प्रेमपत्र लेख्ने डरले छोरीलाई स्कूलै नपठाउने ?
-गिता घिमिरे
के कति कारणले गर्दा गैरसरकारी क्षेत्रमा जागिर गर्न पुगें त्यो लामो कथा हो । गरिब, अशिक्षित, भोका जनता समक्ष धेरै पटक उनीहरुको अवस्था बुझ्न घर घर गईयो । कहिले शिक्षा अथवा रोजगारीका कुरा गर्न त अनि कहिले सामाजिक भेदभावका पक्षहरुलाई न्युनिकरण गर्न सकिन्छ कि भनेर स्थानिय मानिसका दैला चहारियो । सात वर्षे समयमा मैले त्यस्तो शिर ठाडो पार्ने केही गरे जस्तो लाग्दैन नै, तैपनि सके जति सहयोग गरियो । सुझाव दिईयो । अनुभवहरु भिन्न खाले भटिईयो । सँगालिइयो । धेरै पटक नाजुक अवस्था थाह पाएरपनि केहि गर्न नसकेकोमा मन भाँच्दै ओराली झरियो ।
यस्तै स्थानिय स्तरमा काम गर्न जाँदा एक पटक साँझको अँध्यारोले घेर्यो । वास बस्ने ठाउँमापनि पुगियो । करिब १० वर्षिया बालिकाले चिया ल्याइन् । उनको नाम सोध्दा लाजले भित्र दौडिन् । अनि घरबेटी दाईलाई ‘सोधे – छोरी हो दाई’ ? उनले बिस्तारै मुन्टो हल्लाउँदै ‘हो ‘ भने। मैले लगतै अर्को प्रश्न उनका अघि तेर्स्याएँ- कतिमा पढ्छिन् ? उनले भने- हामी गरिबले कसरी पढाउने छोरीलाई ? फेरी अर्काको घरजाने जातलाई धेरै पढाएर पनि काम लाग्दैन । भोली श्रीमान्को घरमा गएर पनि भात पकाउने । गोरु बाच्छा हेर्ने हो । त्यसका लागि किन विद्यालय पठाउने ? त्यो सुन्दा त आफुलाई भाग्यमानी रैछु म जस्तो लाग्यो । मेरा बाबु आमालाई मनमनै धन्यावाद दिएँ ।
अहिलेसम्म उनले मलाई दिएका जवाफले अझै मलाई चित्त बुझेन । मैले फेरी प्रश्न गरे ‘के तपाई गरिब भएकै कारणले विद्यालय नपठाएको हो त’ ? सरकारी विद्यालयमा त्यस्तो धेरै शुल्क त लाग्दैन । फेरी वालिकाहरुका लागि त अझ निशुल्क पाठ्यक्रम पनि पाईन्छ । उनलाई मैले यस्तै धेरै कुरा सुनाएँ । विभिन्न गैरसरकारी क्षेत्रहरुको प्रयासमापनि पढाउन सकिन्छ भनेर अर्थ्याएँ । उनी एकछिन टोलाए । अनि गाँठी कुरो खोले- बहिनी लेखपढ गर्न जान्ने भएभने प्रेमपत्र लेख्छन् । परिवारको इज्जतको प्रवाह नगरि हिँड्छन् । हाम्रो इज्जत जान्छ । त्यो भन्दा विद्यालय नपठाएको बेस । उनले छरछिमेकका अन्य एक दुई जना केटीले त्यस्तो गरेको पनि बताए ।
उनको त्यो डरलाई बुझेर मैले धेरै बेर उनीसँग कुरा गरें सम्झाउन सकिन्छ कि भन्ने सोचले । अन्तमा विद्यालय पठाउन सहमत पनि भए उनी । त्यो हाम्रो लामो छलफल सकिएपछि मलाई कुनै एउटा ठुलो युद्ध जिते जस्तो लाग्यो । खुशी र आनन्दको महसुस भएको थियो । पछि त्यो क्षेत्रमा काम गर्ने मेरा साथी सँग बुझ्दा ती नानीको विवाह भएको जानकारी पाएँ । कक्षा तीनमा अध्ययनरत हुँदै उनको बिहे गरिदिएछन् । जीत दीर्घकालिन भएन सोच्दै भन्ने सोच्दै मन अमिलो बनाएँ ।
त्यसको अर्थ म पुरै निराश भएँ । हतोत्साही भएँ । अब केहि गर्न सकिन्न । यो सधैं यस्तै रहन्छ भनेर पुरै नकात्मक भएकि भने होइन नै । परिवर्तनका गोरेटा स्पष्ठ कोरिने संभावना उति बिघ्न तत्कालकालागि नदेखिएपनि आशाका किरणहरु हराएकै भने छैनन् । हाम्रो देश, हाम्रो समाज, हाम्रो संस्क्रिति र चिन्तन अनि हामी सबै सबै परिवर्तनको संघारमा छौं । त्यसैले सकारात्मक परिवर्तन धिमा गतीमै भएपनि ल्याउन भने अवश्यै सकिन्छ भन्ने लागेको छ । त्यसकालागि हामी सबैले केहि न केहि गर्ने तत्परता देखाउनै पर्छ । केहि योगदान भने गर्नै पर्छ ।


Hi Geeta Ji,
Nice to read your article. Agree with you 200%, to build the nation and eradicate all those discriminations, we all need to stand up and work together.
That’s why i always say, ” LAU NA HO SAATHI HARU ABA TA KEHI GARAU.”
Keep writtting and smiling.
Raj
मन परो वा परेन:
1
0
[Reply]
-Jiwan sharoj Reply:
December 30th, 2009 at 3:38 am
i agree with u Raj
मन परो वा परेन:
1
0
[Reply]
अब नेपाल ढुङे युग तिर फर्किरहेको परिबेशमा यो तेती अचम्मम पर्नु पर्दैन होला हामी जानाजानी ढुङे युग तिर फर्किएका होइनौ की जबर्जस्ती फर्काइएको छ यो हाम्रो देश हाक्ने नेता दोयहरुले …………………………………a
मन परो वा परेन:
2
0
[Reply]
हेल्लो सावित्री के छ हाल खबर तिमि आर्मे छु
तिमि म सग कुरा किन गर्देन ठिक छ अब
दे खी म पनि तिमि ले कुरा गरे मात्र बोल्छु
नत्र म पनि आ खिरी मैल गर्दे छु बाई बाई
तिम्रो भलो चाहाने सम्सेर अलि
५८१६४०७/ ३०३२६९० /३१२२५५९/ लऊ
सावित्री जी जी जी जी जी
मन परो वा परेन:
1
0
[Reply]
गिता जी
एकदम मन छुने कथा।कति राम्रो भाषा र कति उपयुक्त विषय ?
नेपालका राजनितिक दल र नेताले कहिल्यै सोचेनन् यस्तो परिवर्तन ल्याउनकालागि । हुँदा हुँदा त हम्रा बुद्दिजिवी, हाम्रा शिक्षित जमातले पनि सोचेनन्। टाढा बाठालाई बिदेश भाग्दै ठिक्क छ। बल्ल बल्ल देशको बौद्दिक नाम र सिप बेचेर बिदेश पढन पुगेका पनि उतै बस्छन् क्षणिक सुख र सुबिधाको लागि । अनि टाठा बाठा र जाने बुझेका सबै बिदेश भागेपछि गाउँ समाजमा लाटा गाँडा मात्रै बाँकि रहन्छन्, दलका समर्थल्क मात्रै बाँकि रहन्छन् । त्यसो भयेपछि नेता र दलले जे भन्यो त्यहि हुन्छ। तिनले जनता बाठा भएभने ति माथि शासन गर्न सकिन्न, बिरोध गर्छन् भनेर त्यस्तै अनपढ र अबुझ राख्न चाहन्छन् । त्यसैले जने बुझेका मानिसले गाउँ ठाउँमा बसेर परिवर्तनका लागि काम नगरे सम्म हुँदैन।हुनत यो कुरा नबुझिएको, नजानेको होइन। लागेको पक्ष उठाएको मात्रै हुँ। गिताजीले असाध्यै राम्रो मार्मिक पक्ष उठाउनु भएको छ। एकदम सोचनिय छ ।
मन परो वा परेन:
1
0
[Reply]
jati pani (NGO, INGO) le jashto sukai paribartan gare pani samasya jashta ko tyestai chha haamile machhe haru ko shoch ma paribartan garna jaruri chha ….
मन परो वा परेन:
0
0
[Reply]
Safal Bista Reply:
February 21st, 2011 at 8:23 am
Dear Sujitji,, I like ur comment. ho pani, NGO/INGOs le Nepalma Bigarne kaam gareka matra chhan, Jun Field maa janchhan tini haruko salary nai per month minimum Rs. 50,000 hunchha. More than 80 percentage grants/money staffs vanera khanchhan ra just for showing ko lagi some activities garchhan,, tesma ma pani UN bahek, Aru INGOs le ramro sanga kaam garna sakeka chhaina,, baru NGOs and INGOs gauma nagekai ramro ani tiniharu ko activities pani,, NGOs/INGOs le pakka pani Advocacy kasari garne,,access kasari puraunu parchha ra economic dimension kasari garne vanne sikaula tara yo chahi sikaudaina ki Jhaad raksi khanu hunna yesle men and female both lae loss garchha… because maximum NGOs/INGOs (Dollar cultivate/oriented) are stored of wine and meat. development work vaneko ta khalee showing teeth of Elephant
मन परो वा परेन:
0
0
[Reply]
SARAL RA MITHO BHAAASAA
MAN CHHUNE KATHAA
GAAU GHARKAA YASTAI KATHAA AAUDAI GARUN
मन परो वा परेन:
0
0
[Reply]
lekh ta ramro chha tar yo kalpanik katha ho jasto lagyo.
मन परो वा परेन:
0
0
[Reply]
geeta ji …….
lekha haru ta
atinai ramro chha
but bastap maa yo
sachho ho ta ?
मन परो वा परेन:
0
0
[Reply]
Jatti pherna sakinchha, kosis garnu parchha. Garna nasakne jatti aruko bhagma rahechha bhaner chitta bujhaunu parchha. Keep on, Geeta Ji. All the best!
मन परो वा परेन:
0
0
[Reply]
मन को तिर्खा मेटू भने तालई सुक्ने होकी
मन को कुरा भनु भने तिम्रो मन दुखने होकी
मन परो वा परेन:
0
0
[Reply]
geeta the article is awesome and plz update every article of your’s i am dying to read those article
मन परो वा परेन:
0
0
[Reply]
ekdam raamro lekh Geetaji
tapaaiikaa harek lekh samaajik pariwartan garne khalkaa
ani lekhaaii ekdam saamaanya, sarara bageko mitho
मन परो वा परेन:
0
0
[Reply]
yastai durgam bastikaa kasaile nedekhekaa, nabhetkaa, samaachaar nathaanekaa kathaa byathaa laai lyaaèune kaam garnu holaa
saarai man dukhne khaalko kathaa ho yo
मन परो वा परेन:
0
0
[Reply]
गीता बहिनी हामी सामाजिक अभियन्ता हौ र सामाजिक परिवर्तनका लागि निरन्तर लागि रहन्छौ । हाम्रो सोच सामाजिक परिवर्तनका लागि समर्पित छ । हाम्रा कृयाकलाप बिभेद बोरिधी, नयाँ युग र समय सापेक्ष सामाजिक बिकासका लागि हरदम तल्लिन रहन्छन । तर पनि सामाजिक बिकास भनेको आफ्नै लयमा भईरहेको हुन्छ । हामी हाम्रा हरेक कृयाको प्रतिफल चाहन्छौ तर त्यो सम्भब हुँदैन । गीताले लेखेको कथा बहुत राम्रो एस अर्थमा छ कि त्यो कथा मात्रै नभएर हाम्रो समाजको वास्तविकता हो र त्यो यथार्थताबाट समाजलाई अगाढी बढाउन निरन्तर काममा लागिरहने प्रेरणा पनि हो । हाम्रो समाज अत्यन्त पिछडिएको मात्रै नभएर अन्धबिश्वासी पनि छ । समाजमा हाम्रो आबस्यक्ता भनेको पनि तिनै अन्धबिश्वासलाई चिर्नका लागि हो ।तेसैले अक्षर पनि चिन्न नसक्ने त्यो बहिनिलाई ३ कक्षा सम्म पनि पढाउने प्रेरणा दिने जुन काम गीताले गर्यो त्यो नै सफलताको पदचाप हो जस्तो मलाई लाग्दछ । तेसैले हाम्रा प्रयत्नहरुलाई सामाजिक परिवर्तनका पक्षमा निरन्तर लगैरहनु पर्छ । कहिले पनि रोक्नु हुँदैन । प्रतिफल भलै तत्काल नदेखिये पनि केही छैन ।
मन परो वा परेन:
0
0
[Reply]
Sathi!!
I am very much happy that u have started writing however u r abroad. It is very nice and good to remember nation. About this article, it sweems more relevant in our society. Simple language and it is able to justice your Title.
Keep it up dear!!!
Dil
मन परो वा परेन:
0
0
[Reply]
thanks Geetaji
ekdam waastabika kathaakolaagi
मन परो वा परेन:
0
0
[Reply]
Geeta jee
article hawa jasto lagchha, nepalko sandharvama khasai ngo/ingos le kehi garna sakeko chhaina tara euta kurama chahi pakka pragati garyo kee, arkako chhori buhari bigarne kaam chahi daro kisimle gareko chha,,, ngo/ingo le raksi ra churat khana majjale sikaudo rahechha,,, ma ta vancchu yo NGO/INGOs Nepalbata sadako lagi bhagaunu parchha natra Nepal K vanne ……..
मन परो वा परेन:
0
0
[Reply]
इ agree with u
मन परो वा परेन:
0
0
[Reply]
Safal Bista Reply:
February 21st, 2011 at 8:33 am
shovaji, yo article lekhne nai dollar khayera dhukka sanga NGOs/INGOs ko protection gariraheko dekhinchha,, ani hernusta,, kasto motti,, 6/7 barsa dekhi NGOs/INGOs ma kaam garera,, uta per month salary in Dollar and yeta Field allowance khayera kasto majja le lekheko dukhha sanga,,, La La Gita ji, Nun (SALT) ko sojho chahi garnu parchha. Its your right time. if you want to do such work in Field or want to be a social worker then i think geetaji, you have to leave the NGOs/INGOs’s Salt
मन परो वा परेन:
0
0
[Reply]