गजल
-शिव मिश्र
आफ्नै अघिल्तिर आफैँ झुके पछि रून्छ मान्छे ।
माया गरी राखेको मन दुखे पछि रून्छ मान्छे ॥
गीता पढ्दा वेद पढ्दा तातो छारो नउडेर ।
विश्वासका मूल सबै सुके पछि रून्छ मान्छे ॥
फकाई फुलाई राखे पनि छट्पटिले पोल्छ मुटु ।
अनि जिन्दगीमा मौका चुके पछि रून्छ मान्छे ॥
मान्छे रून्छ पक्कै रून्छ ग्वाँ ग्वाँ धुरु धुरु रुन्छ।
कठै ! जिन्दगीले मुखमै थुके पछि रून्छ मान्छे ॥


shiba ji gajal dharai ramro lagyo ppheri pheri pani yastai gajal lekhdai garnu la.dharai dharai dhannebad…………..chha.
मन परो वा परेन:
0
0
[Reply]
shiva mishra Reply:
January 3rd, 2010 at 10:53 am
thank you so much…………
मन परो वा परेन:
0
0
[Reply]