“पठाइदिनु है आमा गुन्द्रुक किनामा “
यो शहरमा पानी पिउँ गाउँकै तिर्सना
हो.……….यो शहरमा पानी पिउँ गाउँकै तिर्सना
पठाइदिनु है आमा गुन्द्रुक किनामा
-धेरै भयो आमाको हातको नखाको
यो छोराले त्यो काखको माया नपाको
यो शहरमा ………………………….
यो गित गितकार भूपाल राईले गाएका हुन् । पेरिसमा साहित्यिक भेटघाट राख्दा त्यस साँझ नेपाल सम्झेर को कति रुन्छ ? गाउँघरको संझनाले कति पिरोल्छ ? आफुले गरेको उकाली र ओरालीको कत्तिको याद आउँछ ? आफु टाढा हुँदा बच्पनमा पाखुरा समातेर डोर्याएका वल्ला पल्लाघरे अनि धारोपानी गरेका सँगी साथीको यादले कत्तिको सताउँछ ? गाउँमा छोडेर हिँडेकि आमाले पकाएर दिएको गुन्द्रुक र मस्यौरा अनि खोले र सागको स्वादले कत्तिको रुवाउँछ ? यिनै विषयमा कुरा निस्कियो ।
ओहो हो ! अचम्म अचम्मका अनुभूती रहेछन् । त्यहि कुरा हुँदा भूपाल राई भावुक भए। खोटाङबाट काठमाडौं झरेको ठिटो त्यहि शहरमा आन्तरिक शरणार्थी बनेपछि उनलाई आमाले पकाएर दिएको गुन्द्रुक र ढिडोको असाध्यै याद आउने रहेछ । घरी घरी उनले मन रुवाउने रहेछन् । गाउँको सम्झना र साथी भाई अनि गाउँलेसितका क्षणले पिरोलिने रहेछन् । त्यहि पीडाले सताएर उनले माथिको गित लेखेछन् ।
बिदेशमा बस्ने नेपालीका के कस्ता हुन्छन् पीडा ? नेपालबाट देख्नेलाई यूरोप र अमेरिकामा बस्नेले कुस्त दाम कमाउँछन् । भौतिक सुख सुबिधा मज्जाले लिन्छन् । बिलासी जिवन बिताउँछन् । तिनको जिवन मस्तीले सुखमा बित्छ । पिर हुन्न। कुनै पिरलोले छुन्न ।तर वास्तबिकता त्यसो कहाँ हो र ? बिदेशमा नपिरोलिने कमै हुन्छन् । नआत्तिने त मन नै नहुने रहेछ । शरिर यहाँ छ तर मन सारा नेपालमै पुग्ने रहेछ ।
गाउँ छोडेर टाढा भएपछि कुल्चिँदै हिँडेको परालको त्यन्द्रोकोपनि याद आउने रहेछ । आफुले खाएको धारोको पानी घाँटीमा कुल्कुलाउने रहेछ । गाउँमा हुँदा सरोकार नलाग्ने कुनै राइँलाको अनुहारकोपनि माया लाग्ने रहेछ । नजिकको वन, छेउको कूलो, सामुन्नेको बाँसको झ्याँङ, वल्लो र पल्लो डाँडो सबैको संझनाले सताउने रहेछ । खोटाङ छोडेर काठमाडौं छिरेपछि शहरिया जिवनमा एक्लो महसुस हुँदा धेरै पटक मन रुवाएको सुनाए भूपाल राईले । ‘त्यो आफ्नै गाउँको जस्तो, आफु हुर्किएको जस्तो, आफ्नै परिपाटी, आफ्नैपन हुँदै नहुँदो रहेछ, पाइँदै नपाईने रहेछ। अनि गाउँ सम्झेर असाध्यै मन रुने रहेछ’ भने उनले ।
त्यस्तो माया लाग्छ आफ्नो देशको, आफ्नो गाउँको भने किन फर्किँदैनन् त ? के ले छेक्छ ? कसले रोक्छ र बस्छन् त जरा गाडेर बिदेशमै ? सोध्छन् धेरैले यस्तै । वास्तबिकता क्रिष्ण धरावासीले बताए । रहँदा बस्दा बस्दै केहि वर्ष बित्छन् । उताका साथीभाई लाखा पाखा लाग्छन् । यता आफ्नो सिप र लगानीको माया लाग्न थाल्छ । अनि झट्ट छोडेर हिँड्दा उता यहि गर्ने भन्ने निश्चितता केहि हुन्न । झन यता परिवार भएपछि छोडेर जाउँ परिवारको मायाले सताउँछ । यता परिवार छोड्यो उता एक्लो भइन्छ । जति उमेर ढलिँदै गयो उति यताको परिस्थिति आफुलाई मिल्दैन । यहाँ हुर्केका वालवच्चापनि यहिँको माटो, संस्क्रिति र हावापानीमा अभ्यस्त हुन्छन् । तिनका हित्त चित्त मिल्ने पनि यतै हुन्छन् । आफुलाइ यता बस्न गाह्रो भएझैं तिनलाई उता जान मुस्किल पर्छ । अनि यता न उताको भइन्छ ।
धरावासीले यिनै समस्याहरुलाई केलाएर शरणार्थी भन्ने उपन्यासनै लेखेका रहेछन् । सायद त्यहि पुस्तकको होला एउटा घतलाग्दो प्रसंगनै सुनाए- परिवार आफ्नो थात थलो छोडेर बसाई सर्छ । बसाई सर्ने बेला सबै लैजान्छन् । तर आफु बसेको धरतीको मायाले पोरोलेपछि उनीहरुले एउटा मुजुरलाई भने त्यहिँ छोडिदिन खोज्छन् । सम्झनाको लागि । तर मूजुरपनि परिवारसँगै पछि पछि लाग्छ । अनि बसाई सर्नेले त्यो मूजुरलाई ढुंगाले हानी हानी लघारेर फर्काउन खोज्छन् । कमसेकम आफ्नो एउटा चिनो त रहोस । आफु जन्मेको थलो कति प्रिय हुन्छ भन्ने यसले देखाउँछ ।
साँच्चिकै आफु जन्मेको ठाउँको माया टाढा हुँदा झन बढि लाग्ने रहेछ । छोटो समयकालागि बाहिर बस्दापनि संझनाले घोचिराख्ने रहेछ । चिमोटिराख्ने रहेछ । आँखा वरिपरि नाचिराख्ने रहेछ आफुलाई धरती टेकाउने थलो । राजदूत पत्नी निता श्रेष्ठ त्यहि सुनाउँदै थिईन । जन्मथलो धनकुटा क्षेत्रको असाध्यै संझना आउने रहेछ ।
“चार वर्षमा फर्केर गईन्छ भन्ने पक्का छ। तैपनि यिनै चार वर्षपनि नबित्दै आफ्नो गाउँघर र देशको संझनाले सताउने रहेछ” निता श्रेष्ठले यसो भन्दा यहिपनि निकै लामो लागेछ क्रिष्ण धरावासीलाई । उनी त झन् दुई हप्तामै आत्तिएका रहेछन् । वरिपरिका साथीहरुलाई सोधे क्रिष्ण दाईले “तपाई कहिले देखि यता वसोवास गर्दै हुनुहुन्छ ? तपाई नी ? ” कसैले १० वर्ष, कसैले, १५, कसैले ५ वर्ष त कसैले ३० वर्ष देखि बस्दै आएको बताएपछि उनी आत्तिएझैं गरे। अनि निता श्रेष्ठतिर फर्केर भने-तपाई चार वर्ष भन्नुहुन्छ । हामीले नेपाल छोडेको दुई तिन हप्ता भयो र त हामी कहिले नेपाल पुगिएला भनेर आत्तिईसकेका छौं ।
नेपाली सांस्क्रितिक ग्रिहका अध्यक्ष हेमन्त उपाध्यायको चिन्ता र नेपालको संझना सुन्दा अत्यास लाग्दो थियो । फ्रान्स बसेका तिन दशक हुन लागेछन् । यस बिचमा नेपाली भाषाका धेरै शब्दहरु स्म्रितिबाट हराए । दिनभरि काममा फ्रान्सेली भाषा बोल । केहि लेख्न परे फ्रान्सेली भाषामै । नेपालीसितको भेटघाट, जमघट र भेला हुने भनेको विरलै हुन्छ विशेष मौका वा चाड पर्वमा। बाँकि समय संगत गर्ने भनेको फ्रान्सेलीसितै हो । अनि नेपाली भाषामा खासै लेखपढ गर्नु पर्दैन । घरमा परिवारसँग एकाध घण्टा भन्दा बोलिँदैन । हुँदा हुँदा त सपनापनि फ्रान्सेली भाषामै देख्न लागेका रहेछन् उनले। अनि नेपाली भाषा र नेपालबाट अलि टाढिएको, केहि गुमाएको ठानेर पिरोलिने रहेछन् ।
कतिपय चाहिँ यता आएको वर्षौं भयो । एक्लो जिउ लिएर आएकाहरु दुई तिन छोरा छोरीका माता पिता बने। तिनको घरजम भएर पनि नाती नातिना ब्याज पाक्ने बेला हुन लागिसक्यो । तर गुम्ने रहेछ त्यहि नेपालको गाउँ घर। नाच्ने रहेछन् हरेक दिन तिनै बारीका डल्ला । तिनै साथी । तिनै खेत, त्यहि कुलो, र उहि भकारो अनि आफुले हेरेको फूर्कि गाई र उसको बाच्छो । त्यहि करेसो बारी । उनै कागतीका बोट । सपनामा आफु जन्मेको गाउँ नदेखेको त रातै नहुनेपनि रहेछन् ।
तपाईहरु गाउँघरबाट टाढिएका साथीहरुलाई कस्तो लाग्छ, देश छोडेर बिदेश पुगेका मित्रहरुलाई कस्तो संझनाले पिरोल्छ लेख्न नबिर्सनुस् है त ?



हेल्लो सावित्री जी के छ सन्चे के हाल खबर म पनि राम्रोई छु खै कहाँ देखि सुरु गरु मेरो सुरु गर्ने बाटो पाएँन केहि बाटो देखाऊ न सावित्री जी गरिब को राम्रो गरे भ्गुमान ले पनि तिम्रो राम्रो नै गर्छ आफु म बाट तेती गल्ती त भको छेन जस्तो लाग्छ गल्ती भया पनि त् माफ गर्न सक छ होला है लौत तिमि ले मलाई न सम्जे पनि म तिमि लाही समजी रहन्छु र मैल पनि गरि रहन्छु जब सन् तिमि कतार मा छ तब समन तिमि
मन परो वा परेन:
0
0
[Reply]
shova paudel Reply:
December 24th, 2009 at 10:30 pm
it is really heart touching. I like it very much.For each and every nepali it likes very much.
मन परो वा परेन:
0
0
[Reply]
sari yadh auchha picture ma kadh ma kadh milaya ko ajha 2/4 ota kiss garako picture pani dakhauna payako bhaya. ajha gaugharko yadh kati aaudo ho. bhayana aarko lekh ma plelease romantic picture pathaunu hola hai.
मन परो वा परेन:
0
0
[Reply]
आमाको यादले सताउनु, आमाले शहर पस्दा छोराले चिया खाओस भन्दै झोलिबाट निकालेर दिएको केही रुपैयाँ, आरामले गएस है बाबु भन्दै निकै ओर सम्म छोड्न आएको, स्नेह पुर्वक सम्झाएको कस्लाई पो सम्झना हुँदैन होला र ? भुपेन्द्र दाइले भने जस्तै “धेरै भयो आमाको हातको नखाको, यो छोराले त्यो काखको माया नपाको” ।
तिम्रै काखमा बस्न पाउदा संसार घमाइलो
तिम्रै चरण् तिम्रै शरण लाग्छ रमाइलो
भुपेन्द्र दाइलाई आमाको मात्र होइन अरु कसैको पनि याद आयो जस्तो छ ।
मन परो वा परेन:
0
0
[Reply]
रुदैन मेरोमन त किने भने साथीहरु सबै बिदेश तिर लागेका छन् कोही अमेरिका कोही जापान….तर म भने खाडी तिर लागेको छु ठुलो लगानी गर्न नसकेर युरोपतिर छिर्न सकिएन, सबैसाथीहरुले ट्न्नै पैसा कमाएकाछन राम्रो घरजम गरेका छन् आफु त साझ बिहानको खाना पनि हिसाब गरि गरि टार्नु परेको छ बरु रिण र बुढा आमा बाबु सम्झेर भने यो मन भक्कानिएर रोएको छ तर साथी भाई गाउघर सम्झेर त झन रोस जागेर आउछ, किन आफ्नै पखेरामा गरिखाने इस्छ्या शक्ति भएन साथीहरुलाई जसले गर्दा सबै साथिभाइहरु त भन्दा म के कम भन्दै बिदेश डौदाहामा निस्केकाछन ………………..
मन परो वा परेन:
0
0
[Reply]
सार्थक, दोहा-कतार Reply:
December 23rd, 2009 at 3:23 pm
सत्य त तपाईंले भने जस्तो पनि हो है पाल्पाली जी । झर्रो भाषामा वास्तविक्ता पोख्नु भयो तपाईंले ।
सार्थक, दोहा-कतार
मन परो वा परेन:
0
0
[Reply]
नेपाल प्यारो छ ।
मन परो वा परेन:
0
0
[Reply]
Dear…,
Bhupal Rai, Not from Khotang, He is from Bhojpur, Bastim-8, Khanigaun. Please correct your article. Before starting your article, you should collect right information, that would be really good to you and good for everyreader.
Thank you for your heart touching INTRO, and CONS. I like it. Keep it up..
मन परो वा परेन:
0
0
[Reply]