आउने होइन त हात्ती दौड हेर्न चितवन ?

-योगेश अधिकारी / चितवन  

 4th[1]

आन्तरिक तथा बाह्य पर्यटक प्रवदन गर्ने उद्देश्यले संचालन गरिँदै आएको हात्ती दौड प्रतियोगिता आउँदो पुष ११,१२ १३ गते नेपालकै तेस्रो गन्तब्यको रुपमा कहलिएको चितवन राष्ट्रिय निकुन्जको काखमा रहेको सौराहामा संचालन हुँदैछ । जसको आयोजना छेत्रीय होटेल संघ नेपाल चितवनले गर्दैछ । सहआयोजकका रुपमा बछौली गा. बि .श., मृगकुंज उपभोक्ता समिति, बाघमारा मध्यबर्ती सामुदायिक बन, चित्रसेन मध्यबर्ती सामुदायिक बन, हात्ती संचालन सहकारी स.लि., सौराहा प्रयटन बय्ब्सयी रहेका छन् ।  कार्यक्रममा हात्ती दौड प्रमुख आकर्षकको रुपमा रहेतापनि हातिका छावाहरुको रोचक फूटबल अर्को आकर्षकको रुपमा रहेको छ । कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्नेका लागि १३५ सदस्यिय मूल समिति र २१ उप समिति गठन भैसकेको छ ।

4th (5)[1]

प्रतियोकितामा भाग लिनको लागि जापान, बेलायत, जर्मनी, हल्याण्ड, भारत र केहि नेपाली टिमले भाग लिइसकेको कुरा आयोजक संस्थाका सयोजक शंकर सैंजुले बताए । दौडकालागि सौराहा का होटेल मालिकहरुले पालेका २० वटा हाति छानिएको छ । यिनीहरुलाई नबर लगाई गोला प्रथाबाट हाति भाग लाग्छ । आफ्नो भागमा परेको हातिको टाउको निर हातिको चालक बस्छ र चालकको पछाडी हात्ती दौडमा भाग लिने प्रतियोगी बस्छ । प्रत्येक पटक ५ वटा हात्तीलाई दौडिन्छ र प्रत्येक पटकमा पहिलो दोस्रो  र तेस्रो हुने हात्तीहरु अर्को चरणमा प्रवेश गरि अन्तिमसम्म पुग्नेछन ।

 4th (1)[1]कार्यक्रममा हात्तीका छावाहरुको रोचक फूटबल अर्को आकर्षकको रुपमा रहन्छ ।

yogesh-adhikari-sauraha-chitwanप्रत्येक टीम मा ४, ४ हात्तीका छावाहरुद्वारा छावाहरु आफ्नो खुट्टाले हानेर गोल गर्न खोज्ने र अर्को टोलीका छावाहरु गोल हुनबाट रोक्नखोजेको हेर्दा सम्पूर्ण दर्शक रमाइलो मान्ने गरेका छन् छन् । यसबाहेक स्थानीय थारु खाना हातिमहोस्ताव  अर्को रमाइलोको रुपमा रहेको छ ।

कार्यक्रम स्थलबाट चिचर, हाँसको मासु , लोकल कुखुराको मासु, घुँगी आदि थारु खाना खाँदै हात्तीको दौड हेर्न सारै रमाइलो हुन्छ ।

  • Phillipe

    Very beutiful women. I have never seen. Naturel beauty of Nepal.

    [Reply]

  • सुरेन्द्र कार्की

    thanks yogeshji
    I would come to see but what to do ? Iam too far.
    I would like to see the baby elephant’s Game
    please put the photos ok ?

    [Reply]

  • basu bidari chitwan national park

    Thanks yogesh gi it is great advertisement through the media and this is internationals elephant race which is in sauraha.

    [Reply]

  • Ram krishna bartaula

    Thanks for information i will be their to view elephant race in sauraha……

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree