अँधेरीको रातमा (गजल)

-अर्जुन दुङ्मेन्, / बगदाद, इराक

 Arjun-Rai-09870

अँधेरीको रातमा जुन हौकी तिमी,

 कोईलाको खातमा, चुन हौकी तिमी !

 

भित्र-भित्रै बजी दिन्छ सुर र ताल,

 दिलमा सधैं बज्ने, धुन हौकी तिमी !

 

जिन्दगी नै लाग्छ मोती जडित मेरो,

 चम्की दिने गहना, सुन हौकी तिमी !

 

तिम्रो प्रितीको राप कती मुलायम,

 न्यानो अनी नरम, उन हौकी तिमी !

 

 छाम्दा मलाई पाउँछु तिमीलाई नै,

 नशा-नशा बहने, खुन हौकी तिमी !

(अनुरोध-गित, गजल, कविताको नेपालप्लसमा चाङ लागेको छ । त्यसैले सन्दर्भ पुरानो नहुने बाहेकका रचना प्रकाशित हुन लामै समय लाग्न सक्छ । त्यसैको कारणले नेपालप्लसलाई पठाएका कविता अन्यत्र पठाउँदै हुनुहुन्छ भने नेपालप्लसलाई अग्रिम जानकारि दिनुहुन अनुरोध छ-नेपाप्लस डट कम)

  • Milan

    Nice Gajal.So i like.

    [Reply]

    अर्जुन दुङमेन् Reply:

    मिलन जि नमस्कार अनी धेरै-धेरै धन्यवाद!

    [Reply]

  • ashok kunwar

    man 6une rachana rahe6 pheri pheri pani herne mauka paiyos la Arjun ji

    [Reply]

    अर्जुन दुङमेन् Reply:

    अशोक जि नमस्कार।
    रचना मन पराई दिएर फेरी-फेरी पनि पढ्ने जिज्ञासा राख्नु भएकोमा यहाँलाई हृदय देखि नै धन्यवाद! जुन कार्यको लागि म सदा तत्पर रहनेछु।

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree