जातिवादभन्दा वाहुनवाद नै जिन्दावाद

-सरोजदिलु विश्वकर्मा

 sarojdilu_bk1फरक-फरक च्यापु भएका किच्चकै किच्चक जातका घरवेटीहरु । यो १६ वर्षे काठमाडौं बसाईमा एक दर्जन जति डेरा सरिएछ । कति डेरा समयमा वहाल तिर्न नसकेर सरियो । कतिमा भौतिक सुविधा र सरसफाई नभएर सरियो । कतिमा विवाह नगर्नाका कारणले त कतिमा विवाह गर्नाका कारणले सरियो । कतिमा विधार्थी भएका कारणले र्सर्नु पर्यो त केहीमा घरवेटीकी छोरीका कारणले झोलीकुम्ली बोकेर हिड्नुपर्यो । डेरा सरिरहनुको दोष मेरो होईन, तिनै किच्चक घरवेटीहरुकै हो । वहाल तिर्न २।४ दिन ढिला हुँदा ‘निस्केर जा’ भन्ने, पानी, धारा, टोइलेटको सुविधाविना भाडा उठाएर खाने, विधार्थीहरुको सम्वेदना नबुझी रातविहानै पैसा माग्ने र हाम्रा पैसाले हिःपप् छोरीको लिपीस्टीकदेखि पेन्टीसम्म किन्न हुने तर छोरी दिन नमान्ने यी घरवेटी बाहरु, अनि हाम्रै कमाइमा मोज र भोज गर्ने ती तरुणी छोरीहरुले फर्केर नहेर्नाले पनि डेरा सरियो । यस्तै छ, राजधानीको बसाई ।

 यसपाली भने पत्रकार भएको आरोपमा डेरा सरियो । कम्युनिष्ट पार्टीको खुन्खार कार्यकर्ता हाम्रा भुपु घरवेटी बा वहाल बस्ने तरुनीहरुलाई भने भाडा लिदैंनरहेछन् । सुनिन्थ्यो- घरवेटी छोरीसंग लभ पर्यो भने खल्तीबाट भाडा तिर्न पर्दैन रे । तर मेरा घरवेटी छोरीहरु भने सवै धुतार । वरु कतिमा त घरवेटीहरु नै तरुणीवरुणी वहाल बस्नेहरुसंग नै लभ् गर्दारैछन् । वस् ती तरुनीले घरभित्र बोलाएर दाँत ङिच्याईदिए पुग्यो । अनि, एकदिन रंगेहात फेला परे घरवेटी बा र सायद यो भित्रका अरु खुल्दुलीहरु खोतलिने डरले पत्रकार भन्नासाथ उनले निस्केर जा भने । अनि भर्खरै डेरा सरियो ।

 अघिल्लो वर्ष पानीको हाहाकार हुँदा पाटनको कुम्भेश्वर धारामा पानी भर्न जाँदा लोकल पाहरुले (पा भनेको नेपाल खाल्डोका आदिवासी) र वहालवालाहरुलाई वोईलर ठानी रड्ले टाउको फक्ल्याक्क पारिदिएको सम्झँदा अहिले पनि आङ जिरिङ्ग हुन्छ । आजपनि हामी वोईलरले ती पाहरुको अगाडि शीरनत गरेर ‘हजुर निगाह होस्’ भन्नै पर्छ । नत्र, तिनले ‘हामी लोकल’ भन्नासाथ हामी बोईलरहरुले टाउको जोगाउन दौडनु वाहेक अर्को विकल्प हुन्न । तिनै पाहरुको त्राहीमा हामी वोइलरहरु राजधानीमा शीर उचालेर कोरकोराउन पनि प्रतिवन्धित छौं । कुनै मजवुत कानुन छैन यी घरवेटी विरुद्ध उजुरवाजुर गर्ने । कोही सुनिदिनेवाला पनि छैन वहालवालामाथिको अन्याय । त्यसैले उसले ‘निस्केर जा’ भन्नासाथ मरेको विरालो काखी च्यापेर र्सर्नु परिहाल्छ । किनकी राष्ट्रलाई कहिल्यै कर नतिर्ने यी घरवेटी वाहरुका लागि हामी सवै वहालवालाहरु पाखे र खान नपाएर काठमाडौं छिरेका शरणार्थीहरु हौं । अनि उनको नजरमा हामी किरायदार सेकण्डक्लास नागरिक नै हौं। अर्थात हामी भनेको उनको कमाई गरिदिने जोताहा गोरुसरह हौं, तिनले जसरी जोतेपनि हुन्छ ।

 हुन त वहाल बस्नेहरु नहुने हो भने कतिपय घरवेटीहरुले या सडकमा बसेर माग्नु पर्दछ या चोर्न हिँड्नुपर्छ । यिनका छोराहरुले मुँद्रा लाउन पनि पाउने छैनन् भने छोरीहरुले सेन्टी र पेन्टी फेर्न पाउने छैनन् । चौवाटोमा पसल थापेर वहालवालाहरुको कमाई कज्याउने यिनको धन्दा पनि चल्ने छैन । त्यसवेला मात्र सवै उस्तै मानिस भन्ने यी घरवेटीहरुको चेतना खुल्ने थियो ।

 यी घरवेटी बा तिनका छोरीहरुको रवाफ हेर्दा राजधानीमा घर भाडामा लाउनेहरुको भविश्य अझ अन्धकार देखिन्छ । जवकि संघीय प्रणालीमा जाँदा राजधानीमा नेवाहरुको अधिपत्य हुने निस्चित छ । ती नेवार भनेकै यहाँका पक्का घरवेटी बाहरु हुन् । अनि जव नेवारहरुको अधिपत्य जम्छ, गैरनेवारलाई यहाँका भुस्याहा कुकुरलेसमेत भुक्नेछन्, लखेट्ने छन् । तिनलाई ठाडो आँखाले हेर्दा पनि हाम्रा आँखा निकालिने छन् । झन् त्यसवेला हामी दलितहरुको हालत के होला ? एकैक्षण कल्पना गरौं त । आजै त छिः छि र दुर्दुर गर्ने यी घरवेटीहरुले डेरामा त परै राखौं, घरको फेरामा एकक्षण उभिँदासमेत वहाल उठाउने छन् ।

 अर्थात, यस प्रसंगलाई एकक्षण जातीय राज्यसंग तुलना गरेर हेरौं: यदि माओवादीले उठाएजस्तो जातीय राज्यमा गईयो भने अल्पसंख्यक र उत्पीडितहरु विशेषतः दलित र मुश्लिमहरु तथा वहुसंख्यक जातजातिहरुको सम्वन्ध पनि घरवेटी बा र वहालवाला पाखेवीचको जस्तो हुने देखिन्छ । जस्को उधाहरण आजको नेवारमय राजधानीले प्रष्ट दिएको छ । भोली नेवा राज्यमा अल्पसंख्यकले यो भन्दा चर्को उत्पीडन र वहुसंख्यकको दादागीरी भोग्नै पर्छ  । यसका अलावा थारुहट, ताम्वासालिङ्ग, लिम्वुवानमा ती वाहेकका जातिहरु आजका किरायकादारको हालतमा पुग्ने छन् । मधेशमा गोरा छालाहरुलाई लोकल पाहरुले शीर उचो गरेर हिड्न दिने छैनन् । यस्ता जातीय राज्यमा अल्पसंखयकहरुले मरेको विरालो काखी च्याप्दै मुसाले मुसा नै वाँदरले वाँदर नै, खरायोले खरायो नै साथी खोजेजस्तै आफ्ना जात समुहको खोजी गर्दै बर्साईसर्राई गर्नुपर्ने तिब्र सम्भावना रहन्छ । जवकि लोकतन्त्रमा वहुमतकै निर्णय सदर हुन्छ । जवकि वहुसंख्यकहरु आफ्ना जातजाति र समुहको पक्षमा नै लाग्नेछन् । यसलेगर्दा अल्पसंख्यकहरुले कहिले न्याय पाउने छैनन् र न्याय माग्न जाँदा पीडितले वंगलामुखिमा झै रड् खानुपर्ने स्थिती प्रत्येक राज्यमा दोहोरिन्छ । अतः शुरुशुरुमा त कांग्रेस-कम्युनिष्ट एक हौं भनेजस्तै जातीय राज्य पाएकोमा एकताको माहोल नै होला, तर अन्नतः चुप लागेर खुरुखुरु कर तिर, यात झोली-कुम्लो कसी बाटो लाग् भन्ने हालतमा यी दलित तथा मुश्लिमहरु पुग्नेछन् । यतिमात्र होइन, जातीय राज्यका पक्षपाति जानजातिभित्र समेत वहुजात हुनेले अवसरको उपभोग बढिभन्दा बढि गर्न पाउँछन् भने कुसुण्डा, लेप्चा, झाँगड आदिको हालत त उही हो, आजका राजधानीका वहालवालाभन्दा गए गुज्रेको ।

 माओवादीमा नागरिक सर्वोच्चताको आन्दोलनसंगै जातीय गणराज्य घोषणा गर्ने अभियान पनि शुरु भएको छ । थारुहट र किराँत राज्य घोषणा भईसकेका छन् । सायद अव खड्ग विश्वकर्माले कालिकोटे राज्य बनाउलान् नै । त्यसो भयो भने त दलितप्रति माओवादी पार्टीका कार्यकर्ताहरु वास्तवमै समवेदनशील रहेछन् भन्ने बुझ्नुपर्दछ । नत्र अरु जातिको राज्यमा दलितले आफ्नो पहिचान गुमाएर वहुमत जातिको पहिचान ग्रहण गर्नु र उनीहरुको अधिपत्यलाई स्वीकार्नु हो । र, त्यसवापत दलितले केही निगाह पाउँनेछन्, जुन आजको विष्ट कमाएर दुईचार माना वाली बटुल्नु जस्तै हो । अतः ती जातीय राज्यमा दलितहरुले चै फेरिपनि विष्टैमात्र कमाउनु पर्ने र त्यसवापत पुच्छर र गर्दन बोक्ने अथवा खला उठाउनु पर्नेहुन्छ । अर्थात आजको नेपा राज्यमा पाहरुले हामी किरायदारलाई जसरी आफ्नो लंगौटी झैं सम्झेर ‘आईज बस् अनि निस्केर जा’ भनिरहन्छन्, त्यसरी नै जातीय राज्यका नयाँ पाहरुले अल्पमत र दलित मुश्लिमहरुलाई ‘खाए खा नखाए घिच्’को स्थितीमा पुर्याउने छन् । र, तिनका छोराछोरीहरुले हाम्रा हाड्-छाला तरेर सेन्टीपेन्टी लगाईरहने छन् । त्यसवेला हाम्रो भने डेरा खोज्दै र र्सर्दैर्सर्दै प्रत्येक राज्यमा जात्जातका घरवेटी पोस्ने धन्दामात्र हुनेछ ।

 अतः जनजातिको पक्षमा आईएल्ओ १६९ ले जसरी ब्याख्या गरेको छ, त्यो नेपालको संस्कृति र बनोट अनुसार छैन, दलित तथा अन्य अल्पसंख्यकको भावना प्रतिकुल पनि छ । साथै हामी आईएलओ लागि नयाँ नेपाल बनाउन गईरहेका पनि होईनौ, नयाँ नेपाल नेपाली जनताको लागि बनाउने हो । त्यसैले माओवादीलगायत जनजाति, वुद्धिजीवि मित्र र प्राडाहरुले जातीय राज्यको सोंचलाई उखेलेमात्र हामी सवै मिलि अतिहिन्दू वाहुनवादी संस्कारविरुद्ध लड्न सक्छौं । होईन, फेरि पनि स्वायत्त जातीय राज्यमा हामी अल्पमत र उत्पीडित जातिलाई किरायदार मात्र बनाउने हो भने हाम्रा लागि जातिवादभन्दा वाहुनवाद नै जिन्दावाद ।

  • vima

    haaaaaa funyyyyyy

    [Reply]

  • पुष्प

    साह्रै नीच सोच । पीतपत्रकारिताको गतिलो उदाहरण हो सरोजजीको यो सामग्री ।

    [Reply]

    ranke Reply:

    i disagree u puspa jee!!

    [Reply]

    Mahendra Reply:

    पुस्प सर्,एसरि प्याच्चै पीत् पत्रलरित नभनौ न
    , पहिले पीत् पत्रकरित भनेको के हो त्यो पनि बुझौ।माथिको लेख् म जुन् कुर हरु गरिएको छ ति सबै आधर् भए क कुर हरु हुन् र तेस्तो स्थिति अौदै पनि छ ,बहुन्वाद् नै ठिक् नहोल तर जतिएत को कुर उठाए एर अहिले जुन् बिखन्दन् को चपेत म देश् धकेलिदै छ त्यो कुर चहि सत्य हो।

    [Reply]

    पुष्प Reply:

    राँकेजी, महेन्द्रजी,

    जातीय राज्यबारे छलफल हुनुपर्छ । तर मैले यससन्दर्भमा पीतपत्रकारिता भनेको होइन । सरोजजी को ‘घरबेटी’ प्रसंगलाई भनेको हो ।

    [Reply]

  • बलराम थापा

    मेरो बुझाईमा बाहुनवाद भनेको अरुलाई मूर्ख बनाएर आफ़्नो दुनो सोझ्याउनु हो जसलाई वाद​, नीति, सिद्धान्त​, धारणा, अवधारणा, विचारधारा जे भन्दा पनि हुन्छ । बाहुनहरुले हजारौं वर्षदेखि आफ़्ना जजमानहरुलाई मूर्ख बनाएर मरेका मानिसको नाममा समेत दानदक्षिणाको नाममा सम्पति लुँड्याउंदै आएकाले यसको नाम बाहुनवाद हुन ग​एको हो । यो बाहुनवाद भन्ने कुरा धेरै वा थोरै संसारका सबै जातिका मानिसहरुमा विद्यमान छ । त्यसैले संसारको प्रत्येक मनुवा धेरै वा थोरै बाहुनवादी नै हो । त्यसैले जातिवादको नारा उरालेर जातिहरुको मुक्ति गर्छु भन्नु पनि बाहुनवादको एउटा अर्को रुप मात्र हो । त्यसैले जातिवादको नारा उरालेर जातिहरुको मुक्ति गर्छु भन्ने माओवादी पार्टी सबभन्दा ठूलो बाहुनवादी पार्टी हो । सबैलाई चेतना भया ।

    [Reply]

    सत्य नारायण शर्मा Reply:

    मेरो विचार मा जन जाति वाद भनेको गरिबले दुख गरेर फलाएको अन्न कुहाएर जाड रकशी बनाउने , अनि जातले पाएको भन्दै अन्नको रक्सि जाड बनाएर मुलुक लाई भोकमारी मा होम्ने , समाजमा विकृति फैलाउने, अपराध र तस्करी गरेर मुलुक लाई वर्वाद गर्ने , आफ्ना चेलीवेटी को बेचविखन गर्ने , जुनसुकै कुरा लाई पनि जात पात को नजरले हेर्ने , हेप्न सक्ने लाई शोसन गर्ने , आफु सके सम्म विदेशी को गुलाम भएर विदेशी सेना , चौकीदार भएर वाच्न मनपराउने , आफना छोरा हरु लाई विदेशी को सेनामा भर्ति हुन प्रेरित गर्ने अनि नेपाल को सरकारी कार्यालयमा गरेर हाम्रो जाति को मान्छे छैन तेसैले देश सबै वाहुन को भयो भनेर जड्याहा पर्चार गर्ने , परम्परा देखि साशन गर्ने किराती र ठकुरी हरु को गलत परम्पराको बारेमा चुइक्क बोल्न पर्यो भने दरले कट्टु भिजाउने , सोझा निर्धा बाहुन हरु को को विरोध गर्दा कतै वाट विरोध नहुने देखेर बहुला कुकुर जस्तो जुन बेला जहाँ पनि कुकुर जस्तो रुने वाद लाई ” जनजाति वाद ” भन्दछन

    [Reply]


  • सरोज जी ले यो भट्टचन जी को जनजाति संग मिल्नु बेस भन्ने को उत्तर मा लेखेको जस्तो छ

    तर तेसको लागि नेवाहरुलाई जिस्काउनै पर्ने चाहि थिएन..ब्यकिगत रुपमा त सबैले सबैलाई जिस्काउछ्न नै.. मेरो एउटा ज्यापु साथीले मलाई ए खे भनेर जिस्काउछ.. म उसलाई ए ज्यापु भनेर जिस्कौछु.. फेरी हामि मिलेकै छौ पनि

    म बाहुन के के राय छ भने दलित ले कसै संग पनि मिल्नु भन्दा पहाड मधेस का सबै दलित को एकै अवाज हुनुपर्छ दलित मुक्ति

    कोहि बाहुन संग मिल्ने कोहि जनजाति संग मिल्ने कोहि मधेसी संग नमिल्ने भनेर आफै झगडा गरेपछि कसरि हुन्छ ?

    पैला सबै दलमा भएका दलित संगठनहरुले कमसेकम न्युनतम समझदारी को साझा कार्यक्रम आफैले घोसणा गर्नुपर्यो

    आगे जो बिचार !

    [Reply]

    vima Reply:

    YI MULA HARUKO YASTO BUDHI BHAYATA HAMRA PRITHIBI NARAN SAHA SAFAL NAI HUNE THIAYANNA NI ..YINI HARUTA GORU HUN GORU ,,NAJOTE TA MATTI HALCHAN NI..KAG KARAUDAI GARCHA BEL PAKDAI GARCHA BHANE JAI ..YINI HARULE KEHI LACHAR PATO LAUDAINA ,,,,,

    [Reply]

  • Harka PUN

    सरोजदिलुलाई सधैं दलित भएर बाली उठाउनु छ भने त्यसमा कसैको पनि जोर जबर्जस्ती छैन । उनी बाली घरे होउन, बिष्ट बराजुकोमा बालिको लागि ज्यो ज्यो गर्दै हिडुन । तर आइ एल ओ १६९ लाई उल्लेख गर्दै जनजातिको बद्ख्वाइ गर्ने मुर्खता चाँही नगरे हुन्छ । आइ एल ओ १६९ ले दिएको अधिकार न बाहुनको इच्छाले प्राप्त हुने हो न तथाकथित दलितहरुले सहयोग नगरेर प्राप्त नहुने हो । आइ एल ओ १६९ नेपाल सरकारले अनुमोदन गरेको २ वर्ष नाघी सकेको छ र त्यसै तहत जनजातीहरु आफ्नो अधिकार सुनिश्चित गर्न भौतिक, शारीरिक र बौद्धिक रुपमा अगाडि बढेका छन । ताकत छ भने कुनामा बसेर पत्रकार भएको ध्वास दिने होइन, देशलाई संघियतामा जानबाट रोकेर हेरे हुन्छ । तिम्रो संघियता हुन हुन्न भन्ने बालिघरे बकबक र गण्डकीलाई धौलागिरी शिर तिर बगाउछु भन्ने जस्तो मुर्ख तर्कले जनजातिलाई अगाडि बढ्न कुनै बाधा पार्दैन । मनोमालिन्य श्रीमान श्रीमती बिच पनि हुन्छ भने जनजाती बिचमा केही भिन्न मत हुनु स्वभाविक छ तर यसको मतलब जनजातिहरु आफ्नो स्वायत्त राज्य नपाउने गरी बिखन्डित छन भन्ने सोचेर मनको लड्डु घिउसित नखाएकै बेस । जिन्दगीभर, जन्मजन्मान्तर तथाकथित दलितको नाममा बाली उठाउदै हिंड्ने दलित मनसाय राखेकोमा एक मानवको रुपमा लज्जा बोध भएपनी जनजातिको रुपमा सरोजदिलु प्रती दया राख्ने बाहेक अरु केही गर्न सकिदैन । सरोजदिलु मार्काका दलित (Dominated) मानसिकता बोकेकाहरुलाई संघियता रोक्न सक्ने तर्क गर्न बहसमा आउन मेरो चुनौती छ ।

    [Reply]

    badaka tharu Reply:

    र्क जी संग म १००% सहमत छू ,अब संघियतालाइ कसैले रोकन सक्दैन ,त्यसमा पनि जातीय आधार माँ पनि संघियता …
    बड़का थारू ,बर्दिया

    [Reply]

    Ravi Reply:

    येस्मा म पनि १००% सहमत छु. मित्र ले पत्रकारिता को नाम मा असधई घटिया लेख प्रस्तुत गर्नु भयो, संघियेता को बिरुद्ध तर्कहीन अनि बकुम्फुसे गफ जस्तो लग्यो

    [Reply]

  • Thapa Magar

    http://hamronepalma.blogspot.com/ yo blog pani ghumgham garnu hola saroj ji hamro hawa le gajable lekhnu bhaeko chha. sayad tapailai kehi prashnako jawaf mili po halchha ki???

    [Reply]

    Hawa Reply:

    dhanyabaad Thapa Magar jee…nyayapurna samaaj haami sabaiko aawaaj ho..

    [Reply]

  • Nepal Dalit Sangh

    The fiction photo – name publish again in regards of Pro Bahnun. It is normal that author of Nepalplus himself origin Bahun.
    Bam Dev Gautam, Pushpa Kamal Dahal, Pradip Nepal, Girija Prasad Koirala, Sujata Koirala, Babu Ram Bhatarai , Chandra Dev Khanal, Jhal Nath Khanal all these bastards bahuns destroy our nation Nepal.Shoot

    [Reply]

  • Mekh Rana KSA

    सरोजदिलु जी को जातिय राज्य सम्बन्धी बिचार सँग म पनि सहमत छु किनकी हाम्रो देश को परिस्थिती नै त्यस्तो छैन जो भारत अमेरिका मा छ यो त सरासर अन्ध नक्कल हो बचपना हो आफ्नै खुट्टा मा बन्चरो हान्नु हो जाति जाति बीच लडाउने अनी तमासा देख्ने बिदेशी हरु को चाल हो यही चाल मा हचुवा को भरमा सत्ता को लोभि नेताहरु आँखा चिम्लेर ल्याप्छे ठोकेका छन् अब यी नेताहरु लाई नागे झार नपारुन्जेल देश मा शान्ति हुने वाला छैन

    [Reply]

    BHIM Reply:

    MEKH RANA JI TAPAIKO SOCHAI ALIK GALTICHHA KINA BHANE JATIYATAKO ADHARMA SANGHIYATA BANAUDA KUNAI PANI JATA JATIKO LADAI HUDAINA BARSOU DEKHI BAHUN HARULE HALI GOTHALO BANAYO TAPAI LE YASTO LEKHNU BHANEKO JANJATILAI AJHAIPANI BAHUN HARULE GOTHALA KHETAL BANAUNU KHOJNU HO TARA ABAPANI JANJATILAI DASITO BANAU BHANEKO BAHUN HARUKO DIWA SAPAN MATRA HUECHHA .
    BHIM CHAMLING
    KHAMBUWAN (KHOTANG)

    [Reply]

    Mekh Rana KSA Reply:

    भिम चम्लिङ जी कमेnt को लागि धन्यवाद हजुरले भने अनुसार हो म पनि सहमत छु तर के जातिय सघियता मा गयेर समधान हुने हो र ? के जातिय राज्य बन्दैमा हामी मुक्त हुन्छौ ? यो हजुर को भ्रम हो जातिय राज्य को सबै भन्दा बढी तपाईं हामी भन्दा तिनै छट्टु बाहुन हरु वकालत गर्दै छन् किन ? जस को राज्य नै बन्न सक्दैन किनकी तपाईं हामी लाई एक अर्कालाई लडाउने साम्प्रक्दायिक दगा निम्त्याउने चाल हो । यो हाम्रै लागि हानिकारक छ । देश को लागि त झन गम्भिर अघात हो । ल तपाईं नै भन्नुस कुन देश मा जातिय राज्य सफल भएको छ ? कुन देश को आधार मा तपाईं जातिय सघियता को वकालत गर्नु भो ? ल मानी लिनुस् हजुरले भने अनुसार जातिय सघियता मा जातिय लडाईं हुदैन सबै सुखी सम्पन्न हुन्छन ठिकै छनी हामीलाई चाहियेकै यही हो तर के हजुर हामी ले सोचे जसरी समय अघि बद्ला त ? सोचाइ नियत राम्रो मात्रै भएर हुदैन परिराम नतिजा राम्रो निक्लन पर्‍यो । भोली राज्य नपयेका जात जातिले फेरी उही राज्य को लागि माग गर्ने छन् भोली मधेश म अलग हुन्छु भन्ने सकेत दियिसक्याछ सघियता को शुरु मै यस्तो सकेत देखिसकेपछी भोली राज्य प्रदेश छुत्तयेपछी कस्तो हुने होला ? उही रडाको उही हड्ताल चक्काजाम बन्द के यही हो त हाम्रो सघियता को नेपाली मोडेल ? विश्व मा ४/५ देश बाहेक नफाफेको सघियता हाम्रो जस्तो भौगलिक जातिय बिबिधता भएको देशमा चलाउन खोज्नु भनेको काग ले कान लाग्यो भनेर काग को पछि दगुर्नु हो । भोली जातिय राज्य भयेपछी पनि प्रमुख बन्ने भनेको तिनै ताठा बाठा जनजाती नेता हुन जो बाहुन को इशारामा चल्ने गर्छन हजुर हामीले ले के पाउछौ ? त्यसैले यो बहकाउ हो । तपाईं हाम्रो समस्या भनेको त राज्तत्रात्मक केन्द्रिक्रित राज्य ब्यवस्थाले गर्दा भएको हो यस को बिकल्प सघियता होइन बिकेन्द्रिक्रित हो स्थनिय स्वायता शासन हो

    [Reply]

  • purna

    Saroj ji,
    Please read the following news well; the so called Dalits are suffering in the hands of Janajatis not any less than in the hands of Bahuns;

    तेह्रथुम, २०६६ मंसिर १८ – छोरीले दलितसंग विवाह गरेको भन्दै तेह्रथुमको जलजले गाविका ५९ वषिर्य टेक वहादुर लिम्वुलाई स्थानीय वासिन्दाले गाउँ किला गरेका छन । जलजले ७ का लिम्वुकी छोरी गंगा मायाले छिमेकी जिल्ला पाँचथर यासोक गाविसका असोक नेपालीसंग विवाह गरेर गाउँको इज्जत विगारेको भन्दै स्थानीय वासिन्दाले गाउँ निकाला गरेको पिडित लिम्वुले वताए । गंगामायाले गत मंसिर १५ गते दलित केटा संग प्रेम विवाह गरेकी थिईन ।

    जलजले गाविसका पूर्व अध्यक्ष नरवहादुर लिम्वुको नेतृत्वमा स्थानिय २३ जना गाउँलेको हस्ताक्षर गराई आफुलाई गाउँ निकालाको चिठी दिएको पीडित लिम्वुले वताए । अहिले गाउँलेले दिएको चिठ्ठी बोकेर लिम्वु सदरमुकाम म्याङलुङ आइपुगेका छन ।

    [Reply]

    Balaram Thapa Reply:

    यसले दलितहरु जनजातिको पछि लाग्नुको कुनै अर्थ​ छैन, जनजातिहरु पनि मौका पाउना साथ बाहुन बन्छन भन्ने प्रमाणित गरेको छ ।

    [Reply]

  • pj bhandari

    kura wastav maa thik ho , hijo pani bhutaan baata jatiya aadhaarma , bhaasick aadhaarmaa desh nikalaa bhaya ra aaja saranaarthi bhayar haamikaha 6an bholi haami kata tira laagneho saarnaarthi hune pakka bhayo.

