कहाँ टुंगिनु ? झन ठूलो जनयुद्दको तयारी
निकै समयपछि मैले हिजो माओवादीका दुई जना नेतासित यसो सम्पर्क गरें। पार्टीको लाइन, योजना र आगामी कार्यक्रमका बारेमा जानकार छन् ति । त्यसैकालागि जुटेका छन् तिपनि । तर स्पष्ठ रुपमा आफैंलाई उल्लेख गरेर लेख्नुस् भन्न सक्दैनन् । प्रवक्तालाई सोध्नुस् भनेर तर्कने र तर्सनेपनि गर्छन् । तपाईहरुको जनयुद्दले यत्रा मान्छेको ज्यान लियो तर जनयुद चटक्कै भुलेर केहि पूरा नगरी सरकार बनाउनै मरिमेट्नु भएको छ होइनत भनेर सोध्दा जनयुद्द कहाँ छोद्ने ? जनताका बाचा कहाँ बिर्सिने पनि भन्छन् । जे होस कुरा गर्दै जाँदा सुस्तरी खोलेपनि उनीहरुले ।
मेरो जिज्ञासा थियो-जनवादी राज्य सत्ता बनाउँछौं, सामान्तको जमिन कब्जा गरेर सुकुम्बासीलाई बाँड्छौ, सबैलाई गास, बास र कपास, स्वास्थ्य र शिक्षा अनि रोजगारीको सुनिश्चित गर्छौं भनेका थिए। तर अहिले आएर फेरी यहि संसदिय सरकार बनाउन नपाएर मरिमेटेका छन् । के माओवादीले अब जनयुद्द पूर्णरुपमा परित्याग गरेको होला ? पहिलेपनि सरकारमा गएकै हुन्। ति बाचा केहि पूरा भएनन् । जनताका अगाडि खाएका बाचा यदि पूरा गराउन सकिन्न भने किन फेरि सरकारमा जान मरिमेट्ने ?
जनतालाई जे जे दिन्छौं भनेर जनयुद्दमा हजारौं जनताका छोरा छोरिलाई लामबद्द लगाएर बलिदान गर्न लगाइयो । लाखौं करोडौंको क्षति गराईयो । कति घरबार त कयौको अंगभंग हुन बाध्य पारियो । तर त्यो केहि पुरा नहुँदै जनयुद्द बिसाउनु थियो भने किन शुरु गरेको ?
माओवादी नेताले बडो गज्जबको कुरा सुनाए । भने- कहाँ जनयुद्द बिसाएका छौं हामीले ? अहिले त हामीले केहि समयकालागि राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल पार्न केहि समयकालागि बिसाएको मात्रै हो रे । उनीहरु अझ ठुलो तयारीमा लागेका छन् रे अर्को अझ ठूलो जनयुद्दका लागि ।
यदि जनयुद्द शुरु गर्नुनै छ भने किन बिसाएका होलान ? ब्रिहद शान्ति संझौता किन गर्नुपरे होला ? शान्तिपूर्ण मार्गमा आउँछौं भनेर किन हस्ताक्षर गर्नु पर्यो होला ? जिज्ञासा स्वभाविककै उठ्छ । तर उनीहरुको मूल्यांकन फरक रहेछ। ब्रिहद शान्ति संझौताको मूल कारण राजतन्त्रको अन्त्य गरेर संबिधान सभाको निर्वाचन मार्फत ‘बुर्जुवा’ गणतन्त्र स्थापना गर्ने। नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न एकैचोटि एक्लैले संभव नभएकाले पहिले बुर्जुवा प्रजातन्त्रवादी भनिएका नेपाली कांग्रेस, एमाले र अन्य संसदवादी दलसित मिलेको रे। बुर्जुवा गणतन्त्र स्थापनाको लागि प्रमुख शत्रुराजतन्त्रलाई फालेपछि बल्ल नयाँ जनवादी क्रान्तिको लागि संघर्ष गर्न सजिलो हुन्छ भन्ने रहेछ ।
राजतन्त्रलाई मिल्काएपछि उनीहरु साँच्चिनै त्यो दिशामा अगाडि बढेको र संबिधान सभाको निर्वाचन पछि त आफुहरु झन जनतामा अझ बढि भिजेको भन्छन् उनीहरु । सरकारमा जानुको कारण त हिजोका वाचाहरु पूरा गर्छौं भनेर होइन पो रहेछ त । सेना, प्रहरी, अदालत, कर्मचारीतन्त्र, माथिल्लो प्रशासनिक संयन्त्र र बैदेशिक क्षेत्रमा पहुँच बनाउन, आफ्नो संरचना सकेसम्म ति ठाउँमा फैलाउन पो रहेछ त ।
त्यसो गर्नुको कारण जनवादी राज्यसत्ताका लागि गरिने भविष्यको अर्को क्रान्तिलाई सहयोग पुगोस भन्ने उद्देश्य हो रे । ब्रिहद शान्ति संझौता पछि जब उनीहरु शान्तिपूर्ण रुपमा आए त्यसपछि उनीहरुले अनेक खालका सडक र सदनमा संघर्ष जारी राखे । सरकारमा बसे । तर सडक आन्दोलन पनि छोडेनन् बिभिन्न जनवर्गिय संगठनमार्फत । सरकारमा बस्दापनि सदनमा अनेक खालका बिरोध जारी राखे। सरकारमा आफैं छन् तर पनि अनेक खालका माग तेर्स्याए । त्यसो गर्नुको कारण के रहेछ भने आम बिद्रोहको तयारी गर्नु । सरकारमा गएर एकातिरबाट भित्र भित्रै जनयुद्दको रणनिति अनुसार तयारी गर्ने अनि बाहिरबाट शहरी बिद्रोहको आधार तयार गर्ने । बिस्तारै त्यो दुबैलाई मिलाएर (उनीहरु फ्युजन भन्ने गर्छन्) अझ ठूलो बिद्रोह गर्ने ।
उनीहरुसँगको मेरो जिज्ञासा थियो-बिद्रोह गर्ने भन्नुहुन्छ तर जनसेना बिघटन गर्दै हुनुहुन्छ अनेक खालका सुरक्षा निकायमा । अनि कसैलाई देशभित्रै रोजगारीमा अल्झाउने र कतिपयलाई बैदेशिक रोजगारीमा पठाउने भन्नेपनि सुनिन्छ । जनसेना नभइ कसरि गर्नुहुन्छ अर्को बिद्रोह ? तर हाम्रो बुझाई र उनीहरुको बुझाई अनि रणनीति फरक रहेछ । उनीहरुले सिधै भने-ब्रिहद शान्ति संझौतामा हाम्रो जनसेनालाई सुरक्षा निकायमा मिलाउने उल्लेख छ । जनसेना शिविरमा छन् र तिनका प्रमुख हाम्रै पार्टीका जिम्मेवार कमरेड छन् । जनसेना अहिलेपनि माओवादी बिचारले लैस छन् । जनवादी राज्यसत्ता स्थापना गर्ने मूल उद्देश्य लिएर हिँडेका जनसेना सानोतिनो रोजगारीमा अल्झिने र त्यसैमा चित्त बुझाएर क्रान्तिकारी बिचार त्याग्दैनन् भन्छन् उनीहरु ।
हतियार जति कन्टेनरमा छ्न् त्यस्को चाबी बुझाइएको छैन। यद्दपी अन्मिनलाईपनि बुझाइएको छैन। एक त कन्टेनरमा राखेका हतियार अब यसैपनि काम नलाग्ने हुन्छन् । अर्को ति हतियार गुमेपनि युद्दको लागि हतियारै प्रमुख कुरो होइन । त्यसैगरि माओवादीले जनयुद्द कालमा निर्माण गरेका आधार क्षेत्र र संरचना अझैपनि कुनैपनि दल र सरकारले भत्काउन नसकेकोपनि उनीहरुले दाबी गरे ।
बिदेशी साम्राज्यवादी (मुख्य रुपमा बेलायत, अमेरिका र यूरोपेली केहि मूलुकलाई भन्ने गर्छन् माओवादीहरु) र बिस्तारवादी (प्राय: भारतलाई भन्ने गर्छन् यो चाहिँ) शक्तिहरुको सहयोग र आडमा राजतन्त्रले शासन गरिरहेकोले पहिले त्यसलाई अन्त्य गरेर ‘बुर्जुवा’ (अहिलेको गणतन्त्र बुर्जुवा भन्छन् माओवादी) गणतन्त्र स्थापना पछि तुरुन्तै नयाँ जनवादी क्रान्ति गर्न सकिन्छ भनेर पहिले सबै दलसित मिलेर राजतन्त्र फालेका रहेछन् । अब राजतन्त्र गयो, माओवादीपनि जनवादी क्रान्तिकालागि तयार हुने भए । त्यसकालागि अब सबै संसदवादी दलसित लड्नुपर्यो । यत्रो शक्तिसित लड्न चाहियो अर्को भिषण जनयुद्द।


बोलीमा जे पनि छ ब्यबहारमा त्यो छैन | यदि साच्चै नै बिकाश शान्ती अनि जनताको हित चाहने हो भने युद्द होइन जनताको मन जित्ने काम हरु गर्नु पर्छ | बनाउनु पर्छ बाटो सडक पुल अस्पताल, दिनु पर्छ रोजगारी, हो अरुले गर्न नसक्ने काम माओबादीले गर्न सक्छन तर राम्रो काम गर्नु पर्यो नि | सधै सत्ताको मोहमा नै अडिरहने हो भने जनताले चाहेको कुरा प्राप्त गर्न असम्भब छ |
[Reply]
malai laagchha maobadi 10 years desh ko lagi ladai garda salary bina ladyo ke aba bidesh pathaune ra syano jagir ma fakiela?? maobadi le yo desh ko bhrasta dalal haru lai nirmul parna ra desh bikash ko lagi ladnai parchha. nepali janata ko saath chha, commerades! maobadi jindabaad. aru murdabaad.
[Reply]
badaka tharu Reply:
November 27th, 2009 at 5:26 pm
I aree with PREM JEE ?
BADAKA THARU
[Reply]
Prem Gurung Reply:
November 27th, 2009 at 6:16 pm
Badaka ji, sathi haru ko comment herda malai kasto dukha lagchha bhane, yini haru sabai le ramrari janeko pani chha ra bujheko pani chha. Jani bujhi pani maobadi lai badnam garaune bahek kehi hoina. Yi sabai maile sune anusar KP Oli chor le paisa diera sabai blog ma anti comment garnu pathaeko chha re. Ho tyai ho jasto lagyo. Jasle bartaman rajniti paristhi bujhi kana pani negetive comment garchha ni tini chor haru sabai MKN ra Oli ko jutta molne ra shoe repair garne suchikar ani dalal ho. Ini haru lai MKN and Oli ko tyati garena bhane inko srimati bhokai hunchha. Oli bhrastachari ko dalal haru.
[Reply]
nava kranti Reply:
November 29th, 2009 at 2:43 am
prem g yo deshka sab bhandaa thula bhrasta bhaneka na maobadi hun. baaluwa, jungle thekka patta ma yiniharule khub luteka chhan
[Reply]
Prem Gurung Reply:
December 1st, 2009 at 12:31 am
Nava Kranti ji, Nepal ko jungle ra baluwa ko thekka bata kati po payo hola ra? Baru mahakali ra desh ko jamin bechni harule kati payo hola? Tyo ta luteko bhannu milena hola hagi? Bichara daya lagera daan gareko hola. Testai ho hamro nepal ma.
[Reply]
nava kranti Reply:
December 1st, 2009 at 2:23 pm
khoi tA SARKAARMA GAAKO BELA BOLEKO? KHOI ASAMAAN SANDHIKO BAREMA BHAART SANGA KURA GAREKO MAOBADILE. KHOI SUSTAB BACHAUNA YCL JANAMUKTI SENA LAAGEKA? DESH KO MAYA AFULAI MAATRA CHHA JASTO GARNE ANI P
SATTA MA PUGEPACHHI SAB BHULNE? MANAMOHAN LAI 1 GHANTA ANGALO HALDA YASO KALAPNI BAATA SENA HATAIDEU BHANEKO BHAE NU HUNTHYO NI PRACHANDALE . BARU SAB BHULIDINCHU SATTA JOGAIDEU BHANERA AFAILE BISTAARBADI RA SAMRAJYA BAADI BHANEK HARUKO PAU MOLERA AAUNE PRACHANDALAI EKPATAK SODHBNUS FERI SATTA MA GAYO BHANE YO BOLCHA KI BHANERA. YA TA YI SAB SADAK MA HUDA MATRA BOLNE HO?
yadi tyesto bhai halyo bhane nikkai ramro hune chha.
[Reply]
यो सबै त निरास भएका कार्यकर्तालाइ थमाइराख्न दिएको उट्पट्याङ गफ मात्र हो । सम्भावना नै देखिँदैन नि अर्को राजनैतिक जनयुद्धको ।
[Reply]
Prem Gurung Reply:
November 27th, 2009 at 6:09 pm
Basanta Ji, tapai kun duniya ma chha??? Maobadi ko ladaku ra jawan haru tapai jasto lachhi ho bhane ek mahina pani tikdaina la. gaaf dinu pardaina. tapai jasto dalal prabiti le garda nepal india tira bagdai chha thaha chha? Tapai NC and UML ko dalal ho bhane NC and UML ko saath dinu chhodda hunchha. Natra go to bihar and be bihari la. Mind nagarnu la. Why I said this is, based on your dirty comment you must be chamcha(spoon) of NC or UML. Am I right? Aba bhaneko maobadi prati aastha rakhne kosis garnu ra maobadi lai support garnu tesai ma bhalo hunechha. la
[Reply]
ke ho sir yesto utpattang guf dine?ko neta sanga kasari guf garnu bhayo yesto barema yeso hamile pani janna paya hune.name nabataune sart ma phalano neta le yeso bhane uso bhane bhanna ta je bhane pani bhayo ni hoina ra?tara yesta gambhir bishaya ma chai shrot khulayara samachar lekhda ramro hune thiyo naki hawa ko tal ma janamanas ma tras ra bhaya phailaune khal ka samachar.i don,t think that maoist le pheri banduk bokera jangal janechana ra janayudda ladne chan.tara yes ko matlab jadai jadainan bhanne chai hoina tara yes ko sambhabana kam cha.minus point for your this news/views.
thanks
aasish
swiss
[Reply]
-दिनेश मैनाली, बेलायत Reply:
November 28th, 2009 at 4:51 am
मओवादी नेताले भन्दै आको कुरा हो
यो नौलो होइन
बबौराम भट्टराइलेपनि अन्तर्वार्तामा बह्नेका छन्
गात् कात्तिक महिनाको जनादेशामपनि छ यो कुरा जस्तोइ लाग्छ
स्विजरल्याण्मा बस्ने वाईसियल कामरेड नेताले के भन्छ्न क् बोल्छन् पढ्ने बुझ्ने गर्नुहुन्न ?
बन्दुक बोक्न खोज्ने अनि वास्तबिक कुरामा रिसाउने ?
[Reply]
aasish,switzerland Reply:
November 28th, 2009 at 2:32 pm
साथि नेपालि राजनीति बुझ्न नेपाल मै बस्नु पर्छा भन्ने छैन. अलिकति नेपालि राजनीति को अद्ययाना गरे पुग्छ. तपाई ले भन्दैमा केहि हुने वाला छैन अनि सरासर बुझिने कुरा हो यो कि कुन चै नेता ले भने होला त अब झन ठुलो जनयुद्द हुन्छ भनेर?के श्रोत खुलाउनु जरुरि छैन?भन्न त सबै ले भनेकै कुरा हो नि अब ठुलो आन्दोलन हुन्छ,तेस्रो जनान्दोलन हुन्छ भनेर तर त्यस को मतलब यो होइन कि माओबादी जंगल नै जान्छन अनि लडाई लड्छन. अनि एक पत्रकार संग पार्टी को नीति बिपरित र योजना बिपरित बोल्ने नेता को होला भनेर मात्र मैले जान्न खोजेको यदि सत्य हो भने. नत्र हावा को कुरा किन?
[Reply]
aba feri aandolan garna ko laagi kunai janataako saath maobadilai chhaina. janatakai naam liera sayoun janatkaa chhora chhoriko jyan maobadile lisakeko cha . janatale sattama pani puraae ekpatak tara kaam maakho marena. tesaile arko janayuddha ko hawa guff dina chhadau maobadi mitra? oli g ko euta dialogue chha jungle jaanalai jaunglema pajero jaanchha ra? m,aobadi neta haru pajero ra paisama lipta bhaisake / hera sattako laagi yatro roi karai gareka ? america , china , india sab thauma binti chadhaauna pugisake prachanda.
[Reply]
यो कुन नयाँ कुरा हो र ? अध्यछ्य प्रचण्डले धेरै अघि देखि भन्दै आएका छन – पछिल्लो १० वर्षे जनयुद्धमा १५ हजार मान्छे मारेको त नमुना मात्र हो । अबको शहर केन्द्रित निर्णायक लडाईंमा १५ लाख मान्छे मार्नु पर्छ । तर दुखको कुरा ती १५ हजार म्रितकहरुमा सामन्त र शोषक भनिनेहरु खासै परेनन्, सबै जसो निमुखा मात्र परे । सामन्त र शोषकहरुलाई त ससम्मान पार्टीमा स्वागत गरी प्रवेश गराइयो । अब मर्नु पने १५ लाखमा पनि निमुखाहरुहरु मात्रै त पर्ने होलान । निमुखाहरु सबैलाई मारे पछि गरीब दुखी कोहि बाकी रहेने छैनन्, सबै सम्पन्न र सुखी मात्र बाकी रहने छन । त्यस पछि टन्टै पार । समाजलाई सम्पन्न र सुखी बनाउने यो माओवादी तरिका गज्जबको छ, विश्वका सबै देशले चाईंचुईं नगरिकन यसलाई शीरोपर गर्नु पर्छ ।
एउटा अत्यन्तै खुसिको कुरा के छ भने नेपालमा बस्ने सर्वसाधारण नेपाली जनतालाई भन्दा विदेशमा बस्ने “नेपाली”हरुलाई माओवादीको खुब माया लाग्दो रहेछ । सायद उनीहरुको सम्पत्ति सुरक्षित छ, उनीहरुका कोहि आफ़न्त मारिएका छैनन, अंगभंग, अनाथ, विधवा, विधूर वा आन्तरिक शरणार्थी हुनु परेको छैन, तिनका तरुनी दिदीबहिनी, आमाछोरीले शहरका डान्सबार र क्याबिन रेष्टुराँमा मस्तीको जिन्दगी जिउन पाएका छैनन । नजिकको तिर्थ हेला, टाढाको तिर्थ मेला भनेको सायद यही हो क्या र !
[Reply]
धेरै टेन्सन लिनै पर्दैन.. माओवादी को नेत्रित्व मा राष्ट्रिय सरकार बनाओ.. तोकिएको समय मा संबिधान बनाओ.. कम्ती मा दश बर्ष माओवादीकै नेत्रित्व मा देश चलाओ
माओवादी ले हाम्लाई खान्छ भनेर कोही डराउनै पर्दैन.. यहाँ कसैले पनि कसैलाई पनि सिध्याउन सक्दैन.. तर यो समय माओवादी कै नेत्रित्व मा देश बनाउनुपर्ने समय हो.. किन भने माओवादी मा जोश जागर समर्पण र देश निर्माण को खाका छ
अब लिडे ढिपी गर्ने हो भने मेरो केही भन्नु छैन
[Reply]
nava kranti Reply:
November 30th, 2009 at 1:16 pm
हावा जि के गफ गर्नुभाको ? माओवादीले देश चलाऊने! बोकाले कहिले दाईं गर्न सक्छ? बोकाले दाईं गर्ने भए गोरु किन चाहिन्थ्यो ? यो बाल घमन्ड छाड्नुस् | के दिएको होइन सरकार चलाऊन माओवादीलाई ? सरकार चलाऊन गाह्रो भएपछी , अनुभव नपुगेपची जनताको नजरमा खसिन्छ भनेर बिभिन्न बखेडा झिकेर सरकार छाडेर टाप कस्यो माओवादी | बजेट बनाएबाट नै थाहा भो नि माओवादीमा कती अग्रगामी सोच रहेछ भनेर। सब एमाले ले उहिले बनाएको बजेट को नक्कल मात्रै थियो नयाँ केही थिएन। हेर्नुस देश नै चलाऊन सक्ने गरी नेपाली राजनीतिमा स्थापित हुने हो भने माओवादीले कांग्रेस, एमाले लाई नेत्रित्व गर्न दिएर आफुले एक दुई वटा मन्त्रालय लिएर अहिले अनुभव बटुल्ने समय हो। कुरा जोश जांगरको गर्ने हो भने माओवादी कार्यकर्ता हरु आफुलाई कानून लाग्दैन भन्ने थाहा पएर जोशिला भएका हुन हरेक अपराधको लागि न्याय को कठघरामा उभिन पर्ने भो भने सब जोशी पानी हुन्छ\ रामहरी, निर्मल- पुषकर आदिका हत्यारा हरुले उन्मुक्ती पाउनले माओवादी जोशिला भएका हुन |
[Reply]
HAWA Reply:
December 1st, 2009 at 7:36 am
नव क्रान्ति जी, माओबादी मा नकारात्मक तत्व छैन भनेर मैले भनेको होइन त्यो सुधार हुनुपर्छ तर नकारात्मक तत्व कै मात्रै हिसाब गर्ने हो भने तपाई ले भनेको कांग्रेस एमाले मा कुन चाहि सकारात्मक तत्व देख्नु भो कोनी ?…र कुन दलले नेतृत्व गर्ने भन्ने अन्तिम छिनो फानो गर्ने कसले… तपाई ले कि मैले ?
कि तपैहरुले नै भन्ने गरेको जनमत ले ? जनमत ले माओबादी लाइ नेतृत्व गर्ने म्यान्डेट तपाइहरुले नै गराएको निर्वाचन बाट दिएको छ.. आफैले गराएको निर्वाचन परिणाम स्वीकार गर्न अझै पनि नसक्ने तपाईहरु आफुलाई कसरि लोकतन्त्रबादी भन्नुहुन्छ ?… किन माओबादीले अब पनि एमाले कांग्रेस को पुच्छर हुने ? फेरी त्यै देउबा कालिन संसदीय भ्रस्टाचार दोहोर्याउन ?
[Reply]
nava kranti Reply:
December 1st, 2009 at 2:28 pm
KINA CHHODEKO TA JANATALE DILAEKO SATTA ? KINA BHAGEKO SARKAARBAATA? PRACHANDALE SWOYAM BHANEKA CHHAN, YO SATTA CHALAUNA BHANDA TA BIDROHA GARNA NAI SAJILO HUNE RAHECHA. PRACHANDA SWOYAM LAI YASTO LAGEPACHI SAMSADIYE ABHYAS NAPUGEKO CHHARLANGA CHHA. TYASKAARAN DESH KO MAYA, DESHKO BIKASH JANATKO HIT GARNA SATTA BAHIRA BASERA PANI SAKINCHA NI HOINA RA?
yadi maobadi haru sachikai raj tantra hatayara janata haru lai sukha ra santi dine ho bhane sabai lai kam diyara bidesiyaka ramra kamdar lai bolai des bikas kolagi garneki chok chok mamadal bajayara nachne !
[Reply]