कठ्याङग्रिँदो समय त्रासदी

-विद्या सापकोटा

It's Me Bidhya[1]मलाइ काठमाडौंको चिसो कहिल्यै मन परेन । म एउटा अन्धकारमा हराएको ठिटो । बडो ‘ठुलो मान्छे’ वन्न चाहने मान्छे । एउटा कोठा छ । कोठा के भन्नु न जाडोमा ताप दिन्छ, न हुरिमा भरोसा हुन्छ । झरि पर्दा लपक्कै भिज्छ । तर त्यो मेरो कोठा नै हो । मैले प्रत्येक महिना मर्नुभन्दा दुइ दिन अगाडि नै घरवेटिलाइ भाडा तिर्नुपर्छ । घरवेटि वुढी बत्तिको पैसामा एक दर्जन चुरा आउने गरि हिसाव जोडेर ल्याउँछिन । हप्ताको एकदिन पानी आउँछ । लोडसेडिङको के कुरा, यहाँ यस्तै त हो ।

म एउटा र्क्लर्कको जागिर खाएको मान्छे । यो पनि भाग्यमानि भएर पाएको रे । मेरा साथिहरु अझै धेरै बेरोजगार छन् । बिहानै उठेर दाल-भात उमाल्यो हतार-हतार । थोत्रो साइकल घिसार्‍यो दिनभर । चिन्नु र जान्नुकाहरुलाइ पनि हजुर, नमस्कार, गर्दागर्दै मेरा प्रत्येक दिन सिधिन्छन् ।

 यो जाडो किन आएको होला ? मलाइ दिक्क लागेर आउँछ । पानि चिसोले छोइसक्नु छैन । फेर्नको लागि प्रशस्त लुगा छैन मसँग । मैलिएर धोयो, त्यो सुक्ने होइन । पाउँदानी घुमाउन हम्मे-हम्मे पर्छ, वल्लतल्ल साइकल डोर्‍यायो, टाउकाभरि तुसाराले सेतै बनाउँछ । हात झिकुँभन्दा गोजिभित्रै अड्किन्छ । सुत्न लागे पातला लुगा जिउ तात्ने होइन । कहिलेकाहिं त मलाइ मर्न मन लागेर आउँछ । महिनाभरि तनमनले काम ग-यो नाथे तीन हजार आउँछ । अभावै अभाव ।  

 कहिलेकाहिं अक्सर जाडोले सहिनसक्नु हुँदा गाउँको यादले रुनु र हांस्नु हुन्छु म । यहाँ म कसरी लपेटिएँ सम्झनाका पानाहरु फररर पल्टिन्छन् । पहाडको मेरो गाउँ, मेजरको छोरो म । गाउँमा शानै अर्कै थियो । मेरि बहिनि र म चिसो तातोको पर्वाह नगरि हिँड्थ्यौं, खेल्थ्यौं, रमाउँथ्यौं । मैले जाडोमा स्कुल जान अल्छि गर्दा हजुरआमा केटा-केटीको जाडो बाख्राले खान्छ भन्दै हामीलाइ फुर्काउनुहुन्थ्यो । आमाले भुटिदिनुभएको मकै र भटमास खाजा लान्थ्यौं हामी । खरवारिको भिरै-भिरै काटेर एउटा खोल्छा आउँथ्यो । त्यसपछि ओरालै-ओरालोमा पर्ने मेरो स्कुल रमाइलो थियो ।  सेतो हाफ र्सट, खैरो पाइन्ट लगाएर उफ्रिँदै उफ्रिँदै म स्कूल पुग्थें ।

एकदिन, मेरी बहिनी र गाउँका साथीहरु अलि अगाडि गैसकेका थिए । म खोल्छामा भूतले तर्साउला भनेर डराउँदै छिटो-छिटो पाइला चाल्दै थिएँ । स्कुल पुग्दा सवै विद्यार्थी खै किन हो, वाहिरै उभिएका थिए । गुरुहरु पनि डराउनुभएजस्तो देखिनुहुन्थ्यो । ठूला कक्षाका दाइ दिदीहरु निन्याउरो देखिन्थे । मेरो बहिनी र राधिका आएर मेरो हातमा च्याप्प समाए । ‘दाइ-दाइ क्रान्तिकारि आएका छन् रे !’ म डराएँ को हो, को हो क्रान्तिकारि भनेका ? सोच्दै थिएँ । दश बाहृ जनाको समुह थियो । निधारमा रातो रुमाल बाँधेका दौड्दै आए । चौरमा मज्जाले नाच्न थाले । पछि थाहा भयो । विद्यार्थि हक-हितमा अग्रसर छन् रे । क्रान्तिकारि विद्यार्थि हुन् रे । त्यसपछि हप्ता-पन्ध्र दिनमा यस्ता समूहको आते-जाते, भाषण सामान्य हुन थाले ।

कसैले सुनाइदिएछ- ‘अनिल राम्रो नाच्छ’ । म पनि सँगै नाच्न र गाउन थालें । पछी गाँउमा गाइँगुइँ हल्ला चल्न थाल्यो ‘विस्तारै बहकाएर मलाइ पनि जंगल लैजान चाहन्छन् रे उनीहरु।’ राधिकाले बहिनीलाइ सुनाइ, बहिनीले आमा र मलाइ । हामी डरायौं । मलाइ उनीहरुसँग नाच्न र गाउन डर लाग्न थाल्यो । उनीहरु मलाइ घुरेर हेर्थे । दशै सकियो । तिहार सकियो । मेरो बाबा घर आउनुभएन । चाडबाडमा घर गएका उहाँका साथीहरु फर्केपछि घर आउँछु भन्नुहुन्थ्यो । हामी प्रतिक्षामा थियौं । एकादशीको दिन, आमा तुलसीको पूजा गर्न व्रत वस्नुभएको थियो । म एउटा फुच्चे केटो । वुवाले खेलौना, राम्रा लुगा र पापा ल्याउनुहुन्छ भन्दै गाउँ चाहर्दै थिएँ । स्कुल विदा थियो । हरी सर शहर गएर आउनुभएकोले वहिनी उतै थिइ । एकैछिनमा राधिका र वहिनी हात समाउँदै आए । ‘आमा ! हाम्रो वुवा बजार आइपुगिसक्नु भा’छ रे । किनमेल सकेर आउने भन्दै हुनुहुन्छ रे । त्यै भएर अघिल्लो वसमा हरी सर मात्र आउनुभएछ ।’ बहिनीले फुर्किदै सुनाइ । म चप्पल नलगाइ दगुरें चौतारोतिर ।

केही वेरमै ड्वाङ्ग ……….ड्वाङ्ग ….. आवाज सुनिन थाल्यो । खै कता एम्वुस पडि्कयो । कतै बाबा..- त्रासदीपूर्ण समय हामी आशंकै आशंकामा कायल भयौं । आमा वेहोस हुनुभयो । वहिनी र म वाल्ल-ट्वाल्ल भैरहृयौं । साच्चै ! मेरो वावा आउनुभएन । मेरो बाबा निशानामा पर्नुभयो ।  हाम्रो सपना तुहियो । केहि दिनपछि विजयउत्सव मनाउँदै उही समूह आयो । अनी अर्को बाण मुटुमा रोपेर हिँड्यो । “क्रान्तिको विरोधी भएकोले हामीले अनिलका बालाइ सफाया दिएका हौं, अव अनिल हामीसँग जानुपर्छ ।” म वाहृ-तेहृ वर्षो किशोर, मेरी निसाह्य आमा, सानि वहिनी बावाको हत्याको पिडासँगै अर्को पिरले मर्नु र बाच्नुमा प-यौं । गाँउलेहरुले सल्लाह गरे । गाँउले त के काका काकि र आमाले । अव अनिललाइ सहर भगाऔं नत्र यसलाइ पनि मार्छन् । म एउटा फूच्चे कहिल्यै गाँउ त के, आमाको काख नछोडेको ववुरो, वावुको हत्याको पिडामा छट्पटिँदा छट्पटिँदै, बिनादोष गाँउ छाडेर भागें ।

 लुकामारी खेल्ने त्यो ठूलो खेत । महिनै पिच्छे बजभोज जाने त्यो चौर । डण्डिवियो खेल्दै गोठालो जाने मेरा बालशखाहरु । सधैको भागदौडमा पुगिने मेरो प्यारो स्कूल । अनि मेरी प्यारी गुडिया । आमा र म जन्मेको गाँउ । सबथोक चटक्क छाडेर म आइपुगें यस अन्जान शहरमा । काँधमा बोकेर सारा गाउँ घुमाउने मेरा बाबाको याद बाहेक अरु सब गुमाएर म बाबाका साथी भनिने नेताकहाँ बर्षौ जुठा भाँडा र चिसा भुइसँग घम्साघम्सी गरिररहें । त्यो सही नसक्नुको दासत्व वीच म पिल्सिरहें, जसोतसो बाँचिरहें । रातदिनको अनुरोध पछि म आजाद भएँ त्यो चिसो सद्भावबाट । अनि यो चिसोमा लपेटिएँ । मैले शहरका चिसा वर्षहरु धेरै बिताएको छु । विहान-वेलुका पत्रिका बेच्थें, दिउँसो पढ्न जान्थें । आमाले खुसुक्क कसैकसैलाइ वेलाबखत चामल, दाल पठाइदिनुहुन्थ्यो । म बाँचिरहेकै थिएँ, आखिर बाँच्नै पर्दोरहेछ ।

 मुटु कमाउने कठ्याङग्रिँदो जाडो आयो, आइरह्यो । परिवार भएर पनि नभए जस्तो, देश भएर पनि देशबिहिन म एक्लैएक्लै भौतारिरहे, छटपटिरहे । बावाको पेन्सनले घर्रखर्च र कोठा भाडा समेत तिर्न गाह्रो भैरहेको वेला उनै अंकलजीका अनुकम्पाले बल्लतल्ल र्क्लर्कको जागिर पाएँ। मेरो गाउँ विनास हुँदै थियो, बहिनी ठूली हुदै थिइ । गाउँमा प्रत्येक घरवाट एक जना युद्धमा जानैपर्ने भनेर उर्दि सुनाउँदै थिए । यसै भएन उसै भएन । आमाले वहिनी पनि काठमाडौं पठाइदिनुभयो । हामी आफैबाट/आफ्नैसँग भागेर लुकेर यहाँ फालिएका छौं । जसोतसो गर्मि त जान्छ, जाडो कटाउन हम्मे-हम्मे पर्छ वा ।

पौषको चिसो दिन, सिलसिलाबद्ध कहाली लाग्दो दिन । समय भन्दा अगावै सूर्य कतै गायब थिए । साझ नपर्दै अँध्यारो भैसकेको थियो । वहिनि स्टोभमा दम दिदै थिइ । म थकित भएर पल्टेको थिए । एक हुल मान्छे मेरो कोठा तिरको बाटो दौडदै आए । मैले हत्तपत्त ढोका लगाएँ ।

एकछिनपछि २-४ जनाको जत्था आयो । ढोका खोल्.. ढोका खोल्…………… मैले डराउँदै ढोका उघारें । तै होइनस् विद्रोहीलाई सघाउने ? हँ……..हँ….म…..म –के हँ…हँ.. गरेको ? राष्ट्रघाती, ल हिँड साले ! म तानिएँ, घिसारिएँ, भ्यानमा कोचिएँ, पट्टी बाँधिएका आँखावीच कुन अन्धकारमा पु-याइएँ थाहा भएन । मेरि आमाको अनुनय विनय कसैले सुनेनन् । आमालाइ क्रान्ति विरोधि, राष्ट्रघाति, जासुसि वुढी भनेर अर्को समूहले गाउँ निकालिदिए । हामी विचरा दोहोरो मारमा पर्‍यौं। अनौठो परिबन्दमा, न घरका न घाटका !

मेरी वुढिआमा गाँऊबाट अकारण निकालिइन । म विना अपराध जेलको चिसो हावा अनि डण्डा खादै बसें । अचम्मको राष्ट्रबाद मौलाएको देश मेरो । मेरी आमा राष्ट्रघाति बनिन् सेनाकी पत्नी भएर । म राष्ट्रघाति भएछु पराइको दासत्वको प्रतिकार गरेबापत । यही बाहानामा कोही अफिसरमा प्रमोशन भए, कोही र्सवहारा वर्गका लोकप्रिय प्रतिनिधी ।

विस्तारै देशमा लोकतन्त्र आयो । म भाग्यबश पुनः खुल्ला आकाशमा आइपुगें । भाग्यबश यस अर्थकी मसँगै र म भन्दा अगाडी पछाडी विभिन्न बाहानामा वेपत्ता हुनेहरु अझै बेखबर नै छन् ।  अनी फेरी त्यही साइकल घिसार्दै छु गन्तव्यहिन यात्रामा । बाँच्ने बाहाना, बाँच्ने बाटाहरु देखिँदैन यहाँ । तर स्पष्टसँग देखिरहेको छु म, मेरो परिवार र मेरो गाँउलाइ तहसनहस बनाइदिने तिनै राष्ट्रप्रेमिहरु अहिले पनि सिंहदरवारमै वस्छन् । भरौटेहरु तारे होटलमा भाषण ठोक्छन् । के हो राष्ट्रवाद म मौनतामा अल्झिरहेको छु । अझैपनि पिडाले छटपटाएका घाउहरुमा मलाम लगाउन हैन, बल्झाउन प्रयत्नरत छ समय ।

 तर अझै म हारेको छैन । मेरो विश्वास मरेको छैन । मलाइ विश्वास छ, अंगालेर पनि पर हुत्याइरहने यो निर्मोही शहर, कठ्याङग्रिँदो चिसा भुइँहरुले मबाट र मैले यसको त्रासदीबाट मुक्ति पाउनेछु । हामीले न्याय नपाएपनि, मेरो वावा र्फकेर नआएपनि, मेरो देशमा पूर्ण शान्ति आउनेछ । म, मेरि आमा र वहिनी एकदिन आफ्नो घर र्फकनेछौं । मेरो गाउँ, मेरो वावाको रगत सिचिएको त्यो मेरो आफ्नो ठाँउ, फेरि फरफराउनेछ, गाउनेछ, रमाउनेछ ।

 -हाल : शंकरदेव कलेज, काठमाडौं

nirjala0008@gmail.com

  • banshi paudel

    कथा अत्यन्तै संदर्बिक र मार्मिक छ / यहाँ सम्म कि कथा ले बास्तबिकता देखाएको छ र तेह्य मार्मिकता ले सुन मा सुगंद थप्यको छ लेख मा केहि दम को कमि छ यो लेख्हाई को कमि ले हुन सक्छ / सायद सिक्ने प्रक्रिया मा हुनुहुन्छ /बधाई छ साहित्त्य आकास मा नया तारा को आगमन हुने भयो/ सुभ कामना

    [Reply]

  • basu bidari chitwan national park

    Bidhha gi thank you very much in a reality it is truth what you have wrote here. There is not only you have this kinds of problem there is thousand of nepalies are suffering this kinds of problem so please keep write thanks.

    [Reply]


  • हाम्रो नेपाली इस्ट मित्र लाई म सम्सेर अलि मिया को तर्फ देखी

    मिति / २७/११/ २००९/ को बकरिद मोउ बारक सलाम म्लेकुम दिनु चा हान्छु

    आमिन आमिन आमिन

    मेरो पिरिया मित्र निजाम दिन सेराली रफिक सलाम दिन वसिम कस्मिरी

    जाफर रहमदीन लगाएत सबै साथी हरु ब्लुए स्टार मा काम गर्नी समेत

    अनि सुन्दर सन्तोस मेरा कएप को सबै लाई हाम्रो सिसा घाट समाज

    देखी पनि सलाम म्लेकुम बकरिद मुबारक मुबारक मुबारक मुबारक

    सम्सेर अलि मिया मो बेल ५८१६४०७/// ३०३२६९०

    [Reply]

  • raaz thapa

    yape, its the pain of thousands of nepalies…….vidya jee, keep on writing!

    [Reply]

  • Mahesh Gautam

    Sarhai mann chune lekh , ke garne bidha jee sarba sadharan nepali janata ko pida bujheko bhaye aaj yo desh yesto hune thiyena, pahila pachha le lutayo , hijo congress ,yemale ra aru parti milera lute ab moabadi le lutdai cha . Hey bhagwan yo desh yeuta pani layak eta bhayenana?

    [Reply]


  • Very Nice your Story Thnks Bidya Sister………

    Your Bro,
    Raju
    Doha.

    [Reply]

  • Shubhachintak

    बिद्या तिमि हरायौ भनेको दमदार कथा लियर आयौ……….वास्तविक बस्तु स्थिति प्रस्तुत गर्न सफल छौ …..प्रगतिको कामना !!

    [Reply]

  • mina bantawa

    biddyaa ji, kathaa bhawanama dubera lekhnu bha rahechh man paryo,desh bhaktiko dam dar kathaa aadhuniktama samarpit chh yahalai pragati pathko subhaamana, “mirdu”

    [Reply]

  • Rajendra kumar Bhattarai

    Bidya ji
    Tapai ko kahani ko Pachhadi real true story chhipeko chha.
    Krantikari ko nam ma jati karbahi gare yini haru pani nepali hun bhanee krantikari le kahile janne prayas garenana.thatway naver they cant sucses.

    [Reply]

  • ( Ctrl+V ) rkrishna

    story ramro chha hola jastoo chha aile bestata ko karan le padna sakina bholi tira padchhu ani comment garula hai ……..!

    [Reply]

  • spandan sharma

    ओहो कस्तो जाडो भयर आयो अनि विगतले पोल्न थाल्यो …….कत्ति सुन्दर लेखाइ ??

    [Reply]


  • wa wa bidhya ji tapain ko gajal ko dam thaha thiyo aaja katha padhe jivanta chha ramro mitho yathartha chha . shubha-kamana.
    yas tito satyama gajal ma jasto thatyauli comment garna milena heheheheh

    Bimal Gautam
    Saudi Arebia

    [Reply]

  • Ashok KC Australia

    Thanks a lot Bidhya Ji for writing heart touching real story.

    [Reply]

  • ( Ctrl+V ) rkrishna

    Every day in every way gettin better and better…..keep going on a head….

    [Reply]

  • Ramesh Dhamala

    Lekhika bhanda dherai guna paripakka katha……..Samajik yaina

    [Reply]

  • Bhagirathi Joshi

    Realistic story……… Thanx …..

    [Reply]

  • Nabin

    aha yak dam ramro really bastabik kura laknu bhayako rahecha

    [Reply]

  • KRISHNA DAHAL

    To depict the relity of our society is too hard in the way of metaphor and u had done fntastic job. Thanks a lot for this and wish u all the best. go on and on till the reality is hidden inside somewhere in the dark.

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree