नेपाल आमाको लागी लडौं हामी
-बि.जे. बान्तवा “पराईमान्छे”
अब त बिहानी हुने बेला भयो,
सबै उठ जाग दाजुभाई-दिदीबहिनी,
कम्मर कस्ने बेला भयो ।
पुर्वबाट सूर्यले रोशनी छर्दै निक्ल्यो,
उठ जाग यो देशका सपुतहरु
हाम्रा पुर्खाहरु नालापानी टिष्टा
काँगडा र तिब्बत सम्म पुगेथे रे ।
आज हामीपनि पुर्खाहरुको सम्मान गरौं ।
छेउछाऊमा बैरीको चलखेल शुरु भयो रे,
पुर्खाको रगत र मासुले बनेको
जन्मभुमीको रक्षा गर्ने बेला भयो रे,
त्यसैले उठजाग नेपाली आमाका
बीर सन्तानहरु, हामी कमजोर छैनौ ।
हाम्रा पुर्खाले छाडेका खुँडा, तरवार र
तिखा भाला चम्काउने बेला भयो ।
सिमानाको रक्षार्थ बैरीको शिर छेदन
गर्ने बेला भयो ।
उठजाग दिदीबहिनी-दाजुभाई
यो देशको रक्षार्थ लडौ हामी
देशको रक्षा गर्दागर्दै मर्नु परे मरौ हामी
हाम्रो एउटा सिंगो घरको रक्षा गरौ हामी।
नत्र हाम्री आमाको श्राप लाग्ने छ
हामी हामी हुनुको कुनै औचित्य रहने छैन।
हामी हाम्रो मान र प्रतिष्ठाको लागी लडौं हामी
हाम्रो नेपाल आमाको लागी मर्न परे मरौं हामी
सिमानामा बड्दै गरेको अचाक्लीलाई रोकौं हामी
अचाक्ली गर्नेको शिर छेदन गरौं,
नेपालआमाको लागी हामी लडौं,
हाम्रो ईज्जत र प्रतिष्ठाको लागी लडौं
यो देशको रक्षार्थ मर्नु परे मरौं हामी ।
ठुलोदुम्मा-९, भामलबस्ती
कोशी / नेपाल ।


BJ, Sir yastai ho samaya ani samayako paribahan, hijo jati thiye purkha haru shaayad shaktisali thiye, aja sabai laai loosemotion laageko chha, loosse motion nalagos ni kasari aba ghara dkeh bahira niskanai muskil chha nalapani ra tista samma kasko aat, tarai pani nepal ko sarkarle sochnu parne kura ho ajhai sochdaina, yo hajurko lekhna lai ma salam garda6u ani yasari nai lekhan yatra jari rahos..
dhannebad.
मन परो वा परेन:
0
0
[Reply]
Bj, sir sahi kura laai kotyaaera agraha garnu bhayo mero 100% sahamati 6 nepali mann yastai hunu parchha dhanne bad
मन परो वा परेन:
0
0
[Reply]
………………………………..
नेपाल आमाको लागी हामी लडौं
हाम्रो इज्जत र प्रतिष्ठाको लागी ल़ौं
यो देशको रक्षार्थ मर्नु परे मरौ हामी।
सारै राम्रो कबिता छ सर यस्को लागी बधाई छ
सारा नेपाली दाजु भाइमा यस्तै देश प्रेम पलाए कती राम्रो हुने थियो…
मन परो वा परेन:
0
0
[Reply]