्याबाद-नेपालप्लस)

  • पुर्ण

    माओत्सेतुन्ग् भनेका बिदेशि हुन्
    उन्को बिचार नेपालि जनता मा लाद्नु भनेको बिस्तारबाद हो
    माओबादी हरु बिस्तारबादी हुन्
    माओबादी हरु बिदेशि प्रभु (माओ, लेनिन्, मार्क्स्) का दास हुन्
    माओबादी हरु सैनिक र बन्दुक को बल मा उभियेका हुन्
    उनिहरुको नागरिक सर्वोच्चता भनेको सैनिक सर्वोच्चता हो

    तिम्लाइ वाइ सि एल हो, युरोप मा नेपालिपन को बेइज्जत गर्ने भयौ हैन?
    तेस्ता मान्छे मारा डाकुहरु लाइ मन्त्रि खुवाउन नेपाल को बेइज्जत गर्दै छौ

    थुक्क वाइ सि एल हो

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    -देवेन राइ Reply:

    सचेत रहेछन बेल्जियम नेपाली, अमेरिकी र भारतीयको पाउमा मोल्न जाँदा तिम्रा नेताहरुले बेइज्जत भएन ? तर बिदेशमै भएपनि राजनीतिका आन्दोलनमा ऐक्यबद्दता देखाउंदा चाहिं बेइज्जत ? ठिक गर्र्यौ साथीहरु हो यो सरकारले के इज्जतिलो काम गर्र्यो सर्वाहिक हरौटेहरुको हुल भएको भारतीय कठपुतली सरकार

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Ekalavya sharma

    To those folks who are enjoying the benefit of cozy liberal democratic society where the potential for your person growth is the highest but promoting Maoist propagandas you should go to N Korea or Cuba and try your luck out there. You people are taking advantage of goodness of Belgian liberty to execute the same liberty that has made you live there.

    Ask yourself could you have been able to protest if you were living in China, N Korea or Cuba which have government your Maoist advocate for.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • badaka tharu

    पूर्ण जी ,
    गरीब,निमुखा ,मजदूर ,किसान ,वर्ग को हित नचाहने र शोसन,दमन ,अन्याय ,अत्याचार ,भ्रष्टाचार को समर्थन गर्ने ले यस्तो भन्छन र देख्छ्न / यस्ता खाले मानिस नेपाली जनता बिरोधी हुन / भारत ले दिन दहादै नेपाल को सीमा मिच्दा भारतीय बिस्तारबाद नदेखने ….अनि बिस्व भरिका गरीब ,उत्पीडनमाँ परेका ,शोषण ,दमन माँ परेका वर्गको मुक्ति को लागी दर्शन दिने मायोबाद लाइ बिस्तारबाद देखने ……अनि नेपालमा शान्ति सम्झौता पूरा गर्न को लागी रास्ट्रीय सरकार गठन हुनु पर्छ भनेर संयुक्त राष्ट संघ का महा सचिव वान की मून ले भन्दा खेरी नेपालको रास्टीय मामला माँ हस्तक्षेप भयो भन्ने तर भारतीय राजदूत ले सोझै दबाब दीदा पनि रास्टीय मामला माँ हस्तक्षेप भएको नदेखने …..धिक्कार छ नेपाली कांग्रेस ,एमाले ,लगाएत अन्य अरु दलका नेता हरुलाई ….
    हगने लाइ भन्दा देखने लाइ लाज भएको छ नेपालमा , दुनियामा कही नभएको कुरा नेपालमा भएको छ …..जनता बाट २,२ ठौऊ बाट थपाइएका ,जनता बाट तिरस्कृत ,भारतीय टट्टू अहिले नेपाल को प्रधानमंत्री ,अनि जनता बाट लात खाएकाहरु मंत्री …..लाज मरनु छ गाठें
    बड़का थारु
    चितवन

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • ram bdr.

    sathi haru ho bides ma basera pani ke ko natak.k ko rajniti.garnu cha bhane desh ma janu ni.bidesma sarnarthi bhayera basko khuru khuru kam garnu ni.chak tarna lie k ko rajniti.aru desh bata aune la ta yesto gardinan ba.khi nabhayeko jatra hadi gauma khali nepali nie kina yesto kam ma.
    desh bhakta…………

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • i agree 100%with badka tharu,,,,,,,,,,,,,,,,,,,,,,

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Gita

    santipurna aandolan bhane ko yahi ho kya ho sabai santa mudra ma chhan…….nepal ma yesto andolan nadekhye ko bhayera yo ta andolan jasto ni nalagne rahai cha?????????????

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree