गजल

-कुष्ण गिरी ‘समु’

 Krishna-Giri-gorakha-nepal

साँचो माया गरिरन्छु पत्र कुनै कोर्दिन म

 विश्वास नहोस् चाहे तिम्लाई मनको आस्था फेर्दिन म ।

 

 रोजें तिम्लाई यी अधरले चुनें लाख हजारौंमा

 तिम्लाई छाडी कोही पराई अङ्गालोमा बेर्दिन म ।

 

 छेक्दिन म तिम्रो बाटो दुनियाँलाई हँसाउन

 मात्र गर्छु माया तिम्लाई तिम्रो बस्ती घेर्दिन म ।

 

चाहन्छु म सदा यही मैले गर्दा बाधा नहोस्

 चुमिरहु शिखर तिमी लज्जित बन्न हेर्दिन म ।

 

 मेरो पहिलो माया तिम्लाई स्विकार्य छैन भने

 मर्छु बरु तड्पी त्यसै तिम्लाई कहिल्यै सेर्दिन म ।

 -पालुम्टार , कदली, गोरखा

हाल- दोहा, कतार


  • कुमार उप्रेती हो | मा यौटा सानो कविता तिर जादै छु तपाई हरु पडी
    कविता को शरिक भाब लाई अफ्फै बुझ्नु होला ल
    यका dash

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • walau kita punya couple,teman still paling setia. Walau kita punya harta banyak, teman still paling berharga. Sayang awak!! Kirim balik jika awak anggap saya teman awak selamanya.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • यस वर्षको बडादशै संगै हजुरहरु सबैको मनोआकंछा पुराहोस, नया कामहरु सुरुहुन, पुराना काम पूरा हुन , विजया दशमी २०६६ सालको पुनित अवसरमा तपाई र तपाईको समस्त परिवारमा हार्दिक मंगलमय शभकामना ब्यक्त गर्दछु । नौ दुर्गा माताले तपाई र तपाईको परिवारको रक्षा गरुन

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • (Ctrl+V)

    Nice Gajal …..Keep it up..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • yo gajal ta pahila arkai (nirmalaa thapa) ko naam maa http://www.tanneri.com/readarticle.php?AID=2301 maa prakaashit bhai sakeko chha …aba kasale rachanaa choreko ho ….tyasale “क्षमायाचना माग्नै पर्दछ किनकी अर्काको रचना चोर्नु ठुलो पाप हो”

    आफ्नो रचनालाई सधैं सुरक्षित राख्यौ अर्काको रचना चोर्ने काम नगरौँ ।

    (धन्यावाद अनुभव जी, अब देखि उहाँका रचना नेपालप्लसमा प्रकाशित हुने छैनन्। जानकारी नभएर प्रकाशित गरेकोमा क्षमा चाहन्छु-नेपालप्लस)

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • निर्मला थापा

    म स्वयमले लेखेकी प्रस्तुत गजल म “निर्मला थापा” को नाममा यो भन्दा धेरै अघि नै http://www.tanneri.com मा प्रकाशित गरेकी थिए. तर आज मेरै गजल श्री कृष्ण गिरि ‘समु’ को नाममा http://www.nepalplus.com मा उहाको तस्बिर सहित प्रकाशित भएको देख्दा अचम्म लाग्यो.

    कृष्ण जी तपाईमा गजल लेख्ने क्षमता होला, यसमा मैले कुनै टिप्पणी गर्न खोजेको होइन, र गजल लेख्न सबैले सक्छन र पनि यसरी हुबहु शब्द संयोजन त कदापि पनि नमिल्नु पर्ने होइन र??

    होला हामीमध्ये कसै कसैलाई अनलाईन वेबसाईटहरुमा खुलेआम सबैले हेरुन भन्ने चाहाना हुन्छ तर चाहाना भयो भन्दैमा अरुको रचना/श्रीजनालाई माध्यम किन बनाउने? हामी आफ्नै पहिचान बोकेर उभिउ न सबै अगाडी, तब पो चिन्नेछन हाम्रो असली पहिचान सबैले!!!!!!!!!!

    प्रस्तुत गजल म स्वयमले मिति २०६५/६/२६ मा लेखेकी थिए र मेरो गजल डाएरिमा अरु थुप्रै गजलहरुसंगसंगै यो गजल पनि सोहि मितिको पानामा सुरक्षित छ

    अनुभब जी, तपाईले भन्नु भएको सहि हो, रचना मेरो मात्र होइन हामी कोहि कसैको पनि चोरिनु हुदैन. म स्वयम्ले लेखेकी यो गजल मेरो भन्नको लागि यो भन्दा बढी अरु प्रमाण हरु जुटाउन सायद आबश्यकता नपर्ला.

    साथै नेपाल प्लस को संचालकसंग पनि अनुरोध गर्न चाहन्छु कि आगामी दिनहरुमा एस्तो गल्ति नहोस

    निर्मला थापा
    काठमाडौँ, नेपाल

    (निर्मला जी थाह नभएर प्रकाशित भएको हो भन्ने कुरा मैले उल्लेख गरिसकें। आ ईन्दा क्रिषण गिरीको नामका कुनै कवितापनि प्रकाशित नगर्ने जानकारिपनि दि ईसकें। भूल हुन गएकोमा क्षमा र सच्याउनु भएकोमा धन्यावाद-नेपालप्लस)

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree