स्वाइन फ्लुबाट भन्दा एस्पिरिनबाट मर्नेको संख्या चार गुणा बढि

Aspirin-Dangerअमेरिकामा अहिले सम्म करिब ४००० मानिस मरे स्वाईन फ्लुको कारणले । यो एकदम धेरै र डरलाग्दो संख्या मानिन्छ । त्यसको डरबाट बच्न भनेर लाखौं मानिस अहिलेसम्म पूर्णरुपमा प्रमाणित नभएको स्वाईन फ्लु भ्याक्सिन लगाउन जान्छन् । यसो गर्दा तिनबाट करोडौं असुल गरिएको छ । तर हरेक वर्ष दुखाइ कम गर्ने एस्पिरिनजस्ता औषधीले स्वाईन फ्लुबाट भन्दा कम्तिमा चार गुणा बढि मानिस मर्छन् भन्ने तथ्यतर्फ कसले ध्यान दिने ? अमेरिकी अनुसन्धानकर्मीहरुको प्रश्न ।

 अमेरिकन जर्नल अफ मेडिसिनको जुलाई १९९८ अंकलाई उल्लेख गर्दै नचुरलन्युजले यसको नालीबेली केलाएको छ । जर्नलको एक अनुमान अनुसार नन स्टोरोइडल एन्टि इन्फ्लामाटोरी ड्रग (इन्सेड) को कारणबाट एक लाख सात हजार मानिस अस्पत्ताल भर्ना हुन्छन् । यो दुखाई कम गर्ने औषधी हो । यो औषधी लिँदा पेटमा बिभिन्न खाले समस्याले अस्पत्ताल भर्ना हुने गर्छन् । त्यसबाट १६ हजार पाँच सयको म्रित्यु हुने गर्छ वार्षिक ।

 एक अर्को तथ्यांक अनुसार अमेरिकामा स्वाईन फ्लुबाट भन्दा कार दूर्घटनाबाट म्रित्यु हुन सक्ने संभावना १० गुणा बढि हुन्छ । अनि एक लाख अमेरिकीको म्रित्यु हुने रहेछ त्यस्तै दुखाई कम गर्ने एस्पिरिन जस्ता औषधीबाट । त्यो भनेको स्वाईन फ्लुबाट मर्नेको भन्दा २५ गुणा बढि रहेछ । नेपालमा त झन एस्पिरिन जस्ता दुखाई कम गर्ने औषधी किराना पसलबाट समेत बिक्रि गरिन्छ । भनेपछि त्यस्ता औषधीको असर कति होला झन नेपालमा ? त्यसको अध्ययन गर्ने कसले ?

 अनि खोइ त एस्पिरिन जस्ता दुखाई कम गर्ने औषधीले गर्न सक्ने असररका बारेमा जनतालाई सचेत गराएको ? किन त्यस्ता खतरनाक औषधीको असरका बारेमा सबै मौन छन् ? तर स्वाईन फ्लुका बारेमा भने किन यति धेरै चर्चा गरिन्छ ? त्यसको कारण के हुन सक्छ भने यस्ता दुखाई कम गर्ने औषधीबाट लाखौंको नाफा हुन्छ । यस्ता औषधी बिक्रि गर्दा उत्पादक देखि त्यसको सिफारिसकर्तासम्मले कमिसन पाउँछ भन्छन्  मेरिकि अध्ययनकर्ता र निगरानी गर्नेहरु । नेपालमा चाहिँ स्वाईन फ्लु बाट बच्ने र बचाउने नाममा लाखौंको सहयोग आउने र त्यस्तो सहयोग ल्याउन सहज हुनालेपनि हो । स्वाईन फ्लु एस्पिरिन जस्ता ड्रग भन्दा खतरा जन्य भएर होइन। बरु स्वाईन फ्लु एस्पिरिन भन्दा सुरक्षित हुन्छ भन्छन् केहि अमेरिकी अनुसन्धानकर्ताहरु ।


  • The reality is bitter!
    Currently in US greater number of people are suffering from viral flu rather than swine flu. However, there seems to be no measure of the same.

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree