यस्तो पो रैछ लक्जमवर्ग

लामो समयको प्रतिक्षापछि म लक्जमबर्ग पुगें । पाँच तारिख लक्जमबर्गमा एउटा नेपाली जमघट रहेछ । त्यसमा भाग लिउँला, थुप्रै नेपाली साथीभाई, ब्यापारी र बिद्दार्थीसित गफगाफ गरौंला, नेपालीका कथाहरु यस्सो साझेदारी गरौंला भन्ने थियो । तर रेल ४५ मिनेट विशेष कारणले ढिला भैदियो र म त्यसमा सहभागि हुन सकिन । मन असाध्यै अमिलो बनाई बनाई बसें । त्यसदिन लक्जमवर्गका नारायण गुरुङ दाईसित बातचित भयो । भोलिपल्ट ढिला उठेर यस्सो घुमाघाम गरियो । साँझ एकजना नेपाली संबन्धि विशेषज्ञ, नेपाल र नेपालीकी मित्र क्लोरिन हान्ससित अन्तर्वार्ता गरें । कार्ल मार्क्सको जन्मथलोपनि घुमियो । यात्राका क्रममा देखे भोगेका धेरै कुरा तपाई पाठकहरुसित साझेदारी गर्न मन छ। बिस्तारै लेख्दै जाउँला । अहिले चाहिँ लक्जमवर्गमा मैले खिचेका केहि  फोटोहरु हेर्नुस है त ?

Luxum-2 210

(अहिले क्रिसमसकालागि भनेर शहर पुरै दुलही झैं सिंगारिएको रहेछ । सडक, भवन पुरै सुन झैं टल्काएका बत्ती नै बत्तीले) ।

LUXUM-3 071

यत्रो दरबार कुर्ने खोइ सुरक्षाकर्मी ? यो दरबार हो लक्मबर्गका अहिलेकै राजाको। यत्रो दरबार कुर्ने यहि एकजना हुन् सुरक्षाकर्मी । हाम्रो जस्तो गरिव देशका राजाको दरबारकालागि त झण्डै आठ सय थिए क्यारे नेपाली सेना ।

LUXUM-3 035

हिटलरका सैनिकलाई छक्काउने सुरुङ। पर भित्तामा हेर्नुस त साना दुल्क देखिन्छन् । हिटलरका सैनिकले आक्रमण गर्न आउँदा भित्तामा देखिने यस्तै दुल्कामा लुकेर ज्यान बचाएका रहेछन् लक्जमबुर्जुवा (लक्जमबर्गका नागरिक) हरुले ।

LUXUM-3 045

हिटलरका सैनिकबाट बच्न उनीहरुले बनाएका सुरुङ अहिले कुनै पसल, कुनै पार्किङ, कतै अन्य ब्यापारिक केन्द्र वा पर्यटकिय आकर्षणका केन्द्र बनाएका छन् । चार तले यो सुरुङको चट्टान भित्र भित्रै छेडेर लिफ्टबाट उक्लिने बनाएका छन् । यो सुरुङमा अति महँगा र स्तरिय पसलहरुपनि प्रशस्तै छन् ।

Luxum-2 207

नेता लुकाउने भवन। यो भवनले विश्व युद्दका बेला धेरै नेता, साहित्यकार, कलाकार र अन्य उच्च पदस्थ राष्ट्रिय ब्यक्तित्वहरुलाई सुरक्षा दिएको रहेछ । बलिया चट्टानबाट बनेकाले यो भवन हत्त पत्त नभत्किने हुँदा यसमा धेरै राष्ट्रिय ब्यक्तित्वहरु लुकेर बचेका रहेछन् । अहिले यो भवन पर्यतिक आकर्षणको थलो बनेको छ ।

Luxum-2 088
सानो भएर के भो त ? अहिले सेङगेन भिसा भनेर यूरोप भरिकै जुन भिसा दिईन्छ त्यहि सम्झौता भएको ठाउँ रहेछ यो । फ्रान्स र जर्मनी अनि लक्जमबर्ग भएर ब्रिहद यूरोपेली परिषदको कल्पना गरेर सेङगेन सम्झौता गरेका रहेछन् । अहिले २५ भन्दा बढि देश सम्मीलित भैसके यो सेङगेन भिसा प्रणालीमा ।

paye-des-trois-frontiers-0342

छिमेकी ठुला हुँदैमा दुखै पाइन्छ र ? हामी नेपालीलाई भारतले पेलेर, हेपेर, हस्तक्षेप गरेर हैरानी पाएकाले ठुला देश छिमेकि भएभने दुख पाइन्छ जस्तो लाग्छ । तर होइन रहेछ । यो लक्जमवर्गको सिमामा राखिएको नक्सा हो र लेखिएको छ-तिन सिमा भएको देशमा तपाईलाई स्वागत छ । दुई तिर जर्मनी र फ्रान्स जस्ता बिशाल देश भएपनि लक्जमवर्गले दुख पाएको छैन बरु झन फाईदा उठाएको छ ।

LUXUM-3 038

आँगन आँगै, करेसा करेसै बग्छ यो सानो खोलो । तर अहँ यसमा ए उटा कगजको टुक्रो त के फेला पर्नु ! बरु अंजुलीले उठाएर सुरुप्प पिए पनि होला जस्तो सफा देखिन्थ्यो यसको पानी ।

LUXUM-3 083

यो चाहिँ लक्जमबर्गकालागि नेपाली महावाणिज्यदूतको कार्यालय हो । राजधानी शहरको एकदमै आकर्षक ठाउँमा रहेछ ।

LUXUM-3 079

रातो पूल त जहाँपनि हुने रहेछ कि के हो ? यहाँपनि ए टा रातो पूल नै भनिने पूल छ । यो देख्दा नेपालकै रातो पूलको याद आउने रहेछ । यो पूल बनाउँदापनि यसमुनी पुरै घर नै घर रहेछन् । तर पूल बनिसकुन्जेलपनि तल एउटा ढुंगोसम्म पनि खसेन रे । कस्तोप्रविधी ! कति बिघ्न सुरक्षा नगरिकको !

LUXUM-3 059

यस्तो रहेछ लक्जमबर्गको सर्बोच्च अदालत ।

LUXUM-3 094

मित्तलको कार्यालय  रहेछ यो । लक्जमबर्गलाई अर्को स्विजरल्याण्ड भन्ने गरिँदो रहेछ । किनभने यहाँ कर कम लाग्ने, कालो धनलाई सेतो बनाउन सहज हुने, सुरक्षा राम्रो । यस्तै यस्तै के के फाईदा रहेछन् । त्यहि भएर स्विजरल्याण्डपछि धेरै बैंक र धेरै नाम चलेका ब्यापारिका कार्यालयपनि रहेछन् यहाँ । त्यहि भएर होला मित्तललेपनि यहाँ यत्रो कार्यालय खोलेको ।

  • himal

    hami nepali khali kuta kut – mara maar ani bidesh maa pani NRN ko pad maa basna payena bhanera raado ruwai, 4 jana bhayo sangathan kholyo ani jand khayo – ek aapas maa ladyo —————-tyehi ho hamro chinaari.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sujit sinal

    THANKS DAI u SEARING US YOUR GOLDEN MOMENT …………

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Gita

    Ma pani gaye ko chu ……..ekdam maan paryo luxembourg malie pani europe bhaye ka sathi haru le ekchoti janai parne ra nepali le siknu parne kura dherai dekhye maile.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Indira Ojha

    Laxembourg dherai ramro rahechha. Dadhi ji ko kalakarita prasamsaniya chh. I really appreciate him. I saw heritage and clean river which really touches my heart. How can we compare to Bagmati?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    सुरेन्द्र कार्की Reply:

    Agree with u Indiraji, Dadiji is my Fan too, great fan.

    But I think a person like him should go to nepal and serve Nepali. He should not pass his talency for money

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Bhagirathi Joshi

    Thanx a lot for sharing the pics. Knew a lot about Luxembourg through ur pics.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • limbu bhai

    france ma dherai barsha basi sakeka lai belgium luxembourg nepal ko humla jumla jastai bikat lagchha.
    france ma basi sakeka lai london america pani nyaawurai lagchha. anubhav ko bichar matra ho.
    hongary ta nepal ko bihar jastai lagla.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • raj

    Surendra ji,

    You are right.
    can you (dadhiji) go to nepal to serve needy nepali ?
    I don’t think so.

    raj

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    सुरेन्द्र कार्की Reply:

    Rajji
    well, it would be better if he goes. But it is not necessary to go . the most important is whether you are doing somehting for your country or not. He (Dadiji) is surely doing alot for Nepal but I agree he would do alot more if he goes back to Nepal as he is somuch experiened in the wildlife sector writing and he has sharp pen.

    He can change many minds and aware many Nepalis. He should be doing more in the field he is experienced. But I can’t say he is doing less as I myself haven’t been able to do anything important for Nepal. And in the foreign country we are many like that doing almost nothing.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Gita Reply:

    Agree with you………..but i think he (Dadi Jee) will go back person like him hardly survive in foreign land.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree