गजल

-शिव मिश्र

आफ्नै अघिल्तिर आफैँ झुके पछि रून्छ मान्छे ।

 माया गरी राखेको मन दुखे पछि रून्छ मान्छे ॥

 

 गीता पढ्दा वेद पढ्दा तातो छारो नउडेर ।

 विश्वासका मूल सबै सुके पछि रून्छ मान्छे ॥

 

 फकाई फुलाई राखे पनि छट्पटिले पोल्छ मुटु ।

 अनि जिन्दगीमा मौका चुके पछि रून्छ मान्छे ॥

 

 मान्छे रून्छ पक्कै रून्छ ग्वाँ ग्वाँ धुरु धुरु रुन्छ।

 कठै ! जिन्दगीले मुखमै थुके पछि रून्छ मान्छे ॥


  • shiba ji gajal dharai ramro lagyo ppheri pheri pani yastai gajal lekhdai garnu la.dharai dharai dhannebad…………..chha.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    shiva mishra Reply:

    thank you so much…………

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree