कथा : असार १७ गते नबिनाको विहे
-सुमन बगाले
परदेशमै भएपनि मैले आफनो गाउँघर, आफनो मातृभुमी र परिवारलाइ चट्क्कै माया मार्न भने सकेको छैन । आफनै देशमा दश नङग्रा खियाएर स्वभिमानी नेपाली बन्छु भन्दापनि अल्लाघरे पल्लाघरे साइला माइलाले डलर दिराम साउदी रियलको धनले टिनको छानो हालेर घरमा सोलार जोडदा मेरा परिवारलाइपनि डाहा लागेछ कि कसो हो धनविरे दलाललाइ भनेर खाडी मुलुक धपाइदिए । मन नमान्दा नमान्दैपनि साथीसँगी पानी पँधेरो सदाबाहार हरियाली शितल हावा बहलाउने वन जँगल र गंगासरी बग्ने मर्स्याङदीलाइ चटक्क माया मारेर म लागें परदेशतिर ।
हिजोआज म खाडीको मरुभुमीमा लम्पसारिएको छु । पचास साठी डिग्री घामको रापले डढेर कालो फुस्रो भएको छु । अनुहारहरु सबै फुटेका छन् । प्लास्टिक बोतलको पानीले तिर्खा मेटाएपनि आँत भरिएको छैन । तातो बालुवामा रवरको बुटसँगै चाल चाल्दा पैतला छिया छिया भएको छ । सिमेन्टीका बोराले हात थिचेर अहिले राम्रोसँग चलाउनपनि भएको छैन । सोझो हिसावले भन्नुपर्दा म अपांग भएको छु । आजभोली औंला अली राम्रोसँग चल्न थालेका छन् । हातका ठेलाहरु हल्लाभएपनि मरिसकेकाछन् । पहिले पहिले त हातमा मुठी मार्नपनि औलाहरु बाउँडिन्थे । दिन गन्नपनि दुइहातको साहारा लिनु पर्थ्यो ।
महिना मर्यो कस्ले छिटो र धेरै दाम पठाउने होडबाजीले गर्दा मन लागेको खान र लाउनपनि मन मरिसकेछ । कुनै महिना अतिरिक्त समय काम गर्न नपाएको बेलामा अवश्य नै घरमा थोरै पैसा जान्छ । थोरै पैसा घरमा पुग्यो भने दाजु भाउजु र आमाको घरमा कलह मच्चिन्छ नानाथरी कुरा सुनेका मेरा परिवार रण्डीबाजी गरेर पैसा सकाइस भन्ने आरोप मलाइ नै लगाउँछन् । दाजुले बाउ नभएपनि बाउको कुनै कमी हुन दिइन, अहिले कमाउने भएपछि पैसा लुकाउन थाल्यो भन्छन् भने भाउजु कि छुटिएर बस्नलाइ हो भनि मलाइ नै प्रश्न सोध्न थाल्छीन् ।
मलाइ नपुग्दो केहि थिएन । दाइ भाउजु छुटिएपनि हजुरबाबाले जोडनु भएको थोरै भएपनि मोतीसरी धानका बाला झुलाइ मानामुरी फलाउने गैह्री खेत मेरै हो । कुडुलेमा तोरी बहलाउने लामा गरा मेरै थियो । आफनो पाखुरा बजारेर दुइ छाक र्टार्न पुग्ने नै थियो । किन चाहियो टिनको छानो रानीबनको खरवारी मेरै थियो । किन चाहियो सोलार मेरै तारी भैसी र फुर्के काले हल गोरुका गोवरबाट मेरै घर उज्यालो थियो । सलसल सुसाउदै बग्ने दरौदी र मर्स्याङदी मेरै हिम श्रृखलाका थिए । आपत विपत दुःख अड्चन पर्दा देवी मनकामना कालीका माइ छिक्केश्वरीलाइ सुनाउथेँ । उनीकै श्रद्धाभक्ति यो जिवन अर्पेको थिएँ । वन पखेरामा मेरै गाइ भैसी चर्थे । वन्यजन्तु, डाफे मुनाल कोइली चरी नाच्दै डुल्दै रमाउँथे । सँक्रन्ती र एकादशीमा लाग्ने मेलामा खैचडी र मादलुको तालमा मेरै स्वर शोरठी र मारुनी भाकामा धन्कीन्थे । इष्टमित्र नातागोता सबै मेरै थिए ।
हेर त असारपनि सकिन लागेको छ पोहोर साल मुखीया बा भन्दै हुनुहुन्थ्यो -बलरामले मेलो सजिलो बनाइदिएर रोपारहरुले छिटै मेलो सकाए, अब आउने असारमापनि मेरो मेलो जसरी भएपनि आउनु पर्छ है । विचैमा कुरा काटथ्यो मोतीले, नबिना मेलामा आएपछि त यसको भाउ नै बेग्लै हुन्छ । सबै गलल्ल हाँस्थे । मेरो अनुहार रातोपिरो देखिन्थ्यो । पहेलो पटुकी कम्मरमा बाधि दुइ चुल्ठी बाडेकी पुतली हातका चुरी छिनछिन बजाउँदै विउ रोपेर कोइलीको भाकामा असारे गित गाइदिदा सबै हलीहरु गोरु छोडेर हिलो छेप्ने निहुँपारी उतै तिर आर्कषित हुन्थे । मलाइ भने डाह चल्थ्यो । ३० डिग्रिको घाम यो ज्यानमाथि पर्दापनि घाम भयो बलाराम भन्दै छाहारीमा बस्न बोलाउथी । म नजिकै गएर उनीले छानेका गहुँको जाडले प्यान्टेभुडी टुनुक्क पार्थेँ । पड्केमुलको पानीले धित मरुन्जेल तिर्खा मेट्थें । पछाडीबाट कुलोको पानीले झसंगै हुने गरी छ्याप्दा मुर्छा परेर हाँस्थी मेरी काली नविना । म अझै घुर्की लगाउँदै हुन्थें । रिसाएको भनि उल्टै मलाइ नै फकाउँथी । कस्तो निश्चल माया थियो ।
डलरको दर भाउ हेरेर अस्ती पैसा पठाइ हिजो घरमा फोन गरेँ । असारपनि सकिन लागीसकेको छ । यसपाली पानी समयमा नर्पनाले आजभोली काम गर्ने मान्छेको भाउ बढेर छोइ नसक्नु छ । मेलोको चटारो छ । किन ढिलो पैसा पठाएको भन्दै प्रश्न गर्न थाल्छन् । नम्बर सम्बर दिएर फोन राख्ने तरखरमा थिएँ । एकछिन पख खुशीको खबर छ सुन्न चाहन्छस् भने । यो दुखेको शशीर उस्तै । उसैमाथी मानसिक पिडाले भरिएको मेरो मनलाइ खुशीको खबर सुन्छस् भनेपनि कहाँ पछि हटथ्याँ र । उत्कुष्टताका साथ कान ठाडो बनाएँ । त्यो खानीखोलाको गोरे कङगालको छोरी नविना तँसँग मायाप्रिती छ भन्थे नि गाउँलेले । त्यसको यहि १७ गते विवाह हुँदैछ । पल्ला गाउँको मस्टरको छोरा विनोदसँग । खुव तैले मलाइ माया गर्छे विनाले । मसँग बिवाह भएन भनि अन्तै कतै विबाह गर्दिन भनेकी छे भन्थिस् नि । लोप्पा ख्वाइदिइ तँलाई । ठिक्क भयो हामीलाइ घाँडो भएको थियो । पिर नगर आजभोली खै किन हो धेरै दुव्ली नराम्री भएकी छे । तँलाइ नविना सुहाउँदैनथिइ पनि । अब त पैसा कमाएको छस् नि अलि धनीबाउकी एक्ली छोरीसँग विहे गर्नुपर्छ । बरु एक दुइ फोटा पठाए यता तँ आउँदासम्म केटिको बन्दोबस्त गर्नुपर्छ । त्यस्तो कङ्गालको छोरीसँग विहे गर्नु हुँदैन भनि फोन राखिदिएँ ।
मन गह्रुंगो भयो । खासै कुनै त्यस्तो प्रतिक्रिया जनाउन मन लागेन । किन कि यो हुनु नै थियो । रोक्नपनि सकिन । म आफु नर्किय जिवन विताइरहेको बेलामा नविनालाइपनि मैले आफ्नो दुखमा मिलाएर उसको जिवनपनि कष्टकर बनाउन चाहिन । गएको महिनामा नै माग्न आएको थियो विनोद । नविनाले गत महिनाको चिठीमा लेखेकी थिइन् । विनोदको उच्च खानदान राम्रा पारिवारिक वातवरण देखेर नै मैले नविनालाइ हात बढाए हुन्छ भनि चिठी पठाइसकेको थिएँ । विनोदको घर एक स्वर्ग हो भने मेरो घर नर्क भन्दा कम छैन । हुन त म लाक्षी नामर्द, पुरुषको नाममा कलंकको पात्र बनेको छु अहिले आएर । किनकी मलाइ मेरै परिवारले घोडा बनाएको छ र समाजले मलाइ अपांग बनाएको छ । यति कुरा थाहा हुँदाहुँदैपनि म हारिरहेको छु । यदि मेरो बाबा भइदिएको भए मैले यो सहन पर्ने थिएन कि ? यो मेरो मन बुझाउने बाटो बनेको छ । लाग्छ बाबालाइ मेरो यो गति हेर्न नपरोस भनेर नै यमदुतले चाडै नै बोलाएका होलान्।
म त नविनाको विहे प्रति एकदम खुशी छु । नविनालाइ विश्वास लाग्दैन होला, विश्वासपनि कसरी लागोस मुटुको टुक्रा चुडिँदापनि । के नविनाको खुशी मेरो खुशी होइन र ? विनोद नविनाको उज्वल भविश्य हो । म त उनीलाइ माया गर्ने एक दुखी मात्र हुँ जो मरेरपनि बाचेको छ र बाचेरपनि मरे सरह छ । अब उनका हातले दाउरा घाँस गर्नु पर्दैन । कुनै मेलापात गएर जिविको टार्नु पर्दैन । न त पिढुँमा भारी न थाप्लोमा नै लाम्लो पर्नेछ । विदेशमा श्रीमान् छ कसो होला के होला भन्ने पिर हुनेछैन । मर्स्टनीको बुहारी विनोद जस्तो महामानवको श्रीमति भएर महलमा जिन्दगी विताउनेछिन् । मसँग आएर के पाउथिन् र । मात्र मेरा पलाँसको फुल जस्तो माया । जसको नाम मात्र फुलको छ न कुनै रुप र सुगन्ध नै छ । मेरो माया नविनालाइ त्यस्तै हो ।
सबै थोक माया मात्र होइन । जसरी हाँगाबिँगा विना रुखको शोभा हुँदैन त्यसरी नै आधारभुत परिपूर्तीविना मायाको पनि शोभा अनि अस्तित्व हुँदैन । चुलिँदै गएको उनीको वैशलाइ कुठराघात गरि रोक्न सकिन र पिडादायी खुशी दिन चाहिन । नविनाप्रति कुनै गुनासो हुने छैन र नविनाले मेरो चिन्ता गर्नुपर्दैन । यसमा नविनाको कुनै गल्ती छैन । गल्ती न नविनाको थियो न त मेरैपनि । सारा गल्ती त मेरो भाग्यले र मेरो सोझोपनले गरिरहेको छ । अरुलाइ दोष दिएर म चोखो बन्नपनि सक्दिन ।
गर्मीले अस्ती भर्खरै पाल्पाको साथी हृदयघात भएर सुतेको ठाउँबाट उठदै नउठि यमलोक पुग्यो । आफन्त र साथी भाइको सहयोगमा उसको मृत शरिर पाँच महिनामा बल्लतल्ल मातृभुमीमा पुग्यो । खै अब मपनि धेरै बाँच्दिन होला । छाति पोलीरहन्छ । खोक्दापनि रगत आउँछ । खाना मिठो हुँदैन । शशिर सुकेर विसौली भइसकेको छ । मात्र नविनाको पिर थियो । उनीकोपनि राम्रो घरबार हुने भएपछि मलाइ सब थोक बाट सन्तुष्टि मिलेको छ । मलाइ अब जिन्दगीको कुनै मोह छैन । माया मारेर या माया घटाउन यो भनेको जस्तो लाग्छ होला नविनालाइ । तर यो यर्थात हो जुन मैले यहाँ भोगीरहेको छु ।
म अब नविनालाइ कुरा लुकाउन सक्दिन । यो जुनीलाइ यस्तै भयो । अर्को जुनी जन्मजात तिम्रो हुनेछु । अहिलेका सारा व्याथा कथाहरु अर्को जुनीलाइ साक्षी राख्दै दुइ पन्छी बनेर जस्तो सुकै बाधा अडचन आएपनि सँगै जिउँला । यो जुनीका अधुरा सपनाहरु पुरा गरौंला । अलविदा नबिना !! तिम्रो सुखद दम्पत्यको मँगलमय शुभकामना । सदा खुशी रहनु । तिम्रो सिउँदो सजाएको सुन्न पाउँ । म अब जिउँदो र्फकन्छु कि र्फकन त्यो चिन्ताको विषय भएन । यदि कतै यतैबाट यमलोक पुगेँ भने म क्षितिजबाट तिमीलाइ हेर्नेछु । लाजले घुम्टो नछोपे ल ।


धेरै राम्रो कथा । धन्यावद छ लेखक ज्यूलाई ।
नवराज
[Reply]
How pity suman ji sarai ramro lakh lakhnu vhaako cho maro mutu pani chasak vhayo tara tapai nepal aiara naya afnu givan suru garnus aghi mearo subha kamana thanks.
[Reply]
Suman ji ,
katha ramro lagyo. nepali ko dekha siki garne bani ra pardesh ko bhogai ka bare ma lekh nu bhaye ka kura sahi chhan. aru pani lekh nu hola.
[Reply]
dherai ramro lekhnubhayeko chha.Nepali samaj ra pradeshko yethartha yehi nai ho
[Reply]
sarai ramro cha lekhan saili
[Reply]
सुमन जी कथा रस लाग्दा रचन धन्यवाद
[Reply]
Katha ta ramro lagyo tara ali dharai namardo pan julkiyako cha ani morchu ki bacchu banera banni kura ali nepal basni haru lai pirolcha ni
[Reply]
yo katha yta malai pani sarai man paryo ho sathi ekdam ramro cha hai la
[Reply]
नमस्ते ।
प्रतिकि्रया दिने साथीहरुमा धेरै आभारी छु । कमी कमजोरीहरु औलाइदिएर मलाइ झन बढि लेख्ने उत्साह थपिदिनुभएको छ । समयले साथ दिएसम्म तपाइहरु सामु अरु सामाग्रीहरु प्रस्तुत गर्ने वाचा गर्दछु । जय होस ॥
[Reply]
एथार्थ साहारै मन छुने, असार २७ काल्पनिक भएपनी २५ डिग्री को खाडी त बास्तबिक नै हो जो हामी जस्ता हजारौं निम्न बर्गिय नेपालीहरु रोज्गार को सिसिलामा रगत पसिन बगाउदैछ कुन बेला उअंराज ले टपक्कै टिप्ने हुन थाहा नै नहुने लेखक जी लाई धेरै धेरै साधुबद
[Reply]