दृष्टि दोष

-कपिल अधिकारी / ताइपेइ, ताइवान

धनिराम लाई केही गर्नु परेन

उ मुला जस्तै हुर्कियो

शोक न चिन्ता, भोक न भकारी

उस्का

लुगा धुने, जुत्ता सफा गर्ने

घाँस काट्ने, ढूध टक्र्याऊने सबै थिए

बाबुले पालेका कमारा कमारी बीच

बाबुले पालेका अर्दली बीच

हुर्कियो, बढ्यो

पढ्यो, ज्ञानी भयो, विद्वान भयो,

बुद्धिमान भो  !!

 

नाम र दाम दुबै कमायो

आजकाल उ मुक्ती कामी भएको छ

प्रगतिशिल् गनिएको छ

जनबादी भनिएको छ 

भाषण गर्दै हिँड्छ

छापामा कोर्दै हिडँछ

समानताको अनी मुक्त आकाश को 

जनमुक्तीको लागि बढ्दै छ

प्रगती बढ्दै छ   

उ अगाडि बढ्दै छ !!

 

आज मे दिवश

नोकरले धोइ आइरन गरेको शूटमा र बुटमा

झिल्के भएर

तीन धर्के टाइ भिरी

मैला थैला का अगाडि

के के भन्दै छ ?

उही समान संसार

उही समान अवसर

उही समान के के ??

अनी भन्छ मेरा पीता शिक्षा को मेउ,

प्रगतिशिल् दूरगामी मान्छे 

गाउँले र मजदूर भने

उसको टिपटप र घाटिँको दाम्लो मा अड्केका छन्

के भन्छ यो ?

 

आज उस्कै नाम छ

उस्कै शान छ

देशको मुहार फेर्ने यस्तै धनिराम हरुको

बोलवाला छ, भाउ छ

देशमा ओहो कति धेरै धनिराम हरू  !

अनी हामी प्रगती तिर

अथवा

यो हाम्रो दृष्टि दोष ?

  • Surendra karki

    हाम्रा देशका देशका नेता कस्ता छन् ठ्याक्कै कवितामा उतार्नु भएको रहेछ । राम्रो लाग्यो ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • jiwan Rai

    mitho laagyo tapaaiiko kabita Kapil sir, yastai chhan nepalkaa neta la thyaakkai surendrajile bhane jasto, tapaiko gitale bole jasto

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree