संबिधान बन्न शुरु नहुँदै मारपिटको स्थिति
संबिधान बन्ने कहिले हो कुनै टुंगै छैन । देशको शासकिय स्वरुप कस्तो हुने भन्ने छेउटुप्पो छैन। त्यहि शासकिय स्वरुप कस्तो हुने भनेर बहस गर्न बसेको बैठकमै नेताहरु मारपिट र हात हालाहाल गर्न थालेका छन् । हिजो शासकिय स्वरुप निर्धारण समितिको बैठक बसेको थियो सभामुखको कार्यकक्ष छेउको एक तले भवनमा ।
शासकिय स्वरुप निर्धारण समितिका सबै ४३ सदस्यनै नौ बजे आइपुग्नुपर्ने थियो । तर नेपाली नेताको पारा । ठिक समयमा अधिकांश सदस्य आएनछन् । यि सबै बसेर शासनको स्वरुप कस्तो बनाउने, निर्वाचन प्रणाली कस्तो बनाउने भनेर छलफल पश्चात साझा निर्णय गर्नुपर्ने थियो हिजो । त्यो त के गर्थे बरु झैझगडा गरेर बैठक टुंग्याए।
माओवादीले प्रत्यक्षरुपमा राष्ट्रपती माथि अधिकार हुने प्रणालीको प्रस्ताब गर्यो । अनि कांग्रेसले राष्ट्रपती संबैधानिक र प्रधानमन्त्रीमाथि कार्यकारी अधिकार हुने परम्परागत संसदिय प्रणाली प्रस्ताब । एमाले को त आफ्नो अडान हुने कुरै भएन । उसले पहिले प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री हुनुपर्ने प्रस्ताव पेश गरेको थियो । तर अन्तिम अवस्थामा कांग्रेससित छलफल के भएको थियो आफ्नो प्रस्ताब फेरेर कांग्रेसकै प्रस्ताबमा सहमती जनायो ।
तराई मधेश लोकतान्त्रिक पार्टीले चाहिँ प्रधानमन्त्री प्रत्यक्ष निर्वाचनबाट आउने प्रस्ताब गरेको थियो । अन्तत: हिजो ति प्रस्तबमा मतदान भयो । माओवादीको पक्षमा १८ र बिपक्षमा २० पर्यो । एमाले र कांग्रेसले संयुक्त प्रस्ताब गर्दापनि पक्षमा १६ र बिपक्षमा २१ भयो । कुनैपनि प्रस्ताबमा बहुमत त आएन तर माओवादीहरुले भने आफ्नो प्रस्ताबमा सबैभन्दा बढि मत आएकाले आफ्नो प्रस्ताबले जितेको दाबी गरे। नियमावली अनुसार उपस्थित संख्याको बहुमत नआएकाले कसैको प्रस्ताबले पनि नजितेको तर्क अरुले गरे। यसैमा माओवादी र अन्य दलबिच गरमागरम बहस चल्न थालिहाल्यो ।
सबैभन्दा बढि मत पाएको प्रस्ताबका बारेमा शम्भु हजारा दुसादले जानकारी दिन खोजे । यहि बेला हात हालाहाल गर्न थाले समितिका सदस्यहरुले । हजाराले सबै भन्दा बढि मत पाएको माओवादी प्रस्ताबनै आधिकारिक हो, यसैलाई आधिकारिक घोषणा गरिनुपर्छ भनेर लाग्नासाथ अरु सदस्य जंगीहाले । उनले प्रस्ताब पढ्न लाग्दा उर्जामन्त्री एबं नेपाली कांग्रेसका सभासद प्रकाशशरण महतले दुसाराको हातबाट कागज खोसे । अनि त के झन माओवादीका नेताहरु जंगिइ हाले । के जोरि खोजेको, ठिक पार्छौ, हामीले पनि जानेकाछौं जोरी खोज्न, बल देखाउन आदि भन्दै बैठकस्थल तनावपूर्ण भयो ।
मतदानबाट शासकिय स्वरुप निर्वाचन प्रणालीको टुंगो लाग्न नसकेपछि अब राजनितिक सहमती बाटै टुंगो लगाउनुपर्छ । तर समितिको बैठकमै यसरि मारमुंग्रि मच्चाउने हाम्रा नेताले कसरि राजनितिक सहमती गरेर शासकिय स्वरुप र निर्वाचन प्रणाली कस्तो बनाउने निर्णय गर्लान त ? समितिमै मारपिट गर्न तम्सिने नेताबाट कस्तो संबिधानको अपेक्षा गर्ने होला खोइ ?


bhaatmaaraa netaako, kaam k chha ra ?
desh banaune hoina
khaali bhata pachaauna ta jaan ehun ni baithak ma
desh ta khaadalmai laijaane bhaye ba !!!!!!!!!
[Reply]
sabai chor…YAKA YAK GOLI THOKERA MARNU PARCHA YI SALA BHMARA DALAL CHOR HARU LAI ….THUKKAA KUKUR HARU HO..
[Reply]
Yo Dos Sababhanda Pahile Meetingma Attend Nahune Bhattamara Kukkurharuko Chha, Aajasamma Kasto Shaasan Pranalima Jane Bhanera Prasta Huna Nasaknelai Kina Tyo Samitima Rakhnu????? Aani Emale Ra Congresko Eutai Bichar Rahechha Ta, Baki Sarkar Tikaune Wa Mantri Khana Matra Sarkarma Sahabhagi Ti Puchvhhare 20 Dal Kaha Mare???? Huna Ta Yinlai Ke Matalab Kunai VisionBhae Po Bichara!!!!!!!! Aakhirma Aaphulai Pramukh Party Thanne Emale Jastako Ta Euta Vision Narahechha.Aakhir Congresko Taangmuni Puchchhar Lukaera Chirne Rahechha Ta , La Hai Aaba Emale K Rahechha Bhanera Chinne Bela Bhai Sakyo, Bhanna Ta Jhale Ra Bamdevle Ta Bhani Sakechha Aab Emale Katai Dakshin Panthi Hune Ta Hoina??? Tai Pani Thikai Chha Tyo Uniharuko Swatantra Democracy Ho, Aba Chunab Bhayo Bhane Maobadi VS 22 Dal Garwera Wa Kei Nabhae 18 Mat VS 19Mat Banaera Bhaepani TOOOOOOOOOOO Bujhaune Kam Gare Sambidhan Lekhne Kamma Sahayog Pugthyo Ki!!!!!!!
[Reply]
हे भगवान् के सुन्नु परेको यस्तो ?
अब झन् माअरपिटै गर्ने पो भयेछन् ।
यि सब भारतीय दाअल् हुन् ल । भारत्ले सम्बिधान् बन्न नदिने, चल्खेल् गर्ने, अनि कि त आफ्नो स्वार्था अनुसार ज्ञानेन्द्रलाई फेरि लाउने, कि अर्को कुसासन लगौने गर्न निहुँ खोजेको छ। कि नेपाल अशान्त भयो, हामिलाईपनि खतरा भयो बह्न्ने बिभिन्न जातिय युद्द भड्कायेर अनि भारतीय सेना हुलेर नेपाल् खाने। अनि यि सब् नेताहरु त्यहि बनाउन खोज्दै छन् नेपाल्लाई सम्बिधान् पनि नबनायेर
। देशमारा नेताहरु ।
[Reply]
yo sab neta haru chhor ani daka hun…sala khate haru nepal lai khayarai sakauna lagheesake….saleharu sabai lai khulla manchh ma laghera nangho tarbar ma khalle khutta hedaunu par6….nepali aama ko ragat bagako yeneharu ko pani ragat bagaunu parchha……sala khate haru sabai lai marnu parchha…..ani matra yo nepal ama le santa ko saas lina pauchhin……
[Reply]
mawobaduile baumet payako chha tyasaile usle bhaneko prastab lagu hunu parchha.natra lastama tai ho……
[Reply]
thulo galti ram sharan mahat ko ho. yo kukur lai goli thoknu parchha.
[Reply]
chor neta haru yesti ho …….
[Reply]
नेताहरुको यो पाराले समयमै सबिधान बन्न नसक्ने पक्का छ सबैलाई कुर्ची चहियेको छ कोही सरकार मै तस्सिरहन खोज्ने कोही सताको बिलाप गर्दै बर्बरौदै हिड्ने कति सर्मनाक छ हाम्रा देश का ठुला भनौदा पार्टी हरुको खेल
[Reply]