चन्द्रमामा घर बनाइने !

09moon-600

हामी पो दिनभरी मारमुंग्री, कुटाकुट र लखेटा लखेट्मा ब्यस्त छौं त । अनि भएका बाटाघाटा, सडक भत्काउन र बाटाका बत्ती फ़ुटाउनै हतारो छ । अरु देशका मानिस भने जल र थलमा पनि नपुगेर, प्रिथ्वीमा पनि निकै सकेर चन्द्रामामा के छ भनेर खोजि गरिरहेका छन् । प्रिथ्वीको जल र जमिनले नपुगेर अरु ग्रहमा पानी, हावा र माटो पाए त्यहाँपनि वस्ती बसाल्न हुन्थ्यो कि भन्ने दाउमा अनुसन्धान गरिरहेका छन् । निकै समयदेखि चन्द्रामामा के छ भनेर खोजि गरिरहेका वैज्ञानिकहरुले अहिले पानी फेला पारेको दाबी गरेका छन् । हाम्रो देशमा बन्द र हड्तालले चर्चा पाए झैं विकसित देशहरुमा यो खबरले निकै चर्चा पाइरहेको छ । त्यसको तथ्य अझ बढी पत्ता लगाउन त्यहाँ घरनै बनाएर बस्न सक्ने औंल्याएका छन् ।

 यो तथ्य अमेरिकी बैज्ञानिक संस्था नासाका बैज्ञानिकहरुले सार्वजनिक गरेका हुन् यहि महिनाको दोस्रो साता । उनीहरुले त्यहाँ पानीको मात्रा निकै भएको दाबी समेत गरेर नयाँ आसा बाँडेका छन् न वस्तीनै बसाल्न सकिन्छ कि भनेर । यसले कम्तिमा नयाँ अनुसंधानकर्मीका लागि नयाँ बाटा र आसा खोलेको छ । अब बैज्ञानिकहरुको टोलीले लुनारको बाहिरि आवरणमा घरनै बनाएर बस्ने र अनुसन्धान गर्न सक्ने संभावना बढेको छ । चन्द्रमाको त्यो पानी करोडौं करोड वर्ष अघिदेखि हिउँको रुपमा जमेर बसेको हुनसक्ने अड्कल बैज्ञानिकहरुको छ । यसले सौर्य पद्दतीको ईतिहासमै रेकर्ड कायम राख्न सक्ने औंल्याइएकोछ ।

 द न्युयोर्क टाईम्सका अनुसार एल क्रस (L-Cross) नामको भूउपग्रह करिब एक महिना अघि चन्द्रमाको दक्षिणी ध्रुव नजिक पुगेको थियो । त्यति बेला त्यसले चन्द्रमाको त्यो भागमा धक्का दिएको थियो । त्यसले धक्का दिंदा ६० देखि १०० फिट फराकिलो हुने गरि त्यहाँको जमिनलाई बजार्र्यो । त्यहि बेला २४ ग्यालेन जति पानी निस्कियो । त्यसपछि उनीहरुले त्यो पानीलाई त्यत्तिकै नछोडेर त्यसको प्रभाव के हुन सक्छ भन्नेपनि परिक्षण गरेको बताएका छन्  ।

 एक दशक भन्दा अघि देखि सौर्य बैज्ञानिकहरुले सूर्यको किरण कहिल्यै नपर्ने चन्द्रमाको त्यो भागमा हिम संकेत देखेका थिए । त्यसपछि निरन्तर त्यसको खोजीमा लाग्दा अहिले त्यसको पुष्टि गर्न सफल भएका हुन्  । (तस्बिर साभार-द न्युयोर्क टाईम्स)


  • dharai ramro kura yo khabar nepal ka neta hurule thaha paye vane feri chndra mama hgar banauna hunna vanera andolan gar6n hamra neta harulai vanna hudaina hai…..

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

  • sandesh niraula

    कस्तो राम्रो खबर !

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Hamro neta haru lai nabhannuhos hai thaha payo bhane ghush khori gareko paisale chandramama ghaderi kinera ghar banauna jancha. bises garera suzu maiya kinaki $1500 parne air tickets ko $3000 khana khojne le aru ta k banki rakhcha ra. Suzu maiya bichar garnu hai, bhgawan bhanera manne raja ta pachi hatna paryo janta sanga timi ta maiti desh ma basdai chau pheri budha ko desh tira hanina parla bichar garnu hai pachi napahutaunu. ahile nai bhanidiyeko chu.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • bimal babu aryal

    knowledge to know further world is indefinate !let`s wait and see what wil happen

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sarpanch Kushmi

    Ramro samachar ho kinaki ahile ko biswako population increase bhairahejko bela settle garne sakayo bhane kehi bhar earth ko gatane ho ki ? Sathai nepalka netaharu le pani sikne ho ki ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • we dont have any space in the erth.why you need to stay in moon.but thats verry good you have got good memory.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Raj kumar

    Very nice information

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree