भारतमा मम चिनाउँदै नेपाली
नयाँ दिल्लीको अति ब्यस्त जफ्फार मार्केट । कनोट प्यालेस करोल बाग भनेपछि झन प्रसिद्द । हालसालैको मेट्रो (राजधानी शहरमा मात्रै गुड्ने साना रेल) स्टेसनले गर्दा हजारौं मानिसको ओहोर दोहोर । चारैतिर भारतीय रेस्टुरेन्ट र पसलको खचाखच छ । ब्यापारीक केन्द्र भएकाले मानिसहरुको उत्तिकै भागभाग र दौडा दौड् छ । यहि ब्यस्त सडकको एक कुनामा बसेर जनकपुरका सुभास राई र गुल्मी आँपचौरका मिलन केसी हरेक दिन नेपाली मम धमाधम चखाईरहेका छन् भारतीयहरुलाई ।
राई नेपालको द्वन्द र आर्थिक दूर्बलताले गाँजेर दिक्क थिए । नेपालमा उनले नत आफ्नो सिप देखाउन पाए न अन्य बिकल्प । दुई पाखुरा खियाउने धुनमा हानिए उनीपनि अन्य थुप्रै यूवा झैं दिल्ली । कामको खोजि गर्दै हिँड्दा यस्तो उपयोगि होला भन्ने नसोचि लहै लहै मै जानेको सिपले बाटो देखायो । उनले मम पकाउने कुकको काम पाए । गत सात वर्षदेखि उनी यहि थलोमा बसेर भारतीयहरुलाई धामधम मम चखाइरहेका छन् ।
मम खसो खास कुन देशको खाना हो ? चिनियाँ ? शेर्पा ? तिब्बती ? भियतनामी ? कम्बोडियाली ? त्यसको जवाफ होला अनुसन्धानकर्मीसित । तर सुभास राई भने नेपाली खाना हो भनेर दाबीकासाथ भारतीयलाई चखाइरहेका छन् मम । उनलाई मम कुन देशको हो, किटान गर्न तिर लाग्नुपनि छैन । बास, नेपाली खाना भनेर चिनियोस्, भारतमा फैलियोस यो खाने चलन, आफ्नो गुजारा पनि चलोस्।
उनलाई शुरुमा हम्मे हम्मे परेको थियो यो मम पसल टिकाउन । बिस्तारै अहिले यसको स्वाद भारतीयहरुमा गड्दै गएको छ । भारतीयहरु मम खान पल्किँदै गएका छन् । उनको भनाईमा भारतीयहरुपनि सब्जीको भन्दा मासुकै मम बढि रुचाउँछन् । अहिले उनको पसलमा हरेक दिन मम खान बढ्दै गएको छ । वरिपरिका सरकारी कार्यालयका कर्मचारीपनि खाजाको लागि मम संझिँदै यहिँ आउँछन् ।
हुनत यहाँ मम खानेहरु नेपालीहरुपनि छन् । तर उनका मुख्य ग्राहक भनेका भारतीयनै हुन् । उनको पसलले दिल्लीको यस बजारमा खरिद बिक्रिकालागि पुगेका नेपालीसित भेटघाट गराउने सम्पर्क थलोको कामपनि गरेको छ । कतिपय नेपाली मम खान पाइन्छ रे भन्दै पनि यहाँ आउने गरेका छन् । हुनपनि उनको मम यति लोकप्रिय भैसक्यो कि उनको देखासिकि गरेर उनैको पसल वरिपरि अन्य भारतीयले समेत मम पसल खोलेका छन् ।
दिल्लीमा नेपालीको पौरखकै कारण नेपाली मम फैलिँदै गएको छ । नेपालीले केहि हदसम्म रोजगारपनि पाएका छन् । मम पकाए बापत मासिक सात हजार भारतीय रुपियाँ तलब खाने सुभास राईको भनाईमा रेस्टुरेन्टमा अन्य खाना पकाउनु भन्दा मम पकाउनेको माग बढि छ र त तलब पनि अलि बढिनै पाइन्छ ।




NEPALIHARULE MAMA BANAUNA BHANDA KE NAI PO JANEKO CHHAN RA.HAMIHARU PANI AHILE MAMA BANAUNE KAMMA NAI BYASTA CHHUN.TARA MAMA BANAUDA KIMA RAMRO PRAYOG GARNU LA.MAREKO BHAISI,KUKURKO KIMA PRAYOG NAGARMU HOLA…
मन परो वा परेन:
0
0
[Reply]
लौ अब दिल्ली अैयो भने पक्कै छिरिने भो.. तर मलाई चाँही भेज नै मन पर्छ है साउजी.. हा हा हा
मन परो वा परेन:
0
0
[Reply]
दीपक बस्नेतजी,
तपाईं पनि म:म: पकाउने काम नै गर्नु हुन्छ क्या रे ! जुन कामले तपाईंको पेट पालेको छ त्यही कामलाई हेला नगर्दा राम्रो । अनि मरेको भैंसी र कुकुरको कीमा प्रयोग नगर्ने शुभ काम तपाईंबाटै शुरु गरौं न हुन्न ?
मन परो वा परेन:
0
0
[Reply]
मोमो बनाउने काम नराम्रो हैन ? सुबाश भाइले मोमो बनाउने काम गर्नु हुदो रैछ खुसि लाग्यो हामी पनि मोमो खान आउला कुनै दिन /
–
मन परो वा परेन:
0
0
[Reply]
usa, uk,france, germany maa gayera restaurent maa bhanda majheko drisya bhanda yo ta lakhou guna ramro ra aatma samman ko kura ho. yesh maa gourab garnuhos sau ji.
मन परो वा परेन:
0
0
[Reply]
ekdam mitho hola jasto cha i miss momo
मन परो वा परेन:
0
0
[Reply]