किन गणराज्य ? गाउँ र जिल्लानै भागवण्डा गरे कसो होला ?

newa-1[1]एकिक्रित नेकपा माओवादीले काठमाडौं, ललितपुर र भक्तपुरलाई समेटेर नेवा: स्वायत्त गणराज्य घोषणा गरेको थियो । घोषणा गरेर उसले ओगटिराख्यो । अनि त्यसरि घोषणा गरेको हप्तादिनमै अरु नेवार संगठनहरुलाई टाउको दुख्यो । नेवा: मंका खल भनिने नेवारहरुको साझा संगठनले किन तिन जिल्ला ? उनीहरुले वाग्मती अञ्चल वरिपरिका अन्य दोलखा र रामेछापलगायतका जिल्लापनि हाम्रै हो भनेर झन धेरै ठाउँ समेटेर नेवा: गणराज्य घोषणा गरे । अब काठमाडौं उपत्यकामै कति वटा हुने भए गणराज्य ? नेपा: राष्ट्रिय पार्टीले झन् छुट्टै हिसाबले अझ धेरै भूभाग समेटेर नेवा: राज्यको माग गरेको छ । उसले त झन् दक्षिणमा हेटौंडा र नारायणघाट, पूर्वमा दाप्चा र पलाञ्चोकभगवती, पश्चिमामा आरुघाट गोरखाबजार र बन्दीपुर, उत्तरमा चौतारा र त्रिशूली बजारसम्म समेटेको छ । यो पार्टीलेपनि कुन दिन फेरि आफ्नै सिमांकन अनुसार नेवा राज्य घोषणा गर्ने हो ।

अनि थरी थरीका संघ संगठनले अलग अलग नाम र साँध सिमाना छुट्याएर घोषणा गरेको गणराज्य चलाउने चाहिँ कसले हो ? नेवा: गणराज्य घोषणालाई बेवास्ता गरिए समानान्तर सरकार चलाउने चेतावनी प्रचण्डले दिएका थिए । त्यसो भनेपछि माओवादीहरुले छोड्ने भएनन् । यता मंका खलले त झन नेवा: गणराज्य चलाएरै छाड्छौं भन्दै राष्ट्रिय झण्डा र राष्ट्रिय गान समेत घोषणा गरे । मंका खलले त झनै छोड्ने कुरो भएन ।

राष्ट्रलाई संघियतामा लैजाने भन्ने त अन्तरिम संबिधानको मर्म नै हो । नेपाल जस्तो सयौं जात जातिको जमघट रहेको देशलाई जातिय आधारमा होइन सबै जाति र भाषीको मर्म र पहिचान सुनिश्चित हुने गरि भौगोलिक रुपमा छुट्याउनुपर्ने हो । तर भाई भाई बिच लडाएर, जुधाएर र हाम्रो धर्म, संस्क्रिति, मेलमिलाप र मित्रतालाई भत्काएर जातियताका आधारमा गणराज्य छुट्याउँदै छन् । यसले नेपाललाई आगामी दिनमा जात र जातिबिच हत्या, हिंसा, वैमनस्यतालाई चर्काउने पक्का छ । तर हाम्रा नेता, बौद्दिक भनिने एकखाले जमात र जातिय नारालाई उचालेर मात्रै आफ्नो भविष्य देखेकाले त्यहि खोजेका छन्। दिनदिनै देशलाई त्यहि खाडलतिर धकेल्न जातियताका आधारमा एउटै ठाउँलाईपनि आआफ्नो स्वार्थ अनुसार जातिय राज्य घोषणा गरिरहेका छन् ।

अहिले यि फरक फरक पार्टी र संगठनहरु आफ्नो स्वार्थ अनुसार जातिय राज्य घोषणा गर्न तँछाड मछाड गरे झैं भोली त्यो राज्य कसले कसरि चलाउने भन्ने विषयमा पक्का मारकाट हुने छ । हिजो प्रिथ्वीनारायण शाहले एकिकरण गर्नु पूर्व त काठमाडौंका तिन राज्यबिच कत्रो वैमनस्यता र मारामार थियो । जातिय आधारमा आफ्नो राज्य घोषणा भएपछि तिनले अरु जात, जाति, धर्म, भाषा र संस्क्रिति भएकालाई पेल्ने निश्चित छ । अल्पमतमा परेकाले आफ्नो जातिय, भाषिक र सांस्क्रितिक पहिचान खोज्ने अनि बहुमत हौं भन्नेले आफ्नै लादेर अल्पमतलाई पेल्ने पक्का छ । कहिं कहिं त हामी बलिया छौं भनेर अल्पमतकैले पनि बहुमतकालाई पेल्छन् अनि त्यो बेला द्वन्द नमच्चिएला ? झन जातिय आधारमै राज्य छुट्याएपछि अल्पमतमा परेका भनिएका जात र जाति के चुप्प लागेर बस्लान ? ति हरेकले आफ्नै जातिय राज्य खोजे के होला ?

आखिर सबै पार्टी, संघ संस्था र नेतालाई आआफ्नै पार्टीले चाहे जस्तो, आफुले राज्य गर्न पाउने, आफ्नो पार्टीको नियन्त्रणमा चल्ने, आफ्ना नेतालाई प्रमुख बनाउन पाइने राज्यको खाँचो हो भने थोरै किन बनाउने ? एकै चोटि सबै दल, जाति र नेतालाई पुग्ने गरि जिल्ला जिल्ला र अझ नपुगे गाउँपनि भाग बण्डा गरे कसो होला ? अहिलेका सबै गाविसलाई पार्टीगत र जातिय संगठनका आधारमा भागवण्डा गरिदिने । ठुला शहरहरु छुट्याएर भागबण्डा गर्न मुस्किल परे वडा वडामा बिभाजित गरिदिने । आखिर नेवार जाति भित्रपनि त अनेक खालका नेवार हुन्छन् नै । तामाङ, राई र थारु भित्रपनि त अनेक खाले भिन्नता हुन्छ । त्यसैका आधारमा जुन वडामा जसको संख्या बढि छ, बल बढि छ त्यसकै आधारमा वडा वडा भाग बण्डा गरे बल्ल सबैलाई भाग पुग्ला । देश अनि पो छिटो जातिय हिंसाको ज्वालामा दन्केला । आखिर आगो झोस्नै छ भने ढिलो गर्ने किन ?

(नेवा मंका खलले शनीबार काठमाडौंमा नेवा: गणराज्य घोषणा गर्दा दशरथ रंगशालामा जम्मा भएको भिड । जातियताका आधारमा छुट्टै गणराज्य घोषणा गरेर जातिय द्वन्द चर्काउन उद्दत रहेपनि शान्तिका प्रतिक परेवा उडाइएको थियो । तस्बिर-अनलाईनखबर डट कम)


  • हेल्लो नेपाल अनि नेपाली हो अब जिला
    पनि बाडो अनि नेपाली नेता को छोरि /
    सिर मति पनि बाटु ल ल ल ल ल

    [Reply]

    Eron Reply:

    हेलो बाहुन ब्लगर जी
    कृपया कार्यक्रम कसले आयोजना गरेको हो आयोजकको नाम त सही लेखौँ
    त्यति पनि थाहा पाउनु भएको छैन भने तपाईँसित के बहस गरिराख्‍नु र
    पेरिसमा बसेर नेपालको बारेमा लेख्‍नु नराम्रो हैन तर सही लेखिदिनु पर्‍यो। विचार आ आफ्ना हुन्छन् तर विचार सही तथ्यमा आधारित हुनुपरयो

    [Reply]


  • ha ha ha samser
    ji majale lekhna0
    bhaechha ni .. u m .ma

    [Reply]

  • Mekh Rana Magar

    पहिलो कुरा देश लाई सघियतामा लैजानु गलत थियो यो एतिहासिक भुल गरेका छन् दलहरुले । बिदेशी शक्तिको दबाबमा आयेर सनक को भर् मा जातिय राज्यको घोषणा गर्नु वास्तब मा दलहरु को अपरिपक्कता, अदुर्दर्शिता हो । भोली जाति जाति बीच द्वन्द नहोला भन्न सकिन्न अर्को कुरा भारत लाई भोली गयेर देशमा घुस पैथ गर्न को लागि अझ बाटो खुल्ने छ किस्ताबन्दी मा सिक्किम नीले जस्तै नेपाल लाई पनि निल्ने योजानामा छ तर हाम्रा नेताहरु जे गर भन्यो खुरुक्क मान्दछन हिजो हाम्रा भारतिय लाई नेपाली नाग्रिक दे भन्दा दिए कति लाज मर्दो छन् । सतामा नपुग्दा मात्र हो चर्का कुरा गर्ने दल हरु माओवादीले त झन कुनै जमानामा सुरुङ युद्व गर्ने भनेर नाटक मन्चन पनि नगरेको होइन् खै त अहीले तिनै भारतिय पर्भु को इशरामा नाचेका छन्

    [Reply]

  • United Newar States

    There are Many Countires in the World whom are more smaller than Newa Rajya. Luxembourg, Kuwait etc. They are One of the Richest countries in the world. It is no more Necessary to be big country to be Rich and Developped country. We all Newars first thank to Prachand Pushpa Kamal Dahal and His party Maobadi to declare Newa States.
    Before pritithivi narayan shah , Newar were most Richest people in the Asia. shah dynasity massacred Newari people like Hitler had done in world war 2. Example,massacred Newari people in BhaktapUR and Kitrtipur. shah and rana dynasties forced Newar to leave country, Send everywHere to make Minority in Capital. Newar Have all the QuAlaities and skillS that can make themself one of the PEACEFUL DEVELPPED country in the world.
    We all Newar are verY glad that we have now Own National Flag and National Anthems. We would Like to be Newa is independent country and IT MUST BE registered as soon as possible in UN Head Quarter .We would like to be apart from nepal. All out of Newar casts can be stay in Newar states with ONLY visas systems .

    [Reply]

    nava kranti Reply:

    you nonsense, just right now you should tear the nepalese citizenship. how silly you are to think yourself newaar before nepali. you are not and never identified in the other part of world if u say that u r a newar. if u say proudly am a nepali citizen, then only u r recognised. just know , that u r nepali first and then only u may be newar, gurung. tamang etc. whatever you are. am proud to say myself as nepali. am nepali.

    [Reply]

    ycl atom bomb Reply:

    china’s alreddy paid high amounts of money prachande kukur maoists ycl pla pro- maoist uml party to declare newa state. inside many are working as chinese agents. for why?if nepal seprates. tomorow india ‘ll seprate.india ‘s like nepal small small countrie reunified by british, became after india. if tomorow,nepal and india seprate small pieces .tibet ‘ll never be independent. c.i.a and ra “ll be collpased in south asia. all the himlayan regions from kashimir to nepal ‘ll be taken by china.china border shall be kathmandu valley. newa country ‘ll be neighbour of china. newa ‘ll be puppet government of china. madeshi country, bihari country etc etc.when china ‘ll find all these countries weakest and puppets of china. china ‘ ll bring gas from iran and russia petrol from iran and gulf countries by pipes lines via nepal in 2060.
    who are responsible of south asia destructions ?prachande kathe bahun maoists ycl pla .

    [Reply]

  • st

    हन यहाँ अर्कै राज्य को कुरा भाको हो कि गणराज्य को हो ? यो नै सम्हाली सक्नु को छैन अब सबै लाई आफ्नु राज्य चाहिएको ? नेताहरुले सकेन कै हामीले नै हाम्रो नेपाल लाई राम्रो बनाउन्दा हुँदैन?

    [Reply]

  • nava kranti

    जातिएताको आधारमा गणराज्य घोषणा एतिहासिक महाभुल हुनेछ। परापुर्व काल देखिको सहिस्णुता, भात्रित्व र आफ्नोपन समाप्त हुनेछ नेपाली नेपाली बीच र सुरु हुनेछ गृहयुद्ध र सखाप हुनेछन अल्पसंख्यक जातिहरु। बांकी हुनेछन बहुसन्ख्यक जाती हरु र ति पनि नेपाली हुनेछैनन, भारतको कुनै एउटा प्रान्त भोपाल जस्तै नेपाल भनिने तेइसौं भारतीए प्रान्तका नेपाली मुलका भारतीय नागरिक । अहिलेसम्मको स्थिती हेर्दा भविश्यको यस्तै चित्र मेरो दिमागमा आउछ।

    [Reply]

  • Dinesh Chhetri

    सबै लै राज्य, तर नेपाल का एकमात्र सच्चा आदिबासी , ने मुनि का सन्तान , नेपाल एकीकरण कर्ता खस (बाहुन, छेत्री, ठकुरी, सन्यासी, दलित ) हरुलाई राज्य खोइ??
    खस हरुको आदिभूमि कर्णाली र सुदुर्पचिम लै किन खसान नभनिकन कर्णाली र खप्तड वा सेती महाकाली भनेको ??? एमाले र माओबादी ले बनाएको बहु संस्कृतिक राज्य मा ९५% खस हरुको जनसंख्या छ…तेस्लाई किन छेत्रिये राज्य/ यिलाका नि???. तेस्लाई पनि खसान (पूर्वी, पश्चिम)नामकरण गर!!!!! खस हरुलाई बाहुन, छेत्री, ठकुरी, सन्यासी, दलित अनि अरु जाति मा बाडेर टुक्र्याएर खस हरुलाई अल्पमत मा देखाउने दुष्प्रयाश नगर!!!!!!!!! तीसौ जाति भएको नेवार समुदाय लै चाही जाति भनेर राज्य बाड्ने तर खस हरुलाई चाही टुक्र्याउने??? आप्रबासी हरुलाई समेत राज्य बाड्न सक्ने, तर आदिबासी खस हरुलाई राज्य नबाड़ने, हे माओबादी र एमाले…..याद राख …. नेपाल को लगवग ५०% जनसंख्या भएको खस हरुलाई चित्त दुखाएर कसैले जातिय राज्येको कल्पना गर्छ भने त्यो मुर्खता मात्र हो !!!!!!!

    [Reply]

  • Balaram Thapa

    श्री मेख राना मगरज्यू,
    श्री नव क्रान्तिज्यू,

    विनासकाले विपरित बुद्धि भनेको यही हो । सिंगो नेपाललाई आफ़्नो सम्झेर उन्नति प्रगति गर्नुको सट्टा जातिवादी सोच भ​एका मानिसहरु फ़ेदै काटेर हाँगाबिंगामा आफ़्नो जातिको राज्य बनाउन उद्दत भएका छन । फ़ेद (अथवा नेपाल) लाई नै काटिसकेपछि यिनीहरुको राज्य कहाँ अड्ने हो भन्ने बारे यी जंगलीहरुले सोचेकै छैनन ।

    यिनीहरु आआफ़्नो राज्यका लागि उसले भन्दा उसले बढी, उसले बढी छेत्रफ़ल दावी गैरहेका छन । छेत्रफ़लकै विवादका कारण भोली यिनीहरु आफ़ै त आपसमा लडेर मर्छन नै, अरु निर्दोषहरुलाई पनि बित्थामा मराउँछन । घाँस खान नपाएकोले मान्छेको जुनीमा जन्मेकाहरु !

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree