लघु कथा: छोरीको महत्व

-गीता थापा / ईजरायल

gita-Thapa-Israel-2021अबुझ परिवार वा अबुझ समाजमा जन्मलिनु पनि जीन्दगी एउटा अभिसाब रहेछ। किनकी त्यहाँ बुझिन्छ कम । अनेक थरिका संस्कार कुसंस्कार लादिन्छ बढि । अब नमान्दा पनि नहुने मान्दा पनि आफ्नो मनका हरेक कुरालाई तिलाञ्जली नदिई सुखै नपाइने । यसरीनै सरीता एउटा किताब हातमा च्यापेर घोत्लिन्छे। किताब बिकसित मुलुकका हरेक कुरालाई समेटेर  लेखिएको थियो । तर किताब र जीन्दगी धेरै फरक हुन्छ यहाँ । किताब पढिन्छ । पढुन्जेल किताब संगै हाँसिन्छ भने कहिं कतै रुइन्छ पनि । यसरीनै सरीता रुँदै हुन्छे ।

 बाटो तलबाटै बोलाउँदै रत्न दाई “के छ स्वास्थ्य कार्यकर्ता नानी” भन्दै सोध्दै माथि आउँदै हुन्छ । सरीता पनि हातको किताब भूइँमा राखेर जवाफ फर्काउँछे “ए रत्न दाई के हुनु ! आज शनीबार बसेर घाम तापीतपाई छ ।

 रत्न पनि सरीताको आँगनमा आएर उभिन्छ । अनी सरीता नजिकैको कुर्सी सारिदिँदै भन्छे  “बस्नुसन दाई कति कामले पाल्नु भएको हो कोन्नी ? ”

रत्न “के हुन्थ्यो अरु त यसो नानीलाई दु:ख दिउँकी भनेर आएको ” ।

 सरीता भन्छे “भैहाल्छनी दाई कस्तो दु:ख होला कोन्नी ? नसक्ने हो भने’त गाह्रो हुन्छकी दाई ? ” दुबै हाँस्छन ।

 त्यतिकैमा सरीताकी आमा जानुकाको प्रबेश हुन्छ  ”कस्तो जाडो भयो ” भन्दै । सरीता र रत्नको छेउमा आएर बस्छिन जानुका नि ।

 सरीता आमातिर हेर्दै भन्छे  ”चिसो पानीले नुहाउनु भयो होला ? ” अनी उसैबेला रत्नपनी सरीताको आमालाई ढोग गरे हैं भाउजू ? यसो कहिले काँही हाम्रो घरतिर पनि पाऊँकस्ट गरे हुन्थ्यो नि ? ” भन्छे ।

 सरीताकी आमा जानुका भन्छिन, “खै बाबु अलिकती उकालो हिँड्योकि सास बडेर गाह्रो हुन्छ। हिजो यो सारासंसार पाखो भारी बोकेर घुम्दापनि केही हुँदैनथ्यो । त्यहिँ तल भाईको घरमा नगएको पनि झनै बर्ष दिन हुनै लागेछ । त्यति बेलासम्म सरीताले चिया बनाएर आउँछे । र रत्नतिर चिया बोकेको हात बढाउँदै भन्छे-ल रत्न दाई यही कालो दुध बेगरको चिया भएपनी खाउँ ।

रत्न पनि सरीताको हात बाट चिया समाउँदै भन्छ “ए यो त सुवास्थ्यको लागि लाभदायक हुन्छ नि ।

चिया खाँदै सरीता भन्छे “अनी दाई खै के दु:ख दिन आएको भन्नु हुदैथ्यो नि ?

 रत्न भन्छ “कुरा के भने नी सरीता नानी उही तपाइकी भाउजू यसोधाको के। साह्रै कमजोर भएकी छ। फेरी भारी जीउँकी भए जस्तो छ, उसको लक्षण हेर्दा । काँही गएर भाँती पुर्याएर बोल्न जान्ने पनि होइन । जहाँ जाउँ आफैं । आमाले बुढाबुढी मान्छे छोरा नभै मेरो छोराको बंश चल्दैन भन्दिनु भएछ । उ चाहिँ त्यहि कुरामा अल्झेकी छे-छे। सम्झाउँदा सम्झाउँदा थाकें म त नानी । बुद्धि आउने औषधी पाए पनि हुन्थ्यो उसलाई खुवाउँन जस्तै भयो मलाई त । कुरा नबुझेको देखेर।

 सरीता “होइन दाई ठिकै छ । म भोलितिर तपाईंको घरमा आउँछु नि त ? ”

 रत्न भन्छ “अब नानी सँग कुरा के लुकाउनु मिल्छ, भने बरु त्यो बच्चा नै जन्म नदिउँकी भनेको चार-चार वटी छोरी छदैछन ।

 सरीता भन्छे “हुन्छनी दाई पहिला भाउजूको स्वास्थ्य हेरेर के गर्दा राम्रो हुन्छ सोही गरौँलानी त दाई ।

 अनी रत्न पनि “हुन्छ नानी सक्भर यसोधा मानेदेखी नानीले सम्झाइबुझाई गरेर भने त तिनै छोरी’नै मेरा लागि छोरा भन्दा के कम र ।

 अनी रत्न आफ्ना कुरा त्यतिमै टुंगाउँदै बसेठाउँ बाट उठेर सरीता र सरीताकी आमा जानुका सँग बिदा लिएर हिँड्छ ।                    

अनी केही माथि पुगेर फेरी रत्न भन्छ “ए नानी एउटा कुरा माग्नु पर्ने त भुसुक्कै भूलेछु ।

 सरीता “के नि दाई ? ”

” दुइ चारवटा भिँटामिनको गोली दिनु न खाना नखाएको कतिदिन भयो तपाईंको भाउजूले। ”

 अनी सरीता “दाई भोलिनै भाउजूको प्रेसर नापेर दिउँला है औषधी। किनकी त्यस्तो अवस्थामा कुनै पनि औषधी नजाँची नबुझी खुवाउँनु हुदैन।”

 ”ए होर नानी ? त्यसो भए हुन्छ त नानी म लागें भन्दै रत्न घरतिर लाग्छ । अनी सरीता आमाको टाउको मुसार्दै फूलेका केही कपाल निकाली दिन्छे । सरीताको बुवा मानधोज सरीता पाँच बर्षकी हुँदै औलोको महामारीमा परेर उसले ज्यान गुमाउनु परेथ्यो। यो छोरी सरीतालाई आज सुवास्थ्य कार्यकर्ता बनाएर उभ्याउन जानुकालाई कति तिता कुरासँग सामाना गर्नु परेथ्यो । सरीताले पनि आमाले भने जस्तै ज्ञानी भएर पढ्दै गई । आज सबै गाउँलेले स्वास्थ्य कार्यकर्ता भनेर चिन्छन । आज गाउँमा आमाले बाउबिना हुर्काएकी छोरी भएनी सबैको भलो हुने काम गरेकोमा सबै दंग छन् ।

 सरीता आफ्नो भन्दा आफ्ना गाउँलेको साह्रै हेरचाह गर्छे। बिशेष त रोगी र बुढाबुढी र बच्चाहरुलाई । आफ्नै गाउँघरमा पाउने कुराहरु कसरी सुवास्थ्यको लागि लाभदायक हुन्छन भन्नेवारे धेरै जनाले सिकेका छन् आज सरीताबाट।  सरीताले गाउँमा स्वास्थ्य केन्द्रमा काम गर्न सुरु गरेपछि धेरैले जान्ने बुझ्ने मौका पाएका छन् । र आज गाउँलेले छोरीको महत्व कति रहेछ एउटा समाजलाई रुपान्तरण गर्ने भन्ने खाले शिक्षाको वारेमा नि केही बुझ्ने र चेतना फैलाउने शुभ-अवसर प्राप्त भएको महसुस गरेका छन्, सरीतालाई देखेर !

  • Bhagirathi Joshi

    Wow !!! It’s such a realistic story. Feels great to read this.

    मन परो वा परेन: Thumb up 2 Thumb down 0

    [Reply]


  • gita ju ramro lago Thanks you so much keep up

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

  • Arjun Sapkota

    Great Laghu-Katha of Gita Thapa! I found it an informative and hope to read again in the future.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • krishna

    to potray the reality through the way of writing is too complicated but u’ve done this. i am too much impressed by this article so keep on going until u your mind and fingers are ready to write.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • कथा संदेश मुलक छ……………………………………………………………………………………

    तर पनि बिदेशमा बेचिने नेपालि छोरीहरु को संख्या झन् झन् बढेकै छ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Namrita thapa

    your histoyr is very nice but you are working in israil. if you working in nepal your history will be use full for others. you are well educated ladies. but may be you are also making attractive to work the leadies forein country.
    i min to say our so maney woman and leadies are working Gulf country and they are getting too much trouble. thats why please write dont come to gulf country nepali woman. may be you are sow the pose ha. leadies is every thing.
    every one knows leadies most important. eveyr one need to get the education. neither ladies nor jens education important for all people. by the way thanks

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • gita ji tapaiko dherai ramro katha rai6 tapailai thakyou chandrapun78@yahoo.com(ctrl+v)

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • गीताजीको स्टोरी स्तरीय लाग्यो। म यो स्टोरी अरुलाई पनि शेयर गर्ने अनुमति चाहान्छु

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • गीताजीकेा स्टोरी एकदमै राम्रो लाग्यो । यो स्टोरी अरुलाई पनि शेयर गर्न अनुमति चाहान्छु । कमला तिम्सिना गीताजीको स्टोरी स्तरीय लाग्यो। म यो स्टोरी अरुलाई पनि शेयर गर्ने अनुमति चाहान्छु

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • ureka hamal

    katha ramro lageo samay sandarvik 6

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree