सुगम जिल्लाको दूर्गम वस्तीमा झोला, चप्पलले ल्याएको परिवर्तन
-रुपेन्द्र कर्मचार्य/उपर्दाङ्गढी (चितवन)
(गरिब विद्दार्थीहरुलाई झोला बाँड्ने कार्यक्रम)
पूणिर्माको दिन । दशैंको अन्तिम दिन । हामी कोल्हारको डाँडा उक्लँदै गर्दा निधारभरि रातो टिका अनि कानमा जमरा सिउरेर एक हुल मानिसहरु तल झर्दै थिए । कोही आफ्नै संसारमा झुम थिए । ठाडो उकालो उक्लेर चुनपोलेभञ्ज्याङ्गको ढिक आइपुग्दा बुढी आमैले माछा र रक्सीले स्वागत गर्नुभयो । ‘तल रिग्दी खोलाको माछा हो, दाई । मगमग बास आउँछ ।’ निरज भन्दै थिए । आमैको स्नेहपूर्ण आग्रहलाई अस्विकार गरौं पनि कसरी ? सबैले माछाको चोक्टासँग एकएक घुट्को लगाए ।
(यो हो उपरदाङगढि गाउँ जुन चितवन जिल्लामा भएर पनि अति बिकट पहाडमा अवस्थित छ)
(झोला तयार गरिँदै)
चितवनको पहिलो सदरमुकाम र ऐतिहासिक किल्लाले सजिएको उपरदाङगढी, घुम्न मात्र होइन, यहाँको प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई झोला, जुत्ता, किताब, कलम आदि शैक्षिक सामग्रीहरु वितरण गर्ने उद्देश्य थियो हाम्रो । त्यसैकालागि हामी ६ जनाको टोली यहाँ आइपुगेका थियौं ।
(गढि बाट देखिने द्रिष्य)
अघिल्लो भ्रमणको क्रममा म यस विद्यालय पुग्दा एकजना विद्यार्थीलाई जुकाले टोकेर खुट्टाबाट रगतको भेल बगिरहेको देखें । मन साह्रै खिन्न भयो । “के गर्ने सर, वर्षाको बेला विद्यार्थीहरु यसरी नै रगताम्य भएर आउँछन् । साह्रै मायाँ लागेर आउँछ ।” थापा सरले भन्नुभयो ।
मैले तुरुन्त अमेरिकामा भएका हेमु दाईलाई यसबारे इ-मेल लेखें, ‘दाई यहाँका विद्यार्थीहरुलाई जुत्ता, मोजाको खाँचो छ।’हेमु र उ उहाँका साथीहरु मिलेर अमेरिकामा स्थापना गरिएको बुक्स फर नेपाल संस्थाले चितवनका विद्यालयहरुमा विविध कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । चितवनको खैरहनी माविमा थुप्रै किताब वितरण गरिएको छ भने किरनटार स्कुलमा विद्यार्थीहरुलाई खाजाका रुपमा सातु खुवाउने कार्यक्रम भइरहेको छ ।
उहाँले जवाफ पठाउनुभयो, ‘जुत्ता सँगै झोला र किताव पनि दिउँला। म सहयोग खोज्छु । म दशैंमा आउँछु अनि सगैं गएर बाँडौंला।’ सहयोग पनि जुट्यो । रोबर्ट-रबको संस्था ग्लोबल एक्सन कोलिसनले जुत्ता र झोलाको लागि आर्थिक सहयोग उपलब्ध गरायो । शालिकराम दाईले ३ बाकस किताब निःशुल्क उपलब्ध गराउनुभयो ।
(बाटोमा हामीले यस्तो रमणिय द्रिष्यपनि देख्यौं)
‘बुक्स फर नेपाल शुरु गर्ने अक्किल कसरी आयो नि दाई ?’ मैले हेमुदाईसंग जिज्ञासा राखें । एकरात उहाँले आफ्नो छोरा सन्देशलाई पढाउने क्रममा भन्नुभएछ, ‘हेर छोरा, मैले स्कुल पढ्ने बेलामा पुस्तकालय थिएन । यस्ता रंगिन किताबहरु थिएनन् । मैले पढ्ने स्कुलमा अझै पनि यस्ता सामग्रीहरुको अभाव छ । ‘सन्देशले एकछिन सोचेर भनेछ, ‘लेट्स बिल्ड अ लाइब्रेरी ओभर दिएर ‘ अर्थात् त्यहाँ पुस्तकालय बनाऔं ।’
अमेरिकाको ब्यस्त र संर्घषमय जीवन । एकातिर काम । अर्कोतिर आफ्नै पर्ढाई । फूर्सद पाउन दूर्लभ । आफ्नो पाँच वर्षे छोरोको उच्च विचारलाई नकार्नू पनि कसरी ? उहाँ रातभर सुत्न सक्नु भएनछ । भोलिपल्ट बिहान उहाँले बाउछोरा मिलेर आफुले पढेको खैरहनी माविमा पुस्तकालय खोल्ने निर्णय गर्नुभएछ । सन्देश पढ्ने स्कुलमा गएर यसबारे सल्लाह र सहयोग माग्नुभयो । अरु साथीहरु र संस्थाहरुसँग पनि छलफल गर्नुभयो । सबैले हृदय खोलेर सहयोग गरे । विशेषगरेर सन्देशका सहपाठीहरुका अभिभावकहरुले धेरै कितावहरु उपलब्ध गराए । किताबहरुको चाङ लाग्यो । ढुवानीकोलागि खर्च पनि जुट्यो । यसरी खैरहनी माविमा २६ बाकस कितावहरु आइपुग्यो ।
उपरदाङगढी पुग्दा सबैजना थकाइले लखतरान पर्यौं । तर, गढीवासीले हामीलाई त्यसै किन छोड्थे ? हाम्रो स्वागतमा रङ्गारङ्ग सांस्कृतिक कार्यक्रमको आयोजना गरे । चण्डिभञ्ज्याङ्गबाट आएका टोलीले बेजोड चुड्का नाच प्रदर्शन गरे । थकाई बिर्सेर सबैजना खैंजडीको तालमा कम्मर मर्काउन थाले । नाच्न र गाउन खप्पिस पर्वतेदाई शालिकराम निकै अबेरसम्म नाचगानमा सरिक हुनुभयो । भोलिपल्ट विहान उहाँ भन्दै हुनुहुन्थ्यो, ‘यार, मैले त दोहोरी गाउने जोडी नै पाइन ।’
गाउँले दाजुभाई, दिदीबहिनीहरुको भब्य उपस्थितिमा विद्यार्थीहरुलाई सामग्रीहरु वितरण गरियो ।
जुत्ता झोला पाएर विद्यार्थीहरु दङ्ग परे । अभिभावकहरु खुशी थिए । केही सहयोग गर्न पाएकोमा हाम्रो छाती पनि पहाड जस्तै उच्च भएको थियो ।
हेमुले विद्यार्थीहरुलाई सम्बोधन गर्दै भन्नुभयो, ‘हेर, तिमीहरुले राम्रोसँग पढ्नु पर्छ । पढाइ नै सबैभन्दा ठूलो कुरा हो । पढ । ज्ञान, शिक्षा, शिप हासिल गर । काम गर । कमाऊ । देश विदेश जाऊ । तर, आफ्नो देश, आफू जन्मेको ठाउँलाई कहिल्यै नविर्स । यो ठाउँलाई बनाउने, विकास गर्ने तिमीहरु नै हो ।’
चुड्का नाचसंगै कार्यक्रम समापन भयो । सबैलाई त्यो दिन नै घर फर्किनु पर्ने बाध्यता । गाउँलेहरुले भारी मनले विदाई गरे । चुनपोलेभञ्ज्याङ्गको ढिकबाट तल ओर्लने क्रममा हामीलाई स्वागत गर्ने उनै बुढी आमैले विदाईको हात हल्लाउँदै भनिन्, ‘फेरि पनि आउँदै गर है नानी हो’


good job i apprecitae this kind of job……this blog i found most of the time advertising own relatives….but this time ……good good job done
मन परो वा परेन:
0
0
[Reply]
Reall Good Job………..
No words to express my happiness. May this will encourage other nepalease who are living in abroad.
मन परो वा परेन:
0
0
[Reply]
ekdamai raamro kaam Rupendraji
yasto kaam bata arulepani siknu jaruri chha
baru samparka kasari garne, kasari help garne pani ullekh garnu parthe thiyo ki
मन परो वा परेन:
0
0
[Reply]
सारै राम्रो अभियान मा जानु भएछ रुपेन्द्रजी खुशी लागयो । म त सारै नै अभागी रै छु, चितवन मै हुँदा पनि त्यस्तो राम्रो अवसर गुमाउन पुगे,सरिक हुन पाइन । फेरी फेरी यस्ता अवसर मा मलाई खबर गर्न नबिर्सनु है ?
मन परो वा परेन:
0
0
[Reply]
Kam ra Lekh dubai ramrolagyo.
Yo kam lai kasari sahayog garna sakinchha tesko alikati janakari bhayobhane Ichha hune harule thap sahayog gartheki.
मन परो वा परेन:
0
0
[Reply]
hi nice photos and writings.congratulations
मन परो वा परेन:
0
0
[Reply]
hi rupendra
congrats for ur work with others
please share so we also can go and help people
मन परो वा परेन:
0
0
[Reply]
रुपेन्द्र Reply:
November 24th, 2009 at 8:59 am
Thanks Krishna,
I will contact you when we organize next program.
मन परो वा परेन:
0
0
[Reply]
Nepalplus.com Reply:
November 24th, 2009 at 10:27 am
Rupendraji
Dr Krishna Padel’s Intention is probably to help your programme not just interested to participate at your programme. Please be sure what he really mean.
Thanks,
Dadi, Admin
http://www.nepalplus.com
मन परो वा परेन:
0
0
[Reply]
Very good job. I appreciate it.
मन परो वा परेन:
0
0
[Reply]
कस्तो राम्रो कुरा सुन्न पाको, आफुलाई पनि यस्तै दुर्गम क्षेत्रमा गयेर सम्बन्धित मान्छे लाई नै सहयोग गरु भन्ने सोच भएर पनि माध्याम(channel) नपायेर तेसै अड्केको थिए, हेमुजीको(कतै मेरो साथी हेमु अधिकारी त हैन, टाडी क्याम्पसमा २०४६/४९) सहयोग सक्चिक्कै ठाउँमा पुगेको छ अरुपनी धेरै साथीहरुलाई यस्तै सहयोगमा जुट्न उहाँको सहयोगले प्रेरणा दियेको छ , धन्यबद्!!!
रुपेन्द्रजी कुनै यस्तै दुर्गम ठाउँमा फेरिपनी सहयोग गर्नुपरे सम्जिनुस् ल,
you will get my Mailing add. from Dadijee.
Rabin, Evry, France
मन परो वा परेन:
0
0
[Reply]
रुपेन्द्र Reply:
November 24th, 2009 at 8:55 am
रबिन जी,
प्रतिक्रियाको लागि धन्यवाद / चितवनको अरु दुर्गम ठाउहरुमा पनि कार्यक्रम विस्तार गर्ने लक्ष्य छ / हामी तपाईलाई सम्पर्क गर्ने छौ / हेमु अधिकारीलाइ adhikarih@hotmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ /
मन परो वा परेन:
0
0
[Reply]
No words to express for my friend Rupendra and his group. It is a great job in remote areas of Nepal although it is not easy.
मन परो वा परेन:
0
0
[Reply]
really good work.
मन परो वा परेन:
0
0
[Reply]
nepali Reply:
January 6th, 2010 at 6:02 pm
hello pramila jee ,
tapai kata baat ho ?
badaka tharu nepali1967@hotmail.com
मन परो वा परेन:
0
0
[Reply]
Dear Rupen;
without you I won’t be able to do anything. Your effort , time and contribution is larger then life. Like I always said, I am fortunate enough to have a friend like you.
Hemu Adhikari
Books4Nepal
मन परो वा परेन:
0
0
[Reply]
i am very glated in this services.it is opertunity for our.thank u
मन परो वा परेन:
0
0
[Reply]
धेरै राम्रो काम गर्नु भएछ वधाई छ तर यसवाट फाईदा त लुट्न् भएको छैन । निश्वार्थ भावमा गर्नुहोस्
मन परो वा परेन:
0
0
[Reply]