    [Reply]


  • Sachha Mitra haru laai nyano abhibhadan!!!Samaya sabaiko aauchha tyaskaran moukaa ko sadupayaog garnu hola.Nepal laai khokroo kasle banayo?Bahun ra Shaha Raaja haru ra uska bharaute haru le.Nepal maa aamul pariwartaan aaunu nai parchha.AAphnu laageko baani kasaile pani chodnu sakdaina,jasko Example yo laakh bata pani taha bhayo.Kripaya sabaile manan garnu hola.Dhanyabad!!!

    [Reply]

  • mitra thapa

    Saroj ji ko bhanai ra desma chali raheko jaatiya andolan ma ali farak lagyo tapai ek jana le bhogeko pidako anubhable des bhariko janta le bhogeko pida sanga sametnu mildaina jasto lagchha, ani sab bhanda pahila yo pani sochnus ki tapai testo educated manchhe le kina sarkari jaagir paunu bhaena yo des ma? or tapaile sayat apply nai garnu bhaena ki, tara tapaiko dalit haru yo desko sarkari nikayama jagir khane kati % chha ta? euta kothako bhadako bisaya ma future ma afule paunu parne adhikarko birodh gareko jasto lagyo, rajya jata gay pani afno adhikar sabaile paunu par6 ahile ko jaatiya andolan tehi ho,tes karan abako lekha haru jan jati lai faida hune khalko lekhos bhanne asha gardachhu

    [Reply]

  • mitra thapa

    Saroj ji ko bhanai ra desma chali raheko jaatiya andolan ma ali farak lagyo tapai ek jana le bhogeko pidako anubhable des bhariko janta le bhogeko pida sanga sametnu mildaina jasto lagchha, ani sab bhanda pahila yo pani sochnus ki tapai testo educated manchhe le kina sarkari jaagir paunu bhaena yo des ma? or tapaile sayat apply nai garnu bhaena ki, tara tapaiko dalit haru yo desko sarkari nikayama jagir khane kati % chha ta? euta kothako bhadako bisaya ma future ma afule paunu parne adhikarko birodh gareko jasto lagyo, rajya jata gay pani afno adhikar sabaile paunu par6 ahile ko jaatiya andolan tehi ho,tes karan abako lekha haru jan jati lai faida hune khalko lekhos bhanne asha gardachhu

    [Reply]

  • nava kranti

    एकदम घटिया शब्दहरु प्रयोग गर्दै लेख सुरु गर्नुभएछ त्यसैले पुरा नपढिकन नै प्रतिकृया लेख्दै छु । के तपाईं घरबेटिको मामाको छोरा होर तपाईंलाई भाडा नलिकन घरमा राख्न? अनी के आफ्नो लाज छोप्ने बस्त्र जस्लाई तपाईंले पेन्टी भन्नुभाछ तपाईंक दिदीबहिनिले लगाउन्नन? अनी एउटा घरमा बस्न आउने खातेपाते सबैलाई घरबेटिले आफ्नो छोरी दिने? अली स्तरिय लेखहरु लेख्नु पर्‍यो। कुन मानसिकता बाट ग्रसित हुनुहुन्छ तपाईं?

    [Reply]

  • newar rasta

    newar lai beijati garer chori dera basne pakhe sang .
    bakbas lekher hidchha. newar state matra navai newar country banachh.

    [Reply]

  • नन्द मगर

    खोल न सोल त्यसै टिकिट्यास ट्यास

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree