शान्तिको कामना, नव-बर्षको शुभकामना !

-अर्जुन दुङ्मेन / बगदाद, इराक

Arjun-Rai-09870हिमालय पर्वतहरु पग्लिएर झर्दैछन। हिमतालहरु फुट्दैछन। पृथ्वीका धरातलका कुनै क्षेत्रहरु डुब्दैछन। प्राकृतिक प्रकोपको रुपले डुबानमा पर्दैछन। कुटपिट, मारपिट, झगडा, दमन, शोषण, बिलाशीपन अकल्पनिय ढंगले तिब्र गतिमा बृद्धि भईरहेछ, चेतनशील भनौदो मानब प्राणी जगतमा । जति-जति मानिसहरु जिम्मेवार तहमा पुग्दै जिम्मेवार बन्दैछन त्यती-त्यती आफ्नो उत्तरदायित्व र कर्तब्य भुल्दैछन। मान सम्मान खोज्नेले मर्यादाक्रम भुल्दैछन। आखिर किन यो घमण्ड र पाप मानिसको दिमागमा पैदा भैइरहेछ त ! अरु लडेर घाईते भई मुर्छित शरीर लम्पसार परेको छ भने पनि मानवताको नाताले उठाउन मद्धत गर्नुपर्ने हो। औषधी उपचार गरीदिन नसकेपनी सहानुभूति दिए स्वरुप जहै, सम्म मुखले भएपनी भन्नु पर्ने हो। तर यसको सट्टा कोही ब्यक्ति सहि पथमा हिड्दैछ, प्रगति पथमा लम्किरहेको छ भने ऊ हिंड्ने गोरेटोहरुमा अवरोध खडा गरी उसलाई लडाउन जोड्दार प्रयासरत हुन्छन मान्छे।

यसरी जतिपनी मानवरुपी आत्माहरुमा ईर्ष्या, पाप र घमण्डको बिकास हुँदै जान्छ त्यती नै शान्तिले लत्याएर जान्छिन हामीलाई। शान्तिको मुहार हेर्न, शान्तिको श्वास फेर्न कदापी सक्दैनौ हामीले। बरु अनी त्यसैगरी भवितब्य, प्रकृति र प्राकृतिक प्रकोपहरुले पनि सोही अनुरुप सताईरहेको हुन्छ। हामी मानवले मानवरुपी जिन्दगी पाउनमा कती गर्व छ तर त्यो त्यसै नष्ट भईरहेछ। जस्तै एशिया महाद्विप भित्रै पर्ने एकदुई वटा देशको उदाहरणहरुलाई लिन उपयुक्त लाग्यो।

०४-डिसेम्बरका राती मस्को, रुसको एक नगर पर्वमा अकस्मात् एक क्लबमा बिष्फोटन भएर आगलागी हुँदा १ सय ९ जनाको ज्यान गयो। १ सय ६० जना जतिको संख्यामा घाईते भए। सोही दिन पाकिस्तानको उत्तर-पश्चिमी पाकिस्तान पेसावरमा भएको शक्तिशाली बम बिष्फोटनले ७ जना मरे। ०७-डिसेम्बरमा पाकिस्तानकै पुर्बीय क्षेत्र लाहोर शहरको एउटा बजारमा २ वटा बमहरु बिष्फोट हुँदा बिशेषगरी वालवालिका, महिला र अन्य गरी ३४ जना मारिए। करिव जुन महिनाको तेश्रो हप्ता तिर इण्डोनेशियाको सुमत्रा ईजल्याण्डमा एक शक्तिशाली भुकम्प जाँदा ज्ञातरुपमा ६ सय ६४ जनाको ज्यान गयो भने थुप्रै धनमालको क्षति भयो। दोश्रो फेरी इण्डोनेशिया कै राजधानी जकर्ता क्षेत्रमा गएको भुकम्पमा सयौंको संख्यामा मनिसहरुको ज्यान गएको थियो। यसैगरी जापानमा  ११-अगष्टमा करीब ६.५ रेक्टरको भुकम्पले मध्य जापानको माकीनोहारा, शिजुओका भन्ने ठाउँको मूलबाटो नै क्षतिग्रस्त बनाउनुका साथै एकजनाको ज्यान समेत भयो। हालै मात्र पनि माल्दिभ्स, बंङ्गलादेश लगायत भारतका केही निश्चित भागहरु डुबानमा पर्न जाँदैछन। त्यसैगरी, जलवायु परिवर्तन संगै २७-सेप्टेम्बरमा आएको भेल बाढीको आँधीले फिलिपिन्समा ५१ जनाको ज्यान गयो भने ४ हजारको उद्धार गरिएको थियो। राजधानी मनिलाको ८०% भन्दा बढी भू-भाग जलमग्न हुन पुगेकोले २ लाख ५० हजार जनतालाई सुरक्षित स्थान तर्फ सारेका थिए। मनिलाको आसपासको २५ वटा प्रान्तमा आपतकाल घोषणा र फिलिपिन्स सरकारले आपतकालिन सहयोगको आग्रह पनि गर्नु पर्‍यो।

लाग्छ कि, जती पनि मानवमा पाप र घमण्डले चुलिंदै जान्छ, भवितब्य, प्रकृति र प्राकृतिक प्रकोपहरुले पनि विश्वमा नै सताईरहन्छ। माया, प्रेम, स्नेह, बिचार र भावनाको अभाबले मानवमा घमण्डता, मुर्खता अनी कट्टरताले त्यसैगरी दु:खीत् परिणामहरुपनि आईपर्छन। यदी घमण्डै घमण्डले झेलिएको छ अनी पवित्र बिचार, असल भावना नहुँदामा पनि यस्तै अशान्ति र दुरदशाले झेलिन्छ मान्छे।

यसैको परिमाणस्वरुप खाडी राष्ट्रहरुमा पर्ने इराकले सन् २००४ मा मृत्‍युदण्ड दिने र झुण्ड्याएर मार्ने ब्यबस्था गरी सन् २००७ मा १ सय ९९ जना ब्यक्तिलाई मृत्‍युदण्ड दिएको थियो भने सन् २००८ मा २ सय ८५ जना निर्दोष ब्यक्तिलाई मृत्‍युदण्ड दिएको थियो र यसवर्ष अर्थात २००९ मा पनि कम्तिमा १ सय २० जनालाई मृत्‍युदण्ड दिएको कुरो मानवअधिकारवादी संस्था, एमेनेष्टी ईन्टरनेशनलले जनाएको छ। यो देश मानव हत्यास्वरुप मृत्‍युदण्डको मामिलामा विश्वकै सबै भन्दा अग्रस्थानमा रहेको पाईन्छ। बृहत्तररुपमा यसलाई मूल्याङ्कन् गर्ने हो भने माया प्रेमको अभाब खट्किएको र कट्टरता बढी भएको पाईन्छ।

यसैगरी कैलाली घटना र वर्तमान परीप्रेक्ष्यलाई लिएर आफ्नो नेपालको बारेमा सोचौं, दयनिय र एकदमै कहली लाग्दो छ जन-जीवन। नेपालका ७५ वटा जिल्ला मध्ये लगभग २६ वटा तराईका जिल्लाहरु जोडीएको छिमेकी राष्ट्र भारतले देशको हजारौं हेक्टर नेपाली भूमि धमिराले झै खाईसकेको छ, मिचिसकेको छ। सरकारका जिम्मेवार ब्यक्तिहरुले त्यो देख्दैनन। उता प्रशासनिक वल प्रयोग गरेर गोली ठोक्न लगाउछन सुकुम्बासी जनतालाई ! आखिरी ति सुकुम्बासीहरु को हुन त ? सबै नेपाली जनता नै हुन ! कहाँ गएर बस्ने त ? देखाईदिनुपर्‍यो। ब्यबस्था हुनु पर्‍यो। हैन भने बिचरा त्यो जंङ्गलमा छाप्रो बनाएर बसेको, आधा पेट खाएर बाँचेको, आधा आङ् मात्रै कपडाले ढाकेको गरिव जनताको छातीमा गोली किन ? त्यो गोली ठोक्दै गरेको दु:खदायी क्षणको स्पष्ट झलक २०-मंङ्शिरमा प्रकाशित कान्तिपुर खबर पात्रिकाको प्रथम पृष्‍ठमा देख्न सकिन्छ। सोही घटनामा सुकुम्बासी र प्रहरी बिचको झडपमा १ प्रहरी सहित ५ गरिव जनता मरेका छन। यस घटनालाई पनि हाम्रा सम्माननीय प्रधानमन्त्री र गृहमन्त्रीले साधारण ठहर्दै पार्टी-पार्टीमा दोषारोपण गरिबसेका छन। दिल भित्र मुटु छ कि,, चट्टान छ मुटुको सट्टामा… !

नेपालको लागि यो घटना त एउटा तत्कालिन उल्लेख्य घटना मात्रै हो, बिगतमा के-के र कति-कती भए भनेर साध्य छैन ! भविष्यमा पनि यस्तै चलन रहीरहने हो भने अरु बिबिध घटना घट्न बेरै लाग्दैन। तर आगामी दिनहरुमा त्यस्ता घटना नघटोस भन्नको खातिर के स्पष्ट हुनु पर्छ भने- चाहे त्यो ब्यक्ति जुनसुकै तह, जाति, वर्ग, क्षेत्र र समुदायको होस्; सर्वसाधारण तल्लो तहका ब्यक्ति, कर्मचारी देखी लिएर उपल्लो दर्जा सम्मको ब्यक्तिहरु बिच सबैमा आपसमा माया, सद्भाव र समन्वयको बिकास गर्नुपर्छ। एकले अर्काको आदर गर्नु जान्नुपर्छ। घरको बाबु आमाले छोरा छोरीलाई अह्राउन-पठाउन त जान्नुपर्छ भने जिम्मेवार मन्त्रीको पदिय दायित्व पाएकी पाखण्डी नेतृ करीमा बेगमले सिडियो कुटेकी घटना सेलाएका छैन। उता प्रहरी नायब महानिरीक्षक पार्वती थापाले अछाममा आफ्नै सहकर्मीहरुबाट महिला प्रहरी सुन्तली धामी माथि भएको अभद्र व्यबहारले घटेको घटनाको सहि मूल्यङ्कन गरी सोहिनुरुप सम्बन्धित निकायमा प्रतिबेदन पठाएकी थिईन। तर झन संङ्गठन माथि नै आँच आउने काम गरीन भन्दै गृहमन्त्रीको कुन मतिको बिचारले पार्वती थापालाई नै उल्टो काज रद्ध गराउदै काठमाण्डु जिकाईएकी छिन। जो उत्तरदायी र जिम्मेवार ब्यक्तिहरु सरकारमा छन उनिहरुको भावना र बिचारमा बृहत परिवर्तन ल्याई घमण्ड र आँफै ठूलो अनी बुद्धिमानी देख्ने बानीलाई त्यागीनु पर्छ। किनभने, शत्रु पनि आफु भन्दा बुद्धिमानी हुन सक्छ।

वनकै राजा हुँ भन्ने सिंहलाई पनि अती नै भएपछी एउटा सानो चतुर खरायोले ईनारमा हाम फाल्ने बनाई डुबाएर मारेको बालकथा झैं अती नै भएपछी ति सोझा-सिधा जनताहरु पनि अब त्यो सानो चतुर खरायो झै बन्न वाध्य भईसकेका छन। ईनारमा हाम फाल्ने दिन आउँला ! सम्बन्धित सबै सचेत रहनुहोस् !!

तर मैले यो राजनैतीक शैलीमा भन्न र लेख्न खोजेको भने कदापी होइन। यो मेरो एक सोझो र ठेट नेपाली साहित्यिक शैलीको प्रस्तुति हो। किनकी म हाल यो घिन लाग्दो राजनीति भन्दा बढी साहित्यन्मुख छु। त्यसैले मेरो यो साहित्यिक कामना ! दुनियाँमा नै दुर्घटना र दैवी प्रकोपहरु रोकियोस्। नव-बर्ष सन् २०१० को शुभ आगमन संगै हामी सम्पूर्ण नेपाली अनी मानव जातिको बैचारिक उन्नतिका साथ मनमा अमन चयन र शान्तिको शुभकामना !!

 arjunkrb_d6a@hotmail.com

  • ramesh kuwar

    GOD BLACE TO U AT ALL THE TIME & HAPPY NEWYEAR 2010

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    अर्जुन दुङमेन् Reply:

    Ramesh Ji, Thank you very much and same to you.
    “Happy New Year-2010″

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • नयाँ बर्षको शुभकामना !! arjun g. and all the viewers of nepal plus.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    अर्जुन दुङमेन् Reply:

    सूर्य सर, धन्यवाद!
    साथै, यहाँलाई पनि नयाँ बर्षको शुभकामना।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Geeta

    HAPPY NEW YEAR TOO ALL

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    अर्जुन दुङमेन् Reply:

    Geeta ji, Thank you & same to you too.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • palpali mgr-Tara

    thansk lekh jaa laagi………mero pani subhakaamanaa

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • palpali mgr-Tara

    thansk lekh kaa laagi………mero pani subhakaamanaa

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    अर्जुन दुङमेन् Reply:

    Palpali mgr-Tara ji, dhanyabad !

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree