गीतैमा रोएँ

-दिलिप योन्जन / अस्टिन, अमेरिका 

dilipa-yonjon-usa-667711

गीतैमा रोएँ, बेदना धुन, झन पिर भासिगो

 बिरह बढ्दा, ढुखेको छाती, आँसुले भिजिगो ।

 

घामको जलन, घामैलाई होला, जूनलाई के थाहा

 तरेली पोल्दा, परेली भिज्छ, आँसुलाई के थाहा

 

सागरै प्यासी, तनको प्यासले, झन तिर्खा लगायो

 आँखैमा लुकाई, राखेको मायाले, रुवाउनु रुवायो ।

 

हाँसोमा हाँसुं, सकियो हाँसो, ओठभरी रोदन छ

 तड्पिँदा आत्मा, चर्किन्छ मुटु, बेदना बढ्दो छ

 

आँसुले धोएँ, आत्माको जलन, निभाउन गाह्रो भो

 मन थाम्न खोज्छु, भकानो फुटी, आँसुमा डुबिगो ।

  • Yubaraj Basnet

    sweet poem thanks very much
    dilip g.

    From Iraq
    Yubaraj Basnet
    United Nation Assistance Mission For Iraq

    [Reply]

  • Rosan karki

    nice song, I like it…………….

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree